मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पोस्ट-कोभिड मजदुरको युग !

नारायण घिमिरे

रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ तपाइलाई त्यो हावाको याद सम्म आउँदैन। जब तपाइले त्यो हावा पाउन सक्नु हुन्न तपाईँ छटपटिन थाल्नु हुन्छ। विकल्प बिना बाच्न सक्नु हुन्न।

 

कोभिड -१९ को सङ्क्रमणले आफ्नो स्वच्छन्द चलायमान जीवन पद्दति र दैनिक कारोबारमा परेको असर वाट आज मानिस त्यही हैसियतमा पुगेको छ। महामारी त भई रहेछ। झेलिएकै छ। महामारी पछिको मेरो दिन चर्या कस्तो होला ? गुमेको आर्थिक हैसियत र विकसित हुदैगरेको मनोबैज्ञानिक दुर्बलताको उपचार कसरि होला। मेरो जीवन पहिले जस्तै सामान्य जीवनको गोरेटोमा कसरि फर्केला? मेरो आफ्नो भविष्य उज्ज्वल राख्न सक्ने सुनिश्चितता मैले कसरि कायम गर्ने भन्ने हदै सम्मको छटपटी समाजका हरेक व्यक्तिमा यति बेला देखिएको छ।

त्यसको जगमा उभिएर आज हाम्रो समाजमा धेरै अड्कलहरु र अनुमानहरू आउन थालेका छन्। अनिश्चितताको काल रात्रिहरू बिच डर र भावनात्मक ब्ल्याक मेल मार्फत आफ्नो स्वार्थ सिद्ध गर्न चाहने निकै ठुलो तप्का सङ्गठित र नियोजित रूपमा सक्रिय रहेको पनि आभास हुन्छ।

यो अवस्था बिच हाम्रो आफ्नै भविष्यको बारे चिन्ता थपिदिने कतिपय समाजमा सुनिने र सामाजिक सञ्जाल तथा लेखहरुमा पढ्न पाइने विषय बस्तुहरू कत्तिको यथार्थ परक छन् भन्ने प्रश्नहरुको उत्तरका लागि पहिले मानिसहरू लकडाउन पछि के गर्न चाहन्छन भन्ने जान्न जरुरी हुन्छ।

भर्खरै मानव बुद्धि तथा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलीजेन्स) प्रयोग गरी सामाजिक सञ्जालको उपयोगबाट  कोभिड-१९ को लकडाउनको समाप्ति पछि मानिसहरू के गर्न चाहन्छन् भनी गरिएको अध्ययनले केही महत्त्वपूर्ण कुराहरू उजागर गरेको।

तपाईँ हामीले सोच्दा लकडाउन सकिएर परिस्थिति सुरक्षित बनेपछि पहिलो स्थानमा आफ्नो साथी भाइ, परिवार, आफन्त र प्रियजन भेट्न र उनीहरू सँगै बसी गुणस्तरीय समय बिताउने, खानपान गर्दै र मनोबैज्ञानिक आनन्द लिने चाहना हुनुपर्ने हो । बताइएका शीर्ष बाह्र चाहनामा यो चाहना पछिल्लो बाट तेस्रो स्थानमा मतलब दशौँ स्थानमा परेको भेटिन्छ। पहिलो स्थानमा मानिस आफूलाई सुन्दरता प्राप्त हुने गतिविधिमा आफूलाई संलग्न गर्न चाहेको देखिन्छ। जसमा नाइँ वा सैलुनमा जाने, कपाल कटाउने, रङ्गाउने, नङहरू काट्ने, पालिस गर्ने, आँखाको रौँ आदि सुन्दर बनाउने आदि जस्ता चाहनाहरू रहेको भेटिएको छ। यो चाहनाले पोस्ट कोभिड-१९ मा स्वस्थ र सुन्दरता सम्बन्धका व्यवसाय मौलाउने निश्चित गर्छ। जसले आयुर्वेदिक र हर्बल विषयको व्यापार बढाउने अनुमान गर्न सकिन्छ।

दोस्रो चाहनामा आफूलाई मन पर्ने रेष्टुरामा गएर खाना खाने अनि फिल्म, थिएटर आदिमा गएर मन परेको फिल्म हेर्ने इच्छा पर्दछ।

तेस्रो सूचिमा मन पर्ने ब्रान्डका मादक पेयहरू उपलब्ध हुने क्लबहरू तथा पबहरूमा आयोजना हुने पोस्ट कोभिड – १९ पार्टीहरूमा सहभागी हुँदै एक रात साथीहरू सँग घर बाहिर समय बिताउने इच्छा परेको छ। चौथोमा साथीभाइ सँगै हल आदि बाहिर आयोजना हुने प्रत्यक्ष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आदिमा सहभागी हुने इच्छा देखिन्छ। कसै कसैले भने यात्राको लागि टिकट समेत बुक गरेको देखिन्छ।

दोस्रो, तेस्रो र चौथो इच्छाले पोस्ट कोभिड-१९ मा औषधीय मूल्यका, आनन्द र मनोरञ्जन दायक आयुर्वेदिक खाद्य तथा पेय पदार्थमा मानिसहरूको खर्च गर्ने मनस्थिति विकास भएको भएको अवस्था तर्फ सङ्केत गर्छ। खुल्ला स्थानमा योजना हुने प्रत्यक्ष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरू पनि राम्रो बजार पाउने भेटिन्छ।

पाचौ सूचिमा हालको लकडाउनको समयको उनीहरूको घरमै बसी खान पिन गर्ने, भिडियो गेम खेली, टिभी हेरी रमाउने जीवन पद्दति मन परेको र त्यसैलाई सुचारु गर्न चाहेको देखिन्छ। छैटौँ सूचिमा घर बाहिर नदी वा समुन्द्री किनार, राष्ट्रिय निकुञ्ज, पार्क, हिमाल आदि स्थानमा पुगेर प्रकृतिसँग नजिकिएर केही समय बिताउन चाहेको भेटिन्छ। सातौँमा बजार पुगेर सपिङ गर्ने इच्छा सूचीकृत छ। जुन पहिले  प्राय: पहिलोमा पर्ने गर्थ्यो।

सातौँ सूचिमा परम्परागत रूपको हाट बजार आदिमा गएर किनमेल गर्ने इच्छा परेको छ भने आठौँ सूचिमा बिदा आदि मनाउन भ्रमणमा निक्लने इच्छा परेको छ।नवौँ खेलकुदमा भाग लिने वा दर्शकको रूपमा भाग लिने, एघारौँमा काममा फर्कने र अन्तिममा जिम जाने इच्छा सूचीकृत भएको भेटिन्छ।

माथि प्रस्तुत मानिसहरूको विविध इच्छाहरुको प्राथमिकताको सूचीले कोभिड-१९ को कारण मानिसको परिवर्तित चाहनाले उनीहरू बदलिँदो जीवन शैलीमा जाँदै छन् भन्ने जनाउँदछ। बदलिँदो जीवन शैलीले विश्व बजारलाई परिवर्तन गरिदिने सङ्केत दिन्छ। पोस्ट कोभिड-१९ युगमा मार्केटिङ, सञ्चार, उद्योग र वितरण प्रणाली सबैमा विविधता आउने जसले बजारको माग सँगै बजारमा फरक प्रकृतिको रोजगारी माग गर्ने एवम् स्व-रोजगारीका अवसरहरू उपलब्ध गराउने  निश्चित गरेको प्रस्ट पार्छ।

नेपालको सन्दर्भको कुरा गर्दा भने हाम्रा समाजका अग्रज ठानिएका र सरकारमा रहेका कारण मुलुकको भाग्य विधाता मानिएकाहरू जानी नजानी अबको विश्व कता जाँदै छ, संसारमा कस्ता कस्ता नयाँ उपायहरू अवलम्बन गरिँदै छ भन्ने सामान्य ज्ञान वा अध्ययन समेत नगरी यत्र तत्र बेतुकका भ्रमहरू छरी रहेको र डरका खेतीहरू गरिरहेको भेटिन्छ।

भनिएको छ नेपालमा कोभिड -१९ पछि नेपालीहरूले आफ्नो रोजगार गुमाउने छन्। मुलुक भित्रै भएकाहरू बेरोजगार भई रहदा बाहिर गएका प्रवासी नेपाली समेत थपिदा बेरोजगारी बढ्ने छ। सरकारले विकल्प दिन नसक्दा त्यो वर्ग काठमाडौँ र सदरमुकाममा ढुङ्गा हान्ने वर्ग बन्ने छ। तिनीहरूको तारो स्थानीय र हाल को सरकार बन्ने छ। अनि सत्ता परिवर्तन हुने छ। त्यो ज्वारभाटाले हाल का काँग्रेस कम्युनिस्ट हरू विस्थापित हुने र हाल गर्भधारण समेत नभई सकेको राजनीतिक शक्ति नयाँ महाराजहरुको रूपमा उदाएर शासन व्यवस्था सञ्चालन गर्ने मौका पाउने छन्।

बदलिँदो अर्थ व्यवस्था र मानिसको निजी चाहनाको गहिरो मूल्याङ्कनले त्यो विचार धारा कुनै दरिलो आधारमा उभिएको भेटिँदैन। भोलिको बजार कता जाँदै छ भन्ने मूल्याङ्कनले राजनीतिक सन्तुलन र परिवर्तन बारे साइनो राख्ने हुँदा भेटिएको यथार्थताले भिन्न चित्रको सम्भावना तर्फ इंकित गरिरहेको छ।

कोभिड -१९ बाट संसारले नयाँ पाठ सिकेको छ। भौतिक संरचनामा आधारित व्यवसायहरू इन्टरनेट र अनलाइन व्यवसायमा जाँदै छ। व्यवसाय अनलाइनमा गएता पनि बस्तु तथा सेवाको कारोबार गर्न स्टोर र ढुवानीमा अत्यावश्यक पर्ने भौतिक संरचना इन्टरनेट र अनलाइन व्यवसाय मैत्री संरचनाको रूपमा परिवर्तित हुदैछन्।

बदलिँदै गएको व्यवसायको  परिवर्तित इन्टरनेट र अनलाइन व्यवसाय मैत्री संरचनामा अभ्यस्त जनशक्ति बजारमा  पर्याप्त देखिँदैन। निकै ठुलो जनशक्ति लाई पुनः तालिम गरी तैयार गर्नु पर्ने र झन्डै ६०% क्षेत्रमा एउटा  भौतिक संरचनाले अर्को   भौतिक संरचना पहिचान गरी ई-कारोबार अनुरूप बस्तु र सेवा साटा-साट गर्न सकक्षम इन्टर फेस डिजाइन गर्नु पर्ने बाध्यता आइ लागेको छ।

एकातर्फ भईरहेको कारोबार नियमित गरी रहनु पर्ने अर्को तर्फ नयाँ प्रणाली तैयारी गरी बदलिँदो बजार आवश्यकता पुरा गर्न आवश्यक पूर्वाधार समेत सँग सँगै तैयारी गर्नुपर्ने  हुँदा  पहिले भन्दा धेरै जन शक्तिको जरुरत हुनेछ। अनुमान गरिए भन्दा निकै ठुलो स्तरमा ठुलो रोजगारीको अवसर सिर्जना हुने छ। मानिसहरू रोजगार प्राप्ति भन्दा स्वरोजगारमा जान प्राय: प्रयासरत बनेको भेटिने छ।

पहिले भन्दा कम समय काममा लगाएर धेरै तलब सुविधा दिन नसक्दा कम्पनीले आफ्ना कामदार आफूसँग राखीराख्न नसक्ने र स्टाफले छोड्ने, मानव संसाधनकै कमीका कारण बाट व्यवसाय घाटा लाग्ने स्थिति पैदा हुदैछ। मतलब संसार सँग उसलाई जरुरी हुने मानव संसाधनको तुलनामा उपलब्ध मानव संसाधननै ५-७% ले कमी हुन पुग्ने छ।

पुरानो सीपको बजार माग बिस्तारै घट्दै जाने भएकाले नयाँ सीप सिकेर मानिसहरू नयाँ प्रकृतिको काममा आफूलाई अभ्यस्त गराउन सक्ने छन्। संसारमा नआई नहुने बनिसकेको  नयाँ प्रकृतिको रोजगारको अवसर पैदा हुने छ।  फलतः पुराना र अनुभवी रहेको नाममा कायम रहेको हालको असक्षमहरुले सक्षम माथि गरिरहेको व्यवस्थापनका कारण संसारको द्रुत विकासमा लागि रहेको अङ्कुश हट्ने छ।

मुख्य कारोबार नै इन्टरनेटमा आधारित हुने हुँदा मुलुक मुलुक बिचको भौतिक सीमाले जुनसुकै देशका कामदारहरुलाई रोजगार दिन रोक्ने छैन। गरिब मुलुकको हकमा मुलुकको राजस्व लिएरै पढ्ने, तालिम लिने जागिर वा पेसा गर्ने र आजीवन मुलुकै परजीवी बनेर रमाउने अल्छी कुलीन समूहहरुको चङ्गुल बाट हटेर मेहनती र उच्च नैतिक मनोवृत्ति बोकेका उत्कृष्ट मानव संसाधनले अवसर पाउने  पूर्वाधारहरू तैयार हुँदै जानेछन्। कोभिड-१९ मा तिरेको ठुलो मूल्यको मिठो प्रतिफलको रूपमा भरोसा लाग्दो उपलब्धिका रूपमा यस्ता सकारात्मक परिवर्तन संसारले प्राप्त गर्दै छ। नेपालले यो अवसर को कसरि प्रयोग गर्ला त्यो भने समयले बताउने छ।

(खाद्य तथा औषधि विज्ञ)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: