मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

निधारको टिकाको वैज्ञानिक पक्ष !!

नारायण घिमिरे

तपाईँ लाई थाहा छ? हाम्रो परम्परागत खानपानको नियममा मुख्य खानाको सुरुवात मसलादार खानेकुराबाट हुने गर्दथ्यो। अन्तिम मुख्य खाना गुलियो परिकार हुने गर्दथ्यो। अन्तिम खाना पछि सौफ आदि मुख सफा गर्ने खाना हुन्थ्यो। बिहानै सबेरै उठेर नित्य कर्म पश्चात् हामी पहिले पूजा गर्ने, निदारमा टिका लगाउने, थोरै गुलियो पञ्चामृत पिउने र प्रसाद  खाने काम हुन्थ्यो।

 

त्यसपछि बिहानीको तितो वा टर्रो पेय पदार्थ जस्तै हर्बल पानी, तुलसी पानी, शीतल पानी, बेसार पानी आदि पिउने गरिन्थ्यो। बिहानको पेय सँग मालपुवा, जेरी पुरी आदि जस्ता हल्का केही खाने पनि गरिन्थ्यो। त्यस पछिको पालो मुख्य खानाको हुन्थ्यो। मुख्य खानामा पहिला मसलादार खाना खाने त्यसपछि अन्तमा गुलियो खाना खाने परम्परा थियो। यो क्रम तय हुनुमा हाम्रो पुर्खाको वैदिक अनुसन्धान मुख्य आधार थियो।

 

बिहानको नित्य कर्म सकी पूजा गर्ने समय पुग्दा बिहानको नित्य कर्म आदिको लागि जरुरत हुने तागतको लागि लागि भनी शरीरले कलेजोमा जगेडा गरी राखेको खानको सार तत्त्व खर्च हुन्थ्यो। त्यस लगतै तनाव दिने प्रकृतिको इन्जाइम बन्ने हुँदा कोर्टिसोलको बढेको मात्राले बिहानै दिने तनाव दिनभरको समय लोदर लगाई दिने सम्मको जोखिम युक्त हुन्थ्यो।

 

पूजाको क्रममा हुने छोटो मेडिटेसन तनाव दिने कोर्टिसोल उत्पन्न हुन वाट रोक्न र मन्त्र पाठ गर्दा  टाउकोको क्षेत्रमा ध्वनिले दिने कम्पन हाम्रो नाकको नोसट्रिलमा नाईट्रिक अक्साइड उत्पादन गर्न दिन उत्प्रेरक बन्थ्यो। त्यसरी उत्पादन हुन पाएको नाईट्रिक अक्साइड लाई श्वासले फोक्सोमा पुर्‍याउने काम गर्दथ्यो।

 

फोक्सोमा पुगेको नाईट्रिक अक्साइडले शिराहरू फुलाउने मात्र हैन रगतमा अक्सिजन घुलाउन सहयोग गर्दथ्यो। एल्भिओलाइहरुको बढेको सर्फेस एरियाले रगतमा कचराको रूपमा रहेको कार्बन डाई-आक्सईड समेत रगत बाहिर फाली रगतमा घुलनशील अक्सिजनको मात्रा बढाउन भूमिका खेल्दथ्यो।

 

नाईट्रिक अक्साइड कै कारण चिन्ता कम गर्ने, डर घटाउने र जीवन प्रति आफ्नो धारणा सकारात्मकता बढाउने सेरोटोनिन, डोपामाइन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता आनन्द दाइ हार्मोन उत्पादन हुन सहयोग पुग्दथ्यो। बिहान पख शरीर स्फूर्त राख्न, मुड नियन्त्रण गरी विषय बस्तुमा ध्यान केन्द्रित गराउन र मानिसलाई रचनात्मक बनाउन यसले धेरै सहयोग पुर्‍याउने गर्दथ्यो। सकारात्मक सोचको बिहानीले दिउसो र बेलुकी सम्म सकारात्मक प्रभाव जमाउने गर्दथ्यो। जीवन आनन्दित हुने धेरै सम्भावना बढाउने गर्दथ्यो।

 

पूजा पछि निदारमा टाँसेको टिकाले तपाइको ध्यान निदार तिर घरी घरी तान्दथ्यो। जब तपाइको ध्यान निदारमा केन्द्रित हु हुन्थ्यो, केन्द्रीय मस्तिष्क प्रणालीको चुरो चासो दुई आँखाको बिचको केन्द्रको भित्री भागमा पटक पटक केन्द्रित बन्दथ्यो। मस्तिष्क केन्द्रित उक्त बिन्दु पिनियल ग्ल्यांड वा तेस्रो नेत्र को बिन्दु हुने गर्दथ्यो।  पिनियल ग्ल्यांडमा केन्द्रीकृत हुने ध्यानले मानिसमा सदैव धन्य वा ब्लिसको अनुभूति दिलाउने गर्छ। हाम्रा पुर्खा त्यसैको अनुभूति सहज गर्दथे।

 

त्यसले लोभ, घृणा, निन्दा आदिको पक्ष घटाउने र उपकारी ऋषि मनको अधिक विकास गर्दथ्यो। समाजमा सकारात्मकता धेरै नकारात्मकता थोरै देखिन्थ्यो। त्यस पछिको नियमित हुने दिन चर्याको ध्यान र मेडिटेसनले ब्लिसको मात्रा हद झन् उच्च बनाउने गर्दथ्यो। फलतः हाम्रा पुर्खाले सत्ययुगको संस्कृतिको स्वाद चाख्न पाउँथे।

 

त्यसपछिको परम्परागत खानपानको तरिकामा मुख्य खानाको समय आउँथ्यो। जसको सुरुवात मसलादार खानेकुराबाट हुने गर्दथ्यो। जब तपाईँ खाना खान मसलादार खाना छान्नु हुन्छ, मसलाले तपाइको भोक जगाउने (एपेरिफको) काम गर्छ। पाचन प्रणाली लाई पाचन जुस पैदा गर्न समेत प्रोत्साहित गर्दछ। तपाइको पाचन प्रणाली सक्रिय र तैयारी अवस्थामा आउँछ।

 

मसलादार चीजहरूले पाचन रसको रूपमा रहेको एसिड र बेसलाई मात्र सक्रिय पार्ने होइन त्यसको सार तत्त्व प्रशोधन गर्ने र ती सारतत्व र खाना वाट आउने ऊर्जाको संयोजन वाट विभिन्न अङ्ग प्रत्यङ्ग बनाउने र शरीरले आफ्नो निर्माण र वृद्धिको क्रममा हुने त्रुटिको आफैले सच्चाएर स्व-उपचार समेत गर्दथ्यो।  सम्पूर्ण पाचन र निर्माण क्रिया नै जागरूक बन्दथ्यो।

 

तपाइले मिठो गुलियी खाने बेला सम्म मसलादार चीजहरूले पाचन प्रक्रिया सहज र प्रभावकारी बनाइ सक्ने हुँदा मिठाई वा कार्बोहाइड्रेटको तत्काल पाचन वाट बिहानीको तत्कालको शक्तिको जरुरत पूर्ति गरी दिन्थ्यो।  पच्न बाँकी रहेको प्रोटिन, चिल्लो, मिनिरल, भिटामिन र फ़्लेभोनोइड आदि लामो समय लिएर चतुरता पूर्वक पूर्ण रूपमा पचाउन र शरीरमा सोस्न प्रभावकारी भूमिका खेली दिन्थ्यो।

 

 

जब तपाइको तत्कालको जरुरतको इनर्जी अल्पकालीन रूपमा पूर्ति हुन्थ्यो तब हाम्रा पुर्खाले खाना खाएर अघाएको समेत तुरुन्तै महसुस गर्न पाउँथे। उनीहरू शरीर लाई हानि हुने गरी थाहा नै नपाइ आजको जस्तो धेरै खाने सम्भावना कम रहन्थ्यो। जे सुकै कुरा पनि धेरै खाँदा विषाक्त हुने, बरु केही कम हुँदा जेनतेन शरीर आफैले आफैले आफूलाई कमी भएका तत्त्वहरू निर्माण गरी वा जोगाड वाट तान तुन पारि व्यवस्थित गर्न  सक्दथ्यो। कम्तीमा शरीर कम रोगी हुने गर्दथ्यो। कम आहार ओखतीको शरीरको नियम लाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न यसले निकै हदको सहयोग पुर्‍याएको थियो।

 

यथार्थमा परम्परागत वैदिक परम्पराको देनको रूपमा आजको आधुनिक जीवनको टिकुली लाउने, टोपी लाउने, बिहान तितो टर्रो चिया वा कफी वाट दैनिकी सुरु गर्ने चलन बसेको प्रस्ट हुन्छ। बिहानको तितो टर्रो चिया वा कफीले दिमागको एकाग्रता बढाउने, स्फूर्ति बढाउने ज्ञानको श्रोत हाम्रो परम्परागत वैदिक रस ज्ञान नै थियो। आज क्लासिक भनिने भोजन गृहका खानको मेनुमा पहिले भोक जगाउने एपेरिफ राख्ने राख्ने, बिचमा स्न्याक वा चमेना चल्ने, लगतै मुख्य खाना दिने र त्यसपछि अन्तमा हाम्रो सौफ, जेठी मधु, पिपला र बोजो टोक्ने काम वाट हुने  खाना पचाउने क्रमलाई डाईजेसटिब आदिको उपलब्धता गराएर पुरा गरिएको छ।

 

हालको आधुनिक  खानको मेनुको इन्जिनियरिङ परम्परागत खानपानको प्रमाणित उपलब्धिको आधारमा भएको देखिएता पनि खानको मनुको इन्जिनियरिङ महत्त्वपूर्ण कर्महरू सँग संयोजित हुन नसकेकोले हाम्रो शरीरको ईनर-इञ्जिनियरिङ्ग सँग मेल खान सकेको छैन। जसको कारण आजका अत्यन्त आधुनिक क्लासिक रेस्टुरेन्ट भनिएका स्थानका खानाहरू समेत हाम्रो शरीरको लागि परम्परागत खाना र दिन चर्याको हदको प्रभावकारिता दिन वाट चुकेको प्रस्ट देखिएको छ। हाम्रो खानपान हाम्रो ईनर-इञ्जिनियरिङ्ग मैत्री बनी नसक्दा सम्म हाम्रो शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक विकासको लागि अत्यन्त प्रभावकारी खानको पूर्तिको लागि हाम्रा परम्परागत खाना नै पहिल्याएर आफैले बनाएर खानुको अन्य विकल्प हाल सम्म संसारभर कहीँ कतै उपलब्ध भएको देखिँदैन।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

92Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: