मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मुसाकी छोरी मुसैलाई भन्ने हेक्का होस् ! सरकार ।

नेपालमा भर्खरैको प्रदेश र केन्द्रीय निर्बाचनले सत्ता हस्तान्तरण मात्र गरेको हैन, पूरै प्रणाली नै परिवर्तन गराएको छ। हाम्रा प्रधानमन्त्री, मन्त्री र देश विकासका लागि विषय विज्ञको टाइटलको स्वामित्व लिएका नेपालका उच्च पदमा आसीन महामहिमहरु मुलुकको समृद्धिका लागि छट्पट गर्दै अचूक उपायको खोजिमा विश्वभ्रमणमा रहेका यत्र तत्र भेटिन्छ।

विश्वभ्रमणमा रहदा चाहे पनि नचाहे पनि हुने प्रबासी नेपाली संगको बाक्लो शिष्टाचार भेटले सरकारको उच्च्च तहमा बिश्वोभर छरिएर रहेका बिज्ञ नेपाली ड़ाएस्पोराको शिप र ज्ञान एनआरएनए र उसको संजाल मार्फत नेपालको समृद्धिमा  भित्राई निर्णायक भूमिकामा बिज्ञ नेपाली ड़ाएस्पोराको शिप र ज्ञानको सदुपयोग हुनसक्ने गहिरो छाप परेको भेटिन्छ।

यता एनआरएनए आफैमा  नेपाल सरकारको चाहना र आबस्यकता अनुरुपको पर्याप्त दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध छ वा छैन र उपलब्ध हुदाका बखत पनि बिज्ञ नेपाली ड़ाएस्पोराको शिप र ज्ञान आफु मार्फत नेपाल सरकारलाई अफर गर्न सकिएला  नसकिएला भन्ने बारे पूर्ण दुबिधामा भेटिन्छ।

एनआरएनए र उसको संजालको हाल सम्मको सबैभन्दा ठुलो बिडम्बना, प्रतेक २ – २ बर्षमा निर्बाचनमा होमिने एनआरएनएमा संलग्न ड़ाएस्पोराहरुको ९० प्रतिशत भन्दा धेरै साधन, श्रोत, शक्ति र इनर्जी आफु एनआरएनको  सस्थाको नेत्रुत्वोमा पुग्नमा खर्ची रहेका छन् । एनआरएनएको कार्यकारी हुन एनआरएन एनसिसिमा रहेको हुनु पर्ने र  एनआरएन एनसिसिमा नेत्रुत्वो लिन कम्तिमा एक कार्यकाल एनसिसिको कार्यकारीमा रही काम गरेको जरुरि हुने काइते नियम एनआरएनको सस्थामा सहभागी हुनका लागि लादिएको छ ।

सिधा अर्थमा भन्दा नियम बिनियमनै बनाएर बिज्ञ नेपाली ड़ाएस्पोराले एनआरएनए मार्फत नेपालमा योगदान गर्न चाहनेहो भने नेपालका नीति निर्माता र कार्यकारीहरु सम्म पुग्न समेत एनआरएनएका कुनै नित्रुत्वो तहमा बसेकालाई हनुमान भक्ति पुरागर्नु पर्ने कुटनितीक भाषामा लिपि बद्ध गरिएको छ ।

आज संसार कुनैपनि सिस्टममा बाधाका रुपमा रहने प्रोसेशमा रहेको बाधा अड्चन हटाई संचालित गतिबिधिहरुको उच्च प्रभावकारिताका लागि बिषय बस्तुसंग संलग्न सबै महत्वो पूर्ण पार्टी हरुलाई सिधा सम्पर्क बनाउन सहजताको  विकास गर्ने क्रममा कवानटम ऐजमा छिर्दै गर्दा हाम्रा एनआरएनए मार्फत भने “ कि माइ वोई नत्र हाईवे” को मेसेज नेपाल सरकारले शिप र ज्ञान हस्तान्तरणमा गरेको टार्जेटलाई पूर्ति गर्न सक्ने छेमता र पहुचमा रहेका विदेश स्थित बिज्ञ नेपाली ड़ाएस्पोराहरु लाई ज्ञात-अज्ञात रुपमा सम्प्रेषण भइरहेको छ ।

प्रतिफल, बिदेशमा रहेका तर आफु जन्मेको देशकोलागि सहि अर्थमा योगदान दिन सक्ने र चाहने विज्ञ र बैज्ञानिकहरु लाई नेपालको सम्ब्रिध्धि संग जोड्ने प्रक्रियाको लागि जतिसुकै ठुलो संयन्त्र बनि रहदा पनि आफ्नै सथागत संरचना र नीतिले  एनआरएनए लाई बाई डीफल्ट, बाइ डिजाईन  सहजकर्ता हैन की रोड़ ब्लकरको कित्तामा पुराई दिएको छ ।

जसको परिणाम एकातर्फ एनआरएनए र एनआरएन एनसिसिमा नेपाललाइ हताहाती बिकाशमा निकै ठुलो योगदान दिनसक्ने विज्ञ, प्रबिधिज्ञ र एपलाईड सेक्टरका बैज्ञानिक, कवानटम फिजिसिस्ट र कवानटम बायोटेक्नोनोजिस्ट लगायतका जनशक्ति सामान्य सहभागिता जनाउन समेत हिच्किचाई रहेका  भेटिन्छन ।

अर्कातर्फ एनआरएनको चुनाव र एनआरएन आयोजित बिभिन्न कार्यक्रममा नेपालमा पैसा, ज्ञान र शिपको बाडीनै बगईन्छ भनि असामान्य भिडभाडको  कुम्ब मेला लाग्छ । तर उक्त सन्दर्भमा कुनै कंक्रिट रिजल्ट देख्न सकिन्न।कुम्ब मेलाहरुमा कसैलाई कुनै प्रभाबमा रहेका शक्ति वा सस्थासंग चिनजान बढाउन हतार, कसैलाई लाभका वा सामाजिक पदमा आफुलाई स्थापित गर्ने हतारो, कसैलाई आफु अनुकुल पार्टीको एजेन्डा लाद्धने अवसर, कसैलाई रिटायर हुने अबस्ता वा बनिसकेको अवस्थामा सानोतिनो जीविको पार्जनको काम हतापार्ने ध्याउन्न, कसैलाई विदेशमा बसेकै मात्र भरमा नेपालमा नाम र दामवाला पद हत्ताउने लालषा, आदि ईत्यादि त निकै भेटिन्छ । तर जे संधर्बमा भेला भएको हो, जस्ता जस्ता सम्बेदंनसिल बिषय बस्तु बारे छलफल गरि कार्यान्यनमा जाने भनिएको हो ति बिषय बस्तु बारे गमगर्ने फुर्सद भने खासै मिलेको भेटिन्न।

हाल नेपालमा लगभग दुई तिहाई मतबाट जन अनुमोदित सरकार छ।  एनआरएनएका जति सुकै महत्वो पूर्ण नाम दिएको भेलाहरु किन नहुन एनआरएनएले ऒपन यूनिभर्सिटि बनाउन गरेको उत्कृष्ट सहयोगको रिटर्न बापत कुनै अमुक व्यक्ति बिशेषलाई कुनै तोकेकै अमुक पद दिईएन भन्दै बर्तमान दुई तिहाई मतबाट जन-अनुमोदित सरकारको छाला उतार्ने एउटा सिमित सर्कल पूर्ण कालिन बनेको प्रतित गराउछ। जन्म भुमिबाट कुनै रिटर्नको हैन सेवा भाबबाट प्रेरित भएर लाग्न चाहने नेपाली ड़ाएसपोरालाइ यी र यस्ता प्रवृतिले कुरीकुरी गराएको र ग्लानी बढाएको प्रष्ट देखिन्छ ।

एनआरएनएको उच्चतहबाट यस्ता गतिबिधिमा नियन्त्रण नहुनु, संसार भरका एनआरएनएका बिज्ञहरुका नाममा नेपालमा बिभिन्न समिति उपसमिति नाममा समानान्तर समितिहरु अस्तित्वोमा देखिनु, उनीहरुको कार्य गतिबिधिहरुमा निकै डूब्लिकेसन देखिनु आदि निकै इन्टरेस्टिंग बिषय बनेको छ ।

देश विदेशमा नेपालको काय पलटगर्ने भन्दै बिज्ञ भेलाको बिगुल फुक्दै हिड्दै गरेको एनआरएनएका बिभिन्न प्रतिनिधिले नेपालमा आफ्नो सक्रियतामा गरिरहेका परम्परागत शैलीका खेतीपाती, पत्रिका पसल , प्रेस, इन्सुरेन्स एजेन्सी, डिपार्टमेन्टल स्टोर, मासुको कोल्ड स्टोर, रेस्टुरेन्ट, माछा पालन, कालिमाटी तरकारी बजारमा आफ्नो स्टल राख्ने काम आदि लाइनै एनआरएनएको बिज्ञता र शिप हस्तान्तरणको स्वोरुप दिनु संसारभर रहेका नेपाली विज्ञ, प्रबिधिज्ञ र एपलाईड सेक्टरका बैज्ञानिक लगायतका ड़ाएसपोराहरुको र सरकारको ड़ाएसपोराहरुसंग गरेको भरोशाको समेत गम्भीर अपमान हो ।

यसको उत्तरको लागि गण्डक प्रदेशका गुरूङजीले  उनको बेलायत भ्रमणमा पुर्बाधारमा लगानी र वेबसायको लागि नेपालमा पैसाको खासै खाचो नरहेको, आबस्यक पर्दा प्रदेशआफैले नेपाल फर्कन चाहने प्रबासी नेपालीलाई यथेष्ट साधन,  श्रोत उपलब्ध गराउन सक्ने भन्दै राज्यलाई खड्केको शिप र ज्ञानको पूर्तिका लागि प्रबासी नेपालीहरुसंग खुलेआम गर्नु भएको याचनाको संदर्ब प्रसस्त रहेको छ।

नेपाली जनताले छानेको नेपाल सरकारबारे समर्थन वा बिरोधमा जान एनआरएनए गठन भएको वा अस्तित्त्वोमा रहेको हैन । नेपालको लगभग दुई तिहाई मतबाट अनुमोदित सरकारले हाल एनआरएनए मार्फत नेपाली ड़ाएस्पोराको पोटेन्सियलले नेपालको समृद्धिमा निर्णायक भूमिका पुराउन सक्ने गहिरो छाप माथि बताईएका प्रकारका गति बिधिले कालान्तरमा कस्तो उपलब्धि देला ? त्यो अहिलेनै लगभग निश्चय गर्न सकिने अबस्ता बनेको छ।

हुन पनि, हालका एनआरएनएको सस्थागत संरचनाले पैदा गरेको प्रतिकुलताले पैदा गरेको नतिजा डेलीभरिमा रहेको स्थाई असक्षमताले, निकै चाडो, निकट भबिस्य मै एनआरएनए प्रती नेपाल सरकारको आशा र भरोशा तोडिने त हैन  भन्ने खतरा पैदा भएको छ । जुन दिन एनआरएनएको असक्षमताले नेपाल सरकारलाई मुसाकी छोरी मुसैलाई भन्ने महसुश गराउछ, त्यो दिन एनआरएनको सन्दर्भनै अप्रासंगिक हुने छ ।

यसै संदर्बमा, हामीले यहाँ तल कुनै सन्दर्भमा माऊन्टेन टीभी संग भएका कुराकानी प्रस्तुत गरेका छौ। कुराकानी ले बताउछ, नेपाल  समृद्धिबाट टाढा चाहिँ छैन, मात्र आफै लहड र पर-सम्मोहनताले नेपालका नीति निर्माता र राष्ट्रका प्रमुखहरु केहि समय समृद्धिको रोड़ म्यापबाट बिमुख मात्र भएका जस्ता देखिएका हुन् । बिकसित घटना क्रम र  परिस्थितिले उनीहरुमा रहेका कन्फिउजनहरु हटनगई मुलुक छिट्टै  सहि ट्रयाकमा फर्किने छ, भन्ने क्लियर मेसेज दिएको छ। यसले एनआरएनए लाई पनि नियमित सुधारको लागि सल्लाह र सूजाब उपलब्ध गराउने छ ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: