मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पुल्चोक क्याम्पस महिला हिंसा गर्नेको अखडा ! ब्रेन गेन सेन्टर ।

मन्त्री प्रदीप ज्ञवाली संलग्न ब्रेन गेन सेन्टरको ओबिनरमा भनिए जस्तै त्रिभुवन विश्व विद्यालय, पुल्चोक क्याम्पस र नेपालका इनोभेसन गर्ने सस्थाहरु महिला यौन हिंसाको कल्चर बोकेको पुरुषहरू रहेको अपराधी झुन्ड वाट सञ्चालित यौन दुराचारी हरू बाट सञ्चालित नै हो त ?

रातो भाले, अमेरिका।

हालै अमेरिकी क्षेत्रमा नेपालका परराष्ट्र मन्त्री तथा नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको समुपस्थितता नेपाल सरकारको ब्रेन गेन सेन्टरको नाममा डाएसपोरा एन्ड ट्रान्सफरमेसन अफ नेपलिज हाइयर एजुकेसन नामक ओबिनर सञ्चालन गरियो।

 

प्रवासमा बसेको र २-४ ओटा नयाँ महल, समुन्द्र किनार र चिल्लो बाटो देखेको भरमा विश्व विद्यालयहरूको र्याङ्गकिङ्गमा पुछारमा रहेको संस्थामा जागिरे रहेको वा र्याङ्गकिङ्गमै नपर्ने सामान्य कलेजको इन्स्ट्रक्टर रहेर संसारमै आफूलाई ८०० देखि १००० बिच पार्न सफल नेपालको त्रिभुवन युनिभर्सिटी लाई सुध्रन बाक्लो सल्लाह दिने राय चन्दहरूको सदैव बिगबिगी हुने उच्च शिक्षाको कार्यक्रममा यस पटक भने कम्तीमा त्रिभुवन युनिभर्सिटी भन्दा अलिक माथिल्लो परफर्मेंस रहेका दुई संस्थाका अधिकारीहरुको कुरो सुन्न पाउनु अत्यन्त राम्रो पक्ष थियो।

 

आज संसारमा कुनै क्षेत्रमा सैद्धान्तिक अध्ययन र व्यावहारिक तालिमपश्चात् कम्तीमा २० हजार घण्टा अनुभव लिइसकेका तथा आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई संसारभरि विषय विज्ञ मान्ने चलन छ ।

 

तपाईँ अध्यापन गर्नुहुन्छ भने शोधपत्र, प्रयोगात्मक कक्षा, एकेडेमिक अनुसन्धान आदि अध्यापनकै नियमित गतिविधि गनिन्छन् ।

 

अध्यापनको नियमित प्रक्रिया बाहेक व्यावहारिक अनुसन्धानमा संलग्न भई नवोन्मेष (इनोभेसन) का क्षेत्रमा २० हजार घण्टा अनुभव लिएका प्राज्ञहरूसमेत विषय विज्ञ हुन। तर मुलुकको विकासको लागि ती प्राज्ञहरू मुलुकभित्र छैनन्, मुलुकका तत्कालीन यथार्थता सँग परिचित छैनन् भने तिनीहरू सम्बन्धित मुलुकको लागि मात्र एक संदर्ब सूत्र भन्दा धेरै हुन सक्दैन।

 

 

अमेरिकी र युरोपियन बाताबरणमा कुनै विश्व विद्यालयहरूले प्रदर्शन गर्ने क्षमता नेपाल लगायतको मुलुकका उच्च शिक्षा दिने संस्थाहरुको क्षमता भन्दा उल्लेखनीय रूपमै तारिफ योग्य छन् भने तिनीहरूको प्रगति वास्तवमा मुलुकको माटोको लागि तेस्रो वा चौथो प्राथमिकतामा पर्नु पर्छ।

किनकि इनोभेसन र माटो सुहाउँदो शिक्षाको मतलब हो आफ्नै स्थानीय उत्पादन तथा साधन र श्रोतको अधिकतम उपयोग हुने गरी आफ्नो आन्तरिक आवश्यकताको पूर्ति हुने सीप, ज्ञान र प्रविधिको विकास।

संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने प्राज्ञिक ( सैद्धान्तिक) अनुसन्धान ।

अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने व्यावहारिक (एप्लाइड) अनुसन्धान ।

ब्रेन गेन ओबिनारमा अलिकति तर सारै अव्यवहारिक मात्र प्राज्ञिक ( सैद्धान्तिक) अनुसन्धानका कुराहरूको चर्चा गरिए। मेरा बुबाले भैसी बेचेर मलाई पढाउनु भयो भन्ने कथा र आत्मा कथामा सहभागीको धेरै समय गयो।

 

आज नेपाल कुन हालतमा गुज्रेको छ र त्यसको निराकरणको लागि आफ्नो स्तर बाट के भूमिका खेल्दा प्रवासी नेपालीले नेपालको प्रभावकारी उन्नतिमा भाग लिन सक्ला भन्ने बारे कुनै ठोस कुरा गर्न प्रेरित गरिएन।

 

भनिन्छ महाभारत कृष्णको उत्तर हैन अर्जुनको प्रश्नको देन हो।

 

ब्रेन गेन सेन्टरको नाम वाट तैयार गरिएका प्रश्नहरू आफै त्रुटि पूर्ण र नेपाल लाई के चाहिन्छ भन्दा प्रश्नकर्ताले आफूले के जानेको छ भन्ने कुरा सहभागी लाई सुनाउन बनेको जस्तो प्रतित हुने एजेन्डाले चासोका साथ भाग लिएका नेपाली डाएसपोराले सधैँ सुन्न हुरुक्क हुने जित जोशी र सवनम कोइरालाहरू सबैको सामुन्ने उपस्थित रहेर पनि गुमनाम जस्ता बने।

उनीहरूको समय, क्षमता र ज्ञानको प्रभावकारी उपयोग हुन सकेन।

सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिनेगरी व्यावसायिकीकरण गर्न सकिन्न ।

सामाजिक सञ्जालको विकाससँगै संसारमा नयाँ–नयाँ अनुसन्धानमात्र भएका छैनन्, संसारलाई राता रात ती कुरा थाहा पाउने अवसर मिलेकाले बजार माग दिनदिनै परिवर्तन भइरहेको छ ।

बदलिँदो बजार माग अनुसार तत्काल आफ्ना उद्योगको उत्पादन परिवर्तन गर्न नसक्ने प्रायः सबै उद्योग बजारबाट विस्थापित भएका छन् ।

 

हिजो तपाईंको छिमेकीमात्र प्रतिस्पर्धी थियो भने आज संसारको कुनै कुनाको नामै नसुनेको प्रतिस्पर्धीसँग तपाईंले बजार प्रतिस्पर्धा गरिरहनुपरेको छ ।

 

आजको बजार व्यवस्थामा तिनैमात्र सफल हुन सक्छन्, जसको आफ्नै व्यावहारिक अनुसन्धान र आविष्कार (इनोभेसन) निकाय छ । व्यावहारिक अनुसन्धान निकाय जसले ‘बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टर’सँग ‘को–क्रिएसन’मा काम गर्छ ।

 

विश्वको मान्यता के छ भने तपाईंले आजको युनिभर्सिटी मोडलमा व्यावहारिक अनुसन्धान गर्नुभयो र प्राज्ञिकहरूले अब्बल भनी दाबी गर्ने सार्वजनिक–निजी साझेदारी मोडल अपनाउनुभयो भने पनि एक हजार डलर मूल्य बराबरको अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ ।

 

तैपनि त्यो व्यावसायिकीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ ।

 

आज विश्वमा परम्परागत सार्वजनिक–निजी–साझेदारी मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ ।

को–क्रिएसन मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने निश्चित गराउँछ ।

त्यसकारण आज संसारका ठूलठूला उद्योगहरू सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम बनेका हुन् । त्यसरी सक्षम बनेका संस्थालाई ‘इनोभेटिभ’ कम्पनी भनिन्छ ।

 

आज विश्वमा परम्परागत सार्वजनिक–निजी–साझेदारी मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ ।

 

को–क्रिएसन मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण नेपालको हालका प्रधान मन्त्रीको नै भाषामा भन्ने हो भने पनि हाम्रा विश्वविद्यालयहरूले राज्य कोष बाट विशाल धनराशि लिँदै सीमित घेरामा रहेर असीमित प्रतिभा बोकेका विद्यार्थीहरूलाई असफलको दर्जा दिँदै राष्ट्रको लगानी, विद्यार्थीको सम्भावना र अभिभावकको सपनामा तुसारापात गरिरहेका छन् ।

 

विद्यार्थीलाई पढाइका नाममा आइए, बीए र एमए डिग्रीधारी साक्षर मात्र साबित गरिरहेका छन् । हाम्रो शिक्षाकै कारण प्राकृतिक रूपमा वरदान प्राप्त नेपाल ठगिएको, मानव बस्तीका लागि पूर्ण प्रतिकूल प्रकृतिबिच आफूलाई समृद्ध बनाएका इजरायल र खाडीमा गएर सस्तो श्रमिकका रूपमा जीविकोपार्जन गर्नुपर्ने बाध्यता लादिएको छ ।

 

परम्परागत रूपमा तीक्ष्ण प्रतिभा बोकेका पुर्खाको ‘जिन’ भएका नेपाली विद्यार्थी असाधारण सृजनशीलता बोकेका मात्र होइनन्, आफ्नो रुचि अनुसारको व्यावहारिक ज्ञान लिने अवसर पाए विकासमा कायापलट गर्न सक्ने सम्भावना बोकेका धरोहर हुन् ।

 

तर उपेक्षित छन्।

 

उक्त भेलामा प्रधान मन्त्रीका महत्त्व पूर्ण मन्त्रालय ओगटेका शालीन प्रकृतिका मन्त्री ज्ञवाली, आफ्नो सरकार महिला सहभागितामा प्रगति गरिरहेको र उच्च शिक्षामा महिला मैत्री बाताबरण तैयार गरिरहेको भनिरहेका थिए। सबैलाई मुलुकको बिकासमा जसरि सकिन्छ सहभागी हुन भनिरहेका थिए। उनैलाई साक्षी राखेर ब्रेन गेन सेन्टरको मुख्य बक्ता मद्दे एक महिला अतिथि  उनि आफै पुलचोक इञ्जिनियरिङ्ग क्याम्पस वाट पढेको हो, तर  पुरुष प्रधान व्यवस्थापन बाट महिलामा हुने शारीरिक र मानसिक हिंसा ग्रस्त कल्चर बोकेको त्यही इञ्जिनियरिङ्ग कलेजमा पढाउन जान सक्दिन भनि घोषणा गरि रहेकी थिइन।

 

ब्रेन गेन वेबिनार कार्यक्रम चलाउनेहरू बाट उनको भनाइहरुलाई निकै राम्रो बुँदाको हवाला दिदै  विभिन्न व्यक्तिले पुन ३ पटक सम्म दोहोराईएको भेटिएको थियो।

 

 

नेपाल नबुझेको सहभागीको रुपमा हेर्दा हाम्रो विश्व विद्यालयहरु र भएका इनोभेसन केन्द्रहरु बलात्कार र महिला यौन हिंसाको कल्चर बोकेको पुरुषहरु रहेको अपराधी झुन्ड वाट सञ्चालित को रुपमा संचालन भइरहेको चित्र देखाईएको थियो।

 

जुन वास्तविकता भन्दा अत्यन्त टाढाको स्थिति अतिरंजन युक्त रुपमै भनिएको हो।

 

सरकारी आयोजकको नियत थाहा भएन, तर अतिरञ्जन गरी प्रस्तुत उक्त भनाइहरु त्यहाँ सहभागी सबैको सामूहिक विचार र मान्यता हो जस्तै गरी सरकारी आयोजकको प्रस्तुति आयो।

 

नेपालको दुर्भाग्य त्यहाँ उठ्नु पर्ने कुनै कुरा उठेनन्।

 

इनोभेसनको पूर्वाधारको सबैभन्दा पहिलो वैज्ञानिक सर्त भनेको प्राविधिक शिक्षालय र विश्वविद्यालयमा बजारमुखी पाठ्यक्रम उपलब्ध हुनु हो । बजारमुखी पाठ्यक्रमको अर्थ पाठ्यक्रममा परिवर्तित ‘बडी अफ नलेज’को ज्ञान संलग्न भएको हुनु हो ।

 

ठुला धनराशि खर्चेर पटक–पटक परिवर्तन भएका हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयहरूको पाठ्यक्रम आज पनि कम्तीमा ८० देखि १०० वर्षभन्दा पुरानो ‘बडी अफ नलेज’मा आधारित छन् र त्यो पाठ्यक्रम लाई मुलुक सुहाउँदो बनाउन अमेरिका या क्यानडामा आफ्नो जीवन बिताएकाले हैन नेपालमै त्यसको नसा नसा बुझेका अरूको सक्रिय सहभागिता चाहिन्छ भन्ने सामान्य प्रसङ्ग समेत उठेन।

 

कम्तीमा जित जोशी र सबनम कोइराला जस्ता नेपालले नै गर्व गर्न लायक महानुभावको उपस्थितिमा उनीहरूलाई उच्च शिक्षा मार्फत  नेपालको विकासमा अनिबार्य बनेको इनोभेसनका इन्कुबेटरहरू, प्राविधिक शिक्षालयहरू र विश्वविद्यालयहरू आदि लाई कसरि स्थानीय बजारमुखी ‘बडी अफ नलेज’मा आधारित पाठ्यक्रम विकास गर्न, आफ्ना विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धी बनाउन, आवश्यक ज्ञान र सीप उपलब्ध गराउन र परिवर्तित प्रविधि र बजार माग अनुसार नियमित पाठ्यक्रम परिमार्जनमा लैजान सकिएला भन्ने आशा गरिएका विचारको माग गरिएको भए सन्तोष हुन्थ्यो। भएन।

 

उल्टो उनीहरू लाई समयको बन्देज ठोकियो। आयोजक आफै आफ्ना फत्तुर र सहभागीले सुन्न नचाहेका आफ्ना हालको नेपालको सन्दर्भमा कुनै भेलु डेलीवर गर्ने हैसियत र तुक नभएका कुरा राख्न महत्त्वपूर्ण समय आफै कुम्लाई रहेका थिए।

 

अमेरिकी श्रोता सुन्न चाहन्थे  नयाँ ग्र्याजुएट, वैदेशिक रोजगारबाट ८–१० लाख लिई फर्केका र स्थानीय स्तरमै स्वरोजगार हुन चाहने, नयाँ पेसामा जान चाहने उद्यमीलाई उनीहरूको आवश्यकता अनुरूपको सीपमूलक तालिम प्याकेज विकास गरी उपलब्ध गराउन प्राविधिक शिक्षालयहरू विकास गर्न कसरि उच्च शिक्षाको प्रयोग गर्ने ?

 

मुलुकमा स्थापना भई सञ्चालनमा रहेका उद्योगहरूसँग को–क्रिएसनमार्फत उनीहरूको उत्पादन परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम र गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारले ग्रहण गर्ने बनाउन सहयोगी भूमिका खेल्न सक्ने जनशक्ति नेपालमा कसरि व्यवस्था गर्ने ?

विदेशी इन्कुबेटरहरूसँग नेपाली उद्यमी तथा शिक्षालयहरूलाई जोड्न वाह हरुलाई सरकारले के गरे अलिकति प्रगति पथमा हामी जान सकिएला।

 

सहभागीको नै दुर्भाग्य मानौँ , ती कुराको उपाय बताउन सक्ने अत्यन्त प्रतिभाशाली कोइराला र जोशीलाई अर्कै प्रश्न दिएर डल्लाइयो।

 

इनोभेसनका इन्कुबेटरहरू नेपालमै उपलब्ध गरी प्राविधिक शिक्षालय, विश्वविद्यालय वाट निक्लने हाम्रा हालका ग्रेजुयेत नेपालका हालका प्रधानमन्त्रीकै भाषामा प्राविधिक वा अन्य प्रमाणपत्र साक्षर उत्पादन बनिरहेको क्रमभंगता कसरि गर्ने भन्ने विचार सुन्न पाइएन।

 

ब्रेन गेन सेन्टरले  स्थापना काल देखि आज सम्म एउटा काम गरेको छ त्यो हो  मन्त्री ज्ञवाली कै जिल्ला गुल्मीमा एउटा दिस्टेंस लार्निक खोल्ने।  त्यसैले मन्त्री ज्ञवाली लाई गुण लगाई सकिएको भन्न खोजिएको हो कि जस्तो प्रतीत गर्थ्यो।

समग्रमा यो कार्यक्रम वाट संसारकै प्रवासी नेपालीको प्रतिनिधित्व गर्ने संस्थाको नाम ब्रेन गेन सेन्टर भन्ने नाम दिएर मात्र पपुलारिटीको लागि पपुलारिटी लिन हाल सम्म अस्तित्वमा रहेको जो कोही ले बुझ्ने गरी कार्यक्रमले सन्देश दिएको थियो।

तर मात्र फगत कोही कसैको क्षणिक वह-बाईँ खाने नियतले आज जीवन मै पहिलो पटक संसारकै एक हजार उत्कृष्ट स्तरमा पुग्न सकेको त्रिभुवन विश्व विद्यालय र पुल्चोक क्याम्पस जस्तो हाम्रो आस्थाको धरोहर लाई नभएको कलङ्क लगाउनु यसका आयोजकको गम्भीर भुल हो।

 

यसको हिसाब किताब समयले गर्ने छ। तर आफ्नै मन्त्रालयको आफ्नै कार्यक्रमले यो दुर्भाग्य पूर्ण नतिजा दिँदै गर्दा शालीन प्रकृतिका धनी, धेरै नेपाली र प्रवासी नेपालीका प्रिय हालका नेपाल सरकारका प्रवक्ता र मन्त्री प्रदीप ज्ञवाली वाट आवश्यक कारबाही होस् भन्ने माग प्रवास बाट गर्नु हाम्रो धर्म हो।

 

त्यसैले हामी पुन यस्ता हरकत हुन नदिन सचेत गर्दै दोषी उपर आवश्यक कारबाही होस् भन्ने माग गर्दछौ।

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: