मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कस्तो छ रोग, रोगाणु र विषाणुको सङ्क्रमणमा वैदिक उपचार विधिको सिद्धान्त ?

वेदिक सूक्ष्मजीव विज्ञानको  क्रिमिनाशनम  सुक्तले (मन्त्र) रोगाणु नाश गर्ने सिद्धान्त बारे चर्चा गर्दछ। सूक्ष्मजीव शास्त्रीय क्रिमिनाशनम सूक्त ऋषि काण्वको वंशज वाट आएको मानिन्छ। जस अन्तर्गत जम्मा छ मन्त्रहरू छन्। यस मन्त्रको देवता आदित्य (सूर्य) ठानिन्छ। यसको पहिलो र छैटौँ  बाहेक सबै मन्त्र अनुष्टुप् छन्दमा लेखिएको छ। पहिलो मन्त्र त्रिपादभुगयात्री छन्द र छैटौँ चतुष्पन्निचुष्णिक छन्दमा लेखिएको छ।

सुक्तको महत्व: यस सूक्तको माध्यमबाट ऋषि काण्वले  सूर्य (आदित्य) सबै प्रकारका सूक्ष्म जीवहरूको प्राकृतिक विनाशकर्ता हो भन्ने जानकारी उपलब्ध गराएका छन्। साथै यो सूक्तले मार्फत उनले विभिन्न प्रकारका जीवाणुहरू र  त्यसको विशेषताहरूको बारेमा जानकारी दिएका छन्। उदाहरणको लागि यस सूक्तको अन्तिम मन्त्रले केही सूक्ष्म जीवहरू विष उत्पादन गर्ने रोगाणु गुनको हुने जानकारी दिएका छन्।

क्रिमिनाशनमको सूक्ष्म-जीवहरू सन्दर्भको पहिलो सूक्त हो:

 

उद्यन्नादित्यः क्रिमिन् हन्तु निम्रोचन् हन्तु रश्मिभि:।

ये अन्तः क्रिमयो गवि॥

Let the sun at sunrise and sunset; destroy the pathogen that lives on the body with its beams. (The Sun rises in the east as the world watches, it destroys the visible as well as those negativities which are invisible to the naked eye. And it goes on killing and eliminating all Viruses and germs which are seen or unseen.)

 

शब्दार्थ: सूर्योदय र सूर्यास्तको समयको सूर्यको किरणले शरीरमा रहने रोगाणुहरु लाई  नष्ट गर्न सक्दछ।

 

व्याख्या: हामी सबैलाई वैज्ञानिक रूपमा प्रमाणित भएको यो तथ्य थाहा छ कि सूर्यको किरणले मानव शरीरमा रहेको भिटामिन ‘डी’उत्पादन गर्दछ जसले मानव सेलमा रहेको ‘टी’ सेलहरूलाई सक्रिय पारि मानिसको  प्रतिरक्षामा प्रणाली लाई बलिष्ठ पार्ने कार्य गर्दछ। यो बारे वैज्ञानिक अनुसन्धानले अर्को पातो समेत वैज्ञानिक रूपमा प्रमाणित गरिदिएको छ। जस अनुसार न्यून मात्रामा निलो प्रकाशको किरण रहेको सूर्यको प्रकाशले मानव कोशिका भित्रका  टी सेलहरू लाई तीव्र गतिमा सक्रिय हुन समेत उत्प्रेरित गर्ने गर्दछ।

 

मानव शरीरको सबैभन्दा ठुलो अङ्गको रूपमा रहेको छालाको कोशिकामा यसरी सक्रिय भएका टी सेलहरूले छालामा रहने धेरै सूक्ष्म जीवहरू सतर्क पारि दिन्छ। छालालाई आफ्नो वासस्थान बनाएका तिनीहरू कि त शरीर छोडेर भाग्दछ। छालामै रहने रोगाणुहरु भने सूर्यको किरणको प्रभावले टी सेलहरूले नष्ट पारिदिन्छ।  सङ्क्रमणको स्थानमा सक्रिय रहेका टी सेलहरू चाहे प्रतिरक्षामा प्रणालीको सहयोगीको भूमिकामा हुन् वा रोगाणुहरु नष्ट गर्ने भूमिकामा शरीरको सुरक्षा कवचको काम गरिरहेका हुन्छन्।

 

रगतले जब शरीरमा सङ्क्रमण भएको महसुस गर्दछ तब रगतमा रहेको सेतो रक्त कोशिकाहरूले शरीर लाई सङ्क्रमण गर्ने ब्याक्टेरियाहरू मार्न र प्रतिरक्षा प्रणाली लाई चुस्त पार्न हाइड्रोजन पेरोक्साइड नामक यौगिकको निर्माण गर्दछ। सूर्यमा हुने नीलो प्रकाशको किरण हाम्रो छालाको बाहिरी तह लाई छेडेर दोस्रो तह डर्मिस सम्म सहजै पुग्न सक्दछ। सूर्यको नीलो किरणले डर्मिसमा रहेका टी सेलको कोशिकाहरूमा हाइड्रोजन पेरोक्साइड बनाउने गर्दछ। हाइड्रोजन पेरोक्साइडले गर्दा टी-सेलका कोशिकाहरूको शरीर भरि  सक्रिय सञ्चार हुन सम्भव बन्छ। टि-सेलको प्रतिरक्षात्मक प्रतिक्रियामा र प्रतिरक्षाको क्रममा क्षति भएको टी -सेल त्यहाँ वाट हटाउन पनि हाइड्रोजन पेरोक्साइडको प्रयोग हुन्छ।

 

सूर्यको किरणले छालामा भिटामिन-डीको उत्पादन गर्न अल्ट्राभोइलेट किरणको जरुरत हुन्छ। युभी किरणले छालामा छालाको क्यान्सर र मेलानोमा हुने जोखिम समेत उच्च पारि दिन्छ। सूर्यको किरणमा हुने निलो प्रकाशले छालामा हुने उक्त विकृतिहरू रोक्ने विशेष भूमिका खेल्ने गर्दछ। जसको अन्तिम नतिजा शरीरको रोग प्रतिरोध क्षमता बलिष्ठ बन्नु हुन पुग्छ।

 

दिउसोको समयमा सूर्य सिधै आकाशमा माथि हुन्छ। त्यो समयमा सूर्यको किरणमा हुने छोटो ओइव-लेन्थका किरणहरू त्यसमा पनि मुख्यतया निलो किरण माथिल्लो वायुमण्डलमा रहेको हावा अणुहरूले परावर्तित गरी  तितरबितर पारिदिन्छ। जसले गर्दा आकाश निलो देखिन्छ तर हामी सम्म भने निलो किरण कम आइरहेको हुन्छ। त्यसैले गर्दा सूर्योदय र सूर्यास्तको समयमा हामीले सूर्यवाट धेरै निलो किरण प्राप्त गर्न सक्छौ। यो अर्थमा माथिको सूक्तले दिएको सिद्धान्त वैज्ञानिक रूपमा प्रमाणित रहेको पुष्टि हुन्छ।

 

Explanation: The word “gavi” has normally two meanings earth and cattle. Here, body (Pancha mahabhuta)  is meant neither earth nor cattle.

 

क्रिमिनाशनमको सूक्ष्म-जीवहरू सन्दर्भको दोश्रो सूक्त हो:

विश्वरूपं चतुरक्षं क्रिमिं सारङ्गमर्जुनम्।

शुणाम्यस्य पृष्टीरपि वृश्वामि यच्छिरः॥

 

I break and crush the ribs and tear away the head of the microbes/insects, variegated in shape, four-eyed, prone to creep, and white in colour. (I destroy the Viruses and Germs with three heads, those that are triangular, those that creep and are spotted, and those that are white and create swelling. I break their back and I break their head.)

 

शब्दार्थ: विभिन्न प्रकारका दृश्य तथा अदृश्य सूक्ष्म जीवहरू तथा कीराहरूको रूपमा रहेका रोगाणुहरुको तिनीहरूको शरीरको आधारभूत संरचनाहरूलाई छिन्न भिन्न पारि विखण्डनको मध्यम वाट निष्क्रिय वा नष्ट गर्न ओखतीहरूको वा उपायहरूको  अवलम्बन गर्न सकिन्छ।

 

व्याख्या: मन्त्रमा उल्लेख भए अनुसार सूक्ष्म जीव तथा किराहरू विभिन्न आकार, प्रकार र रङहरूमा हुन सक्छन्। तिनीहरू चौतर्फी (चारै तिर) हेर्ने इन्द्रिय आँखा जस्तै संरचनाले सज्जित हुन्छन्। घस्रेर वा अन्य माध्यम बाट एक ठाउँ वाट अर्को ठाउँमा सर्न सक्दछन्। कुनै सेतो रङको हुने भन्नुको अर्थ तिनीहरू पारदर्शी समेत हुन सक्छन् भन्ने हो।

 

सूक्ष्म जीवहरूमा करङ र टाउकोले गर्ने काम सम्पन्न गर्ने कुनै न कुनै प्रकारको संरचना समेत सक्रिय रहन्छ। सूक्ष्म जीवहरूको करङहरू र टाउको भूमिकामा रहेका संरचनाहरू तिनीहरूको आधारभूत जीवनको महत्त्वपूर्ण भागहरू हुने गर्दछ। रोगाणुहरुको तिनै भागलाई लक्षित गरी विखण्डन मार्फत निष्क्रिय गर्ने वा नष्ट गर्ने ओखती वा जडीबुटीहरूको माध्यमबाट नियन्त्रण गर्न आवश्यक हुन्छ।

 

 

Explanation: In this mantra, it is mentioned that Krimis are variegated in shape i.e. they are marked with different colours. They are multiple-eyed equivalent sense organs and can move by creeping or other means. The white colour may also mean that they are transparent. These krimis possesses ribs and head equivalent structure. The ribs and head equivalent structures are the vital parts of these krimis, which need to be targeted to kill them by means of microbicidal drugs/herbs.

 

क्रिमिनाशनमको सूक्ष्म-जीवहरू सन्दर्भको तेश्रो सूक्त हो:

 

अत्रिवद्वः क्रिमयो हन्मि कण्ववज्जमदग्रिवत् ।

अगस्त्यस्य ब्रह्मणा सं पिनष्म्यहं क्रिमीन्॥

 

O disease-producing microbes (pathogens), I destroy ye, as a violent flesh-eaters destroys his bird of prey, as a fowl eats up all grains one by one, as kindled fire extinguishes everything all at one stroke. I bray and bruise the microbes (pathogens) to pieces with the Vedic Knowledge of God. [O Viruses and Germs, I destroy you like how Sages Atri, a destroyer, Kanva, intelligent planner, Jamadagni, lighted fire, Agastya, veteran scientist. Who are masters of cleansing science, destroyed the harmful Viruses with their powerful Vedic Chants and formula.]

 

शब्दार्थ: वैदिक ज्ञानको सार अनुरूप जसरी मासु खाने एक हिंस्रकले आफ्नो सिकारको लागि चरालाई मार्ने गर्दछ, जसरी चराले एक-एक गरी आफ्नो आहारको रूपमा अन्न खाने गर्दछ र जसरी बलिरहेको आगोको लप्कालाई अग्नि नियन्त्रण गर्ने यन्त्रको हावाको एकै झोक्काले निभाएर निर्मूल गर्न सक्दछ त्यसरी नै आफूमा अन्तर्निहित प्राकृतिक (परमात्माको शक्ति) शक्तिको प्रतिरूप उच्च आत्मा बलले (अर्थात् ‘म’ तत्त्व अर्थात् आत्मा) रोग उत्पन्न गर्ने जीवाणुहरू अर्थात् सूक्ष्म-जीवी रोगाणुहरु लाई विखण्डन र परास्त गर्न सक्दछ।

 

[ऋषि अत्रिले पहिचान गरेको कीटाणु (विषाणु र रोगाणु) ध्वस्त गर्ने विधि, ऋषि कण्वको बुद्धिमत्ता पूर्ण रोगाणु नियन्त्रणको उपायहरू, ऋषि जमदग्निले पहिचान गरेको विषाणु र रोगाणु विरुद्ध लड्न अग्नि तत्त्वको क्षमता, ऋषि अगस्त्यको रोग प्रतिरोधी शक्ति (भगवान्) र रोग प्रतिरोधी शक्ति नाशक तत्त्वहरूको (मरुत) अन्तर सम्बन्ध वारेको अनुभवी वैज्ञानिक ज्ञानको संयोजन वाट रोग उत्पन्न गर्ने रोगाणुहरु विरुद्ध लड्न सकिन्छ। उल्लेखित ऋषि गणहरूले आफ्नो मन्त्र मार्फत सुझाएका शक्तिशाली सूत्र अर्थात् उपायहरू संहारक रोगाणु र विषाणुहरू नष्ट गर्ने शुद्ध वैज्ञानिक उपायहरू हुन्।]

 

व्याख्या: माथिको पदहरूमा उल्लेख गरिए जस्तै वैदिक कालमा रोग उत्पन्न गर्ने सूक्ष्म-जीवी जीवाणुहरू अर्थात्  रोगाणु तथा विषाणुहरू को बारेमा विभिन्न ऋषिहरूले अनुसन्धान मात्र गरेका थिएनन् उनीहरूले सूक्ष्म जीवहरू विषालु प्रकृतिको समेत पहिचान गरी तिनीहरू वाट बच्न र तिनीहरूलाई विनाश गर्ने विभिन्न सिद्धान्तहरूलाई सूत्र बद्ध रूपमा ढालेर वेदको सूक्तको रूपमा विकास गरेका थिए। जसलाई हामी वेदको मन्त्र भन्ने गर्दछौ। वैदिक कालमा विकास भएको उक्त मन्त्रहरूले रोगाणुहरुले उत्पन्न गर्ने रोगको उपचार उल्लेख गर्ने क्रममा हरेक रोगाणु र सामूहिक रूपमा रहने रोगाणुको नियन्त्रणको विधि उल्लेख गरेको देखिएकोले जीवाणुहरू एकल र कोलोनीमा समेत रहन सक्ने यथार्थको उनीहरूले पहिचान गरेको प्रस्ट हुन्छ।

 (लेखक नारायण घिमिरेको किताब वेद र विज्ञान वाट साभार)

125Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: