मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जन्डिसमा  बेसारको हानी भेटिएको छ !

नारायण घिमिरे

विज्ञानको एउटा शब्द छ हाइपोथेसिस। हाइपोथेसिस भनेको नेपालीमा परिकल्पना हो। कुनै कुरा प्रमाणित गर्नु पर्‍यो भने यो हाइपोथेसिस वा परिकल्पनाको प्रयोग गर्ने गर्छन सिद्धान्त गत परीक्षण गर्न पोख्त भएकाहरू। उक्त परिकल्पना ठिक हो कि हैन मैले कसरि परीक्षण गरे भनेर पुरा कार्यविधि लेखिन्छ। कार्यविधिमा भइरहेको विद्यमान अवस्थामा मैले के कुराको कमी वा दर्द कसरि महसुस भयो, यो कुरा मेरो नजरमा कसरि पर्‍यो, यो जिज्ञासाको समाधानको तर्फ लग्न मलाई केके कुरा सहयोगी बन्यो, मैले कुन कुन कुराको आधारमा परीक्षण योजना बनाए सबै वृत्तान्त समेत लेखिन्छ। जसलाई थेसिस वा प्रोजेक्ट वर्क या सूक्ष्म अनुसन्धान जे भन्नुस वास्तवमा सबै आफ्नै प्रकारका सोध पत्र नै हुन। जुन तपाईबाट सिर्जित हाइपोथेसिसलाइ गलत प्रमाणित गरेर तपाइको दाबी सही रहेको निचोड निकाल्ने तरिका हो।

 

सोध पत्रको क्रममा त्यसको मुख्य उद्देश्य आफूले तत्कालीन अवस्थामा गरिएको परिकल्पना सही हो वा गलत हो भन्ने प्रमाणित गर्ने र त्यसको आधारमा प्राप्त हुने नयाँ ज्ञानका आधारमा नयाँ अनुमान गरी परिकल्पना गरिन्छ। जस्तै तपाइलाई लग्यो फेवाताल निलो माछा छँदै छैन। यदि तपाइले फेवा तालमा निलो माछा छैन भनी प्रमाणित गर्छु भन्नु भयो र हाइपोथेसिस बनाउनु भयो भने तपाइ जति कोसिस गर्नुस यदि निलो माछा भेट्नु भएन भने पनि त्यसको कुनै अर्थ हुने छैन। यथार्थ के हो भने तपाइले माछा भेट्नु भएन। यसको मतलब यो प्रमाणित हुँदैन कि त्यहाँ माछा छैन। किन कि त्यहाँ माछा हुँदा हुँदै तपाइले त्यसलाई समात्न बाट चुक्नु भएको हुन सक्छ।

 

तर यदि तपाई फेवा तालमा माछा छ भनी हाइपोथेसिस बनाएर जानु भयो भने यदि तापी निलो माछा पक्रन सक्नु भयो भने तपाइको हाइपोथेसिस गलत प्रमाणित गर्न सक्नु हुन्छ। किनकि माछा भेटियो।  तपाइको सोध पत्र प्रमाणित बन्यो। यदि तपाइले माछा समात्न सक्नु भएन भने पनि तपाईँको निष्कर्ष हुन्छ मेरो निलो माछा पक्रने प्रयास सफल भएन। अन्य अनुसन्धान कर्ताहरू लाई आफूले अपनाएको भन्दा अरू विधि विकास गरी फेरी खोजमा जान भनिन्छ। तपाईँको दुवै निर्णय परिपक्व हुन जान्छ।

 

आज विज्ञान प्राविधिक सोधहरूमा निकै गहिरो धरातलमा पुगी सकेको छ। हरेक दिन बुझिएका नयाँ तथ्यहरूले पुराना तथ्यहरू अर्ध तथ्य रहेको र कतिपय अवस्थामा गलत अनुमान रहेको प्रमाणित गरेको छ। तसर्थ आज अनुशन्धानहरुमा सकारात्मकताको अनिवार्यता महसुस गरिन्छ।  वैज्ञानिक अनुशन्धानहरु पनि हाइपोथेसिसको चरण देखि सकारात्मकताले मात्र नतिजा दिने खुबीको उपयोग गरिन्छ। किनकि नकारात्मकताको शक्ति सकारात्मकताको तुलनामा निकै कमसल हुन्छ।किनकि नकारात्मकताले मानव विवेकमा तगारो हालिदिन्छ। कम्तीमा मेडिकल क्षेत्रमा यो प्रवृत्ति देखिनु हुँदैन।

 

आज वैज्ञानिक आधारमा आफ्नो महसुस वा ज्ञान दिएको दाबी गर्ने गर्ने कुनै पनि विषय विज्ञले कुनै कुरा सही छ वा गलत छ भन्ने कुरा सिधै भन्न सक्ने कुरा हैन। जस्तै कसैले के बेसार स्वास्थ्यको लागि फाइदा जनक छ ? भन्ने प्रश्न गर्छ भने हजुर हाल सम्मको अनुसन्धान र अनुभवले त्यही देखाउँछ।  तसर्थ आज क्यान्सर जस्ता ओखतीमा पनि यसको प्रयोग हुने क्रम बढ्दो छ भन्न सकिन्छ। हेर्नुस् त यो यो पश्चिमा औषधिमा र यो यो आयुर्वेदिक औषधिमा बेसार हालेर बनेको छ। डाक्टरहरूले बिरामीलाई दिएकै छन। हाल सम्म यस विरुद्ध त्यस्तो कुनै नकारात्मक असर भएको भनी कोर्टमा क्षतिपूर्ति मागी मुद्दा दायर गरेको वा क्षतिपूर्ति दिएको भन्ने मेरो जानकारीमा छैन। तसर्थ म पनि बेसार स्वास्थ्यको लागि फाइदा जनक छ भन्ने मा विश्वास गर्छु। वास्तवमा भन्ने हो भने दैनिक खानामा राखी म पनि बेसार खाने गर्छु। मलाई राम्रै गरेको अनुभव छ भन्न सकिएला।

 

तर त्यही कुरो के बेसार जन्डिस हुँदा खान हुँदैन हो? भन्ने प्रश्नलाई सिधै होइन गलत भन्न सकिँदैन। नेपालमा डाक्टर भनी चिनिने कुनै मेडिकल हाउस अफिसरले बिश्वोको कुनै कुनामा बसेर आफ्नो जीवन भर जन्डिसका बिमारी लाई बेसार खान दिएको होला। जन्डिसको लक्षण हटेको पनि होला। तर पनि त्यसले जन्डिस बेसार खान हुने र बेसारको कुनै साइड ईफेक्ट नहुने प्रमाणित हुँदैन।

 

विगतमा हामीसँग प्रविधि नभएको बेला जन्डिस भएको नभएको हात अनुहार र आँखा आदिमा पहेँलो भएको नभएको हेरी पनि यकिन गर्ने चलन थियो। बेसार दलिएको हात र अङ्गले जन्डिस नभएकोलाई पनि जन्डिस भएको ठानी ओखतिमुलो सुरु नहोस् भनी डाक्टरहरू जन्डिस चेक गर्न आउँदा बेसार नखाई आउनु भनी भन्ने गर्थे। त्यो अवस्थाले केही अर्ध जान्ने निक्लिए जो जन्डिसमा बेसार खान हुन्न भन्ने प्रचार गरे। थोरै प्रविधि के भित्रिएको थियो अब बेसार दले पनि नदले पनि जन्डिस भए नभएको यकिन हुन सक्ने भयो। विगतमा किन जन्डिस चेक गर्न आउँदा बेसार नखाई आउनु भनियो भन्ने बुझे पछि समाजमा फेरी अर्का अर्का थरी महा डाक्टर निक्लिए। भन्न थाले बेसारले जन्डिसमा कुनै पनि साइड ईफेक्ट गर्दैन।

 

समाजमा यस्ता कुराहरू रिसर्चका आधारमा भनिएन। विगतका रूढिवादी चलनको मात्र देन ठानी नयाँ कुरा बताउन थालियो। आफ्नो पाराले नियम र निर्देशन जारी हुने गरे। डाक्टरले भनेसि ठिक भन्ने मानसिकताको सिकार बन्यो समाज। कुनै कुरा कुनै अमुक डाक्टरले भन्दैमा सहि हुने होइन। बैज्ञानि अनुसन्धानले पुष्टि गरेपछि ठिक मानिने हो। त्यो पनि अर्को भिन्न प्रमाणित तथ्य नआउँदा सम्म। समाजको हितलाई आफ्नो स्वार्थ सम्झने जो कोही ले यो दुवै अवस्था औषधि विज्ञानको क्षेत्रको अतिको रूपमा बुझ्नु जरुरी छ। जसलाई मेडिकल क्षेत्रमा बिस्तारै हुर्कँदै गएको अनुशासन हीनता र बौद्धिक अराजकताको घोतक मान्दा फरक पर्ने छैन।

 

मानिसको शरीरका कोशिकाहरू जब जरुरत भन्दा धेरै विभाजन हुन्छ वा मर्न पर्ने बेलामा मर्दैन, एक तिर बढ्नु पर्ने अर्को तिर बडी दिन्छ त्यसलाई नियोप्लाज्म भनिन्छ भने त्यो प्रक्रियालाई नीयोप्लास्टिक भनिन्छ। हाम्रो सेलहरू जब नियोप्लाज्मको सिकार बन्छ तब त्यो बढेर घातक क्यान्सर जस्ता रोग हुने वा ट्युमर देखिने अवस्था सम्म आउन सक्छ।

 

त्यस्तै हाम्रो शरीर विभिन्न समयमा यसका विभिन्न भागहरू सुन्नने, सामान्य देखि चर्को दुखाई अनुभव हुने समस्या बाट ग्रसित हुन्छ। जुन शरीरले आफूले आफैलाई उपचार गर्दै गरेको अवस्था हो। हाम्रो शरीरमा हुने बाहिरी वा आन्तरिक चोटपटक तथा सङ्क्रमण लगायतका कारण र हाम्रो शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै स्वस्थ तन्तुहरूलाई आक्रमण गरिदिँदा हामीलाई दर्द महसुस हुन्छ।  उक्त दर्द अलि लामै भइदियो भने शरीर सुन्निने दुख्ने बनी दिन्छ। जसलाई इन्फ्ल्यामेसन र सुजन वा स्वोइलिङ्ग पनि भनिएको देखिन्छ। हाम्रो शरीरले आफूले आफैलाई उपचार गर्ने क्रममा यो नीयोप्लास्टिक, इन्फ्ल्यामेसन तथा सुजनको प्रतिरोधको लागि आफ्नो प्रतिरक्षा प्रणाली तयार गर्न आफूलाई जरुरी हुने कच्चा पदार्थ धेरै जसो हामीले खाने खाना र अलि अप्ठ्यारै अवस्थामा दिइएका ओखतीहरू बाट पूर्ति गर्ने गर्छ। जुन खाना वा ओखतीले शरीर लाई उक्त गुण दिन सक्छ तिनीहरूलाई एन्टीनीयोप्लास्टिक (जसलाई एन्टीक्यान्सर पनि भन्छन्) र एन्टी इन्फ्ल्यामेटरी गुण युक्त खाना वा ओखती भनिन्छ।

 

बेसार मानिसको खानामा परम्परागत रूपमा लामो समय देखि प्रयोग हुँदै आएको एक पूरक जडीबुटी हो। बेसारमा  एन्टीनीयोप्लास्टिक र एन्टी-इन्फ्ल्यामेटरी गुण हुने कुरा आयुर्वेदले ५ हजार वर्ष देखि भन्दै आएको भएता पनि पश्चिमा औषधि  विज्ञानले भर्खर भर्खर मात्र उक्त कुरा प्रमाणित गरी खाना र ओखती दुबैमा बेसारको प्रयोग अधिकतम बढाएको छ। बेसार आज राम्रो ओखतीको रूपमा समेत संसार भर प्रख्यात छ। पश्चिमा ओखतीहरूको तत्काल रहेको समस्या छोटो समयमै समाधान त गर्ने तर उक्त समस्या समाधान गर्दै गर्दा कम्तीमा तिन वा सो भन्दा धेरै अन्य झन् चर्को समस्याको दलदलमा मानव जीवनलाई हुत्त्याइ दिने मन्द विष युक्त बैगुनको अगाडी बेसार जस्ता आयुर्वेद र हर्बल ओखतीहरू उत्कृष्ट देखिएका छन्। यसको अर्थ आयुर्वेदिक ओखती साइड इफेक्ट शून्य छैनन्। तुलनात्मक रूपमा शून्य बराबर रहेको मान्न सकिने कुरा मात्र तर्क सङ्गत मान्न सकिन्छ।

 

सजिलोको लागि एउटा फ्युजन हेल्थको बेसारबाट बनेको कर्कुमिंन सी-थ्री नामक कर्कुमिंन कम्प्लेक्सको उदाहरण हेरौँ। “कर्कुमिंन एडभान्स” नाम दिइएको उक्त ओखतीको क्याप्सुल १३ ग्राम बेसार, १९० मिलिग्राम बेसारको सारतत्त्व कर्कुमिनोड़, ३.७५ ग्राम अदुवाको पाउडर, ११० मिलिग्राम मरीचको धुलो, ५.१ मिलिग्राम मरीचको सारतत्व पेपरिन, १५० मिलिग्राम सल्लोकी गुगलेको सारतत्व बिटाबोसवेलिक एसिड तथा ३.७५ ग्राम गमरेजिन (सल्लकि) मिलाई बनाइएको हुन्छ।

 

बेसारको कडापनलाई बडाएर मरीच हाली थोरै परपराउदो बनाएको अदुवा संग मिसाएर गमको सहायताले प्रभावकारी बेसारको क्याप्सुल बनाइए  छ। परम्परागत रूपमा हाम्रो बारीको आलै हलेदोबाट बन्ने बेसारको झोल होस वा अर्गानिक हलेदो सामान्य घाममा सुकाएर सुकेको चानालाइ मिलमा लागि पिनेर बनेको बेसारमा हुने तागत औषधिको क्याप्सुल बनाउने क्रममा हुने ढुवानी, प्रशोधन र भण्डारणमा हुने क्षतिलाई पुन: सकेसम्म धेरै निर्माण हुने गरी कर्कुमिंन एडभान्सको फर्मुलेसन तैयार गरिएको छ। जसमा तपाई प्रिगनेन्ट हुनुहुन्छ भने बिना डाक्टरको सल्लाह कर्कुमिंन एडभान्स नखान भनिएको छ। आज बिश्व बजारमा कर्कुमिंन एडभान्स जस्ता हजारौँ हलेदोका ओखतीहरु उपलब्ध छन।

 

हालै अस्ट्रेलियाका नाम चलेका विभिन्न आठ अस्पतालका प्राय सबै सेक्टरका  विशेषज्ञ समावेश हुने गरी बनेको नौ जना डाक्टरहरूको टोलीले सन् २००६ देखि २०१८ सम्ममा बेसारले कलेजोमा पुर्याईरहेको घटना र जन्डिस मा बेसारको असर बारे महत्त्व पूर्ण २६ ओटा केश स्टडी गरे। जसमा दुइटा केशमा कर्कुमिंन एडभान्स बाट कलेजोमा गम्भीर हेपाटाइटिस समस्या देखियो।

 

जुन २९ अप्रिल २०१९ को हिन्दावी केस रिपोर्ट इन हेपाटोलोजीमा भोलुम २०१९ टरमरिक इन्डीयुस लिभर इन्जुरी: अ रिपोर्ट अफ टु केसेस  शीर्षकमा प्रकाशित गरियो। जसमा कलेजोको डाक्टर हरुलाई बेसारले कलेजोको बिमरिमा हुने समस्या बारे सचेत हुन् समेत सुझाएको छ। जसमा दोश्रो केसमा त जन्डिस बिमारीलाई बेसारले निकै हानि पुर्‍याएको भेटिन्छ। संसारमा यस्ता धरै केसहरू छन् जहाँ कलेजोको बिमारीमा बेसारले हित हैन खती पुर्‍याएको छ। तेती हुँदा हुँदै पनि सामान्य तय कलेजोको बिरामीले बेसार बारी हाल्नु पर्ने भन्ने हैन। तर कतिपय कलेजोको कम्प्लिकेसनमा बेसारले क्षति पुर्‍याएको प्रशस्त प्रमाणहरू हाम्रा सामु  छन्। उपलब्ध प्रमाणहरूले बेसार बाट कलेजोको बिमारी लाई हानी हुँदैन भन्ने कुरा साबित गरिरहेको अवस्था छैन।

 

बेसारमा लगभग ३ %  एन्टीनीयोप्लास्टिक (एन्टीक्यान्सर) र एन्टी इन्फ्ल्यामेटरी गुण युक्त करकुमिनोइड हुने, र त्यसको अलावा मानिस लाई दैनिक जरुरी हुने आइरनको १५%, म्याग्निज ९%, पोटासियम ७% र कपर ५% मात्र एक चम्चा बेसारले पूर्ति गरिदिने हुँदा संसारका मानिस हरुमा जे मा पनि बेसार हाली खाने लत विकास हुन थालेको छ। किनकि यसका कारण रगत स्वस्थ हुने, हड्डी दह्रो हुने, आन्द्रा, स्तन र फोक्सोको क्यान्सर रोक्ने जस्ता गुण लोभ लाग्दो छ। त्यस्तै गठिया, हड्डीका जोर्नी दुखेको, सुन्नेको ओखती हुने निकै लाभकारी कुरा हुन।

 

सामान्य तथा  गर्भवती रहदा र बच्चा लाई दूध खुवाउने आमामा बेसारले राम्रै गरेको भेटिएको छ। तर पनि आज जुन हदमा बेसार खाने क्रेज मानिसमा छ त्यो कतिपय गर्भवती आमाको लागि सुखद नरहेको समेत भेटिएको छ। एनसीबिआइको गर्भवती र दूध खुवाउने आमाहरूको लागि लेखिएको डाटा बेसमा बेसार सामान्य तय उच्च मात्रामा समेत सुरक्षित नै मानिन्छ, कतिपय महिलामा यसले वाकवाकी लगाउने र डायरिया समेत गराउने, कसैमा दुर्लभ एलर्जी गरिदिने तथा वार फेरिन र एन्टिपलेटलेट ड्रग लिई रहेकाहरूमा रक्तस्रावको जोखिम बढाइदिने गरेको देखिएको छ भनी लेखी सकेको अवस्थामा गर्भवती र बच्चालाई दूध खुवाउने अवस्थाका आमामा बेसार पूर्ण साइड ईफेक्ट रहित भन्ने तर्क लाई पुष्टि गर्ने अवस्था रहेन।

 

(खाद्य तथा औषधि विज्ञ)

 

 

 

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: