मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक मान्यतामा गाँजा प्रतिबन्ध जघन्य अपराध !

नारायण घिमिरे

१५०० देखि १००० बिसीको वरिपरि संयोजन भएको वेद अन्तर्गतको अथर्व वेद बुक ११, ह्युम ६, भर्स १५ लेख्छ।

पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः।

दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥

 

आध्यात्मिक र मनोबैज्ञानिक सबलताको लागि सहयोगी हुने मुख्य पाँच मुख्य बिरुवा जसलाई सोमको रूपमा ग्रहण गर्न सकिन्छ त्यसमा कुश, गाँजा (भाङ र हेम्प), जौको शक्तिवर्धक सातु समेत पर्दछ। तिनीहरूको सारतत्वको सेवन वाट हाम्रो जीवनलाई पुनर्ताजकी गरी तन्दुरुस्ती र स्फूर्ति युक्त (रेजुभीनेशन) तुल्याउन सकिन्छ।

 

तिब्बती भाषामा गाँजालाई सोम-रस्ता र तिबतो-बर्मन भाषामा तन्गुट्समा भनिने द्स्चोमा नाम गाँजालाई सोमरस अन्तर्गत राखिए वाटै आएको अनुमान समेत गरिन्छ।

 

वैदिक ग्रन्थहरू अनुसार सोम एक विशाल, आध्यात्मिक शक्ति प्रदायक जैविक प्राकृतिक श्रोत (देवता) हो। मार्फत अनुसन्धानका लागि गहिरो चिन्तनमा लिन हुने  विज्ञ, वैज्ञानिक (ऋषि)  तथा सामान्य मानवहरूको लागि समेत मादक तथा अधिक सेवन गर्दा हानिकारक हुनसक्ने सोम वर्गका बिरुवा आदिको सारतत्व लाई पवित्र रसको रूपमा सुद्ध करण (प्रशोधन) गरी यसको रेजुभीनेशन गुणको सदुपयोग गर्न उपयोगी हुने भनिएको छ। ऋग्वेदमा (VIII.९१.१) कतिपय पानीको सान्निध्य मौलाउने दुधिलो रस दिने बिरुवा सोम रसको श्रोत हुने उल्लेख छ।

 

वैदिक समय देखिनै निश्चित सामाजिक, पारिवारिक र निजी अनुशासन (धर्म), जादूई कला (प्लेसिबो) तथा अनुभवका आधारमा प्राकृतिक रूपमा उपलब्ध विभिन्न जडीबुटीहरूको निश्चित मात्रा मिसाएर तैयार गरिएको औषधीय पदार्थहरू सबैको सन्तुलित उपयोग वाट  प्रारम्भिक  चिकित्साको सुरुवात गरिने चलन थियो। जुन अथर्ववेदमा सङ्कलित छन।

 

यथार्थमा शारीरिक तन्दुरुस्ती तथा पुनर्ताजकीको लागि प्रयोग हुने सोम रसमा वर्गका पदार्थ समेत विभिन्न जडीबुटीहरूको उपयोग गरिन्थ्यो भने मानसिक उपचारमा (भूत, देवी देवता लाग्ने, ग्रह-दशा लाग्ने आदि) आन्तरिक सोमरसको उपयोग हुने गर्दथ्यो।

यो बिन्दुमा ख्याल राख्नु पर्ने चुरो कुरो के हो भने योग, प्राणायाम र ध्यान जस्ता अध्यात्मिक प्रयोगहरूको उत्पादनको सार तत्त्वको रूपमा मस्तिष्कमा प्रवाह हुने स्रावलाई सोम रसको विशिष्ट सार अथवा अन्तर आत्माको स्राव वा सोमरस मानिन्छ। योग अभ्यासको स्तरमा तेस्रो नेत्र अथवा आध्यात्मिक शक्तिको केन्द्र ठानिने थर्डआइ लाई सोम भनिन्छ। योग अभ्यास वाट अन्तर आत्माको स्राव मार्फत जब  अन्तर्दृष्टि खोल्न सम्भव हुन्छ, तब मानिसले सांसारिक यथार्थको बोध मार्फत स्वर्गीय आनन्दको अनुभूति लिन सक्ने स्थिति पैदा हुने विश्वास गरिन्छ।

 

सोम रसको विशिष्ट सारको रूपमा रहने अन्तर आत्माको स्रावको लागि वैदिक भजन एक प्रमुख सहायक विषय बन्दछ। यसमा कुनै एकल सोम समूहको बिरुवा वा पदार्थको सन्दर्भ मात्र नभएर परम्परागत परम्परागत तथा रैथाने योग, ध्यान र स्व-हिलिङ्ग पद्धतिको समेत उपयोग गरिन्छ। जस अन्तर्गत मनलाई आनन्द दिने, काबुमा राख्ने औषधीय मूल्यका बदल्ने बिरुवाहरू समेत जडीबुटीको रूपमा प्रयोग हुन्छ। हरेक समुदाय वा भौगोलिक क्षेत्रका मानिसहरूको आफ्नै विशिष्ट प्रकृतिको सामाजिक सर्ब स्वीकार्यताको सोम रस प्रदायक बिरुवाहरू हुने गर्दछन्। नेपालमा गाँजा समेत उक्त प्रकृतिको बिरुवामा पर्ने गर्दथ्यो।

गाँजा आफैमा शारीरिक, मानसिक र मनोवैज्ञानिक तन्दुरुस्ती तथा पुनर्ताजकी को लागि उपयोगमा आउने बिरुवा रहेकाले यो प्राचीन काल देखिने नेपाली परम्परा र संस्कृतिको अभिन्न अङ्गको रूपमा रहँदै आयो।

 

अथर्ववेदले पाँच पवित्र बोट मध्ये एक भनी गाँजा लाई उल्लेख मात्र यसका पातहरू र कोपिलालाई शारीरिक, मानसिक र मनोवैज्ञानिक तन्दुरुस्ती तथा पुनर्ताजकी प्राप्तिकोको मानव उपयोगको लागि अचुक ओखतीको (स्वर्गदूत) रूपमा समेत वर्णन गर्दछ। महत्त्व पूर्ण वैदिक अनुष्ठानहरूमा मनोबैज्ञानिक उपचार (भूत, देवी देवता लाग्ने, ग्रह-दशा लाग्ने आदि) र वातावरण शुद्धिका लागि विशेष प्रकारको यज्ञमा गाँजाको डाँठ (भाग) होम गर्ने परम्परा समेत रही आएको छ।

वेद अनुसार गाँजा औषधीय बस्तुको रूपमा मात्र हैन यसको नियन्त्रित तथा अनुशासित प्रयोग मानव खुसी, आनन्द दायक तथा दुखको मुक्तिदाताको स्रोतको रूपमा प्रयोग हुने कुरा प्रयोग गर्न सकिने तरिका सहित उल्लेख छ। प्राचीन वैदिक ग्रन्थ ऋग्वेद लगायत विभिन्न संहिता र महाभारतमा समेत पाउन सकिन्छ।

 

आजको आधुनिक विज्ञानले दस हजार भन्दा धेरै अनुसन्धान मार्फत वैदिक निचोडका माथिका यथार्थहरू प्रमाणित मात्र गरेन त्यसको नतिजाको रूपमा अब गाँजा विश्वभर  क्रमशः औषधीय तथा मनोरञ्जनको लागि समेत बिस्तारै नियन्त्रित बिक्री वितरण गर्नको लागि खुला हुँदै गएको छ। नेपालले समेत उक्त अवसरको तत्काल उपयोग गर्न हाल ढिलो भईसकेको छ।

विगतमा अमेरिकी सरकारको दबाबमा नेपाल जस्तो मुलुकमा गाँजा प्रतिबन्ध हुनु वैदिक मान्यता अनुरूप राज्य वाट मुलुक वासी माथि लादिएको जघन्य अपराध थियो। आज तिनै अमेरिका लगायतका मुलुकले गाँजा खेती र प्रशोधन र उपयोग गैर अपराधीकरण गरी  कानुनी रूपमा व्यवस्थित बिक्री वितरण गरी रहदा नेपालको सरकार पुरानै प्रतिबन्धको कानुन लादेर गाँजा प्रेमी माथि दमन गर्नु अर्को कानुनी रूपले लादिएको अपराध नै हो। यसलाई तुरुन्तै  गैर अपराधीकरण गरियोस।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा )

348Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: