मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आइसोलेसनमा रहनुहुने सम्पूर्ण मित्रहरु लाई प्रेमपत्र।

मेरा आदरणीय अभिन्न मित्र गण! 

 

कोभिड -१९ का कारण आइसोलेसन बसिने समय  चरक संहिताको महामारीको आफू आफैँभित्र गएर आफ्नो जरुरतको पहिचान गर्ने, जरुरत अनुभूति गर्ने र दैनिक तालिका बनाएर जरुरत पूर्ति गर्ने उपायको अनुसरण गर्ने समय मान्दा उत्तम हुने छ। घरमा रहेर जीवन र जगत बारे गहिरिएर बुझ्ने अवसर हो आइसोलेसनको समय। जति बेला कुनै व्यक्ति लाई विफलता हात लागि रहेको हुन्छ त्यो बेला उसलाई दिइने एक मात्र प्रोत्साहनको शब्द उसको सफलता पछि दिइने कुनै पनि हदको प्रशंसा र उत्सव भन्दा बढी प्रभावकारी हुन्छ। तसर्थ विफलतामा साथ दिने कार्य समाजको धर्म ठानिने र स्वागत योग्य कदम हुनु पर्ने भएता पनि तपाईँ हाम्रो परिस्थिति आज त्यस्तो छैन। किन होला ? त्यसमा तपाई र मेरो के भूमिका होला ? समाजको के भूमिका होला ? अनि के तपाई, म र समाज बाहेक अन्य पक्षहरू पनि होला जसको यसमा भूमिका रहला ? यो र यस्ता सामान्य प्रश्न बारे घोत्लिने समय।

 

मानवता के हो र मानिसमा रहेको करुणाको उपयोग कहाँ गर्ने भन्ने पाठ हाम्रो स्कुलका नैतिक शिक्षाको पाठ्य पुस्तकमा कहिल्यै अटाउन सकेन। आफ्नै जीवनमा भोगिएको सामान्य भन्दा सामान्य परिस्थिति र घटनाक्रमहरूको कारक, कारण र परिणामको महसुस गरी कसरि जीवन कै लागि उपयोगी हुने पाठ सिक्ने भन्ने कलामा पनि हामीले समाजलाई कहिल्यै अभ्यस्त पार्न भ्याएनौ। यो क्षेत्रमा काम गर्न चाहँदा पुरा मैदान खाली देखिदा पनि हामी यो सुवर्ण अवसर लाई सदुपयोग गर्न उत्साहित बन्न सकेनौ।

 

विगत बाट सिकेर भविष्यमा आइलाग्ने गतिविधि विरुद्ध बुद्धिमत्ता पूर्वक जाइलाग्ने रणनीति बनाउनु पर्ने मानव चरित्र विपरीत ‘हिँड्दै छ अनि पाइला मेट्दै छ’ को हालतमा हामी पुगिरहेका छौ। जस्तै कोभिड -१९ कै हालतका पहिले कहिल्यै नसुनिएको नजानिएको प्रकृतिको महामारी मानव इतिहासमा मानिसले धेरै चोटि भोग्दै आएकै हो। महामारीका विगतका त्यस्ता शृङ्खलाहरू उपलब्ध ज्ञान, साधन, श्रोत र परिस्थिति अनुरूप भोगेर, त्यस विरुद्ध डटेरै पृथ्वीमा मानव अस्तित्व सुचारु गर्न सफल बनिएकै हो।

 

महामारीका सम्बन्धका हाम्रा विगतको सबै अनुभवहरूका साझा अनुभव के रहयो भने वास्तविक रोगले भन्दा रोगको डरले सिर्जना गरेको त्रासका कारण धेरै मानिस मर्ने क्रम पहिला हरेक पटक भए। यस पटक पनि त्यही दोहारिदै छ। यसको अर्थ भोलि पनि त्यसै हुने लगभग बुझियो। यो अवस्थामा यसको चुरो कारण के र समाधानको उपाय के भन्ने बारे विमर्श गर्नु जरुरी देखियो।

 

मानिसहरू जति बेला सबैकुराहरु आफ्नो नियन्त्रणमा छ भन्ने भ्रममा पुग्दछन् तब मानव-मानव बिचकै घिनलाग्दो प्रतिस्पर्धामा उत्रने गर्छन। एकातर्फ प्रकृति दोहन कार्यमा लिप्त हुने, अर्को तर्फ संसारमा आफ्नै अस्तित्व कायम राख्न अनिबार्य रहनु पर्ने आधारभूत संरचनाको रूपमा रहेको मानवताको कखरा समेत भुली दिन्छ। मानव चोला जस्तै सञ्चालनको लागि अमुक चीजहरू सञ्चालन गर्ने अमुक तौर तरिका र नियमहरू रहन्छन भन्ने होस् गुमाउन पुग्छ। प्राकृतिक नियमको अन देखा गर्दै जब मानिस जबरजस्ती अगाडी बढ्छ प्रकृतिले आफ्नै तरिकाले केही न केही सबक सिकाएर मानव हैसियत प्रस्टाई दिन्छ। हरेक मानव ज्यादतीमा गतिलो सबक सिकाएर प्रकृतिले मानिसलाई आफ्नो खुट्टा दरिलो सँग जमिनमा टेक्न सिकाएको देखिन्छ।

 

प्रकृतिमा ऊर्जा न उत्पन्न हुन्छ न नष्ट नै। मात्र एक रूप वाट अर्को रूपमा परिवर्तन हुने गर्दछ। प्रकृतिमा सङ्कलित ऊर्जा प्रकृतिमा रहेका हरेक प्राणी, वनस्पति र अन्य निर्जीव बस्तुहरूले शक्तिको श्रोत हुने गर्दछ। प्रकृतिको ऊर्जा  प्रकृति र त्यहाँ रहेका जीव वा निर्जीव बस्तुहरू बिच शक्ति एक रूपबाट अर्को रूपमा परिवर्तन हुँदै लिने दिने क्रम नियम चल्ने गर्छ। प्रकृतिका रहेका सजीव र निर्जीव एवम् अभौतिक पदार्थहरू बिच समेत एक रूप वाट अर्को रूपमा शक्तिको परिवर्तन हुने विधि बाटै शक्तिको लेनदेन हुने गरेको छ।

 

प्रकृतिमा सन्तुलित रूपमा रहेका दुई बस्तुहरू आफ्नो आन्तरिक शक्तिमा आएको विचलनका कारण जब ध्रुवीकरण गर्न कोसिस गर्दछ तब प्राकृतिक ऊर्जाले तिनीहरूलाई पुनः संयोजन गर्न कोसिस गर्छ। पुनः संयोजन गरी नयाँ सन्तुलन कायम गराउँछ। प्रकृति आफैमा विशाल रहेकाले यसका सबै चीजहरू लाई सन्तुलनमा राख्ने आफ्नै विशेष तरिका रहने गर्छ। प्रकृतिको ऊर्जाले जुन हदमा ध्रुवीकरण हुँदै गरेको विभिन्न वस्तुहरू बिच पुनः नयाँ सन्तुलनमा फर्कन फर्काउने हैसियत राख्छ त्यो क्षमता मानिसले राख्दैन।

 

ब्रह्माण्डमा विभिन्न स्तरको चेतनाहरू मतलब कन्ससनेस अस्तित्वमा रहने गर्छ। विभिन्न स्तरको चेतनाहरू एक-आपसमा सन्तुलित रूपमा शान्त र निश्चल रहेर मिलेर बस्न सक्ने प्रकृतिको हुँदैन। एक स्तरको चेतना अर्को स्तरको चेतना सँग फरक फरक अस्तित्वमा एकले अर्कोलाई प्रभाव पार्ने गरी जोल्टिएर रहने गर्छन। किनकि तिनीहरू सबै ब्रह्माण्ड भित्र एकापसमा सम्पर्कमा रहेरै समान शैलीमा विकसित बनिरहेका हुन्छन्।

 

प्रकृतिको आफूले आफूलाई जसरी पनि सन्तुलनमा फर्काउने प्रवृत्ति रहन्छ। जसका कारण विभिन्न स्तरको चेतना बिचको असन्तुलन भित्र सन्तुलन कायम गर्न चेतनाहरू जकडिएर (ईनट्याङ्गलमेन्ट) एकापसमा अनुबन्धित भएर रहन अनिबार्य हुन्छ। यो पक्ष वाट बिश्लेष्ण गर्दा चेतना आफै प्रकृतिमा असन्तुलन उत्पन्न गराउन सक्षम रहने गर्छ। चेतनाको कारणबाट प्रकृतिमा हुने असन्तुलनहरुको लागि मानिस जिम्बेबार रहने बुझिन्छ।

 

आज जो कोहीले पनि भन्ने गरेको कुरा हो मानव जातिले पृथ्वीमा रहेको जङ्गल, प्राकृतिक सम्पदा माथिको दोहन र पृथ्वी निवासी मानिस मानिस बिचमै समेत शक्तिको बाडफाड, साधन र श्रोतको बाडफाड असमान गरिदिएर धनी र गरिबको स्थिति सिर्जना गरी ब्रह्माण्ड लाई असन्तुलित बनाई रहेका छन्। ती कुराहरूमा आंशिक सत्यता छ।

 

यो सँगै केही अति महत्त्वपूर्ण र गहिरो कुराहरू हाम्रो बुझाइको दायरामा आउन सकेको देखिँदैन। कतिपय अवस्थामा आएर पनि छुटेका वा नजर अन्दाज गरिएका भेटिन्छन्। जस्तै मानिसले आफ्नो असावधानी वा नियोजित स्वार्थका कारण पैदा गर्ने भोक, रोग, डर, आतङ्क, असहायता र असहज मृत्यु जस्ता परिस्थिति, त्यस्ता परिस्थितिका कारण जन्मिन पुगेका नकारात्मक ऊर्जाहरूको प्रसारण र पुनः प्रसारण मार्फत  ब्रह्माण्डलाई नै पूर्ण असन्तुलित दिशातर्फ धकेली दिन सक्ने हैसियत। मानिसका कारण प्रकृतिलाई असन्तुलित दिशा तर्फ धकेली दिने कारक तत्त्वहरूको निवारणको लागि आशा, भरोसा, आफ्नो क्षमता र आफ्नो स्वास्थ्य माथि आत्म विश्वास जगाउन सक्ने दर्शनको जरुरत पर्दछ। जसले मानिसको दिमाग र चेतनाको पुनः प्रोग्राम गरी मानिसमा मानवता पुनः स्थापित गराउन सकोस।

 

परिवर्तित समय अनुसार मानिसले भोग्नुपर्ने नयाँ प्रकृतिका रोग तथा मनोरोगहरू मानिसको प्रकृति प्रतिको व्यवहारको प्रतिफल सँग सम्बन्धित रहन्छ। ऐतिहासिक कालखण्डमा हामीले बेहोर्नु परिरहेको विभिन्न रोगका प्रकारहरू उक्त कालखण्ड सम्म पुग्ने क्रममा प्रकृति माथिको मानव दोहनका कारण आएका परिवर्तनहरू नै जिम्बेबार रहेको प्रमाणित भएको छ। जुन मानव निर्मित भौतिक असन्तुलनको प्रतिक्रियात्मक नतिजा हो।

 

अर्को तर्फ मनोबैज्ञानिक रूपमा हेर्दा,  समाजमा मानिसहरू आफूलाई आफू लाई जे रोग लाग्छ भन्ने आन्तरिक मनोविज्ञान ग्रस्त बनेको भेटिएको छ तिनीहरू प्राय तिनै रोगको सिकार बनेको भेटिन्छ। एउटा बिरामीमा बिरामी अवस्था वाट मुक्त हुन्छु भन्ने दह्रो आत्मा विश्वासमा रहदा अस्वास्थ्य अवस्था बाट साँच्चिकै स्वस्थ भएको धेरै अनुभवहरू हामीसँग छ। रोग लागेकै अवस्थामा पनि म यो रोग वाट निश्चित रूपमा पार पाउँछु भन्ने आत्मा विश्वास रहेका बिरामी सहजै बाच्ने गरेको भेटिन्छ। म अब मर्छु भनी आत्म विश्वास गुमाएको बिरामी मर्ने सम्भावना प्रबल देखिएको तथ्यहरू विज्ञानले उजागर गरिदिएको छ। यो प्रकारको मानिसको आफ्नै आत्मा विश्वास अनुरूपको नतिजा प्राप्त हुने घटनाहरू मानव चेतनाको स्तरको असन्तुलनको प्रतिफलको परिणाम ठानिन्छ।

 

आज विभिन्न कारण वाट मानिसमा आपसी युद्धको लागि तुरुन्त आमेन सामने बनिदिने प्रवृत्ति अचाक्ली बढिरहेको देखिन्छ। त्यो बाहेक विभिन्न बाधा अवरोध सृजना गर्ने, भौतिक विरोधका प्रदर्शनका गतिविधिहरू सञ्चालन गरी समाजमा सहजै असन्तुलन भित्र्याउने गतिबिधिहरु भई रहेका भेटिन्छन। यस्ता प्रकारका युद्ध वा आन्तरिक कलहहरूले मानव जीवनको गुणस्तरलाई अनिश्चयमा मात्र धकेल्ने हैन डरलाग्दो गरी स्खलित परिदिएको देखिन्छ।

 

मानिस एक सचेत सामाजिक प्राणी रहेकाले सामाजिक स्मरणमा स्थापित विश्वासको चेतना बिरामीको चेतना सँग जकडिएर बस्ने गर्दछ। यो अवस्थामा एक बिरामीको आत्मबल वृद्धि गर्न जरुरी हुने चेतनालाई बिरामीको पहुँचको समाजको सामाजिक स्मरणमा कैद बनेको चेतनाले प्रत्यक्ष प्रभाव पारिदिने हैसियत राख्दछ। सकारात्मक सामाजिक मनोविज्ञान नबोकेको सामाजिक चेतनाले बिरामीमा नकारात्मक चेतना भरिदिन्छ। जुन उसको लागि प्राण घातक समेत बन्न सक्ने हुन सक्छ। यो अर्थमा समाजको सामूहिक सबलताको लागि मात्र नभएर समाजमा रहेका हरेक सदस्यहरू शारीरिक र मनोबैज्ञानिक तवरमा स्वस्थ रहन हरेक व्यक्तिको पहुँच रहेको सम्ज्को सामाजिक स्मरणमा विश्वासको चेतना स्थापित गराउन अनिबार्य हुन्छ। अन्यथा समाज आफै निराशावादी बनिदिन्छ।

 

एक अमुक व्यक्तिको नियन्त्रणमा नरहने सामाजिक गतिविधिहरूले जन्माएको असन्तुलनले पृथ्वीका हरेक मानिस विभिन्न हदमा प्रभावित बनिरहेको हुन्छन। असन्तुलनको हदले सिमा नाघिदिँदा जीवनको गुणस्तर मै सम्झौता गर्नु पर्ने हदमा मानिस पुगेको देखिन्छ।  दैनिक जीविकाको गुणस्तर निश्चित स्तर भन्दा तल ओर्ली दिँदा मानिस न त स्वस्थ रहन सक्छ, न त उसको मानवीय व्यक्तित्वमा नै सन्तुलन कायम गरी अघि बढ्न सक्छ। नकारात्मक सामाजिक गतिविधिहरूका कारण जीवनको गुणस्तरमा अकल्पनीय क्षय हुनवाट न्यून गर्न  मानिसलाई प्रकृतिको आशीर्वादको रूपमा आध्यात्मिक, मानसिक र मनोबैज्ञानिक जैविक क्षमताहरु उपलब्ध छ। पृथ्वीमा मानव बाहेक अन्य प्राणीमा यो सुविधा उपलब्ध छ छैन हाल सम्म यकिन हुन सकेको छैन। तर आफ्नै नाभिको वासना नचिन्ने कस्तुरी जस्तै भोलिको सुख खोज्ने क्रममा आज आफूमा निहित विशाल क्षमताको पहिचान र महसुस गर्न नसकेर मानिसहरू मानवीय व्यक्तित्वको सन्तुलन गुमाउन पुगिरहेको देखिन्छ। मानिसले आफूलाई उपलब्ध आध्यात्मिक, मानसिक र मनोबैज्ञानिक जैविक क्षमताहरुको सही उपयोग गरी आफूलाई निर्धारित नैतिक र मानवीय गुणबाट स्खलित हुन वाट बचाउँन, आफूले आफूलाई स्वस्थ र सन्तुलित राखी अन्यलाई समेत सहयोग गर्न सक्ने हैसियतमा पुर्‍याउने तर्फ सचेत रहन जरुरी देखिन्छ।

 

कोभिड-१९ जस्ता भाइरसकोको सङ्क्रमणको कारण आइसोलेसनमा रहदा मानिसको शरीर भित्र रहेका भाइरसहरूका गतिविधिका कारण शरीरको नियमित सञ्चालनमा असन्तुलन निम्तिन्छ। उता सङ्क्रमणको सिकार बनेको शरीर स्वयं सङ्क्रमण विरुद्ध प्रतिक्रियात्मक गतिबिधिहरु सञ्चालन गरी भिडिरहेको  हुन्छ। शरीरका दैनिक नियमित गतिविधिहरू सन्तुलित र स्वास्थ्य कायम गर्ने कोसिस अनुरूप शरीरका ती प्रतिक्रियाहरू आन्तरिक रूपमा सञ्चालन हुँदै गर्दा मानिसलाई हर हालमा जिउँदो राख्न आफ्नो नियमित गतिविधिहरू समेत सञ्चालन गरिरहेको हुन्छ।

 

कोभिड-१९ को रामवाण ओखती पहिचान नभई रहेको अवस्थामा भएको सङ्क्रमणमा बिरामीमा जस्ता जस्ता लक्षण देखिन्छ त्यो लक्षण घटाउने उपाय गरेर नियमित सन्तुलनमा फर्काउन कोसिस गरिन्छ। जस्तै जरो भए ज्वरोको ओखती खाने, दम भए दमको ओखती खाने, स्वाद गुमेमा स्वाद फर्कने उपाय लगाउने,  अक्सिजनको हदै सम्म कमी देखिए भेन्टिलेटरमा बसेरै भए पनि अक्सिजन पूर्ति गर्ने र शरीरले आफूले आफूलाई गर्ने स्व -उपचार प्रक्रियामा बाहिर वाट चिकित्सकीय सहयोग पुर्‍याउने आदि।

 

त्यो बाहेक तपाइको शरीरको नियमित गतिविधि सञ्चालनको लागि जरुरी हुने पोषण र औषधीय तत्त्व उपलब्ध गराउन भाइरस विरुद्ध लड्न समेत सजिलो हुने गरी नियमित तातो तुलसी पानी, तातो सुप, रसिला भिटामिन-सी हुने फलफूल र जुस, मुङको दाल र बासमती चामलको मसलेदार खिचडी, घरकै औषधीय मूल्यका बेसार, मसला रहेका साग सब्जी र तरकारीहरू खाने। सकभर चिसो खाना नखाने आदि।

 

प्रयोगशालाहरूमा गरिएको अनुसन्धान वाट टि-युभी सिरिजको ३५ वाटको २५४ न्यानो मिटरको तरङ्ग उत्पन्न गर्ने लामो शृङ्खलाको अल्ट्राभायोलेट विकिरण उत्पादन गर्ने बत्तीहरूले तीन सेकेन्डमै ९६% कोभिड-१९ का भाइरसकाकणहरू लाई निष्क्रिय पारेको देखाउँछ। हुन त सूर्यको लामो शृङ्खलाको अल्ट्राभायोलेट विकिरण पृथ्वीमा खासै आइपुग्दैन। तै पनि सूर्यको किरण कोभिड-१९ भाइरस विरुद्ध सकारात्मक भूमिका खेल्ने निश्चित बनेको छ। बिहान वा साँझ पर्याप्त सूर्यको प्रकाश पाउँदा शरीरलाई प्रतिरक्षाको स्तर बढाउनको लागि मद्दत गर्ने भिटामिन-डी प्राप्त हुन्छ। प्रतिरक्षा प्रणालीको गति द्रुत गर्ने टी-सेलहरु बन्ने प्रक्रियामा सहयोग गर्छ।

 

हाम्रो दिमाग, मृगौला, मुटु र फोक्सो जस्ता संवेदनशील अङ्गहरू ७५ देखि ८५ प्रतिशत सम्म पानी वाट निर्मित हुन्छ। हामी पानीको सहायताले जति सजिलै र छिटै  हाम्रो संवेदनशील अङ्गहरू गुणहरू परिवर्तन गर्न सक्छौ अन्य उपाय वाट सायद कम व्यवहारिक होला। अहिले तपाईँ कोभिड-१९ वाट सङ्क्रमित हुनु हुन्छ। सामान्य स्तरमा हाम्रो रगतको पिएच ७.३५ देखि ७.४५ हुने गर्छ। संसार भर भएका निकै धेरै अनुसन्धान तथा अध्ययनहरूको निचोडको आशय के देखिन्छ भने जुन कुनै भाइरस, ब्याक्टेरिया र क्यान्सरका कोषहरू समेत शरीरमा रगतको पिएच सामान्य वा सामान्य स्तर भन्दा माथि हुँदाको अवस्थामा बाच्न वा सक्रिय रहन सक्दैन। रगत एसिडिक रहदा सङ्क्रमण उच्च हुने निश्चित हुन्छ।

 

पटक पटक तातो पानी पिएर, ५-१० मिनेट पानीको बाफ लिएर  हामीले हाम्रो रगत लाई एसिडिक हुन वाट रोक्न सक्छौ। त्यसमा पानी अल्कलाइन पानी वा रगतको पिएच घटना नदिने खाना, हाम्रै भान्साका औषधीय मरमसला र झोलिलो चिजबिज समावेश गर्दा सङ्क्रमण वाट सजिलै मुक्त हुन सकिने छ। दैनिक खानामा पर्याप्त जिङ्क, बिटा क्यारोटीन, भिटामिन ए, सी, डी, ई र बी समावेश हुने गरी खान कोसिस गर्नुहोस्।

 

तपाइको स्वास्थ्यमा सुधार आउने वा बिग्रँदै जाने वा यथावत् रहने भन्ने कुरा तपाइको आफ्नै चेतनाको अवस्थाले धेरै हद सम्म निर्धारण गरिरहेको हुन्छ। तपाइका आफ्नै इच्छा, मनमा उठ्ने भावनाहरू र र तिनले उत्पन्न गर्ने विचारहरू तपाइको चेतनाको अवस्था निर्धारण गर्न प्रमुख कडी हुन्। आफ्नो अत्माबल सुदृढ तुल्याएर तपाई आफै आफ्नो चेतन शक्तिमा उल्लेखनीय सुधार गरी आफ्नो मानसिक स्वास्थ्य र जीवन्त शक्तिको प्रवर्धन गर्न सक्नु हुन्छ।

 

तपाई जति धेरै रोग, फ्लु अथवा कोरोना भाइरस तपाइको जीवन नै लिन सक्ने जोखिम पूर्ण बस्तु हो भन्ने बारेमा चर्चाहरू गर्न थाल्नु हुन्छ, त्यति नै त्यो बारे तपाइमा डर लाग्दो छाप पर्ने गर्छ। भयावह रोग वा सङ्क्रमण रहेको भन्ने सूचनाहरू तपाईँ जति धेरै सुन्दै वा पढ्दै जानु हुन्छ, ती सूचनाहरू तपाइको चेतनामा अनुभवको रूपमा दर्ज भएर बसिदिन्छ। परिणाम, यो रोग वास्तवमै अत्यधिक खतरा रोग हो,  यो लागि हाल्यो भने त म पक्कै बाच्न सक्दिन भन्ने गहिरो विश्वास तपाइको मनमै गढेर बसिदिन्छ।

 

तपाइको मनमै गढेर बसेको गलत विश्वास जब तपाई उक्त भाइरसको धेरै नजिक पुग्नु हुन्छ र सङ्क्रमित बन्नु हुन्छ त्यो बेला तपाइको बाच्न सक्ने आत्मबल गुमाउन निर्णायक बनिदिन्छ। ओखतीको अभावमा आफ्नै अन्तर्मनमा रहेको  एक अचुक ओखती, आफ्नै चेतन शक्तिको प्रभावमा आफूलाई खराब स्वस्थ वाट मुक्त हुने सुवर्ण अवसर उपयोग गरी आफ्नै इहलीला समाप्त हुन वाट रोक्ने अर्को सुवर्ण अवसर तपाइले गुमाउन पुग्ने सम्भावना बढेर जान्छ।

 

यो कुरा पढ्दै जाँदा तपाइलाइ ताजुब लाग्ला। संरचनागत रूपमै यो ब्रह्माण्डको भित्री इञ्जिनियरिङ्ग यसरी भएको छ कि तपाइको मानव चोलामा तपाईँ भित्रि मन वाट जे माग्नु हुन्छ वा बन्न चाहनु हुन्छ अन्ततोगत्वा त्यही तपाइलाई प्राप्त हुन्छ वा तपाईँ त्यही बन्नु हुन्छ। तपाई जति कुनै कुराबाट आफूमा पुग्ने भयको जोखिम तिर आफ्नो दिमाग घुमाउनु हुन्छ त्यति धेरै तपाइका चेतनामा रहेका ऊर्जाका कम्पनहरू सक्रिय बनिदिन्छ। जसमा डर एउटा अत्यन्त शक्तिशाली कम्पन हो। अधिक डर कुनै पनि महामारी भन्दा निकै छिटो तपाइलाई आक्रमण गर्न सक्छ।

 

तपाई आफूले आफ्नो चेतना लाई जति धेरै डरका भावनाहरू उपलब्ध गराई विष पान गराउनु हुन्छ यो त्यति धेरै तपाइको चेतन शक्तिमा गहिरो सँग गढेर बसिदिन्छ। विज्ञान र वेद दुवैको आँखामा अधिक डरले कुनै पानी व्यक्ति लाई दिने सक्ने खती संसारमा सम्भव हुने कुनै पनि महामारीको भन्दा बलिष्ठ हुन्छ। किनकि महामारीको समयमा समेत वास्तविक महामारी वाट भन्दा महामारीका कारण पैदा भएको अधिक डरका कारण धेरै मानिसको इहलीला समाप्त हुने गर्छ। यो अर्थमा तपाइको चेतनामा डेरा गरी बस्ने तपाइको डर तपाइ आफ्नै लागि संसारमा सम्भव हुने कुनै पनि सङ्क्रमणले दिने हानि भन्दा धेरै हानिकारक हुने बनिदिन सक्छ।  तसर्थ तपाईँ जुन कुराहरू आफ्नो जीवनमा चाहनु हुन्न, जुन विषय बस्तुमा भाग लिनु तपाइको उज्ज्वल भविष्य निर्माणमा सहयोगी हुँदैन ती चीजहरूको  बेवास्ता गर्नुहोस्। अथवा जरुरी भन्दा धेरै चासो नलिनुस। कोभिड -१९ को पछिल्लो तथ्याङ्क जाँच गर्दै चिन्तित बन्ने गतिविधि रोक्नुहोस्।

 

यो रोग सँग नियमित डराएर आफ्नो सोचका कम्पनहरू सक्रिय राखी आफ्नो चेतनामा आफूलाई फाइदा नगर्ने अनुभवहरू सङ्कलन गरी आफ्नो आत्मा बल घटाउने काम बन्द गरिदिनुस्। यसबारे परिवार र साथीहरू सँग छलफल गरी उनीहरुको समेत आत्मा बल घटाउने काम बन्द गरिदिनुस्।  कुनै पनि प्रकारको रोग होस् वा फ्लु वा कोरोना भाइरस त्यो सँग दुवै भौतिक र मनोबैज्ञानिक रूपमै सीमित दुरी बनाएर कसरि रहन सकिन्छ त्यो बारे उपयुक्त तरिकाहरू सिक्नुस्। जब तपाईँ यो भाइरस सँग र यो भाइरसका कारण हाम्रो जीवनमा बढ्न जाने चिन्ताका प्रमुख कारकहरू सँग दुरी कायम गर्न सक्नु हुन्छ, तब यसले तपाइको कुनै हानी गर्न सक्ने छैन ।

 

आज हाम्रो समाजमा कोरोना भाइरस सँग कसरि भौतिक रूपमा दुरी कायम गर्ने भन्ने बारे धेरै तरिकाहरू पढ्न र देख्न पाउने सुविधा हामीसँग उपलब्ध छ। तर यसबाट पैदा हुनसक्ने अनावश्यक डरको त्रास विकास हुने हाम्रो चेतनामा पुग्ने प्रवाहलाई रोक्ने तरिका बारे भने त्यति ठुलो ध्यान पुगेको भेटिँदैन। बारे हाम्रो समाजमा न त जरुरत अनुरूपको जनचेतना जगाउने काम गरिएको छ। न त उपायहरू बारे नै पर्याप्त  विवेचनाहरू हुने गरेको छ।

 

मानव शरीरका प्रत्येक कोशिका डिएनए आदिबाट बने पनि सूक्ष्म रूपमा हेर्दा ती सबै बिलियनस एटमहरू बाटै निर्मित छन्। हरेक एटम क्वार्ज, ग्लुवोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनहरू  बाट बनेका हुन्छन्। इलेकट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन्। यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र बनाउँछ। एक जीवित व्यक्ति आफै भौतिक पदार्थ (शरीर), अभौतिक जीवन्त शक्ति (कन्सियसनेस/चेतना/ विवेक) र अभौतिक पदार्थ प्राण शक्ति (आत्मा शक्ति) को अजिब संयोजन हो। जसरी मुटु एउटा रक्त सञ्चारको भौतिक आधार अङ्ग हो त्यस्तै दिमाग समेत जीवन्त शक्ति (कन्सियसनेस / चेतना / विवेक) को आधार अङ्ग हो। जसरी रगतको आधार अङ्ग हुँदैमा रगत मुटु भित्र मात्र सीमित रहँदैन त्यस्तै जीवन्त शक्ति पनि मस्तिष्क सँग जोडिएर रहेको भएता पनि दिमाग भित्र मात्र सीमित रहँदैन।

 

आयुर्वेदमा जीवन्त शक्ति लाई (वायु वा प्राण वा लाइट) पनि भनिन्छ। क्वान्टम फिजिक्सले भने इन्फरमेसन भन्ने गरेको छ। बोलीचालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना भनिने इन्फरमेसन वेबले इलेक्ट्रो–म्याग्नेटिक संसर्गको प्रक्रियाबाट शरीरको न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने काम गर्छ। मुलत सूर्यको किरण मार्फत प्राप्त हुने ऊर्जा द्वारा निर्मित अभौतिक पदार्थ (आत्मा) सँग समेत इन्फरमेसन वेबको प्रत्यक्ष संसर्ग रहन्छ।

 

भौतिक शरीरले आफ्नो पुर्खा वाट प्राप्त स्मरणहरू र इन्द्रियहरू मार्फत प्राप्त भई मस्तिष्कमा दर्ता हुन पुगेको अनुभव र ज्ञानका कारण हाम्रो सोच, भावना तथा इच्छाहरूको उत्पत्ति भएको हुन्छ। तिनै विकसित सोच, भावना तथा इच्छाहरू चैतन्य मार्फत पातलो शक्तिको थैलीको रूपमा रहेको मानव आत्मा सँग जोडिने गर्छ। यसरी हाम्रो भौतिक शरीरका अनुभव र ज्ञानहरू  चैतन्य सँग र चैतन्य मार्फत हाम्रो सोच, भावना, मान्यता तथा इच्छाहरू आत्मा सँग एकले अर्को लाई प्रभाव पार्न सक्ने गरी जोल्टिन पुगेको देखिन्छ।

 

जसरी थोपा थोपा पानी मिलेर समुन्द्र बन्छ त्यसरी नै आत्मा आत्मा मिलेर ब्रमाण्डको चेतनाको निर्माण हुन्छ। जसलाई ईश्वरीय आत्मा अथवा प्रकृतिको चैतन्य समेत भनिने गरिन्छ। मानव चैतन्य  ब्रमाण्डको चेतना सँग एक आपसमा जोल्टिएर अस्तित्वमा रहेको अनुमान गर्न सकिन्छ।  मानव चैतन्य र ब्रमाण्डको चेतना बिच हुने नियमित संसर्ग वाट मानव आत्मा र ईश्वरीय आत्मा बिच नियमित अप्रत्यक्ष सम्पर्क कायम रहेको हुनुपर्छ। यसरी एक चमत्कारपूर्ण भौतिक तथा अभौतिक पदार्थहरू बिचको अजिब त्रिकोणात्मक संयोजन मार्फत निर्मित सन्तुलन कायम रहदा सम्म एक व्यक्ति जीवित रहन्छ। उक्त सन्तुलन भत्कँदाको अवस्थामा भने व्यक्तिको इहलीला नै समाप्त हुन्छ।

 

प्राकृतिक नियम अनुसार हरेक बस्तुका अणुहरूको आफ्नै फरक फरक गतिशीलता हुने गर्छ। अणुहरूको फरक फरक गतिशीलता अनुसार बस्तु ठोस, तरल, वा ग्यासको रूप लिने गर्छ। मानव शरीरका प्रत्येक अङ्ग आफ्नै प्रकृतिको गतिशील सूक्ष्म अणुहरू वाट निर्मित छ। आफ्नै पाराको नियमित तर फरक फरक गतिमा रहने शक्तिको पोकाको रूपमा रहेका क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म परमाणुहरूको संयोजन वाट अणुहरू बन्दछ। परमाणु आफै गतिशील रहने, परमाणु वाट गतिशील अणु बन्ने, अणु वाट गतिशील कोशीकाहरू बन्ने प्रक्रियाले शरीरभित्र इन्फरमेसनको जालो निर्मित गरिदिन्छ।

 

शरीर भित्र निर्माण हुने उक्त आन्तरिक सूचनाको जालोले निश्चित ध्वनि उत्पन्न गर्दछ। ध्वनि एक प्रकारको कम्पन हो। हाम्रो शरीरमा नियमित उत्पन्न हुने कम्पन ब्रमाण्डको कम्पन सँग नियमित जोल्टिने प्रक्रिया मार्फत भौतिक र अभौतिक पदार्थहरू बिच संयोजन हुँदै हाम्रो जीवनलाई जीवित राख्ने उपाय सुझिएको अनुमान गर्न सकिन्छ। हाम्रा जीवन्त सह-कार्यहरू नियमित राख्न हाम्रो भौतिक शरीरका अनुभव र ज्ञानहरू आफ्नै प्रकृतिका  कम्पनमा परिवर्तन भएर अभौतिक विचार, भावना र चाहनाहरूको रूपमा उत्पन्न हुने गर्छन। जसलाई हामीले अनुभूति समेत गर्न सकिन्छ।

 

अन्य भाइरस जस्तै कोभिड-१९ भाइरसको कम्पनात्मक इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड ५.५ हर्ट्ज बाट १४.५ हर्ट्ज सम्म भेटिएको छ। जब इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड २५.५ हर्ट्ज नाघ्छ तब यो भाइरस निष्क्रिय बन्दछ। भाइरस मानिसको शरीर भन्दा बाहिर बाच्न नसक्नुको प्रमुख कारण हो पृथ्वीको आजको इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड लगभग २७.४ हर्ट्ज रहनु।

 

जहाज, गाडी, घना बस्ती, अस्पताल, सपिङ मल, अफिस, रेस्टुरेन्ट तथा बार आदिमा मानव तथा अन्य गतिविधिका कारण इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड ७ हर्ट्ज वा तल देखिएकाले कोभिड-१९ भाइरस ती स्थान हरुमा निष्क्रिय नभएको हुन सक्ने धेरै जोखिमपूर्ण बनेको बुझिन्छ। प्राकृतिक बाताबरणमा र गाउँ घर सहरहरू भन्दा तुलनात्मक रूपमा सुरक्षित भेटिनुको एउटा कारण यो पनि हो।

 

जब मानिस उच्च मनोबलमा रहन्छ तब उसमा उच्च कम्पनको इलेक्ट्रो म्याग्नेटिक बायो फिल्ड हुने गर्छ। जुन कोभिड-१९ को सङ्क्रमणमा समेत धेरै हानिकारक लक्षणहरुको सिकार बन्दैन। जस्तै उदार भावना युक्त रहदा (९५) , धन्य महसुस गर्दा (४५), दिलै देखि धन्य महसुस गरिरहँदा (१४० वा माथि), आफन्त व्यक्तिको साथ र एकात्मकताको भावना जागृत हुँदा (१४४ वा धेरै), अनुकम्पा (१५० वा माथि), दया-मायाको महसुस हुँदा (५०), प्रेमको अनुभूति (१५० वा माथि), निस्स्वार्थ प्रेमको अनुभूति (२०५ वा माथि) हर्ट्ज। यो अवस्थामा कोभिड-१९ सङ्क्रमण हुँदाको अवस्थामा समेत मानिस लाई खासै प्रभाव पर्दैन। प्राय: थाहा नै नलाग्ने वा सामान्य रूपमै निको हुने स्थिति पैदा हुने गर्दछ।

 

जब तपाइको अत्माबल दह्रो छैन तब तपाइको शरीर कमसल कम्पनको इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड उत्पन्न गर्न थाल्छ। यस्तो बेला तपाई कोभिड-१९ भाइरसको सङ्क्रमण रहदा खतरनाक जोखिमको सिकार बन्ने सम्भावना रहन्छ। जस्तै: जेमा पनि जति बेला पनि चित्त दुखाउने (०.१ देखि २), डर (०.२ देखि २.२), असन्तुष्ट रहने र आफूलाई सधैँ रक्षात्मक स्थिति मा राख्ने बानी (०.६ देखि ३.३), जलन (०.९), बेचैनी (०.६ देखि १.९), रिस (१.४), गरम स्वभाव (०.९), घमन्ड (०.८), हेलत्व (१.५), श्रेष्ठताको अभिमान (१.९) हर्ट्ज आदि।

 

स्वस्थ र सन्तुलित  मस्तिष्क भएका प्राय सबै मानिस को इलेक्ट्रो म्याग्नेटिक बायो फिल्ड फ्रिक्वेन्सी ८ हर्ट्ज हुने भेटिएको छ। आफ्नो नित्य गतिविधि मार्फत पैदा हुने बानी ब्यहोरा एवम् अन्य परिस्थितिका कारण मानिसको इलेक्ट्रो म्याग्नेटिक बायो फिल्ड फ्रिक्वेन्सीमा सुधार आउने वा स्खलन हुने गर्छ। योग तथा मेडिटेसन जस्ता उपाय, खाली चौरमा नंग्गो खुट्टा हिँडी शरीरलाई प्राकृतिक रूपमा अर्थिंग गरी इलेक्ट्रो म्याग्नेटिक सन्तुलन कायम गर्ने जस्ता गतिविधि कोभिड-१९ को सङ्क्रमणको बेला अत्यन्त लाभकारी हुने गर्दछ।

 

समग्रमा धनी, चर्चित वा ठुलो मान्छे बनेर हैन मात्र असल मानवता भएको, आफूले आफूमाथि भर पर्न सक्ने अत्माबल भएको मान्छे बनेर कोभिड-१९ को सङ्क्रमण मात्र हैन भविष्यमा आइलाग्न सक्ने अन्य प्रकृतिका सङ्क्रमण बाट समेत आफूलाई सुरक्षित राख्न सकिने कुरा समय क्रमले प्रमाणित गरिदिएको छ। यहाँलाई हरदम उच्च अत्माबल र मानवता युक्त मानवको रूपमा रहने शक्ति प्राप्त होस्।

 

प्रार्थी,

 

नारायण घिमिरे

खाद्य तथा औषधि विज्ञ, क्यानडा।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE