बिजुली तथा ब्याट्रीका आविष्कारक ऋषि अगस्त्य ।

नारायण घिमिरे
ऋषि अगस्त्य जसले प्रथम पटक बिजुली तथा ब्याट्री आविष्कार गरी प्रयोगमा ल्याएका थिए। हाम्रा परम्परागत अन्य आविष्कार जस्तै यसको आविष्कारक को जस अरू कसैले आजको दिन सम्म पनि लिँदै छ।
ऋषि अगस्त्यको बिजुलीको आविष्कार :
संस्थाप्य मृण्मये पात्रे ताम्रपत्रं सुसंस्कृतम्।
छादयेच्छि खिग्रीवेन चार्दाभि: काष्ठापांसुभि:॥
दस्तालोष्टो निधात्वय: पारदाच्छादितस्तत:।
संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्॥
(अगस्त्य संहिता)
शब्दार्थ (Loose Translation)
ताम्रपत्रं = Copper Sheet
मित्रा = Cathode
वरुण = Anode
शिखिग्रीवा = Copper sulfate
दस्तलोष्ट = Zinc
मित्रावरुणशक्ति = Electricity
आच्छादित दस्त लोष्ट = Mercury-amalgamated zinc sheet
भावार्थ: एउटा माटोको भाँडा लिनु। त्यसमा राम्रो सँग सफा गरिएको ताम्र पत्र (कपर प्लेट) लिनु। माटोको भाँडामा राखिएको उक्त ताम्र पत्र लाई पहिला शिखिग्रीवा (अर्थात् कपर-सल्फेट) ले ढाक्नु। त्यो माथि चिसो काठको धुलोले ढाक्नु। पोलराईजेसन हुन वाट रोक्न उक्त धुलो माथि आच्छादित दस्त लोष्ट अथवा मर्करी एमाल्गमेटेड जिङ्क सिट राख्नु। त्यसपछि जब उक्त दुई ताम्र पत्रलाई संयोग मार्फत मतलब तार द्वारा जब जोडिन्छ त्यसले मित्रावरुण शक्ति मतलब बिजुलीको उत्पादन हुन्छ।
ऋषि अगस्त्यको ब्याट्रीको आविष्कार:
अनेन जलभंगोस्ति प्राणो दानेषु वायुषु।
एवं शतानां कुंभानांसंयोगकार्यकृत्स्मृत:॥
(अगस्त्य संहिता)
भावार्थ: जब हामी १०० वटा (सौ) माटोको भाँडोको बिजुली ( कुम्भों) को शक्ति पानीमा प्रयोग गर्दछौ भने पानीले आफ्नो स्वरूप परिवर्तन गरी प्राण वायु (अक्सिजन) र उदान वायुमा (हाइड्रोजन) परिवर्तन गर्दछ।
ऋषि अगस्त्यको आविष्कार: एयरोडायनामिक्स
(कुनै बस्तु वरिपरि कसरि हावा बहन्छ वा जहाज कसरि उड्न सक्छ)
वायुबन्धकवस्त्रेण निबद्धो यानमस्तके उदान स्वलघुत्वे
बिभर्त्याकाशयानकम्।
(अगस्त्य संहिता शिल्प शास्त्र)
भावार्थ: यदि उदान वायु (हाइड्रोजन) लाई एयर टाइट (उच्च प्रेसरमा बन्द गर्नु) वस्त्र (कन्टेनर) भित्र कैद गरियो भने यसलाई विमान विद्या अथवा एयरो-डायनामिक्समा उपयोग गर्न सकिन्छ।
व्याख्या: यो सूत्रले उच्च दबाबमा रहने ग्यासहरुलाई विमान विद्यामा उपयोग गर्न सकिने सूत्र दिएको छ। यो सूत्रले हाम्रा परम्परागत ज्ञानमा विमान सञ्चालनको प्रविधिको समावेश रहेको पुष्टि गर्दछ।
ऋषि अगस्त्यको आविष्कार: शुक्र नीति
(इलेक्ट्रोप्लेटिंगको आविष्कार)
कृत्रिमस्वर्णरजतलेप: सत्कृतिरुच्यते (शुक्र नीति)
व्याख्या: शुक्र नीति अनुसार आज हामीले इलेक्ट्रोप्लेटिंग भनिने शब्द लाई संस्कृतमा कृत्रिमस्वर्णरजतलेपः भनिएको छ।
यवक्षारमयोधानौ सुशक्तजलसन्निधो॥
आच्छादयति तत्ताम्रं स्वर्णेन रजतेन वा।
सुवर्णलिप्तं तत्ताम्रं शातकुंभमिति स्मृतम्॥
(अगस्त्य संहिता)
भावार्थ: फलामको भाँडामा रहेको कडा एसिडको घोलको (सुशक्त जल) भित्र राखिएको तामाको सान्निध्य राखिएको सुन वा चाँदीको नाइँट्रेट (यवक्षार ताम्र) ले स्वर्ण (सुनौला) वा रजत (चाँदी) युक्त जलप (आच्छादित) गरिदिन्छ।
आज भन्दा ४००० देखि ५००० वर्ष पहिले वैदिक वैज्ञानिकका रूपमा ऋषि अगस्त्य जस्तै थुप्रै हाम्रा ऋषिहरूले विज्ञानको क्षेत्रका आविष्कारका विविध सिद्धान्त हरू तथा उपलब्धिहरू वेदका श्रुतिहरूमा भेटिन्छन।
आफ्नो परम्परागत ज्ञान लाई छि छि र दुर् दुर् गर्ने र अर्काको सानो कुरा पनि ग्रहण गर्न पाउँदा आफूले आफूलाई विशिष्ट सम्झने र राष्ट्रले तिनै भुईँ-फुट्टाहरूलाई विज्ञान क्षेत्रका मुलुकका योगदान कर्ता भनी विभिन्न तक्मा र अलङ्कारहरू वाट विभूषित गर्ने सङ्कीर्णता बाट मुक्ति मिलेको दिन हाम्रो समुदाय पक्कै संवृद्धि उन्मुख हुने आशा गर्न सकिन्छ।
(खाद्य तथा औषधि विज्ञ)
WRITE COMMENTS FOR THIS ARTICLE