मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हावा बाट बन्यो खाना !

नारायण घिमिरे

हामी अझै पनि साँझ–बिहानकै चिन्तामा छौँ। नेपालका प्रधानमन्त्रीमा नेपालीको साँझ–बिहानकै चिन्ता मुलुकको संवृद्धि बाट दूर गर्न सकिने अठोट देखिन्छ। प्रधानमन्त्रीका हावा बाट बिजुली, घर घरमा ग्यास, मुलुकभर मेट्रोरेल र नदीहरूमा जहाज चल्ने प्रविधिको फाइदा उठाएर मुलुकको द्रुत संवृद्धि लिन सकिने विश्वास सामान्य जन मानसमा पच्न सकिरहेको छैन।

 

गास, बास र कपासको चिन्तामा रहेका हामीमा अधिकार र प्रजातन्त्रका मुद्दा जनस्तर सम्म निकै धेरै हाबी बनेका छन। कर्तव्य, इनोभेसन, उत्पादकत्वको बृद्दी र विकासका मुद्दा भने प्राय: ओझेलमै धकेलिएको छ।

 

विश्वमा भने बिल गेट्सले सन् २०५० सम्मकै खाना खजानाको हिसाबकिताब निकालिसकेका छन् । त्यतिखेर फस्ट क्लास प्रोटिनको मुख्य स्रोत मानिने मासुको उत्पादन सम्भव होला ? पक्कै पनि संसारमा जनसङ्ख्या बढ्ने छ, त्यसै अनुपातमा बसोबासका लागि जमिन चाहिन्छ। यस हिसाबमा मासुका निम्ति खसी, कुखुरा, राँगा पाल्न पुग्ने जमिन उपलब्ध हुने छैन ।

 

त्यस अवस्थामा के गर्ने त? हो, त्यसका निम्ति विगतमा केही उपाय हरू  सुझेकाले शाकाहारी मासु, शाकाहारी अण्डा र भेगन चिज आदि बन्ने प्रविधि वैज्ञानिकहरुले विकास गरे। यी वस्तु सक्कली मासु नभए पनि तिनमा पाइने प्रोटिनका साथै स्वाद मासु, अण्डा र चिज सँग जरुर मिल्दथ्यो। उक्त उत्पादनहरू प्लेटमा राखी खाँदा मान्छेले सक्कली मासु, अण्डा र चीज नै खाएको अनुभव गर्ने तर यथार्थमा प्रोटिन लगायत सम्पूर्ण पदार्थ शाकाहारी श्रोत बाट लिएर निर्माण हुने गरिएको छ।

 

सुन्दै अनौठो लाग्ने यी कुराहरू यथार्थमा नेपालमै परम्परागत रूपमा विकसित रैथाने मोर्चा वा ईष्ट र विभिन्न हर्बलहरूबाट आउने आयुर्वेदिक प्रकृतिको हिलिङ्ग खाना बन्ने सुगन्ध, मसला लगायतका सारतत्त्व हरूलाई निश्चित रूप र तरिकामा संयोजन गर्ने प्रविधिहरूको वैज्ञानिकीकरण र मुलत: व्यापारीकरण गरेर सम्भव भएका हुन।

 

अङ्ग्रेजी संम्वत २०५० सम्म पुग्दा बिश्वोले भोग्ने डर मानिएको प्रोटिनको अभावको श्रोत शाकाहारी मासु, अण्डा र भेगन चिज लगायतका पदार्थ बाट जोहो गर्न सकिने प्रविधि सोचे भन्दा निकै चाँडो विकास भयो। २०५० पुग्नु धेरै अगावै आज संसारको जुनसुकै कुनामा पनि शाकाहारी मासु, अण्डा र भेगन चिज जस्ता सबै परिकार सहजै पाइने अवस्थामा बन्यो।

 

अर्को तर्फ मात्र मासु खान वा जनावरको छालाको लागि जनावरको हत्या नगरी नै वास्तविक मासु, रगत र छाला नै बनाउने प्रविधिको समेत विकास भयो। विकसित मुलुकमा जसरी हाम्रा मुलुकमा फ्याक्ट्री-फ्याक्ट्रीमा पाउरोटी बनाइन्छ, त्यसरी नै जनावर हत्या नगरी फ्याक्ट्रीमा बनाइएको वास्तविक मासु, शाकाहारी मासु, भेगन अण्डा, भेगन चिज सबै उपलब्ध हुन थालेको निकै भइसक्यो।

 

आज संसारका धनी राष्ट्रहरू मङ्गल ग्रहमा बस्ती बसाउने जोहो गर्दै छन्। मङ्गल ग्रहको अवस्था पृथ्वीको भन्दा नितान्त फरक छ। त्यहाँ घाम त प्रशस्त पुग्छ, पानी पनि देखियो तर ग्रहको वातावरणमा कार्बन डाइअक्साइड ठुलो मात्रामा देखिन्छ।

 

उक्त अवस्थामा हावा त्यसमा पनि कार्बन डाइअक्साइड बाट नै प्रोटिन र उक्त प्रोटिन बाट बन्द भाडा भित्र बिना कृषि प्रविधि बाट खाना उत्पादन गर्ने नयाँ तरिका सफलता पूर्वक बनाउने प्रविधिको विकास भैसकेको छ। कदम कदाचित मानिस मङ्गल ग्रहमा पुगेकै अवस्थामा पनि अब खानाको लागि के भन्ने टन्टा टरेको छ। मात्र पहिचान भएको प्रविधिको सहजीकरण र ब्यपारिकरण गर्ने काम बाँकी रहेको छ।

 

मङ्गल ग्रहमा हामी पुगिएला नपुगिएला, त्यहाँ हाल विकसित खाना उत्पादन हुने नहुने जे होला तर विकसित प्रविधिको उपयोग गरी बिना कृषि प्रविधिको हावाबाट बनेको खाना पृथ्वीमै निकट भविष्यमा मानिसको प्लेट सम्म पुग्ने दिन भने धेरै बाँकी छैन।

फिनल्यान्डमा रहेको सोलर फूड्स नाम दिइएको एक फिनिश स्टार्ट अप कम्पनीले युरोपियन स्पेस एजेन्सी सँगको सहकार्यमा मुलत कार्बन डाइअक्साइड, पानी र बिजुली बाट खाद्य प्रोटिनको निर्माण गर्ने तरिका विकसित गरेको छ। मुख्य तय हावाबाट बनाइएको उक्त खाद्य प्रोटिन लाई सोलिन नामकरण गरिएको छ।

सन २०२१ भित्रमा सोलर फूड्सले आफ्नो सोलिन उत्पादन बजारमा ल्याउने योजनामा छ। अन्तरिक्षमा खाना बनाउने उपायको खोजीको क्रममा सम्भव बनेको यो प्रविधि बाट बनेको प्रोटिनको पिठो सुरुमा पान केकको रूपमा धेरै खाइने अनुमान गरिएको छ।

 

२०१७ मा स्थापना गरिएको यो फिनल्यान्डको कम्पनीमा कार्यरत वैज्ञानिकहरूका अनुसार उनीहरूको परीक्षण ल्याबमा हाल उनीहरू प्रतिदिन १ किलो सुख्खा प्रोटिनको पाउडर बनाई रहेका छन्। सजिलै ठुलो स्केलमा उत्पादनको स्केल अप गर्न सकिने प्राय: सबै एसेंसियल एमिनो एसिड युक्त प्रोटिन भएको सोलिन पाउडर प्रति किलो ५ देखि ६ अमेरिकी डलरमा उत्पादन भइरहेको छ।

 

सन २०२१ सम्म करिब १० लाख प्लेट खाना बजारमा ल्याउने तैयारीमा रहेको सोलार फुड कम्पनीले हाल आफ्नो उत्पादन लाई मानिसले खाने प्रयोजनमा बजारमा लानको लागि कानुनी स्वीकृतिको पर्खाइमा रहेको छ। संसारमै नौलो रहेको बिना कृषि प्रणाली खानाको उत्पादन सम्भव गराएको यो प्रविधिले संसारमै खाद्य क्षेत्रमा ठुलो क्रान्ति ल्याउन सफल बन्ने छ।

 

सोलार फुड कम्पनीले विकास गरेको हावाबाट मानिसले खाने खाना बनाउने प्रविधिको लागि एउटा रियाक्टरको डिजाइन गरिएको छ। जसरी चिनी, पानी, इष्ट र खाद्य पदार्थ वा फलफूल हालेर त्यसलाई फरमेन्टेसन गरी बियर अथवा जाँड बनाउने गरिन्छ, त्यस्तै त्यस्तै प्रक्रिया बाट उक्त रियाक्टरमा  हावा बाट खाना बनाइने गर्छ।

 

रियाक्टरमा कम्पनीले आविष्कार गरेको प्रोपराइटरी प्राकृतिक ब्याक्टेरियाले हाइड्रोजन ग्यास, कार्बन-डाई-अक्साइड, निउट्रीएन्ट र भिटामिनलाई आफ्नो खानाको रूपमा खाई बढ्ने र सन्तान वृद्धि गर्ने गर्छ। जसलाई प्रोपराइटरी माइक्रोबको फरमेन्टेसन ट्याङ्कमा नियमित सुचारु हुने तरल फरमेन्टेसन प्रविधि भन्ने गरिन्छ।

 

यो प्रविधिमा वातावरणबाट हावालाई खिचेर तताउने र सफा कार्बन-डाई-अक्साइड र पानीको बाफ सोसेर बिजुलीको करेन्ट जोडिएको इलेकट्रोडमा पुर्‍याइन्छ। इलेकट्रोडले त्यहाँ रहेको अत्यन्त पातलो पानीको  बाफलाई हाइड्रोजन र अक्सिजनमा परिणत गरिदिन्छ। प्राप्त हाइड्रोजन, कार्बन-डाई-अक्साइड र अक्सिजन लाई फरमेन्टेसन ट्याङ्कमा पुर्याईन्छ।

 

फरमेन्टेसन ट्याङ्कमा प्रोपराइटरी प्राकृतिक ब्याक्टेरिया, एमोनिया, म्याग्नेसियम, क्याल्सियम सल्फेट र फस्फोरस उपलब्ध गराइन्छ। ब्याक्टेरियाले तरल अवस्थामा त्यहाँ उपलब्ध खाना फरमेन्टेसन प्रविधिले खाएर बढ्छ र सन्तान ब्रिद्दि समेत गर्छ।

 

केही समय पछिको लगातारको फरमेन्टेसन पश्चात उक्त घोल बाक्लो ब्याक्टेरियाको स्लरी बन्न पुग्छ। जसलाई त्यहाँ रहेको ड्रम-ड्रायरमा १४० डिग्री सेल्सियसमा सुकाउँदा त्यो बाक्लो झोल वा स्लरी प्रोटिनको पाउडर बन्छ। उक्त प्रोटिनको पाउडर लाई नै कृषि पद्धति बिना तैयारी गरिएको पातलो हावाबाट बनेको खाना वा सोलिन भन्ने गरिन्छ।

 

हाल पानीमा रहेको एमोनिया लाई खाना बनाउन चाहिने नाइट्रोजनको श्रोतमा प्रयोग गर्दै आएको कम्पनीको हावामा रहने नाइट्रोजन लाई खिचेर हाईट्रोजन सँग मिसाई प्राकृतिक ब्याक्टेरियाले खाने खाना एमोनिया बनाउने विकल्प पनि सुरक्षित गरेको छ।

ब्याक्टेरिया लाई खुवाउन जरुरी हुने नाइट्रोजन र कार्बनडाइ अक्साइडको फोका उत्पादन गर्न हाल पानीको ईलेकट्रोलाइसिसमा बिजुलीको उपयोग गरिएको भएता पनि यसलाई पुनः प्रयोग हुन सक्ने सोलार वा हावा बाट उत्पन्न बिजुली प्रयोग गर्ने योजना रहेको बताइन्छ। कम्पनीले सोलिन भिन्न प्रकारको पूर्ण “प्राकृतिक खाना” रहेको दाबी गरेको छ।

सोलिन हल्का सेबोरी वा उमामी स्वादको लाग्ने स्वाद हिन पाउडर हो। जसरी गहुँको पिठो विभिन्न बस्तुमा मिसाएर विभिन्न परिकार बनाएर खाने गरिन्छ ठिक त्यसै गरी यसको उपयोग गर्न सकिन्छ। यसमा ६५-७५% प्रोटिन, ४-१०% चिल्लो, १०-२०% कार्बोहाइड्रेट र ४-१०% मिनिरल हुने गर्छ। खानामा पाइने प्राय: सबै एसेंसियल एमिनो एसिड यसमा रहेको देखिन्छ।

 

खानाको उत्पादकत्वको हिसाबमा वनस्पति भन्दा ६० गुणा र प्राणी भन्दा एक हजार गुणा यो प्रभावकारी देखिएको छ। साथै वातावरण प्रदूषणको हिसाबमा यो विधि बिरुवा भन्दा पाँच गुणा र खसी-राँगा भन्दा १०० गुणा कम वातावरण प्रदूषण गर्ने गर्छ।

कार्बन फुट प्रिन्टको हिसाबले यो वातावरण बाट कार्बन र एमोनिया हटाउने कार्बन नेगेटिभ रहेकाले उच्च प्राथमिकताको प्रविधि हुन सक्छ। यिनै तर्कका आधारमा कम्पनीले युरोपियन युनियन सँग सोलिन लाई मानव खाद्यको लागि पूर्ण सुरक्षित, अलौकिक वा नोबेल प्राकृतिक  खानाको रूपमा कानुनी मान्यता र स्वीकृति दीईयोस भनी आवेदन दिएको बुझिएको छ।

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE