मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भाँगको अचारको तागत

नारायण घिमिरे

हेम्प लाई भाँग होला भन्ने सामान्य अनुमान गरिएता पनि संस्कृतमा गाजा लाई दिइएको झन्डै ५० नाममा भाँग पनि एक हो। गाजा र भाँगको कुरा गर्दा सामान्यतया गाजा मा मानिस लाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ। भाँगका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पको गेडाहरू संसारमा मध्यम स्तरमा खपत हुने गर्छन। खानाको लागि प्रयोग हुने भाँगका गेडाहरू पछिल्लो समयमा उत्कृष्ट स्वास्थ्य लाभ दिने औषधीय खाना अथवा हिलिङ्ग फुड रहेको प्रमाणित भएको छ।

 

भाँगको दाना वास्तवमै अद्भुत पोषण र औषधीय मूल्यका सारतत्त्वहरू निर्मित भेटिन्छ। यसमा पाइने औषधीय मूल्यका तत्त्वहरूमा भिटामिन ए, बी, डी र ई मुख्य मानिन्छ। यसका अतिरिक्त औषधीय मूल्यका र ओजस्वी तत्त्वहरूमा शक्तिशाली एन्टिआक्सीडेन्टहरू र कलेजोले बनाउने इन्जाइमहरूको प्रिकर्सर वा उक्त तत्त्व बनाउने अग्रदूतहरू यसमा भेटिनु उदाहरणको रूपमा उल्लेख गर्न सकिन्छ। भाँगको दाना अन्तर्गत हेम्प प्रजातिको भाँगको गेडा सबै भन्दा उत्कृष्ट औषधीय र ओजस्वी मूल्यका सार तत्त्वहरूको स्रोत हो। चमत्कारिक बीउको संज्ञा दिइने भाँगका बीजहरू म्याग्नेसियम, जिङ्क र फलामको राम्रो श्रोतको रूपमा चिनिन्छ।

 

म्याग्नेसियम आफैमा प्राकृतिक तनाव नियन्त्रक रहेकाले चिन्ता र डिप्रेसन विरुद्ध लड्न नियूरोनलाई मद्दत गर्दछ। जिङ्कले शरीर लाई दुःख दिने स्वतन्त्र रेडिकल आयोन र ज्यान दुख्ने, पोल्ने विरुद्ध आफैले आफ्नै औषधि गर्ने शरीरको क्षमतामा ब्रिद्दि गर्छ। फलाम आफै प्राकृतिक रूपमा शरीर लाई स्वस्थ अक्सिजन उत्पादन गर्ने क्रममा र रगतमा अक्सिजन घुलन गराउन सहयोग पुर्याउछ।

 

भाँगको गेडाको पौष्टिक तत्त्व यसको खेती भएको ठाउँ अनुसार फरक फरक हुने गर्छ। तर पनि ३ देखि ५ एफएम मोटो हुने बाहिरी भुस सहितको हेम्पको गेडामा औसत ३१% तेल, २५% प्रोटिन, ३३% फाइबर, ५% खरानी र ६% पानी भेटिन्छ। बोक्रा फालेको गेडाको भने औसत ४७% तेल, ३७% प्रोटिन, ७% फाइबर, ७% खरानी र २% पानी भेटिने गर्छ।

 

पौष्टिक तत्त्वको हिसाबमा भाँगको गेडालाई उच्च मात्रामा बिरुवामा आधारित प्रोटिन दिने समृद्ध  खुराकको श्रोत मानिन्छ। भेगन र शाकाहारीहरूका लागि यो एक  प्राकृतिक प्रोटिन पूरकको रूपमा संसार भर चर्चित छ। गेडाको तेल निकाले पश्चात् हेम्पको प्रोटिन बजारमा जाने हुँदा हाल धेरै मांसाहारीहरूले समेत हेम्पको प्रोटिन लाई कम चिल्लो र कम कार्बोहाइड्रेट प्राप्त हुने प्रोटिनको विकल्पको श्रोतको रूपमा खाने गर्छन।

 

प्राय: प्लान्ट प्रोटिनहरू सामान्यतः अघुलनशील हुने गर्छन। त्यसको विपरीत  भाँगका गेडाहरू बात निकालिने प्रोटिनका कनसनट्रेटहरु पिएच ४.० देखि ६.० मा ७० प्रतिशत भन्दा धेरै घुलनशीलता भएको भेटिनु बात यो प्रोटिन लाई शरीरले सजिलै पचाउन सक्ने प्रोटिन रहेको प्रमाणित बन्यो।

 

हेम्प प्रोटिनमा मानिसको शरीरले आफै शरीरभित्र उत्पन्न गर्न नसक्ने मानिसलाई नभई नहुने सबै नौ प्रकारकै एसेन्सियल एमीनो एसिडहरू पाइन्छ। हेम्प प्रोटिनमा अर्जिनिन र ग्लुटामिक एसिड धेरै मात्रामा पाइन्छ। साथै यसमा मध्यम मात्रामा सल्फर पाइने एमिनो एसिडहरू समेत पाइने हुँदा शरीरको लागि अमृत समान मानिएको हो।

 

प्रसिद्ध अर्जिनिन एमिनो एसिडले शरीर भित्र नाइट्रिक अक्साइड उत्पन्न गर्छ जुन हाम्रो शरीरले आफैँ उत्पादन गर्न सक्दैन। अर्जिनिन द्वारा उत्पादित नाइट्रिक अक्साइडले रक्त प्रवाह गर्ने नसा फुलाउन र रक्तचाप घटाउने काम गर्छ। रक्तचापको स्वस्थ नियन्त्रण गरी हार्ट-अटेकको जोखिमलाई रोक्न सहयोगी हुन्छ। अर्जिनिनले नसा भित्र रगत जम्न रोक्ने र हृदयाघात पछाडिको समयमा छिटो निको गराउने गर्दछ।

 

अर्जिनिनले शरीरमा एमोनिया डिटोक्सिफिकेसन गर्ने हुँदा बाथ रोगमा फाइदा जनक हुने गर्छ। अर्जिनिनले गर्वको बच्चाको वृद्धिमा, मधुमेहमा रगतको इन्सुलिनको प्रतिरोध घटाउन मद्दत गरेको भेटिन्छ। ग्लुटामिक एसिडले दिमागमा न्यूरो ट्रान्स-मिसन बृद्दिमा महत्त्वपूर्ण भूमिका खेल्दछ।अर्जिनिन एमिनो एसिडको डर्मेटाइटिस र एक्जिमा जस्ता छालाका विभिन्न रोगहरू विरुद्ध लड्न पनि जरुरत पर्दछ।

 

शरीरलाई आफ्नो स्व-हिलिङ्ग क्षमतामा वृद्धि गर्न चाहिने एन्टिऑक्सिडन्टहरू जस्तै ग्लूटाथियोन र एन-एसिटिल सिस्टिन आफैले निर्माण गर्न शरीरलाई सल्फर हुने एमीनो एसिडहरू अनिबार्य हुन्छ। यसको अलावा सल्फर युक्त एमीनो एसिडहरू आफै शरीरका प्रभावकारी र सुरक्षित डिटोक्सिफाइंग एजेन्टहरू हुन। शरीरमा विषाक्त धातुको असर हुँदा र रेडिकल आयोनहरुले हानि पुर्‍याउने अवस्था विरुद लड्न समेत सल्फर हुने एमीनो एसिडहरूको प्रभावकारी भूमिका रहने गर्दछ।

 

भाँगको तेल झन्डै ९०% नै असंतृप्त फ्याट्टी एसिडहरू हुन्छन्। अन्य बिरुवाको श्रोतबाट प्राप्त हुने तेलको तुलनामा भाँगको तेल तेलमा अधिक अनुपात पोली-अनस्याचुरेटेड फ्याट्टी एसिड रहेकाले अत्यन्त स्वस्थ वर्द्धक हुने गर्छ। लिनोलिक एसिड, अल्फा‐लिनोलेनिक एसिड, ओलिक एसिड आदि अधिक हुने भाँगको तेल हृदय रोग, मोटोपन, मधुमेह आदिमा औषधी हुने गरेको छ। यसले शरीर दुख्न तथा सुन्निन बाट रोक्न समेत ठुलो भूमिका खेल्छ। किनकि यो तेलमा शरीरले आफै आफ्नो दर्द निको बनाउन शरीर भित्र बनाउने एइकोसानोइड्स नामक दर्द नाशक बनाउने प्रिकरसर वाई-लिनोलेनिक एसिड वा जीएलए हुने गर्छ।

 

भाँगका गेडामा हुने अति महत्त्वपूर्ण फ्याट्टी एसिडहरू ओमेगा-६ र ओमेगा-३  हुन। ओमेगा-६ र ओमेगा-३ फ्याट्टी एसिडहरू मुटु र मस्तिष्क स्वास्थ्य राख्नको लागि अनिबार्य रहेको प्रमाणित भएको छ। त्यो बाहेक ओमेगा फ्याट्टी एसिडहरू एडीएचडीको प्रबन्ध गर्न, शरीरमा उच्च कोलेस्ट्रोल हुँदा त्यो विरुद्ध लड्न, बाथ रोगमा, सुन्नेको दुखेको घटाउन समेत सहयोगी हुने प्रमाणित भएको छ। ओमेगा एसिडहरू आफै शरीर भित्र गुणस्तरीय प्रोटिनहरू उत्पादनमा मद्दत पुर्याउछन।भाँगका दानाका ओमेगा एसिडहरू माछा नखाने वा माछाको एलर्जी हुने हरूको लागि अत्यन्त राम्रो ओमेगा एसिडहरू प्राप्त गर्ने खाना हो।

 

यसो भन्दै गर्दा हेम्प ओइल र सिबिडि ओइल फरक फरक कुरा भएको बुझ्न जरुरी छ। सामान्य रूपमा बताउँदा क्यानाबिस स्याटिभा जातको भाँगको बिरुवालाई हेम्प भनिन्छ। हेम्पको डाँठ, पात र फूलहरू बाट निकालिएको तेल सीबीडी तेल हो। हेम्पको गेडा वाट निकालिएको तेल लाई भने हेम्पको तेल वा भाँगको गेडाको तेल अथवा हेम्प ओइल भनिएको हो। हेम्प ओइल निकाल्नका लागि हेम्प का वीज वा गेडाहरू लाई तोरी वा तिल पेले जस्तो थिचेर निक्लिएको तेललाई कसैले सिधै प्याकेजिङ्ग गर्छन। कसैले उक्त तेललाई थप प्रशोधन गरेर प्याकेजिङ्ग गरिन्छ। सीबीडी तेल निकाल्नको लागि कार्बन डाइअक्साइड वा इथानोल वा ओलीव / जैतुनको तेल आदि प्रयोग गरी विभिन्न आधुनिक सोल्भेंट एक्सट्रयाकसन विधिहरू प्रयोग गरिन्छ। सोल्भेंट एक्सट्रयाकसन प्रविधिमा हालसम्म सबै भन्दा उत्तम कार्बन डाइअक्साइड सुपर क्रिटिकल एक्सट्रयाकसन रहेको ठानिन्छ।

 

जब तपाईँ भाँगका गेडाहरू भुट्नु हुन्छ तब भाँगका बीउहरूमा क्रन्च अथवा कुरूम कुरूम पन, भुटेको स्वाद र वासनाको विकास हुन्छ। राम्ररी भुटिएको भाँगको गेडा बाहिरको बोक्रा नफाली खान र यसको स्वाद लिएर मनोरञ्जन लिन सकिन्छ। बीजहरू भुट्ने क्रममा त्यसमा रहन सक्ने हानिकारक जीवाणु समेत नष्ट गर्न सहयोग गर्छ। भाँगका गेडा आफै सुपर फुड रहेकाले भुटेको भाँगका गेडा प्रतिदिन ३० ग्राम भन्दा धेरै नखान सल्लाह दिइन्छ। आफ्नो खाने बनी अनुरूप शरीरलाई अभ्यस्त बनाउन र यसको पूर्ण फाइदा उठाउन दैनिक सुरुमा १५ ग्राम वा सो भन्दा कम वाट सुरु गरी २-४ हप्तामा दैनिक बढीमा ३० ग्राम सम्म भुटेको भाँगका गेडा खान सल्लाह दिइन्छ।

 

नेपालमा भने भाँगको गेडा अचार बनाएर खाने चलन छ। विदेश तिर भने बोक्रा फाली टोस्ट गरी वा भुटेर टुक्राई पाउडर बनाएको हेम्प सिड प्राय: जुस, आइस क्रिम, विभिन्न खानाका टपिङ्ग, सुप, तरकारी आदि सबैमा माथि बताइए अनुरूप मिसाएर खाने गरिन्छ। डोल्पाको दुनैलाई आफ्नो कार्यक्षेत्र बनाएर अध्यापन पेसामा संलग्न हुनु भएको राज्यलक्ष्मी हमालका अनुसार सामान्यतया भाँगको दानालाई भुटेर ठिक्क मात्रामा खुर्सानी ,टिमुर, नुन सँग आवश्यकता अनुसार मर-मसला राखेर सुक्खा छोप बनाएर मिठो गरी खाने गरिन्छ। धेरै जसो भने भुटेको भाँगको दानाका साथमा टमाटर, टिमुर नुन वा स्वाद र इच्छा अनुसार जे उपलब्ध छ वा मन पर्छ त्यो मिलाएर सिलौटोमा पिसेर चटनी बनाएर खाना सँग खाने गरिन्छ। जुन वैज्ञानिक र आयुर्वेदिक दृष्टिमा वास्तवमै उत्कृष्ट रहेको निचोड निकाल्न सकिन्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: