मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सत्य बोलुन तर अपजस नै भोग्ने ओली !

नारायण घिमिरे

अमेरिकन सोसाइटी फर माइक्रोबायोलॉजीले पछिल्लो समयमा एयरपोर्टमा यात्राको लागि पुगेका मानिस मध्ये कति प्रतिशतको हात सफा भेटिएला भनी एक अध्ययन गर्‍यो। अध्ययनमा शौचालय जाने सत्तरी प्रतिशत मानिसहरू शौचालय प्रयोग गरेपछि मात्र आफ्नो हात धुने गरेको र तिस प्रतिशतले नधुने गरेको भेट्टायो।

 

एयरपोर्टमा भेटिएका मध्ये साबुन-पानीले पन्ध्र देखि बिस सेकेन्ड हात धुने मात्र पचास प्रतिशत भेटियो। पचास प्रतिशतले साबुन-पानीको सट्टा हात धुन मात्र पानी प्रयोग गरेको भेटियो। पन्ध्र देखि बिस सेकेन्ड हात धुनेमा सही तरिकाले हात धुने त नगण्य नै भेटियो।

 

एयरपोर्टमा रहदा जानेर नजानेर एयरपोर्टका फोहर भागहरू छुन पुग्ने अवस्था समेतको आधारमा गरिएको इपिडि मियोलोजीकल डाटा मोडलिङले औसतमा एयरपोर्टमा यात्राको लागि पुगेमा मध्ये मात्र २० प्रतिशत मानिसको हात सफा हुने यकिन गर्यो।

 

बेलायतको बर्मिमघाम विश्वविद्यालयका अन्वेषकहरूलको अनुसन्धानका अनुसार संसारका ५०% मानिसहरूमा शौचालय प्रयोग गरेपछि हात धुने बानी नभएको निष्कर्ष निकाले। डाटाका अनुसार चीनका ७७ प्रतिशत, जापानका ७० प्रतिशत, दक्षिण कोरियाका ६१ प्रतिशत र नेदरल्याण्डका ५० प्रतिशत मानिसहरूले शौचालय प्रयोग गरेपछि हात नधुने गरेको भेटिए।

 

त्यस्तै थाइल्यान्ड र केन्याका ४८ प्रतिशत, इटालीका ४३ प्रतिशत, बेलायतका २५ प्रतिशत र अमेरिकाका २३ प्रतिशतले शौचालय प्रयोग गरेपछि हात धुने गरेको भेटिएन। बरु साउदी अरेबियामा शौचालय प्रयोग गरेपछि हात धुने बानी नभएका मानिस मात्र २ प्रतिशत भेटीए।

 

जुन देशहरूका मानिसहरूमा शौचालय प्रयोग गरेपछि र अन्य बेलामा समेत राम्रोसँग हात धुने बानी थिएन उक्त मुलुकहरूमा करोनाभाइरसको जोखिम उच्च भएको एक नयाँ अध्ययनले देखाएको थियो।

 

विश्वभर कोभिड-१९ को महामारी फैलन निकै धरै कारणहरुले योगदान पुर्‍याएको देखिन्छ। शौचालय प्रयोग गरेपछि होस् वा सामान्य काम गरेपछि राम्रोसँग हात धुने बानी नबसेको बानी यो प्रकोप फैलनुको धेरैमा एक मुख्य कारण भएको बुझिएपछि उत्पन्न चुनौतीहरूको सामना गर्न हात धुने संस्कृतिलाई विश्वभर स्थापित गराउन एक अभियान नै छेडिएको छ।

 

यसो हुँदाहुँदै पनि विभिन्न मुलुकको सांस्कृतिक भिन्नता, परम्परागत चालचलनमा रहेको आफ्नै पना, विभिन्न मानव समुदायका आफ्ना स्थापित नित्यकर्मको तरिका र भिन्नाभिन्नै देश र उक्त देश वासीहरूको फरक आर्थिक अवस्था आदिका सल्लाह दिए अनुरूप एकै प्रकारको हात धुने संस्कृति र चलन संसार भर विकास गर्न सम्भव थिएन। भएन ।

 

बरु स्थानीय तरिका र संस्कृतिअनुरुप आफ्नै तारिकमा हात धुने चलन बस्यो। भाइरसको जोखिमको कमी ल्याउन आफ्नै हात धुने संस्कृति विकास गर्न संसारभर निकै ठुलो सहकार्य विकास भएको देखियो।

 

नेपाल भारत जस्ता एसियाका मुलुकहरूमा शौचालयमा टोइलेट पेपरको खासै प्रयोग हुने गर्दैन। दिशा सफा गर्न प्राय: पानीको प्रयोग हुने गर्छ। २०१५-१६ को एक सर्वेले शौचालय प्रयोग गरेपछि हात धुने बङ्गलादेशको ७१.४%, नेपालको ५२.९%,  भारतको ३९.८%, पाकिस्तानको ३१.४% र म्यानमारको १६.४% घरमा कि त साबुन, कि पानी वा दुवै उपलब्ध नरहेको तथ्य सार्वजनिक गरेको थियो।

 

उक्त मुलुकहरूका सहरहरूमा पिउने र सरसफाइको प्रयोजनको लागि उपलब्ध पानी पिउन योग्य नरहे हुँदा उमालेर, छाने पछि मात्र पिउन योग्य बन्ने गरेको जग जाहेर नै छ। उक्त क्षेत्रका गाउँका  आवासहरूमा समेत  दिनदिनै पिउने प्रयोजन र सर-सफाइको प्रयोजनमा पानीको हाहाकार बढिरहेको देखिन्छ।

 

फेबुररी २८, २०२० मा अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय लाइ आधार बनाएर तत्काल संसारले जरुरत महसुस गरिरहेको बिषयको अन्वेषणहरूका महत्त्व पूर्ण खोज कार्यमा संलग्न रहने चर्चित बायोफिजिक्सिस्ट वैज्ञानिक तथा प्राध्यापक करेन फ्लेमिंगले नयाँ करोनाभाइरस कोभिड-१९ बाहिर बाट बोसीय तत्त्व द्वारा घेरिएको भाइरस रहेको खबर पाइन। उनलाई थाहा थियो कि बोसीय तत्त्वको खाम भित्र सक्रिय रहने भाइरस लाई सामान्य साबुन पानीले हात धोएर निष्क्रिय पार्न सकिन्छ।

 

उनले आफ्नो अनुभव बाटै जानेको कुरा थियो भाइरसको बाहिरी बोसीय तत्त्व साबुन पानीमा सजिलै घुल्ने गर्छ। जब उक्त बोसिय पदार्थ पानीमा घुल्छ भाइरस स्वतः पुन सक्रिय हुन नसक्ने गरी निष्क्रिय हुने गर्छ ।

 

आफ्नो अनुभव सर्ब साधारणले बुझ्ने भाषामा सबैलाई कोभिड-१९ भनेको बोसीय तत्वोको खाम भित्र सक्रिय रहने चिज रहेछ। सामान्य साबुन पानीले हात धोएर कोभिड-१९ निष्क्रिय हुनेछ भनेर ट्विट गरिन।

 

उनको ट्विट जब भाइरल बन्यो, कोभिड-१९ बाट बच्न हात धुनु उपयुक्त तरिका रहनुको पछाडिको सरल सिद्धान्त समेत संसार भर फैलियो। नयाँ करोना भाइरस कोभिड-१९ बाट बच्न सामान्य हात धुने प्रविधि कति प्रभाब शालि हुने रहेछ भन्ने समाचार कारण सहित संसारले सजिलै जान्ने मौका पायो।

 

गत हप्ता नेपालका हालका प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो सामान्य दैनिक कार्यका दौरानमा सर्व साधारण मानिस हरुले बुझ्ने भाषामा डा. करेन फ्लेमिंगकै तरिकामा आफ्नो मुलुकको यथार्थता झल्कने गरी कम्तीमा तातो पानीले हात धुने सामान्य तरिका अपनाएर कोभिड-१९ लाई निष्क्रिय पार्न र सुरक्षित हुन तरिकाको याचना गर्दै गरेको देखिन्थ्यो।

 

उक्त कुरा नेपाल अधिराज्य भर प्रधानमन्त्रीले अपराध नै गरे जस्तो गरी उगेलियो। आज सामान्य भन्दा सामान्य व्यक्ति लाई पनि के थाहा छ भने यदि हातमा चिल्लो वा बोसो लागेको छ भने चिसो पानीमा भन्दा तातो पानीमा छिटो उक्त बोसो घुल्ने गर्छ।

 

साबुन पानी नहुँदाको अवसरमा तातो पनिले हात धुँदा हात बाट चिल्लो सजिलै फाल्न सकिन्छ।

 

तसर्थ बोसिय पदार्थ भएको कुनै पनि चिज हातमा छ भने तातो पानीले हात धुनु राम्रो विकल्प हुनेमा कुनै दुबिधा छैन। प्रधानमन्त्री केपी ओली वाट आएको विचार त्यति नै थियो।

 

कोरोना भाइरस बोसीय तत्त्वको खाम भित्र बन्द रहेको चलायमान खुट्टाहरू युक्त  न जिउँदो, न मरेको, लगभग मरेकै भन्न मिल्ने तर सक्रिय भाइरस रहेको अवस्थामा यसलाई तातोपानी बाट धेरै हद सम्म शिथिल बनाउन सकिने कुरा बेवाहारिक रूपमा स्थापित सिद्धान्तले पुष्टि गर्छ।

 

कोभिड-१९ अलि धेरै सङ्क्रमणकारी रहेको देखिएकाले तातो पानीले हात धुन भन्दा साबुन पानीले हात धुने विकल्पमा हातको सफाइ धेरै सुनिश्चितता हुने देखिएकाले साबुन पानीले हात धुने विकल्पलाई धेरै जोड दिइएको हो।

 

तपाईलाई मन परोस वा नपरोस आजको बिस्वोको गुह्य यथार्थता के हो भने नेपाल र भारतमा पूर्वीय दर्शनको अयुर्बेदा र ट्रेडिसनल चाइनिज मेडिसिनका कारण पश्चिमा ओखतीहरू ओखती नरहेर मन्द विष रहेको मान्यता संसारभर स्थापना गराउन सफल बनिरहेका छन।

 

पश्चिमाहरुको सेन्थेटिक श्रोतको ओखती आर्यघाट पुग्ने हालतमा मात्र पुगेको नभई वैज्ञानिक दाबी गरिएका अप्राकृतिक उत्पादनका धेरै बस्तु र सेवाहरू बजार लिन नसक्ने गरी थला पर्दै छ।

 

संसार भर आन्तरिक झगडा र गृह युद्ध चर्काएर तिनैलाई बन्दुक, हतियार र मिसाइल बेचेर धनी हुने परम्परा सस्तो र सजिलो जीवाणुहरूको हतियारबाट आक्रमण गर्न सकिने उपायका सम्भावनाले बन्द गरिदिने जोखिम बढाएको छ।

 

सायद यसैको क्षति न्यून गर्न होला, नजानिँदो तरिकाबाट पूर्वीय दर्शनको सबै उपाय प्रमाणित नभएकोले गलत तर प्रमाणित गरिएको होस कि नहोस् मुनाफामा पश्चिमाहरूको पहुँच रहेको बस्तु र सेवाहरू लाई उत्कृष्टको बिल्ला भिराउँदै नेपाल जस्ता मुलुकका बजारहरू नियन्त्रणमा लिइएका छन्। कोरोनाको कहरमा समेत त्यस्ता दुष्प्रयासहरू देखा परे।

 

संसार भर बिस्वो स्वस्थ सङ्गठनका नाममा कोरोना कहर बाट हुने क्षति न्यून गर्न विभिन्न सन्देश मूलक खबरहरू सक्रिय सञ्चार गरिए। जसले लसुन, बेसार र निम जस्ता पदार्थले के मानवमा रोग  प्रतिरोधात्मक शक्ति बढाउँछ भन्ने जिज्ञासा हरुलाई के यिनीहरूले सङ्क्रमण रोक्छ भन्ने जिज्ञासा बनाएर त्यस लाई गलत कुरा भनी लेखेर बाँडे। लगतै यो बारे अध्ययन गरिएको छैन वा परीक्षण गरिएको छैन भनी लेखिदिए।

 

लसुन, बेसार र निम जस्ता पदार्थको मानवमा रोग प्रतिरोधात्मक शक्ति बढाउँछ भन्ने कुरा अध्ययन नगरिएको कुरा थियो भने कसरि गलत प्रमाणित भयो? कुन नियतमा यस्तो लेखिन्छ। परम्परागत रूपमै सबल बनेका हाम्रा सबै परम्परागत आयुर्वेदिक चिकित्साका जडीबुटी र कोरोनामा सफल नतिजा दिन सफल बनेका परम्परागत  चिनिया औषधि समेतले सबै गलत हो भन्दै गए।

गलत हुनको लागि तर्क दिन जरुरी ठानिएन। उत्तर सजिलो  थियो – उनीहरूले वैज्ञानिक अध्ययन गरिएको नदेखेकोले गलत।

 

भाइरसलाई चिसो पानीले भन्दा तातो पानीले (साबुन छैन भने) सफा गर्न सजिलो हुन्छ भन्ने तर्कलाई नियत बस तातो बाथले सङ्क्रमण रोक्छ भन्ने लेखेर गलत भनी दिए। लगतै यो बारे अध्ययन गरिएको छैन वा परीक्षण नगरिएको भनी लेखिदिए।

 

कोरोना कहरमा साबुन पानीले हात धुनु राम्रो हो भन्नेमा सबै पश्चिमा, पूर्वीय र चिनी पक्ष सहमत छ।

 

कोभिड-१९ को कणमा भएको पदार्थ के हो भन्ने बुझे पछि यस्तो पदार्थलाई कसरि निष्क्रिय पार्न सकिन्छ भन्ने पहिलेको अनुभवको आधारमा साबुन पानीले हात धुन भनिएको छ। साबुन पानीले राम्रो काम पनि गरेको छ।

 

तर यसको बारेमा भने पश्चिमा हरुले बाँडेको पोस्टरमा साबुन पानीले हात धुन सही भनिएको छ। त्यसको परीक्षण गरिएको छैन भनी नियत बस लेखिएको छैन।

 

जसरी हाम्रो आयुर्वेदिक जडीबुटी ओखतीका रूपमा फर्मुलेसन गरियो, अनुभवको आधारमा मानवमा सिधै प्रयोग गरियो, जुन वास्तवमै प्रभावशाली भेटियो  त्यो औषधि बन्यो । ठिक त्यही प्रक्रियामा कोभिड-१९ को कणलाई निष्क्रिय गर्न उपयुक्त हात-धुने प्रक्रिया खोज्ने क्रममा अनुभवको आधारमा साबुन पानीको पहिचान भयो। मानवमा सिधै प्रयोग गरी प्रभावकारी भए पछि साबुन पानी सही तरिका भनी स्विकारियो।

 

कोभिड-१९ को कणलाई मानिसको हातमा राखेर साबुन पानी वा तातो पानी हालेर सफा गरेर साबुन-पानी प्रभावकारी प्रमाणित गरिएको कुरो थिएन। हाल सम्म पनि यसको वैज्ञानिक परीक्षण बाट पुष्टि गरिएको कतै भेटिएको छैन।

 

एउटै प्रक्रिया बाट प्रमाणित बनेको साबुन पानी तरिका चाही सही हुने, तर सोही तरिका बाट प्रमाणित पूर्वीय आयुर्वेदिक चिकित्साका जडीबुटी र परम्परागत चिनिया औषधिका प्रमाणित विधि सही नहुने दोहोरो मापदण्ड लिइयो।

 

आयुर्वेदिक चिकित्साका जडीबुटी र परम्परागत चिनिया औषधका ओखतीहरू मानिसले खाएर निको भएर आएको देख्दा देख्दै – वैज्ञानिक रूपमा पुष्टि नभएको गलत उपाय भनी हाम्रै घर आँगनमा नाङ्गो तिरष्कारिमा पर्‍यो।

 

हाम्रै स्वस्थ निकाय यसको साक्षी बस्यो। स्वस्थ मन्त्रालयका एकाध कर्मचारी त नेपाली रैथाने जडीबुटी प्रवर्धन गर्ने हरुलाई फेसबुकमा उत्रेर बदनाम गर्न तम्से।

 

भारत र चीनमा भने सो हुन पाएन।

 

बिकसित देश जहाँ पाइखाना, तातोपानी, चिसो पानी र सार्वजनिक शौचालय छन्, बजारहरूमा उक्त सुविधा छ त्यहाँ डा. करेन फ्लेमिंगले इंगकित गरेजस्तै सामान्य साबुन पनिले हात धुने तरिका निश्चय नै उपयुक्त तरिका हो। परीक्षणले साबुन पानीले हात धुदै गर्दा प्रयोग हुने पानी तातो होस् वा चिसो हात पूर्ण-सफा बन्ने निश्चय गरेको छ।

 

नेपाल त्यसमा पनि काठमाडौँ, विराटनगर, पोखरा जस्तो सहर जहाँ जताततै साबुन पानीले हात धुने सुविधा नगर वासी सँग छैन। धेरै ठाउँमा नगरपालिका वाट निश्चित समयमा मात्र दिने पानीनै फोहर हुन्छ। मुलुकको त्यो हालतमा धेरै ठाउँमा, उक्त फोहर पानीले साबुन लगाएर हात धुन समेत जनता लाई अप्ठेरो छ।

 

एकातर्फ उपलब्ध फोहर पानी तताएर  केही सेलाउन दिएर मन तातो हुन दिई तातो पानीले हात धुँदा पानीको कीटाणु बाट स्वास्थ्यमा हुने जोखिम न्यून हुने अर्को तर्फ हात धुन धेरै पानी नहुँदा कम्तीमा तातो पानीले हात धुँदा धेरै हद सम्म भाइरसको बाहिरी बोसीय तत्त्वलाई क्षति पुर्‍याई भाइरसलाई कमजोर र निष्क्रिय पार्न पार्ने तर्क वैज्ञानिक थियो। हाल आएर तातो पनिले हात धुनु र राम्रा भनिएका सेनीटाईजर लगाउनुको लगभग उस्तै असर हुने अनुभव मानिसहरूले गरेका छन्। गरिएका परीक्षणका नतिजा पनि लगभग त्यस्तै छ।

 

कोरोनाको सङ्क्रमण आँखा बाट पनि हुने प्रमाणित भएको छ। समग्रमा प्रधानमन्त्रीको भनाई र बोलिएका कुनै पनि कुरा प्राविधिक रूपमा त्रुटि पूर्ण छैन। हालसम्म थाहा भएको सूचनाको सबै गहिराई मात्र नसमेटिएको हो। नसमेटिएका कुराहरू अन्य विज्ञ हरूबाट आएकै छन्।

प्रधानमन्त्री वाट आएका कुरालाई अबैज्ञानिक भनी भित्तामै पुर्‍याउनु कुनै वैज्ञानिक आधार देखिँदैन।

(लेखक खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: