मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

श्रीकृष्ण विज्ञान !!

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।।
हरे राम हरे राम राम राम हरे हरे।।

                                             नारायण नारायण नारायण।

वेद र विज्ञानको सम्बन्ध बारे कुरा गर्दा वेदका लक्षार्थ अर्थात् यथार्थ  ज्ञान र विज्ञानको आफ्नो क्षमता अनुरूप त्यसलाई व्यवहारमा प्रयोगात्मक रूपमा प्रयोग गरी स्थापित गर्न सकेको मान्यता र विज्ञानले त्यो क्षेत्रको यथार्थताको पुष्टि गर्न गरिरहेको प्रयास र त्यसमा प्राप्त हुन सकेका उन्नति प्रगति वारेको चर्चा गर्ने गरिन्छ।

 

वेद पारा अर्थात् अव्यक्त विज्ञानमा धेरै दक्खल राख्दछ। विज्ञानले त्यस क्षेत्रमा आफ्नो क्षमता विकास गर्ने क्रममा अत्यन्त सीमित स्तरमा रहेकोले त्यो क्षेत्रको वेदको अधिक धारणाको न त स्वीकार नै गर्दछ।  न इन्कार नै। त्यस्ता प्रश्नहरूमा विज्ञानले आफ्नो दक्षताको विषय नरहेको भनी आफ्नो धारणा दिने गर्दैन।

 

विज्ञानले अपरा अर्थात् व्यक्त अर्थात् भौतिकवाद बारे आफ्नो निपुण ज्ञान राख्दछ। त्यो क्षेत्रमा आफ्नो क्षमता विस्तारमा समेत विज्ञानको प्रगति अत्यन्त तारिफ योग्य छ। भौतिक ज्ञान अन्तर्गत विज्ञान आफै यथार्थ शास्त्र रहेकोले विज्ञानको प्रमाणित गर्न सकेको विषय वस्तु  अनुसार वैदिक अवधारणाहरूमा अन्तर्निहित सन्देश लाई थप गहिरो गरी बुझ्ने अवसर वैदिक ज्ञानको क्षेत्रमा चासो राख्नेहरूलाई उपलब्ध हुने गर्दछ।

 

यिनै एक अर्कोको परिपूरण भूमिकाका कारण आजको दिन सम्म वेद र विज्ञान बिचमा खासै मत भिन्नता भेटिन्न। यी दुवै ज्ञानको मध्यम वाट मानिसले आफ्नो चाखको क्षेत्रमा धेरै ठुला ठुला अनुमान र यथार्थको निश्चय गर्न सफल बनेको छ।

 

वैदिक ज्ञान अन्तर्गत चर्चामा आउने हरेक ऋचा तथा संस्कृतका प्राय सबै कथामा उल्लेख हुने गरेका सूचनाहरूमा मूलतः तिन तहका फरक फरक सन्दर्भ अनुरूपको अर्थ दिने आशयका सन्देशहरू अन्तर्निहित हुने गर्दछन्। पहिलो सामान्य शब्द-अर्थ जुन सामान्य मानिसको सामान्य व्यवहारिक बुझाइको लागि हुन्छ। त्यसलाई शाब्दिक अर्थ भनिन्छ। दोस्रो छ भव-अर्थ अर्थात् पाठकको लागि सम्प्रेषण गरिएको  लाक्षणिक अर्थ। त्यसमा प्राय: नैतिक सन्देशहरू लुकेको हुन्छ। तेस्रो हो लक्षार्थ अर्थात् उच्च आध्यात्मिक अर्थ। यथार्थ अर्थ। जसमा जीवनको अर्थ र लक्ष सम्बन्धको आध्यात्मिक ज्ञान संलग्न हुन्छ। यस प्रकृतिको ज्ञान वा शिक्षामा उक्त सूचनाको मूल अन्तर्दृष्टि, चुरो रस र यथार्थ तात्पर्य बोलिएको हुन्छ।

 

गीता अध्याय १५:७ को लक्षार्थ अनुरूप कृष्ण परमात्मा हुनुहुन्छ। अर्थात् सामूहिक चेतनालाई हामीले कृष्ण भन्ने गर्दछौ। त्यही सामूहिक चेतनाको केही अंश प्रत्येक जीवमा रहेर उक्त जीवको निर्माण र जीवन सञ्चालन हुन सम्भव भएको छ। जसलाई हामी आत्मा भन्दछौ।

 

भक्ति वा प्रेमको हिसाबले व्याख्या गर्दा हरेक जीवको आत्मा बाहेकको सम्पूर्ण चिज स्वभावैले नारी मानिन्छ। त्यसलाई प्रकृति (डिम्बले जस्तो स्याहार, सुसार र नष्ट गर्ने शक्ति) भनिएको छ। कृष्ण मात्र पुरुष रहेकोले हरेक जीवको चेतना वा आत्मालाई पुरुष (वीर्य मार्फत जीवनको रूपमा प्रकट हुन आउने शक्ति) मानिन्छ।

 

प्रकृतिको नियम अनुरूप नै नारी तर्फ सबै पुरुषहरू र पुरुष तर्फ सबै नारीहरू आकर्षित हुन्छन्। यथार्थमा नारी र पुरुष बिचको आकर्षणको शक्तिको कारणले मात्र जीवन सम्भव बनिरहेको छ।  त्यसो त चेतना आफै सामूहिक चेतनाको अंश रहेको र त्यो पुन: सामूहिक चेतनामा नै फर्कने उसको लक्ष रहने गर्दछ। त्यसैले कृष्ण अर्थात् सामूहिक चेतना संग सबै जीवहरू, जीवको चेतनाको कारण स्वाभाविकैले आकर्षित हुने गर्दछन्। कृष्णमा मिलन हुन पाउने अवसर आफ्नो अन्तिम आनन्द (परमानन्द) प्राप्तिको अवसरको रूपमा ग्रहण गर्ने गर्दछन्।

 

बुद्धको दर्शन अन्तर्गत आफ्नो स्रोतसँग दिव्य प्रेममा विलीन हुने आत्माको अवसरलाई निर्वाणको अवस्था समेत भन्ने गरिएको भेटिन्छ।

 

वैदिक धारणा अनुसार परमात्मा भनिने सामूहिक चेतना सम्पूर्ण ब्रह्माण्डमा व्याप्त रहन्छ। ब्रह्माण्ड निर्माणमा पुरुष र प्रकृति तथा हरेक जीव निर्माणमा आत्मा र भौतिक शरीर आपसी आकर्षणको शक्ति मार्फत नियमित संसर्गमा रहेर मात्र सम्भव भएको छ। विज्ञानमा त्यसलाई इनर्जी वेब फङ्गसन भनिएको छ।

पदार्थको गुणको रूपमा रहेको इनर्जी वेब फङ्गसन क्वान्टम पार्टिकल र भौतिक पार्टिकलको निर्वाण मार्फत भौतिक पदार्थ निर्माणको भूमिकामा देखिन्छ। भौतिक पदार्थको निर्माणको भूमिकामा रहने क्वान्टम पार्टिकल र भौतिक पार्टिकललाई वैदिक भाषामा नरकासुर भनिन्छ। भौतिक जगत युक्त पृथ्वीलाई भने मर्त्य लोक अर्थात् जन्मिए पछि मृत्यु अनिवार्य रहेको लोक भनिएको छ। जहाँ जीवहरू निश्चित व्यवहारिक बन्धनमा समाहित हुने गर्दछन्।

 

हाम्रो ब्रह्माण्ड गोलाकार छ। तपाईँ गोलाकार बस्तुको संरचना बारे जान्न चाहनु हुन्छ भने अङ्क ८ को विशेष महत्त्व बारे जान्न आवश्यक छ। किनकि गोलाकार बस्तुको परिधिको लम्बाई जान्न त्यसको सूत्रमा प्रयोग हुने पाई (π) को अर्थ र परिणाम जान्न जरुरी हुन्छ। जुन π=२२/७ हुन्छ। त्यसको अर्थ के हो भने कुनै पनि सर्कललाई जब तपाईँ सात बराबर भागमा विभाजन गर्न सक्नु हुन्छ। सात भागका हरेक भागले एक चरण लाई जनाउने गर्दछ।

 

जब तपाई कुनै पनि कार्य एक चरणमा सुरु गर्नु हुन्छ त्यो सम्पूर्ण सात चरणमा पुरा हुने गर्दछ।  उक्त विभाजनमा हरेक ८ औँ चरणले तपाईँ लाई तपाइको सुरुको चरणमा लैजान्छ। यसरी हरेक कुराको अन्त्य त्यसको नयाँ चरणको सुरुवात सँगै जोडिएको हुन्छ भन्ने कुरा वैदिक समयमा पत्ता लागेको थियो। त्यसैले तपाइको जीवनको चोलाको परिधि वा यात्रा जस्तो सुकै लामो भए पनि यसलाई ७ चरणमा विभाजन गर्न सकिन्छ। सातौँ चरण सकिए पछि तपाई फेरी नयाँ चोलामा प्रवेश गर्नु हुन्छ। त्यसै विवाहको मण्डपमा हामी ७ वटा सर्कलहरू बनाउने गर्दछौ। ७ जीवनको चरणको लागि सात फेरो लिएर बन्धनमा बाँधिने गर्दछौ।

 

८ औँ चरणमा पुग्दा तपाई  त्यस चोलाको सबै बन्धनबाट मुक्त भएर नयाँ चोलामा जानु हुन्छ। हाम्रो आत्माको विकासको क्रम पनि यस्तै हुने वैदिक अवधारणा भेटिन्छ। तपाईँको जीवनको सात चरण पुरा हुने क्रममा जीवनको निर्माण (उत्पत्ति) र  अन्तिम ध्वंस (सातौँ चरण) समेत गरी मूलतः आठ प्रक्रिया भूमिकामा देखिन्छ। त्यसको लागि हरेक चरणमा आठ मुख्य शक्तिहरूको नै भूमिका रहने गर्दछ।

 

वैदिक अवधारणामा आधारित कथा हरूमा भगवान् कृष्ण लाई भगवान् विष्णुको पूर्ण अवतार भन्दै  कृष्णको मुख्य आठ पत्नीहरू रहेको भनिन्छ। जहाँ आठ पत्नीहरूले उल्लेखित हरेक चरणमा भूमिका खेल्ने आठ मुख्य शक्तिहरूको प्रतिनिधित्व गर्दछ।  शक्ति आफैमा नारी रुपी हुने हुँदा यसलाई पुरुष नभनेर पत्नी भनिएको हो। जुन यस प्रकारको छ।

 

१) श्री /लक्ष्मी/पुष्टि – भाग्य,समृद्धि,कल्याण। २) भू /क्षमा/दया-करुणा। ३) शान्ति/निद्रा – सन्तुष्टि।  ४) कान्ति-सुन्दरता। ५) सरस्वती/मति/मेध-शिक्षा,ज्ञान, बुद्धि।  ६) धृति/प्रीति/ श्रद्धा- सहनशीलता, प्रेम, मैत्री, मायालु, पूजा, आराधना। ७) तुष्टि/रति/स्मृति-आनन्द। ८) विजया – विजय।

 

आठ प्रकृति शक्ति गुण युक्त कृष्णको पत्नी लाई राधा-रानी समेत भनिन्छ। सारमा लिँदा भने कृष्णका मुख्य दुई पत्नी वा दुई शक्तिको श्रोत बारे चर्चा हुन्छ। ती हुन् रुक्मिणी र सत्यभामा। जसले इड़ा (प्रकृति, नारी गुण) र पिंगला (पुरुष) दुई नाडी अर्थात् द्वैतवाद सिद्धान्तको प्रतिनिधित्व गर्दछ। कृष्ण आफै भने अद्वैत अर्थात् ब्रह्मा नाडी भएको मानिन्छ।

 

कृष्ण भगवान् विष्णुको आठौँ अवतारको रुपमा देवकीका आठौँ छोराको रूपमा अष्टमीमा जन्मिए। स्पेस-टाइम(काल)-दिशाको नियन्त्रणमा आठ पुरुष र आठ नारी गरी १६ शक्तिको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। हरेक जीवको कर्म दश दिशा भित्र (आठ भौगोलिक दिशा तथा तल-माथि) निर्देशित हुने गर्दछ। वैदिक कथाहरूमा हरेक दिशामा संलग्न हुने आठ देवी शक्तिहरू र माथि तथा तलको दिशाको प्रतिनिधित्व गर्ने राधा शक्तिलाई उनको रानीको रूपमा चित्रित गरिने गरिएको छ।

 

योगको पक्ष वाट हुने आध्यात्मिक व्याख्या अनुसार ८ पत्नीहरू भनेर तिन प्रमुख नाडीहरू (इड़ा, पिंगला र सुषुम्ना – बायाँ, दायाँ, र मध्य) जसले शरीरमा जीवन र जीवनको शक्ति दिन्छ तथा प्रकृतिका पाँच तत्त्व निर्मित पाँच प्राणहरूको क्षेत्रलाई जनाउने गर्दछ। भक्ति परम्परा अनुसार आठ रानीहरू भनेर भक्तिको आठ रूपहरू श्रवण, कीर्तन, स्मरण, पद सेवा, अर्चना, वन्दना, दास्य, साख्य मार्फतको समर्पण, भक्तिको अन्तिम रूप र आत्मा-निवेदन हो।

 

मानव अव्यक्त सूक्ष्म शरीर जसले व्यक्त स्थूल शरीरको गुण निर्धारण गर्दछ त्यो ऊर्जाको एक क्षेत्र हो जुन भौतिक शरीरको रूप भन्दा अत्यन्त तरल हुन्छ र ऊर्जा (प्राण) नाडी भनिने सूक्ष्म च्यानलहरू मार्फत प्रवाह हुन्छ। सम्पूर्ण सूक्ष्म शरीर भनेकै यी च्यानलहरू हुन्। जसमा मननै ती सम्पूर्ण नाडीहरूको समग्र रूप हो। त्यसैले विना नाडी मनले काम गर्न सम्भव हुँदैन। न बिना मन नाडीको समेत अस्तित्व सम्भव छ। यथार्थमा मन सूक्ष्म ऊर्जाको क्षेत्र हो भने नाडीहरू तिनै प्राणिक ऊर्जा प्रवाह हुने मार्ग हो।

 

शास्त्रीय योग ग्रन्थहरू अनुसार शरीरमा बहत्तर हजार नाडीहरू हुन्छन्। तिनै नाडीहरूले सूक्ष्म शरीरलाई भौतिक ऊर्जा दिन्छ। नाडीहरू स्नायुहरूको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हुन्। मन भने मस्तिष्कको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हो।

 

मनमोहक तर जटिल चित्र कोर्ने क्रममा एक चित्रकारले चित्र तैयार बनिसके पछि अदृश्य रहने प्रशस्त निहित तथा काल्पनिक रेखाहरू कोर्ने गर्दछन्।  निहित रेखाको डोब चित्र तैयार हुँदा समेत गौर गरेर हेर्दा देखिन्छ। काल्पनिक रेखाहरू चित्र तैयार भई सक्दा पूर्ण अदृश्य बन्दछन्। निहित तथा काल्पनिक रेखाहरूको सहारामा नै एक अद्भुत तथा मनमोहक जटिल चित्र तैयार हुन्छ।

हेरेक जीवको जिबनको निर्माणको क्रममा समेत यिनै प्रक्रिया समावेश हुने गर्दछ। अव्यक्त सूक्ष्म शरीरको गुणहरुको निर्माणमा नाडी र मनले  निहित तथा काल्पनिक रेखाहरूको भूमिका खेल्दछ।

 

शरीरभर छरिएका स्नायुहरूको प्रकृति निर्मित निहित तथा काल्पनिक रेखाहरूको समग्र खाकाले नाडीको निर्माण गर्दछ। स्नायुहरूको गुण निर्माण हुने क्रममा महसुश हुने र नहुने निहित तथा काल्पनिक प्रकृतिका रेखाहरू मिलि बनेको टेम्पलेटको रूपलाई जनाउन वैदिक भाषामा नाडी शब्द चयन भएको छ। त्यही नाडीनै स्नायुहरूको संचालन तथा हाम्रा अनुभूतिहरु निर्माणमा मस्तिष्कमा सुचना पठाउन भूमिका खेल्ने सुक्ष्म इनर्जी फिल्डको संरचना बन्दछ। तिनै नाडीहरू मार्फत प्राप्त सुचनानै शरीरको हरेक भागवाट मस्तिष्क सम्म चेतना संग सम्बन्धित सूचना र अनुभूतिहरू पुग्ने मध्यम बन्दछ।

 

मस्तिष्कको प्रकृति निर्मित निहित तथा काल्पनिक रेखाहरूको समग्र खाकाले मनको निर्माण गर्दछ। मस्तिष्कको आधारभूत सूक्ष्म गुण निर्माण हुने क्रममा महसुस हुने र नहुने निहित तथा काल्पनिक प्रकृतिका रेखाहरू मिली बनेको टेम्पलेटको रूप लाई वैदिक भाषामा मन शब्द चयन भएको छ। त्यही मननै मस्तिष्कको सञ्चालन तथा हाम्रा बिचार र अनुभूतिहरू निर्माणमा भूमिका खेल्ने सूक्ष्म इनर्जी फिल्डको संरचना बनाउने पूर्वाधार बन्दछ। मननै मस्तिष्कमा सोच विचार र चेतना संग सम्बन्धित पक्षहरूको संयोजन गर्न भूमिका खेल्दछ।

 

हाम्रो शरीर भित्र निर्माण हुने ठुलो मात्राको ऊर्जा शरीरमा रहेका कोशिकाहरू भित्र हुने माइटोकोन्ड्रिया नामक स-साना मानव ब्याट्रीका संरचनाहरूले आन्द्राले खानाबाट प्राप्त जटिल कार्बोहाइड्रेटहरू लाई साधारण चिनीमा तोडेर उनीहरू लाई उपलब्ध गराएको सामान्य संरचनाको चिनीलाई पचाएर निर्माण गर्दछ। आधुनिक विज्ञानको हालको अनुमान अनुसार यसरी बनेको  ऊर्जाको लगभग बिस प्रतिशत शरीरको जम्मा दुई प्रतिशत भागको हिस्सा रहने मस्तिष्कले हरेक दिन खपत गर्छ।

 

वैदिक विज्ञानको अनुमानमा हरेक जीवको शरीरले खपत गर्ने सम्पूर्ण ऊर्जाको “दुई बिस दुई डट दुई दुई” अर्थात् लगभग बाइस प्रतिसतको हाराहारीमा मन र मस्तिष्कले खपत गर्दछ। त्यसैको समानुपातिक रूपमा गरिएको लेखाजोखा अन्तर्गत सम्पूर्ण बहत्तर हजार नाडीको लगभग त्यही अनुपातमा हुने सोह्र हजार नाडी मन र मस्तिष्कको मात्र सञ्चालनमा पूर्ण रूपमा समर्पित रहन्छ।

 

उल्लेखित आठ पत्नीहरूको अतिरिक्त श्रीकृष्णको सोह्र हजार गोपिनी पत्नीहरू थिए भनी उल्लेख भएको भेटिन्छ। सोह्र हजार सङ्ख्याले आध्यात्मिक रूपमा बहत्तर हजार मध्येको माथि उल्लेखित सोह्र हजार नाडीहरू अर्थात् सूक्ष्म स्नायु गुणको प्रतिनिधित्व गर्दछ।

 

वैदिक अवधारणामा अनुरुप व्यक्तिको चेतना लाई अहङ्कार बाट सम्पूर्ण रूपमा मुक्त गर्न सक्दा व्यक्तिको चेतनाको अस्तित्व व्यक्तिमै रहँदाको अवस्थामै समेत सामूहिक चेतना सँग एकताबद्ध हुन सम्भव हुन्छ। त्यसो हुन सक्दाको चेतनाको रूप लाई तुरिया भनिन्छ। तुरिया रूपको चेतना समाधिको अवस्थामा सामूहिक चेतनामा सम्पूर्ण रूपमा अवशोषित हुन सम्भव रहन्छ। त्यस प्रकृतिको समाधि लाई तुरिया समाधि अर्थात् निर्विकल्प समाधिको अवस्था मानिन्छ।

 

योगको मान्यता अनुसार तुरिया समयमा मन र मस्तिष्कको सञ्चालनमा समर्पित रहने सोह्र हजार नाडीहरू एकै फ्रिक्वेन्सीको हार्मोनिमा कम्पन हुने गर्दछ। जसलाई भगवान् कृष्णको एकै समयमा हरेक गोपिकासँग अलग-अलग नाचिरहेको रस-लीलाको रूप मानिन्छ। तुरिया अवस्थामा नाडीहरूले पैदा गर्ने पूर्ण तालमेलको सिङ्क्रोनाइज बनेको इनर्जी वेब-फङ्गसनको अवस्थामा मस्तिष्कले परम-आनन्द अर्थात् ब्लिसको अनुभूति गर्दछ।

 

वैदिक विज्ञान अन्तर्गतको श्रीकृष्ण तथा गोपिका सम्बन्ध विज्ञानलाई वैज्ञानिक आँखाबाट हेर्दा त्यसभित्रको गहिरो वैज्ञानिक व्यावहारिकता बुझ्न सम्भव हुन्छ। श्रीकृष्ण विज्ञानको अन्तर्यमा लुकेको विशिष्ट ज्ञानले प्राकृतिक नियम सङ्गत रूपमा हाम्रो जीवनलाई व्यवहारिक पथमा लैजान गहन सूचना दिने गर्दछ।

34Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: