मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली रैथाने बनस्पतिबाट आउछ सम्ब्रिधि !

नेपाली रैथाने बनस्पतिबाट फ्लेबर

नेपाली रैथाने बनस्पति बाट कसरि बनाउन सकिन्छ फ्लेबर ताकी तपाई हामीले महगो पैसा तिरी हाम्रो खाद्य उद्योग मा फ्लेबर किन्न नपरोश ! थोरै आफ्नो पैसा पनि बचत होस् ! तेसले स्थानिय कच्चा पदार्थ मा आधारित उद्योग पनि बडोश ! रोजगारि स्वोरोजगारी बडोस ! आयात बिस्थापित भएर मुलुक लाई सानो रुपमा भएपनि सम्ब्रिधि तिर धकेल्न सकियोस भनि यहाँ चर्चा गर्दै छु !!

 

ककनट लाईम फ्लेबर: दुइटा लाईम लाई टुक्रा टुक्रा पार्नुस ! आधा कप ग्रेटेड ककनट सहित २५० एम एल ९५% को स्प्रिटमा हाली ३-४ हप्ता राख्नुस ! अब तेस्लाई छाननुस ! यो लिकउइड ककनट लाईम फ्लेबर तयार भयो!

मिन्ट फ्लेबर: १ कप मिन्टको पात लिनुष र २५० एम एल ९५% को स्प्रिटमा हाली २ दिन राख्नुस ! अब तेस्लाई छाननुस ! यो लिकउइड मिन्ट फ्लेबर तयार भयो!

वालनट फ्लेबर : ३/४ कप भुटेको चप गरेको वालनट लाई २०० एम एल ९५% को स्प्रिटमा हाली २ महिना राख्नुस ! अब तेस्लाई छाननुस ! यो लिकउइड वालनट फ्लेबर तयार भयो!

नेपाली रैथाने बनस्पतिबाट जैबीक मल:

२०१६ तिरको कुरा हो, ३ बर्स देखि रुपन्देहीको देब दह र केरवानी अनि नवल परासीको रुपौलिया गाबिसमा केमिकल बिषादीले माटो मात्र बिगारेंन खाध लाई समेत अखाध बनायो भन्ने मसुश गरि रासायनिक मल को सट्टा जैबीक मल (भर्मी कम्पोस्ट) र बिसधिको सट्टा स्थानिय घेसेटा बिरुवाहरु बाट बनेको बिसादी (बोटनिकल बिसादी) प्रयोग गरि खेति गर्न प्रेरित गरियो ! रिजल्ट यो मुल्य को हिसाबमा सस्तो मात्र भएन प्रभाब कारी उत्पादन र सम्रछेन दिन सफल बन्यो !

 

यसले हालको खेतिलाई हाम्रो रैथाने अरगानिक तिर लानपनि सहयोग गर्यो ! के थियो वा कसरि बनेको थियो त्यो जैबीक मल (भर्मी कम्पोस्ट) र घेसेटा बिरुवाहरु बाट बनेको बिसादी (बोटनिकल बिसादी) यहाँ हेरौ !!

यो एउटा उदाहरण हो “कसरि हामी हाम्रो खेरगएको जमिनको रैथाने घसेटाहरु प्रयोग गरि हाम्रो माटो बिगार्ने र हामीले खाने खानालाई बिषमा परिवर्तन गर्ने” तर ठुलो मुल्य तिरी माफिया हरुको पेट-पोसेर किनी रहेको मल र बिसादीको खरिद / आयतलाई विस्तापित गर्ने रैथाने प्रबिधि नेपालमा विकास गर्न सकिन्छ भन्ने बारे !!

 

भनाइ नै छ, त्यो सम्पत्ति हैन, जुन तपाईंसँग थियो तर हाल खर्च गरिसक्नुभयो । त्यस्तै इनोभेसन त्यो ज्ञानबाट प्राप्त हुन्न, जसले तपाईंलाई हाल बजारमा जे आइसकेको छ, त्यो बनाउन सक्षम बनाउँछ । यो त त्यस्तो इभिडेन्स बेस ज्ञान विकास गर्ने सिस्टमेटिक रिसर्च र प्रयोगात्मक विकास गर्ने कला हो, जसले तपाईंलाई आउँदो पुस्ताको आवश्यकता अन्दाज गर्ने क्षमता दिन्छ र तपाईंलाई त्यसतर्फ काम गर्न प्रेरित गर्छ ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: