मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अमेरिकामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बने !

हिजो साँझ अमेरिकी क्षेत्रको एनआरएनए आइसिसी विज्ञ भेलामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बनेका छन्।

अमेरिकी क्षेत्रमा दशकौँ देखि जमेका कामले फुर्सदको समयमा कलम चलाउने बानी नछुटेका तर क्षमताले संसारकै उत्कृष्ट पत्रकारको रूपमा आफ्ना क्षमता विकास गरिसकेका पत्रकारहरू विजय थापा, किशोर सापकोटा, गुणराज लुइँटेल, सतिस चापागाईँ,  किरण मरहट्ठा, कृष्ण केसी आदिका जिज्ञासा /  सोधिएका प्रश्न जति सहजै उठाइदिए जस्तो देखिन्छ त्यसको उत्तर दिनु फलामको चिउरा चपाए सरह हुने गर्छ।

ज्ञान सम्मेलन बारे जानकारी दिदै विज्ञ समूहका डाक्टर लक्ष्मी पाठक (भिडियो)

शनिवार बेलुकी एनआरएन आइसिसीको विज्ञ भेला बारेको  पहिलो पत्रकार सम्मेलन गर्ने क्रममा धरै कुराहरू नेपाली डायसपोराहरु बिच राख्दै गर्दा  एनआरएन आइसिसीले तोकेका विज्ञ समूहका डाक्टर लक्ष्मी पाठक, डाक्टर आमोद पोख्रेल र खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे अमेरिकी क्षेत्रका तिनै हस्ती पत्रकारहरुको अत्यन्त मार्मिक र वास्तविकताको नजिक रहेको सवालको जवाफ दिन निकै हम्मे हम्मे अवस्थामा पुगे।

लगातार बर्सेको पत्रकारहरुको उत्तर खोज्न र जिज्ञासा मेटाउन  विज्ञहरुलाई निकै मेहनत गर्नुपरेको थियो।

 

तिनै पत्रकार हरुको जिज्ञासा बारे चर्चा गर्दा उदाहरणको रूपमा  पत्रकार किरण मरहट्ठाको अत्यन्त सटिक तर मार्मिक प्रश्न लाई लिन सकिन्छ।

 

मरहट्ठाको प्रश्नले प्राय तिनै विज्ञलाई नतमस्तक पारिदियो।

 

मरहट्ठाको  प्रश्नको आशय सहज थियो। विज्ञ भनेको के हो ? यो विज्ञ भेलाको उद्देश्य के हो ? यसको ले लाभ पुग्ने  हुने वर्ग को हो ? यो प्रज्ञा सभा भो वा विज्ञ सभा हो ? विज्ञ सभा हो भने किन विगतमा प्राज्ञ तरिकाका विषय बस्तु हरू आए ? तर आज सम्म नेपाल र नेपालीले केही पाएन? विगत बाट अब सिकेर नयाँ के हुँदै छ त ? यो र यस्तै आशय लुकेको मिठो तर मर्म स्पर्शी प्रस्तुति जो कोहीको मुटुमै प्रहर नगरी रहने सक्ने  स्थिति थिएन।

यस्तो प्रतीत हुन्थ्यो पत्रकार किरण मरहट्ठाको प्रश्नको एक गोली ले तिन सिकार बनिरहेको थियो। सायद  उनको प्रश्नले विज्ञ घिमिरेको मनले उनलाई यसरी गिज्याउँदै थियो। घिमिरे जी तपाई त  रैथाने जीवजन्तु र वनस्पतिको बजारीकरण गर्न माहिर मानिनु हुन्छ। अब मलाई भन्नुस तपाइको समेत सहभागिता हुने विज्ञ भेलाले के नेपाली रैथाने जीवजन्तु र वनस्पतिको पहिचान गरी तिनीहरूको उपयोग गरी तिनलाई खाद्य, पेय, तुथ पेष्ट, साबुन, इन्धन, औषधि, आयुरबेद जडीबुटी, घरेलु सर सफाइका समान, फ्लेभर, कस्मेटिक, मल-खाद, लत्ता कपडा, जैविक विषादी, खाद्य सुरक्षाको विषादी, जीव नियन्त्रक आदी बनाएर रैथाने वनस्पति र कीराबाटै “नेपाल” को आयात विस्थापित हुने गरी त्यसलाई व्यापारीकरण गर्ने ज्ञान र सीप नेपाल सम्म पहुँच पुर्‍याउन के गर्न के दिन सक्छ? कसरि यो भेला संवृद्ध नेपालको यात्रा अघि बढ्न सहयोगी बन्ला ?

मरहट्ठाको  प्रश्न र डाक्टर आमोद पोख्रेलको जवाफ (भिडियो)

 

शिक्षा विद समेत रहेका  डाक्टर लक्ष्मी पाठकको लागि सायद  त्यही प्रश्नले फरक आशय दिँदै थियो।

डाक्टर साप  नेपाल जस्तो मुलुकको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलता मार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने ‘इनोभेटिभ कम्पनी’ र संस्थाहरूको मानव जनशक्तिको पूर्ति गर्न सक्षम बनाउन केही न केही रूपमा हाल को शिक्षा प्रणाली र अध्यापन सामग्रीको वैज्ञानिकीकरण र मुलुकको स्थानीयता अनुरूपको सापेक्षिक गर्ने दिशामा सहयोग पुर्याउन कसरि यो भेला सहयोगी बन्ला?

 

अमेरिकाको अत्यन्त प्रतिष्ठित बिश्वो विद्यालयका डाक्टर आमोद पोख्रेललाई भने तिनै प्रश्नले टड्कारो रूपमा सायद  भनिरहेको थियो होला – डाक्टर साप ‘इनोभेटिभ’ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालस्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धान संस्थाले ‘इनोभेटिभ कम्पनी’ र संस्थाका लागि पर्याप्त दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो । आज पनि हाम्रो मुलुकको कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत शिक्षामा नै  खर्च गर्छ । त्यो सार्क मुलुकमा उच्च मध्येमै पर्छ । तर आविष्कारमा सार्क मुलुकमै नेपाल किन पछाडि छ । इनोभेसन वा विकासका लागि नेपालको तत्कालको आवश्यकता भनेको सीपमूलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरण हो भन्ने तपाइका विभिन्न समयका भनाइ हरूबाट हामी प्रशिक्षित हुँदै आएका छौ। अब पोस्ट कोभिडको महाप्रलय बिच तपाई नै आयोजक रहनु भएको यो ज्ञानको आदन प्रदान गर्ने भेलाले नेपालका नयाँ ग्र्याजुएट, वैदेशिक रोजगारबाट ८–१० लाख लिई फर्केका र स्थानीय स्तरमै स्वरोजगार हुन चाहने, नयाँ पेसामा जान चाहने उद्यमीलाई उनीहरूको आवश्यकता अनुरूपको सीपमूलक तालिम प्याकेज उपलब्ध गराई उनीहरूलाई स्वरोजगार बनाउने यात्रामा कसरि सहयोग गर्ला ?

 

मरहट्ठाको  प्रश्नमा खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको जवाफ (भिडियो)

हुन पनि पत्रकार सम्मेलनमा पत्रकार मरहट्ठाको जिज्ञासा कुनै प्रश्न थिएन। वा उठेका सवाल प्रश्नको हैसियतमा मात्र सीमित हुने प्रकारका थिएनन।

 

तिनीहरू समाधानको लागि मार्ग निर्देशन थिए। प्रश्न आफै गम्भीर र चुनौती पूर्ण उत्तरको खोजि थियो। प्रभावकारिताको लागि अबको बाटो के भन्ने निकास खोज्न प्रयास होस् भनी प्रस्तुत गरिएको अन्नतर आत्मा बाट  प्रस्फुटित ज्ञानको साटासाट गरिने भनी आयोजना गरिन खोजिएको भेला उपलब्धि मूलक बनोस भन्ने सुभेक्षा।

 

एनआरएनए अमेरिकाजको सेप्टेम्बरमा हुने क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलनको प्रेसमिट

Download (PDF, 174KB)

 

जब एक पत्रकार फगत पत्रकारका रूपमा आफूलाई सीमित राख्दैन, तर आफूलाई समाजमा विद्यमान समस्याको समाधानको एक पात्रको रूपमा सञ्चार कर्मीकै हैसियतमा संलग्न बन्छ तब उसले आफूलाई  अन्य भन्दा फरक स्थानमा पुर्‍याई सकेको हुन्छ।  त्यति बेला उसका प्रश्नहरू केवल  प्रश्नका लागि हैन सकारात्मक परिवर्तन तर्फ मोडिन समाजलाई प्रेरित गर्ने प्रवृति बोकेको हुन्छ। प्रश्न आफैले समाधानको दिशा उन्मुख हुन ससाना गोरेटा कोरिदिने गर्दछ। एउटा कालजई गोरेटो जुन समाधानको मूलबाटो पुग्न सहयोगी बन्छ ।

 

हुन पनि भागवत गीता भगवान् श्री  कृष्णको उत्तरले हैन, बरु अर्जुनको प्रश्नको जगमा उभिएको बुझेका नेपाली मूलका अमेरिकी पत्रकारहरू अब्बल नरहनुको कुनै कारण पनि थिएन।

नेपालीमुलका अमेरिकी क्षेत्रका पत्रकारहरू आज संसारकै उत्कृष्ट पत्रकारको रूपमा आफूलाई उभ्याउन सक्नुमा अन्य  पनि निकै कारणहरू  होलान। मूकदर्शकका रूपमा हामीले भने यस्तै यस्तै निचोड निकाल्न पुगेऊ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: