मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक खानाको अलौकिक शक्ति ! 

नारायण घिमिरे

भिटामिन बी -१२ ले एक व्यक्तिको स्वास्थ्यमा अत्यावश्यक भूमिका खेल्छ। कुनै व्यक्तिको आहारमा भिटामिन बी -१२ को अभावले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। कतिपय शाकाहारी मानिसहरूलाई डाक्टरहरू शाकाहारी खानाले पर्याप्त मात्रामा भिटामिन बी -१२ नदिने हुँदा माछा, मासु, अण्डा खान सल्लाह दिन्छन।

भेगनको हकमा दुग्ध र दूधको उत्पादनहरू समेत निषेध हुँदा खानामा भिटामिन बी -१२ नहुने भन्दै भिटामिन बी -१२ बटल थमाउने गर्दछन्।

यो कुरा सत्य हो की माछा, मासु, अण्डा, दूध र तिनका उत्पादनहरू हरुमा प्रचुर मात्रामा  भिटामिन बी -१२ हुने गर्दछ।

तर हाम्रा कतिपय डाक्टर शावहरूले बताए जस्तो शाकाहारी वा भेगन खाना वाट शरीर लाई भिटामिन बी -१२ पूर्ति गर्न नसकिने कुरा भने किञ्चित सही थिएन, हैन र हुने छैन।

हाम्रा परम्परागत वैदिक खानाहरू हाम्रो शरीरको लागि अलौकिक ऊर्जाका श्रोत थिए। जसमा प्राय: शाकाहारी खाना प्रमुख थियो। हाम्रा पुर्खाको स्वास्थ्यमा कहिल्यै खानाको कारण हुने यस्ता समस्या थिएनन।

थिएनन भने माथिका कुराहरू यथार्थको धरातलमा उभिएको हुनु पर्दछ।  जुन वैदिक दृष्टिमा सही नै ठानिन्छ। वैदिक सिद्धान्तको वैज्ञानिक पुष्टि र विश्लेषणले यो कुराको उत्तर दिने छ।

खाना मार्फत दैनिक  १४ वर्ष भन्दा माथिका वयस्कहरूमा २.४ माइक्रो ग्राम ट्रस्टेड स्रोत (एमसीजी), महिलाले २.६ एमसीजी र स्तनपान गराउने महिलाहरू २.८ एमसीजी  भिटामिन बी -१२ आपूर्ति हुन  शरीरमा उपलब्ध हुनुपर्ने ठानिन्छ।

शाकाहारीहरूको लागि आफ्नो भोजनमा भिटामिन बी १२ को श्रोतको लागि विकल्पहरू विभिन्न छन्। तिनीहरू मद्धे केही राम्रा  विकल्पहरूमा दही, कम चिल्लो दूध, फोर्टी फाइड वनस्पतिमा आधारित दूध, चीज, फोर्टी फाइड अन्नहरू र पौष्टिक ईष्ट वा मोर्चा लाई लिन सकिन्छ।

समुन्द्र सँगै जोडिएका मुलुकहरूमा परम्परागत रूपमा समुद्री लेऊ, सीऊइड भनिने समुद्री झार, निश्चित प्रजातिका च्याउहरू भिटामिन बी -१२ को श्रोतमा खाइने गर्दथ्यो।

हाम्रा डाक्टरहरूको प्रिष्क्रिपसनका भिटामिनका बत्तलको विकल्पमा पौष्टिक इस्ट भनेर किन्न पाइने मोर्चा सजिलो विकल्प देखिएकोले त्यसको प्रयोग कसरि गर्ने भन्ने कुरा आज चासोको विषय हुने गर्दछ।

त्यसको लागि केही उपायहरू अपनाउन सकिन्छ। यसमा सबै भन्दा सजिलो तरिका भुटेको मकै मतलब पप कर्नमा छर्केर खाने, चिज सस सँगै खाने, म्यास पोटेटोमा मिसाएर  खाने, आलु नान वा परौठामा हालेर खाने, तारेको चीज वा टोफुमा छर्केर खाने, क्रिमको सुप, पास्ता वा  सलाद आदि सँगै खाने तरिका अपनाउन सकिन्छ।

तरकारीहरूमा हालिएको पौष्टिक इस्टले तरकारीको तिक्खर स्वाद पनि दिने र भिटामिन बी-१२ पनि पाइने हुन्छ।

अण्डा खाने हरुको लागि अण्डा भिटामिन बी-१२ को राम्रो श्रोत हो। भेगन खाना खाने हरुको लागि आज विश्व बजारमा भटमासको दूध, बदामको दूध, चामलको दूध, नरिवलको दूध, काजुको दूध, जौको दूध, भाँग वा हेम्पको  दूध  र शिटाके मशरूम भिटामिन बी -१२ को राम्रो श्रोतको रूपमा उपलब्ध छ।

हाम्रा परम्परागत शाकाहारी खाना जसलाई हामी वैदिक खाना भन्दछौ त्यसमा सकेसम्म जौको पिठो नभए चामलको पिठो पानीमा उमालेर बन्ने कान्जी, दही र मोही पर्दथ्यो। जुन भिटामिन बी -१२ को राम्रो श्रोत थियो त्यसैले त्यो बेला यो भिटामिन बी -१२ कमीका कारण कुनै वैद्य (डाक्टर) लाई देखाउन जरुरत नै पर्थेन।

भिटामिन बी-१२ पानीमा घुलनशील भिटामिन हो। यस लाई कोबालामिन पनि भनिन्छ। मस्तिष्क र स्नायु प्रणालीको नियमित कार्यमा मद्दत गर्ने यसले रातो रक्त कोशिकाको निर्माणमा मद्दत पुर्याउछ। मानव डिएनए संश्लेषणमा समेत मद्दत गर्ने भिटामिन बी १२ शरीरले आफूलाई चाहिने जति भण्डारण राख्ने गर्दछ।

सामान्यतया बुढा व्यक्तिहरू यसको अभाव ग्रस्त हुन्छन्। एउटा यथार्थ के हो भने भिटामिन बी-१२ बोट बिरुवा हरुमा नहुने वा अत्यन्त कम हुने गर्दछ। त्यसैले हाम्रो आन्द्रामा हुने गट ब्याक्टेरिया जसलाई हामी गट माइक्रोवायोम भन्दछौ ती आन्द्राका लाभकारी सूक्ष्म जीवहरूले हाम्रा लागि चाहिने जति भिटामिन बी-१२ प्राय: उत्पादन गरिदिने गरेको देखिन्छ।

वैदिक खानाले आफ्नो खानाको रेसिपिमा तिनै गट माइक्रोवायोमहरु लाई भिटामिन बी-१२ बनाउन सहयोग गरेर साहाकारी वैदिक खाना मार्फत शरीरमा भिटामिन बी-१२ को कमी हुन नदिने उपाय लिने गरेको भेटिन्छ।

आफ्नो भान्सामा वैदिक भोजन नपाक्ने घरका गर्भवती महिला, बच्चाहरू र किशोर किशोरीहरूमा भिटामिन बी १२ को कमी को समस्या सामान्य नै हो। वृद्ध उमेर समूहको भने वैदिक आहार हुँदा हुँदै खानपानमा अधिक ध्यान पुर्‍याउन नसक्दा भिटामिन बी १२ को कमी देखिने गर्दछ।

वैदिक खाना खाने हरू समेत यदि मद्यपान गर्ने गर्दछन् भने रक्सीले खानामा भएको भिटामिन बी १२ शरीरलाई अवशोषण गर्न नदिएर र रक्सीको कारण कलेजो कमजोर पारिदिएर बी-१२ कलेजोमा भण्डार गर्ने क्षमता घटाएर अप्ठ्यारो पारिदिने गरेको छ।

परिवार नियोजनको खाने गर्भ निरोधक चक्की लामो समयसम्म लिने महिलाको आन्द्रा वाट समेत भिटामिन बी-१२ शरीरले अव शोषित गरी लिन नसकेको भेटिएको छ।

डाक्टरी सेन्थेटिक ओखती खाने क्रममा त्यसले आन्द्रामा रहेको हामीलाई सहयोग गर्ने माइक्रोवायोम बिथोल्दिने गर्दा तिनीहरूले भिटामिन बी-१२ बन्न नदिने गरिदिएको छ।

त्यस्तै कुनै कारण वाट पाचनमा समस्या आउँदा तिनै  माइक्रोवायोमको गतिविधि बिथोली दिँदा भिटामिन बी-१२ को कमीको सिकार मानिसहरू हुने गरेका छन्।

त्यस्तै ग्यास्ट्रिक बाइपास सर्जरी हुने बेरियाट्रिक सर्जरीले समेत मानिसमा भिटामिन बी-१२ को अभाव निम्त्याई दिएको देखिन्छ।

भिटामिन बी-१२ को कमीले हानिकारक रक्ताल्पता अथवा रगतमा अक्सिजनको कमी हुने समस्या दिन्छ।

शरीरको प्रतिरक्षा प्रणालीमा संलग्न हुने प्रोटिनको नितान्त आन्तरिक संरचना विकास गर्ने तत्त्वको रूपमा काम गर्ने भिटामिन बी-१२ को कमीमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्दछ।

शाकाहारी र भेगन खाना खाने व्यक्तिको खाना वैदिक वा आन्द्राको माइक्रोवायोमको लागि समेत खाना आपूर्ति गर्ने प्रकृतिको हुन सकेन भने भिटामिन बी-१२ को कमी हुने समस्या आइलाग्दछ।

वैदिक खानाले खानामा अनिवार्य संलग्न गर्न सल्लाह दिने सम्पूर्ण इन्द्रेणी रङ्गको अथवा रेन्वो कलरका खानाहरू  अनिवार्य समाविष्ट हुन नसक्नु आन्द्राको माइक्रोवायोमको हेरचाहमा चुकेर शरीरमा भिटामिन बि-१२ को कमी हुन पुग्ने अवस्था पैदा गर्ने गर्दछ।

गर्भवती महिलाहरू जो शाकाहारी छन् र वैदिक खानपान समेत खान सकिरहेका छैनन् उनीहरूमा भिटामिन बी-१२ को कमी त हुन्छ नै उनीहरूले जन्म दिने बच्चामा समेत भिटामिन बी-१२ को कमी हुने सम्भावना धेरै हुन्छ।

त्यो बाहेक पेटको अल्सर र गुहुको प्रोटिन वा ग्लुटिनको एलर्जी हुने सिलीईक रोगको बिमारीमा यो समस्या देखिएको छ।

हाम्रा वैदिक खानाका तरकारीका सर्दम हरू जस्तै चुकन्दर, पालुङ्गो, सिप्लिकान, च्याउ, आलु, अङ्कुरित अल्फअल्फाको सलाद, भिटामिन बी १२ उपलब्ध गराउन र आन्द्राको माइक्रोवायोमहरुलाई भिटामिन बी १२ बनाउन सहयोग गर्दछन्।

वैदिक खानपानका अनिवार्य समावेश गर्न सल्लाह दीने फलहरू जस्तै स्याउ, केरा, बेरी आदिका फाइबरहरू आन्द्राको माइक्रोवायोमको प्यारो खाना हुन्।

अर्को तर्फ वैदिक खानपानको बेसार र नुनको साथ खाइने भटमासको दूधको कान्जी, बदामको दूधको कान्जी, नरिवलको दूधको कान्जी, जौको दूधको कान्जी, चामलको कान्जी साथै कान्जिमा मुङको दाल समेत हाली पकाउने खिचडी वा जाउलोको शक्ति शरीरमा भिटामिन बी-१२ को उपलब्ध गराउने प्रभावकारी उपायहरू हुन।

कुनै कारण वाट शरीरमा भिटामिन बी -१२ आपूर्ति खाना वाट हुन नसकेको अवस्थामा पूरक खाना वा  भिटामिन बी -१२ सिधै लिनु बुद्धि मानी हुन्छ।

अनुभवले पूरक खाना मार्फत प्रयोग हुने गरेका मुखमा पेट हुँदै शरीरलाई आपूर्ति गरिने मौखिक सप्लिमेन्ट र भिटामिन बी -१२ झोल वा ट्याब्लेटहरू अत्यन्त कम प्रभावकारी देखाएका छन्। तर पनि तिनीहरूले केही हदमा काम भने गर्दछन्।

तुलनात्मक रूपमा भिटामिन बी -१२ नाकको स्प्रे, कागज जस्तो पातलो जिब्रो मुनी  राखेर सोस्ने औषधि, जिब्रो मुनी सोस्ने गरी लिइने तरल थोपाको राम्रो प्रभाव देखिन्छ।

भिटामिन बी-१२ को तन्तुमा सिधै दिइने ईजेक्शन सबैभन्दा धेरै प्रभावकारी देखिएको छ।

वैदिक खानको दैनिक अनिबार्य खानामा भाँगको गेडाको अचार आदि पर्दछ। सबै २० अमीनो एसिडहरू हुने हेम्प प्रोटिन पूर्ण प्रोटिनको श्रोत हो। जसमा भिटामिन बी अन्तर्गतका जटिल भिटामिनहरू बी-६, बी-१२, राइबोफ्लेविन, नियासिन, र थाइमिन सबै नै हुन्छ। भाँगको गेडाको तेल लाई सीबीडी ओयल भनिन्छ।

सीबीडी ओयलमा ओमेगा -३एस र ओमेगा-६ फ्याट्टी एसिडहरू १:३ को अति उत्तम अनुपातमा हुने गर्दछ। अर्को तर्फ फलाम समेत हुने हुँदा रगतमा अक्सिजनको कमी हुने समस्यामा सहयोग गर्दछ।

तसर्थ शाकाहारी र भेगनहरुको लागि  भाँगको गेडा र भाँगको गेडाको तेल सीबीडी पशु मुक्त अत्यन्त उपयुक्त भिटामिन बी-१२ को कमीले हुने रोग हुन नदिने प्राकृतिक स्रोत हो। त्यसैले नै यसलाई शिव बुटी भनिएको होला।

वैदिक मान्यताको पवित्र जौ को जमराको रस वा लेदो (धेरैमा ६० एम एल दैनिक) अर्को तर्फ भिटामिन बी १, बी २, बी३, बी५, बी६ र बी १२ का साथै भिटामिन सी र ई को समेत समृद्ध श्रोत हो। यसमा फोलेट (बी ९) भिटामिन समेत हुने हुँदा यो रातो रगतको कोषहरू उत्पादनमा मद्दत कारी हुने गर्दछ।

वैदिक संस्कारमा शरीरका भित्रका सम्पूर्ण गतिविधि सञ्चालनमा सहयोग गर्ने ऊर्जाहरू जस्तै: पाचन रसहरूको रूपमा रहेको अम्लीय पदार्थ र क्षारीय पदार्थ, इन्जाइम, हार्मोन, माइक्रोवायोम शक्ति र अन्य शरीरले उत्पादन गर्ने ऊर्जावान् सार-तत्त्वलाई अग्नि भन्ने गरिन्छ।

उचित खान पान र उचित अग्निको अभाव हरेक तत्त्वको कमी वाट हुने विकृतिको मूल कारक हुने गर्दछ। भिटामिन डी र भिटामिन बी-१२ दुवैको कमीको चुरो कारण पनि त्यही रहन्छ। एकातर्फ पोषण तत्त्वमै भिटामिन बी-१२ नहुनु अर्को तर्फ भिटामिन बी-१२ बनाउने माइक्रोवायोमहरुले सन्तुलित रहेर काम गर्न नपाउनु वा अग्निको व्यवस्था नहुनु भिटामिन बी-१२ को कमीले दिने नतिजा जन्मन्छ।

हाम्रो जडीबुटी त्रिफला जुन हर्रो, बर्रो र अमलाको तीन फल मिश्रित चुर्ण हो त्यो हाम्रो आन्द्राको  गट माइक्रोवायोमको उत्कृष्ट खाना रहेको हालै अनुसन्धानले प्रमाणित गरिदिएको छ।

असिवा-अरिस्ता नामक परम्परागत आयुर्वेदिक उत्पादनको लागि औषधीय गुणको जटी-बुटीवाट निकालिएको रसलाई मिश्री वा गुड्को घोलमा एक निश्चित अवधिको लागि राखेर फ़र्मेन्टेसन हुन (जसमा अल्कोहोल हुन्छ) दिइन्छ।

उक्त फ़र्मेनटेड घोलमा मिहिन संग औषधीय सारतत्व घुलाई बाहिर निकाली असिवा-अरिस्ताको सार तत्वको सक्रिय तत्व (Active Principles) निर्माण गरिन्छ।

आयुर्वेदिक फार्मेसीहरूमा सूचीकृत रहने असवा-अरिस्ता लगायत पुनर्नवदी मन्डूर, ताप्यादी लौह, नवजीवन रस र तैयारी घृत हाम्रो परम्परागत माइक्रोवायोमहरु सन्तुलित गर्ने र भिटामिन बि -१२ कमी हुन नदिने सकारात्मक नतिजा दिने औषधिहरू हुन। जुन दक्ष आयुर्वेदिक प्राक्टिसनरहरुको सल्लाहमा ग्रहण गर्नु उपयुक्त हुन्छ।

हाम्रा पूजा आजमा खाइने सबै नैवेद्यहरू एकातर्फ मौसम अनुसारका फलफूल रहने अर्को तर्फ तिनमा हुने विविधताका कारण समग्रमा त्रिफला हाराहारीको भूमिका मात्र खेल्दैन शरीरमा अपुग भएको गट-माइक्रोवायोमको आपूर्ति समेत गर्ने विज्ञान वाटै प्रमाणित भएको छ।

हामीले घरमा बनाएर खाने दहीमा ल्याक्टोवेसिलस को विभिन्न प्रजातिका अत्यन्त फाइदाकारी फेर्मेन्टम, एसिडोफिलस, कन्फुसस र ल्याक्टिस स्ट्रेन भेटिएको छ।

स्थानीय गाईको दूध ५ चिया चम्चा, स्थानीय गाईको घ्यु २ चिया चम्चा, स्थानीय गाईको घरेलु दही १ चिया चम्चा, स्थानीय  मौरीको मह  १ चिया चम्चा र शुद्ध मिश्री वा सक्खर १ चिया चम्चाको अनुपातमा  मिसाएर बनाइने पञ्चामृत वासनाको लागि इलायची (सुकुमेल) र तुलसी समेत हाली दैनिक १-२ चम्चा दैनिक सिन्बायोटिक खानाको रूपमा ग्रहण गर्दा धेरै सहयोगी हुने छ।

पञ्चामृत प्री-बायोटिक अथवा माइक्रोबयोमको खाना र प्रो-बायोटिक अथवा हाम्रो शरीरलाई चाहिने माइक्रोबयोमहरु हाम्रो शरीरमा जरुरत अनुरूप पूर्ति गर्ने उत्कृष्ट मानव इतिहासमा सबैभन्दा पहिले बनेको औषधीय गुणको सिन्बायोटिक खाना हो।

त्यस्तै हाम्रो परम्परागत अपच ठिक गर्ने सुकेको अदुवा, पिपला, ज्वानो, शिधे नुन, जिरा, हिङ बराबर मिसाएर तिन ग्राम देखि ६ ग्राम सम्म खाइने ओखती समेत पेटको माइक्रो वायोम सन्तुलन गर्न हितकारी हुने देखिएको छ। जसले अन्ततः तिनै माइक्रो वायोम लाई शरीरलाई जरुरी हुने भिटामिन बि -१२ बनाउने वातावरण बनाइ दिन्छ।

(खाद्य तथा औषधि विज्ञ)

65Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: