मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल यजुर्वेद।

सूक्ष्म-जीव विज्ञानको

वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल यजुर्वेद।

नारायण घिमिरे

नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधिको चुरो ज्ञान सङ्कलित वेद र विज्ञान बारे संसार भर खुलेर चर्चा मात्र हुँदैन प्रशंसा समेत हुने गर्दछ।  इनोभेसन र नयाँ आविष्कारहरुमा लागेकाहरूको एउटा रिफरेन्स गाइड बनेको छ नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधि। त्यही रैथाने वेद र विज्ञानका गहन ज्ञान वाट भने बत्ती मुनिको अँधेरो बनेर नेपाली समाज फाइदा प्राप्त गर्न र व्यवहारिक इनोभेसन मार्फत आफ्नो अध्यात्मिक मात्र हैन कर्मिक जीवन समेत सहज बनाउन वाट वञ्चित छ। पश्चिमा धर्म प्रचारकहरूको विभिन्न ज्ञात अज्ञात शीर्षकमा चन्दा र सहयोग प्राप्त सामाजिक अभियन्ता, सामाजिक विकासका अगुवा, दात्रि निकाय, पत्रकारिता र राजनैतिक गतिविधिको संयुक्त प्रयासको ग्रयाण्ड डिजाइन बत्ती मुनिको अँधेरो पैदा गर्ने प्रमुख कारक बनेकै छ।

त्यसमाथि नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधिको चुरो ज्ञान समाजमा लैजाने नाममा मात्र आफूलाई देवत्व गराउन सक्रिय कतिपय समूहहरू हलुवामा बालुवा भएर समाजको हरेक तप्कामा सक्रिय देखिन्छ। आजको युग वैश्य युग हो। त्यो भनेको सबै कुरा व्यापारीकरण भएको समय मात्र हैन मानिसले आफूलाई फाइदा हुने हरेक कुरा जसरी पनि प्राप्त गरी छाड्ने युग हो।  जसरी एक मुर्दामा स्याउ स्याउ परेका किराहरू मुर्दाको रस सकिए पछि मुर्दा सहित आफू पनि अस्तित्व हिन हुन्छन् र माटोमा मिल्दछ त्यस्तै अप्राकृतिक कुरालाई आफ्नो क्षणिक लाभमा लैजाने शक्ति पनि त्यो असत्यको पर्दा उत्रन साथ विलीन हुने युग हो यो। जसमा हाल निकै नाम चलेका माने गनिए र चुनिएका निकै प्रख्यात बनिरहेका व्यक्ति र तिनका प्रवृत्तिहरू समेत पर्दछ।

खैर त्यो कुरा समय लाई छाडी दिएर भावनात्मक कुरा तर्फ लागौँ जुन यथार्थ परक रहने गर्दछ।

एक छिनलाई सोचौँ यदि हाम्रा समाजका अलिकति संस्कृत भट्ट्याउन जान्ने वर्गमा समाज वाटै संस्कृत लोप हुँदै गएको समयमा संस्कृत भाषा   जानेको भरमै वेदका गहिरा वैज्ञानिक यथार्थ सम्पूर्ण रूपमै जान्दछु बुझ्दछु भन्ने अहम हाम्रा संस्कृत बुझेका अगुवामा नभएर सम्बन्धित विषयमा विज्ञता हासिल गरी वेदको भावार्थ समाजमा ल्याउने कष्ट गरेको भए आज हामी वेदको सार पढ्दै गर्दा सायद तल गरी जस्तो भावार्थ प्राप्त गरी रहेको हुन्थेम होला।

 

इनोभेसन र  समृद्धि  नेताको मलद्वार लाई स्वर्ग द्वार देख्ने न त आजको राजनीति सँग आबद्ध विज्ञ न त हाम्रा विश्व विद्यालय जस्ता विभाजनकारी संस्थामा कार्यरत प्राज्ञको पहुँचको विषय हो भन्ने वेदका कुरा कक्षा ५ मै सिकिन्थ्यो होला।

 

आजका जस्ता नेपाली बापका अङ्ग्रेजी औलाद हुने पश्चिमा संस्कार देखाउन पाउँदा आफू सहरिया बन्ने भुईँफुट्टा वादले हाम्रा भर्खर भर्खर कलेज पड्दै गरेका बच्चाहरूको दिमाग प्रदूषित बन्थेन होला।

 

आज हाम्रो विशिष्ट ज्ञान उधम्शिलातामा परिवर्तित बनिसकेको अवस्था हुन्थ्यो होला।

 

जे होस् त्यसैलाई ध्यानमा राखी सूक्ष्म-जीव विज्ञानको वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल यजुर्वेदको अक्षर अक्षरले के भन्छ भन्ने अनुत्पादक परम्परागत प्रयासको विपरीत भावार्थ वा चुरो कुरो के भन्न खोजी रहेछ त्यो बारे चर्चा गरौँ।

वैज्ञानिक भावार्थमा ऋग्वेद:

ऋग्वेद मन्त्र १.१९.१  

परति तयं चारुमध्वरं गोपीथाय पर हूयसे | मरुद्भिरग्न आ गहि ||

भावार्थ: माइक्रोवायोलोजी तथा भौतिक ऊर्जा क्षेत्रका पण्डित, सन्त मतलब सम्भावित विषय बिज्ञहरु द्वारा गरिएका अनुसन्धान तथा प्राविधिक कार्यहरूको  अनुभवले माइक्रोवायोलोजी  तथा भौतिक पदार्थ बिखन्डन हुने क्रममा ती पदार्थको दहनवाट (जस्तै: जल्दा, ज्वालामुखी फुट्दा आउने अग्नि वा ताप), मर्दा, एकरूप वाट अर्को रूपमा परिवर्तन हुने क्रममा पैदा हुने शक्ति, परिवर्तनको क्रममा पैदा हुने वायु (हावा, वाफ) मार्फत प्राप्त गर्न सकिने ऊर्जा आदि नै दिगो पर्यावरणीय ऊर्जाको श्रोत हुने  बताउँदछ। प्राकृतिक तरिका मैत्री माइक्रोवायोलोजी तथा भौतिक ऊर्जा उत्पादन प्रविधि  मार्फत ऊर्जाको आपूर्ति गरिने रणनीतिले नै तसर्थ उत्तम नतिजाहरू दिने रणनीति हुन।

ऋग्वेद मन्त्र १.१९.२  

नहि देवो न मर्त्यो महस्तव करतुं परः | मरुद्भिरग्न आ गहि ||

 भावार्थ: विज्ञान र प्रविधि क्षेत्रको मृत वा अमर अवस्थाको कुनै पनि ज्ञान तथा इनोभेसनहरूले दहन (अग्नि वा ताप), वायु (हावा) र सूक्ष्म जीवको संयुक्त सहकार्य वाट प्राकृतिक रूपमा उपलब्ध हुन सक्ने सम्पूर्ण सम्भावनाको न त उजागर नै गर्न सक्छ न त तिनीहरूले दिने क्षमता बरावरको कल्याण तथा प्रगति नै दिन सक्ने खुबी राख्दछन।

 

ऋग्वेद मन्त्र १.१९.३

ये महो रजसो विदुर्विश्वे देवासो अद्रुहः |मरुद्भिरग्न आ गहि || 

 भावार्थ: राजनैतिक समूह वा अन्य विभाजनकारी संस्थाहरू सँग आबद्धता तथा निष्ठा नराख्ने अन्वेषकहरू जो दहन (अग्नि वा ताप), वायु (हावा) र सूक्ष्म जीवको संयुक्त सहकार्यवाट प्राकृतिक रूपमा उपलब्ध हुन सक्ने सम्पूर्ण सम्भावनाहरूको उजागर गर्ने ज्ञानको खोजीमा लागि पर्दछन तिनीहरूले अभूतपूर्वलाभ र समृद्धि ल्याउन सफल बन्दछन्।

 

ऋग्वेद मन्त्र १.१९.४

य उग्रा अर्कमान्र्चुरनाध्र्ष्टास ओजसा | मरुद्भिरग्न आ गहि || 

भावार्थ: बाहिर वातावरण लाई समेत प्रभावमा लिन सकिने गरी निष्क्रिय ग्याँसलाई उच्च दबाबमा राख्न सकिने क्रायोजेनिक टेक्नोलोजीहरू तथा माइक्रोबायोलोजिकल प्रविधिहरूको  समय अनुरूपको प्रयोगवाट प्राकृतिक रुपमा विद्युतीय तथा दहन (पदार्थ जल्दा निस्कने) ऊर्जा उत्पादन सम्भव तुल्याउन सकिन्छ। असीमित राप, ताप र प्रकाश प्रदान गर्न सक्ने क्षमताको स्रोतको रूपमा रहेका यस्ता सूक्ष्मकणहरूको शक्तिमा पहुँच अभिवृद्धि गर्न यिनीहरूको प्रतिस्पर्धात्मक उपभोगका माहान उपायहरू तथा प्रयासहरू सूचीकृत गरिनु जरुरी छ।

 

ऋग्वेद मन्त्र १.१९.५    

ये शुभ्रा घोरवर्पसः सुक्षत्रासो रिशादसः | मरुद्भिरग्न आ गहि || 

 

सूक्ष्म जीवहरू जरुरत अनुरूपको अनुभूति वा उचित रङ्ग धारण गर्ने क्षमता राख्दछन। सूक्ष्म जीवहरू न्यानो पार्टिकल सिर्जना गर्ने कणहरू हुन्। न्यानो पार्टिकलहरूको समेत सिर्जना गर्ने क्षमता रहेका सूक्ष्म जीवहरूको रोगहरू नष्ट गर्ने शक्ति रहन्छ। सूक्ष्म जीवहरूले आफ्नो निरन्तरको नियमित प्रक्रिया वाट अन्तरिक्ष, वायुमण्डल लाई गरिने जस्तै गरी शुद्ध र स्वच्छ वातावरणको सिर्जना गर्दछन्। सिर्जित  शुद्ध र स्वच्छ वातावरण भित्र भौतिक परिवर्तन वा  बिखन्डन जस्ता प्रक्रिया वाट प्राप्त हुने अग्निको (ऊर्जा) उपयोग मार्फत रोग वाट उन्मुक्तिको अथक प्रयासहरूले सफलता प्राप्त गर्ने गर्छन्।

 

ऋग्वेद मन्त्र १.१९.६    

ये नाकस्याधि रोचने दिवि देवास आसते | मरुद्भिरग्न आ गहि || 

 

सौर्य ऊर्जा र सौर्य प्रकाशका सम्पूर्ण गुणहरू जब माइक्रोवायोलोजी सँग जोडिन पुग्दछ वा  संयोजन गर्न सकिन्छ तब त्यहाँ अथाह फाइदाकारी वातावरण सिर्जना हुने गर्दछ।

 

ऋग्वेद मन्त्र १.१९.७   

य ईङखयन्ति पर्वतान तिरः समुद्रमर्णवम | मरुद्भिरग्न आ गहि ||

 

महासागरमा रहेका पानीलाई बाफको रूपमा बादल सम्म पुर्‍याउन र बादललाई विद्युतीय र अग्नि ऊर्जाको साथ विच्छेद गरी उच्च शिखरहरू सम्म बर्साद गराएर भरिपूर्ण गर्न यी सूक्ष्म जीवहरूले सहयोग पुर्‍याउने गर्दछन्।

 

ऋग्वेद मन्त्र १.१९. ८

आ ये तन्वन्ति रश्मिभिस्तिरः समुद्रमोजसा |  मरुद्भिरग्न आ गहि ||

सूक्ष्म जीव शक्तिहरूको वास प्रकाशको किरणमा हुने गर्दछ। सूक्ष्म जीव शक्ति यति शक्तिशाली हुन्छ कि सूक्ष्म जीव शक्तिको सामर्थ्यहरूको उपयोग बिना विशाल सागरहरूले समेत आफ्नो महान हितकारी गुणहरू उपलब्ध गराउन सम्भव बन्दैन।

 

ऋग्वेद मन्त्र १.१९. ९   

अभि तवा पूर्वपीतये सर्जामि सोम्यं मधु |  मरुद्भिरग्न आ गहि ||

 

सूक्ष्म जीवहरूको संयोजनमा सौर्य ऊर्जाले सबै प्रकारको पोषण तथा औषधीय मूल्यका पदार्थहरू पोषण तत्त्वको रूपमा प्रदान गर्ने अवसर प्राप्त गर्दछ। सम्पूर्ण जगत को कल्याण तथा प्रगतिको लागि दूरदर्शी तथा ज्ञानी (विज्ञ) अनुसन्धानकर्ताहरू लाई  सूक्ष्म जीव र प्रकाशको किरणको संलग्नताले दिने  पोषण तथा औषधीय मूल्यका पदार्थहरू वारेको अनुसन्धानमा संलग्न गराउन जरुरी हुन्छ।

 

वैज्ञानिक भावार्थमा शुक्ल यजुर्वेद:

शुक्ल यजुर्वेद मन्त्र १७.१

 भावार्थ: मरुतहरू हावाका कणको गुण रुपी (Quantum Particles) जलिरहेको धूपको सुगन्ध जस्तै सर्वत्र व्यापक रूपमा फैलन सक्षम अन्य गुणहरू सहितको सूक्ष्म कणधारी वा सूक्ष्म जीवहरू रुपी शक्ति हुन। परोपकारी (Energy Quantas) मरुतहरू वाट हामीलाई पहरा जस्ता कठोर चट्टानहरूमा गडिएर रहेका सामग्रीहरू (Vibrations) कम्पन शक्ति (विद्युतीय ऊर्जा र चुम्बकीय ऊर्जा मार्फत बनेको कम्पन शक्ति) मार्फत  विखण्डन भएर निस्किएको खनिज जस्ता विविध जैविक सारतत्व युक्त तरल पदार्थहरू माटोलाई उपलब्ध गराउने गर्दछ।

 

चट्टानहरूमा अन्तर्निहित जैविक यौगिकहरुका माटो र पानीमा चुहिन सम्भव भएका कारण माटोमा उर्वर शक्ति कायम रहन्छ। माटो र पानीको उक्त उर्वर शक्ति उपयोग वाट वनस्पतिहरू पोषण तत्त्वले समृद्ध द्रव्यहरू (खाद्य तथा औषधि) निर्माण गर्दछन। पोषण तत्त्वले समृद्ध जल तथा बोट बिरुवाको उपयोग वाट जनवार निर्मित गाइको दूधमा जस्ता पोषण युक्त द्रव्यहरू (खाद्य तथा औषधि) बन्दछन्। यसरी सम्भब बनेका द्रव्यहरू (खाद्य तथा औषधि) वाट प्राणीका शरीरले उपयोगी सारतत्वहरू लिने र अनुपयोगी पदार्थहरू मलको रूपमा फोहरमा छुट्टाउने र शरीर बाहिर त्याग गर्ने गर्दछन।

शुक्ल यजुर्वेद मन्त्र १७.२

भावार्थ: सूक्ष्म कणहरूमा अन्तर निहित अग्नि ऊर्जाका कारण (Quantum Mechanical Energy) मरुतहरु (सूक्ष्म-जीवहरू) सक्रिय रहने गर्दछन्। मरुतहरु (सूक्ष्म-जीवहरू) जीवन निर्माणका आधारभूत इश्तक अर्थात इँटहरू (Quantum Particles) हुन। एक विशाल समुन्द्रमा हुने पानीको थोपाको सङ्ख्या जस्तै सूक्ष्म जीवहरू [{चायुतम  गुणा (चायुतम  गुणा चायुतम)} गुणा {नियुतम  गुणा (नियुतम  गुणा नियुतम)} गुणा {प्रयुतम गुणा (प्रयुतम गुणा अर्भुधम)} गुणा {अर्भुधम गुणा (अर्भुधम गुणा अर्भुधम}] को सङ्ख्यमा रहन्छन। यी मरुतहरूले समग्र देखिने र अदृश्य ब्रह्माण्डलाई समृद्धि (Energy to Sustain) दिइरहेका छन्। गाईको दूधले हामीलाई दिने तागत जस्तै मरुतहरूले सम्पूर्ण ब्रह्माण्डको स्थिरताका लागि आधारभूत शक्ति (Universal Quantum Field) उपलब्ध गराइरहेका छन्।

(Vedic Calculation: Ten tens ie shatams=100. Shatam shatams  to sahasram makes a sahasra 100 times hundred ie 10000. 10000 times 10000 is called an Ayutam equals 100000000 i.e.108. Ayutam times Ayutams becomes 1016 called Niyutam. Niyutam times Niyutam becomes Prayutam 1032. Then Arbudam is 1064 . Then Nyarbudam is 10128. Then Nyarbudam  times Nyarbudam becomes Samudrashch ie 10 256 . Vedic rishi is counting up to 256 zeros after unity to suggest the infinite, which is the enormity of  numbers of microorganisms involved.)

शुक्ल यजुर्वेद मन्त्र १७.३

भावार्थ: मरुत  वा सूक्ष्म-जीवहरू प्रचुर मात्रामा कार्बोहाइड्रेट, चिल्लो आदि जस्ता पोषण तत्त्वहरू लगायतका अन्य सार-तत्त्वहरू प्राकृतिक रूपमा उपलब्ध गराउने संस्थागत दिगो श्रोतको रूपमा रहेका हुन्छन्। मौसम अनुरूप केही परिवर्तन हुने गरि नियमित तथा स्थायी रूपमा विभिन्न वनस्पति तथा जडीबुटीहरूको सार तत्वयुक्त पदार्थ  वा जैविक अवयवहरू उपलब्ध गराउने संस्थागत स्रोतको रूपमा मरुत शक्तिको उपस्थिति रहन्छ। संज्ञानात्मक रूपमा बताउँदा एक कामधेनु नामक ईश्वरीय गुणको प्रतीकको रूपमा लिइने गाई जसले आफ्नो नित्य जीविकाको लागि जरुरत पर्ने विषय वस्तुहरु फलको रूपमा प्राप्त गर्न जब कर्म मार्फत प्रार्थना गरिन्छ तब पुरा गरिदिन्छ। उक्त उदाहरणको कामधेनु गाई जस्तै नित्य जीविकाको लागि जरुरत पर्ने विषय वस्तुहरु पूर्ति गर्ने स्थिर र संस्थागत श्रोतको रूपमा मरुत वा सूक्ष्म-जीवहरू अस्तित्वमा रहने गर्दछन्।

शुक्ल यजुर्वेद मन्त्र १७.४

भावार्थ: सूक्ष्मजीव मरुतहरू संसारको फाइदाका लागि प्रयोग हुने गर्दछन।   सूक्ष्मजीव मरुतहरूले महासागरमा भएका सम्पूर्ण प्रदूषक पदार्थहरू सानो सानो टुक्रामा टुक्राएर निर्मलीकरण गरी पानीको मुल स्रोत लाई सफा र शुद्ध पार्दछ। ब्रह्माण्डको शुद्धताको लागि प्रदूषक पदार्थहरू सफा गर्ने,  शुद्ध पानीलाई बादलमा परिवर्तन गर्ने मरुतहरूको कार्यले जमिन र पानीमा रहने सम्पूर्ण जीवनलाई सहज तुल्याउँदछ। महासागरहरूको दबाबका कारण खनिजमा परिवर्तन भएका मुगा आदि वाट निर्मित मुङे समुन्द्री चट्टान वाट प्राप्त हुने कोरल कार्बोनेटहरुले हाम्रो भोजनमा एन्टिअक्सिडेन्ट, पोषण र खनिज जस्ता खानाको पूरक पदार्थ निर्माणमा सहयोग पुर्याउने गर्दछन। खाना र औषधीय सारतत्व युक्त भूमिगत जीव तथा वनस्पतिहरू खाना र औषधीको स्रोतको फसलको रूपमा हुँदै गरेको अत्यधिक उपभोगले पर्यावरणीय समस्याहरू पैदा गरिरहेको छ।

 

शुक्ल यजुर्वेद मन्त्र १७.५

भावार्थ: समग्र प्राणीहरूको कल्याणको लागि सूक्ष्म-जीव मरुतहरूले फोहर पदार्थहरुलाई  विखण्डन गर्ने, प्रदूषणमा रहने प्रदूषकहरू कायम रहन जरुरी हुने तत्त्वहरूको उपलब्धता निषेध गरी दूषितता हटाउन र लामो समयमा नष्ट गरिदिने गर्दछन्। जस्तै: लामो समयमा हिउँ भित्र गहिरो गरी गाडिएर रहदा विभिन्न बिखालु प्रदूषणहरूको बिखालुपन निर्मलीकरण हुन र विषाक्तता नष्ट हुन सम्भव बन्दछ।

 

शुक्ल यजुर्वेद मन्त्र १७. ६
 

भावार्थ: पानी ज्वरो पैदा गर्ने जल अर्थात् प्रदूषित पानीलाई पानीमा जीवन गुजारा गर्ने जलचर, जीव तथा वनस्पतिहरूले नियमित रूपमा शुद्धीकरण गरिरहेका हुन्छन्। पानी जब ओसिलो जमिनको क्षेत्रलाई (Wet Land) छिचोलेर जमिन भित्र-भित्र बग्ने गर्दछ तब त्यसमा जम्मा भएका वा घुलेर रहेका  प्रदूषकहरू विभिन्न भौतिक, रासायनिक, जैविक प्रक्रियाहरू जस्तै थिग्रने, अवशोषण हुने, नाइट्रीफिकेसन हुनुका साथै भिजेको ढाप जस्ता ओसिला जमिनमा (Wet Land) उम्रने बोटबिरुवाहरूको विषादी निर्मलीकरण गर्ने क्षमता द्वारा हटाएर सुद्ध पारिदिन्छ। उक्त सूक्ष्म वनस्पतिहरूले ठुलो वनस्पतिहरूको लागि उर्वर हुने वातावरण बनाउने समेत काम गर्दछन्।

 

क्रमशः ……………… (आगामी लेखमा )

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

134Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: