मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हामीले किन क्यानडाको लिबरल पार्टी रोजने ?

अन्य समुदायका क्यानेडियन नागरिक जस्तै हामी नेपाली क्यानेडियनहरु समेत क्यानडा सरकारको क्यानडामा बसाइ सरि क्यानडाको आर्थिक गतिविधि सुदृढ पार्न गरेको आधिकारिक अनुरोध लाई अवसरको रूपमा लिएर आफू जमेको मुलुकको आफ्ना सबै नाता, सम्बन्ध सबै छोडी आफ्नो  जाया जेथा सबै बेचेर क्यानडा  बसाइ सरियो।

क्यानडा जस्तो सात  समुन्द्र परको आफ्नो जाए-जन्म, भाषा-संस्कृति, वातावरण अनुरूप प्रतिकुल वातावरणमा समेत कडा श्रम गर्दै आफूलाई घुल-मिल गरी नयाँ परिबेसमा जरुरत पर्ने नयाँ सिप, क्षमता र व्यावसायिक बुद्धिमत्ता मार्फत क्यानडाको विकासमा  दत्त चित्त लगाएर सहभागी पनि बनियो बनियो।आजको क्यानाडाको सफलताको पछाडी हाम्रो पनि ठुलो योगदान रहयो।

 

क्यानेडियन सरकारको नीति अनुरूप तत्कालीन नियम,  कानुनका  सबै सर्तहरू सफलता पूर्वक पुरा गरी  हामी प्रवासी नेपाली,  नेपाली क्यानेडियन हुन सकेका थियौ।

 

त्यसैबिच क्यानडाको कन्जरभेटिव पार्टीको नेतृत्व गर्दै क्यानडाको प्रधान मन्त्री बनेका स्टेफेन हारपरको सरकारले क्यानडाको नागरिकता दिने पद्दति कडा  बनाउने नाममा हामी  नेपाली आप्रवासी लगायतका धेरै आप्रवासी क्यानेडियनहरू लाई निद्रा वाट झल्याँस्स हुने गरी  जून २०, २०१४ मा  एका एक विवादास्पद बिल सी-२४ नामक क्यानाडीयन नागरिकता ऐन (SCCA) को कानुन ल्याए।

 

कन्जर्भेटिबले बनाएको उक्त कानुनमा सङ्घीय सरकारले बाहिर जन्मेर  क्यानडाको नागरिक भएको तपाई हामी आप्रवासीहरु लाई चाहेको खण्डमा सत्य अथवा मिथ्या  आरोप लगाई नागरिकता खोसी देश निकाला  समेत गर्न सक्ने व्यवस्था गरिदियो ।

तपाई हामी  नेपाली लगायत सबै आप्रवासी नागरिकहरू  लाई दोस्रो दर्जाको हैसियत दिने उक्त बिल अनुसार सरकार लाई  कुनै आप्रवासी गम्भीर प्रकृतिको अपराधमा र देशद्रोही जस्तो गतिविधिमा लागेको शङ्का मात्र लागेमा समेत उसको नागरिकता खोसी उसलाई मुलुक निकाला गर्न सक्ने छ भनियो।

 

त्यस्तो आप्रवासी लाई नागरिकता तथा  आप्रवास क्यानडा (सीआईसी) द्वारा लिखित नागरिकता रद्दको सूचना दिने व्यवस्था मिलाइयो।

 

सरकारको उक्त निर्णय चित्त बुझोस् नबुझोस उसलाई  क्यानेडियन नागरिक हुनु भन्दा अगाडी जुन देशको नागरिकता थियो त्यही मुलुकमा निकाला गरिने व्यवस्था भयो ।

 

सरकारको उक्त निर्णय चित्त नबुझेमा क्यानडाको अदालतमा ६० दिन भित्र कुनै प्रतिनिधि कानुन व्यवसायी मार्फत अपिल गर्न भनियो।

क्यानडामा जन्मेका नागरिक को  हकमा भने त्यस्तो अपराध पूर्ण गतिविधिमा संलग्न भएको लागेमा क्यानडाकै जेलमा राख्ने, मुद्दा लड्न सरकारले कानुनी खर्च व्यहोर्ने, अदालतमा आफै उपस्थित भई सफाइ पेस गर्न पाइने नियम बनाइयो।

 

एउटा सामान्य गाडी पार्किङ गर्दा दिइने नहिसियतको टिकट  बारे समेत अदालतमा आफै उपस्थित भएर मुद्दा लड्न पाउने कानुनी राज हुने मुलुकमा ज्यान मार्ने , राज द्रोह र अन्य जघन्य अपराधको आरोप लाग्दा आफै अदालत जाने र सफाइको याचना गर्न पाउने अधिकार समेत आप्रवासी वाट खोसियो।

 

बदनियत पूर्वक आप्रवासी लाई काममा दलाउने, मुलुकको विकासमा उसको कमाइमा अन्य नागरिक सरह कर थोपरेर ठुलो हिस्सा करका रूपमा लिएर मुलुक बनाउने  तर तिमि  यहा  बाचुन्जेल दोस्रो दर्जाको नागरिक हौ र रहने छौ। हामीलाई मन नपर्दा तिमि कुनै पनि दिन निकालिन सक्छौ भन्ने  मानसिक तनाव  दिएर उनीहरूको आवाज दबाउन सकिन्छ भन्ने भित्री आशय रहेको जस्तो प्रतीत हुने  प्रकृतिको विभेदी कानुन आप्रवासी माथि लादियो।

तर एउटा बाहेक जनताको लागि राजनीति गर्ने भनेका अन्य पार्टीहरू यसमा सकारात्मक भूमिका खेल्न तैयार भएनन्। कतिले आप्रवासीलाई भोट बैकको रूपमा प्रयोग गरी उनीहरुकॊ पक्षमा बोलेको जस्तो नाटक गरे।

 

हाम्रो त्यो संकटको घडीमा, हामी माथि भईरहेको चरम अन्यायको विरुद्ध आफ्नो राजनीति नै दाउमा लगाएर सत्यको पक्षमा कोही उभिएको थियो भने त्यो मात्र  क्यानडाको लिबरल पार्टी थियो।

 

त्यो पार्टीको नेता हालका प्रधानमन्त्री जस्टिन ट्रुड़ो मात्र थिए। ट्रुड़ो ले  त्यस विरुद्ध आन्दोलन छेड्ने कार्यको नेतृत्व नै लिएका थिए।

 

उनलाई पनि यो लडाई लड्न अन्य पार्टीको खासै साथ मिलेन। लिबरल पार्टीले यसलाई आफ्नो जीवन मृत्युकै लडाईको रूपमा लिएर सम्पूर्ण आप्रवासी लाई न्याय दिलाउने प्रण गर्‍यो। लिबरल पार्टी  हाम्रा लागि एक्लै लड्यो।

 

कन्जर्वेटिभ सरकार द्वारा संसदमा ऐन पेश गरी  मे  २०१५ देखि लागु हुने गरी आप्रवासी लाई दिश्रो दर्जाको नागरिक बनाउने नियत मा ल्याइएको ऐन सी-२४  संसदमा  प्रस्तुत हुँदै गर्दा लिबरल पार्टीले एउटै मुलुकमा दुई दर्जाको नागरिकको व्यवस्था गरिनु दुर्भाग्य पूर्ण भन्दै विरोध गर्यो।

 

प्रतिपक्षमा भोट हाल्यो ।

 

संसद्मा बहुमत पाएको कन्जर्वेटिभ पार्टीको सरकारले बल जफत तपाई हामी जस्ता आप्रवासीहरू लाई दिश्रो दर्जाको नागरिकको कानुन बनाएर टिका लगाई दियो। हामी लाचार बन्यौ। सहारा विहीन र अपमानित बन्यौ।

 

लिबरल पार्टीले आगामी चुनावमा आफू बहुमत पुर्‍याएर आउने र यसलाई  मिल्क्याएर फालिदिने घोषणा समेत गर्‍यो।

 

घोषणा अनुरूप लगतै भएको आम निर्वाचनमा सम्पूर्ण आप्रवासीहरूको भोट र साथ समेत लिएर लिबरल पार्टीले  बहुमतको सरकार  बनाउन सक्यो। हामीमा हाम्रो गुमेको सम्मान पुनः प्राप्ति हुने आशा सञ्चार भयो।

 

हाम्रो आशा निराशामा बद्लिन नपाउँदै लिबरल पार्टीले नयाँ  ऐन बिल सी-६ ल्याएर ऐन सी-२४ को हामीलाई दोस्रो दर्जाको नागरिक बनाइएको व्यवस्था हटाई दियो।

 

 

औपचारिक रुपमै  आप्रवासी लाई  थुपारिएको   दोस्रो दर्जाको नागरिकको विभेद हटाई अन्याय विरुद्ध न्याय दिलाउने काम सम्पन्न भयो।

 

बिल सी- ६ ल्याउँदै गर्दा लिबरल पार्टीले   स्थायी आप्रवासी बासिन्दाहरू लाई नागरिकताका लागि आवेदन दिन योग्य हुने समय कम गर्ने, बिल सी -२४ अन्तर्गत कन्जर्वेटिभ सरकारले वृद्ध स्थायी आप्रवासीलाई भाषा र ज्ञान परीक्षण बिनै नागरिकता पाउने पहिलेको व्यवस्था हटाएकोमा पुनर्स्थापना समेत गरिदियो।  जुन हामीले चाहेको तर माग नगरिएको  विषयमा समेत हामी माथि देखाइएको सदाशयता थियो।

 

जसले गर्दा  आज हामी नेपाली क्यानेडियन नागरिक  तथा  अन्य आप्रवासी क्यानेडियन नागरिक माथि भएको विभेद र हाम्रा बृद्ध अभिभावक हामी सँग क्यानेडियन नागरिक भएर बस्न क्यानडामा बस्न पाउने अधिकारको लागि ढोका खुला हुन गयो।

 

उक्त  अधिकारहरु प्राप्तिमा हामीलाई  लिबरलले त्यो पार्टी  हाम्रो आफ्नै पार्टी रहेको अनुभूति दिने गरि काम गरिदियो।

 

 

सम्मानित नेपाली क्यानेडियनको रूपमा  क्यानडामा बस्न, एक नागरिकको सबै अधिकार उपयोग गर्न र चाहदा राजनैतिक अधिकार समेत लिन सक्ने गरि  हाम्रो कानुनी अधिकारको लागि लिबरल पार्टीको योगदान हाम्रो लागि वरदान बन्यो।

 

हामीलाई थाहा छ, यो त मात्र  एउटा प्रतिनिधि मूलक घटना मात्र हो।

 

यो र यस्तै अन्य थुप्रै लिबरल पार्टीले तपाई हाम्रो लागि गरेको त्याग र कार्यहरू समय क्रममा हामी तपाईँ हरू समक्ष राख्ने छौ।

 

त्यसैले त हामी भन्छौ हामीले माया गरौँ वा नगरौँ लिबरल एउटा यस्तो पार्टी हो जसले बिना सर्त तपाई हाम्रो हक, हित र अधिकारको लागि हिजो लड्यो, आज लड्दै छ र भोलि पनि लडी रहने छ।

 

त्यसैले हामीले यो पार्टीको को लागि सक्दो सहयोग गर्नु हाम्रो  आफ्नै  हितमा हुने छ।

22Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: