मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

किन सूर्य प्रति धन्य छौ हामी ? वेद र विज्ञानका कुरा।

नारायण घिमिरे

अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त Mantra 4.37.8 (मन्त्र ४.३७.८) and (र) Mantra 4.37.9 (मन्त्र ४.३७.९) ले पानी, हावा र खाद्य जन्य रोगाणु वाट बच्ने उपायको बारे कुरा गर्ने क्रममा वेदका निम्न दुई सूक्तहरूले  बिहानको सूर्यको किरणको शक्ति सम्बन्धको वैज्ञानिक सिद्धान्तहरूको चर्चा गर्दछ। यसले  सूर्यको किरणहरूको एन्टि-प्याथोजेनिक गुणहरू कसरी हाम्रो लागि हामी वरपरको वातावरण स्वस्थ  र आनन्दवर्धक  बनाउने आशीर्वादको रूपमा प्राप्त भएको छ भन्ने बारे समेत ज्ञान उपलब्ध गराउँदछ।

The following two suktas of the Vedas discuss the scientific principles regarding the power of the morning sun’s rays while discussing ways to avoid water, air, and food-borne pathogens. It also provides knowledge about how the anti-pathogenic properties of the Sun’s rays are a blessing for us to make our environment liveable, healthy, and enjoyable.

 

Mantra 4.37.8 मन्त्र ४.३७.:

Atharva Veda 4th Chapter Shaunak Samhita Branch 37 Kriminashanam Sukta (Mantra) 4.37.8 writes (अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त (मन्त्र) ४.३७.८ लेख्दछ) :

 

भी॒मा इन्द्र॑स्य हे॒तय॑: श॒तमृ॒ष्टीर॑य॒स्मयी॑:।

ताभि॑र्हविर॒दान्ग॑न्ध॒र्वान॑वका॒दान्व्यृ᳡षतु॥८॥

 

(भी॒मा:। इन्द्र॑स्य । हे॒तय॑: । श॒तम् । ऋ॒ष्टी: । अ॒य॒स्मयी॑: । ताभि॑: । ह॒वि॒:ऽअ॒दान् । ग॒न्ध॒र्वान् । अ॒व॒का॒ऽअ॒दान् । वि । ऋ॒ष॒तु॒ ॥ ३७.८)

 

English Translation: 

The golden-hued rays (a blaze of pinks and reds extraordinary color light ray) from the Sun is a holy gift. It is potent for the destruction of pathogens originating from pollution and contamination. Like thunder, when golden-hued rays shatter and strike the air and food contaminating germs, it destroys several hundred folds (i.e., several folds or the log cycle)  as a holy weapon. Let the physician and health worker utilize natural sun powers to kill food and air contaminating germs while destroying the airborne and waterborne pathogens.

 

Translation in Devnagari (देवनागरीमा भावार्थ):

सूर्यबाट प्राप्त सुनौलो रङ्गको किरणहरू (मूलतः बिहानको तथा बेलुकीको पहेँलो लाग्ने गुलाबी र रातो असाधारण रङ्गको प्रकाशका किरणहरू) प्रकृतिको एक अलौकिक र पवित्र उपहार हो। चट्याङ्ग पर्ने वेला चम्कने बिजुली र आवाजको गर्जनले दिने प्रभाव जस्तै यो प्रदूषण र प्रदूषणबाट उत्पन्न हुने रोगजनक रोगाणुहरूको विनाशको लागि अत्यन्त शक्तिशाली छ। सूर्यका सुनौलो रँगका मन्द प्रकाशका किरणहरू हावा, पानी तथा खाना प्रदूषित गर्ने रोगाणुहरूलाई प्रहार गरी चकनाचुर पार्ने गर्दछ। प्रकृतिको एक अनमोल पवित्र हतियारको रूपमा यसले त्यस्ता प्रकारका रोगका रोगाणुहरुको सङ्ख्यामा सयौँ गुणा अर्थात् विभिन्न लग-चक्रको (Log Cycle) मापनमा नष्ट गरिदिन्छ। भौतिक चिकित्साका क्षेत्रका कार्यरत स्वास्थ्य कर्मीहरूले हावा र पानीबाट हुने सङ्क्रमणमा मुख्य रूपमा कारक रहने रोगजनक रोगाणुहरूको मुख्य श्रोत वायु, खाना र पानी प्रदूषित गर्ने  वातावरणीय प्रदूषणले पैदा गर्ने रोगजनक जीवाणुहरूलाई व्यापक रूपमा बढ्न नदिन सूर्यको मन्द प्रकाशको  शक्तिको पहिचान गरी उपयोग गर्न जरुरी छ।

 

Mantra 4.37.9 मन्त्र ४.३७.९

भी॒मा इन्द्र॑स्य हे॒तय॑: श॒तमृ॒ष्टीर्हि॒रण्ययी॑:।

ताभि॑र्हविर॒दान्ग॑न्ध॒र्वान॑वका॒दान्व्यृ᳡षतु॥९॥

 

भी॒मा: । इन्द्र॑स्य । हे॒तय॑: । श॒तम् । ऋ॒ष्टी: । हि॒र॒ण्ययी॑:। ताभि॑: । ह॒वि॒:ऽअ॒दान् । ग॒न्ध॒र्वान् । अ॒व॒का॒ऽअ॒दान् । वि । ऋ॒ष॒तु॒ ॥३७.९॥

English Translation:  The sun rays supply sun energy (the supreme electromagnetic energizer) to dismantle and destroy pathogenic colonies by reducing their number by hundred folds (n-log cycle). It is a powerful and terrible killer of germs causing disease. Again, let the physician and health worker concentrate on utilizing sun powers to kill food and air contaminating germs while destroying the airborne and waterborne pathogens.

 

Translation in Devnagari (देवनागरीमा भावार्थ): सूर्यको किरणको ऊर्जाले विभिन्न सङ्ख्यामा कोलोनीको रूपमा रहने रोगजनक रोगाणुहरूलाई सय गुणाले (n-Log Cycle) घटाएर निष्क्रिय तथा नष्ट गर्ने तागतको आपूर्ति गर्दछ। प्रकृति ऊर्जाको सर्वोच्च शक्ति केन्द्रको रूपमा रहेको सूर्य वाट प्राप्त हुने विद्युतीय तथा चुम्बकीय गुणको प्रकाश रुपी ऊर्जा रोग निम्त्याउने रोगाणुहरू नष्ट गर्ने एक शक्तिशाली र निर्मम प्राकृतिक उपहार हो। यस क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मीहरूले हावा र पानीबाट हुने रोगाणुहरूको सङ्क्रमण वाट मुक्ति पाउन दूषित वातावरणमा रहेका जीवाणुहरूलाई निष्क्रिय तथा नष्ट गर्न उपलब्ध सूर्यको शक्तिलाई दैवी शक्तिको रुपमा उपयोगमा ल्याउन तर्फ ध्यान दिनु जरुरी छ।

 

Scientific Explanation (वैज्ञानिक व्याख्या)

When the skin receives sunlight, the energy of the Sun’s ultraviolet B (UVB) transforms cholesterol in the skin cells into vitamin D. Thus synthesis of Vitamin D plays many roles in the body as an essential component of maintaining optimal health.

छालाले सूर्यको किरण प्राप्त गर्दा यसमा निहित “पराबैंगनी किरण -बि” को ऊर्जाको उपयोग गरी छालाको कोषहरूमा रहेको कोलेस्ट्रोललाई भिटामिन-डि मा रूपान्तरण गर्छ। मानव स्वास्थ्य कायम राख्नको लागि यसरी संश्लेषसित भिटामिन-डि को प्रभावकारी भूमिका रहन्छ।

Medical researchers have found that sunlight, through a mechanism separate from vitamin D production, energizes T cells that play a central role in human immunity. Sunlight provides vitamin D that has an impact on building immunity. Low levels of blue light, found in sun rays, facilitate T cells to move faster.

 

चिकित्सा विज्ञानका अनुसन्धानकर्ताहरूको अनुसन्धानको नतिजाले बताए अनुरूप सूर्यको किरणले भिटामिन-डि उत्पादन गरी मानव सुरक्षा गर्ने भन्दा बिलकुलै फरक प्रकृतिको संयन्त्र मार्फत शरीरको टी-कोशिकाहरू लाई सक्रिय गर्न ऊर्जा दिने र मानव प्रतिरक्षा प्रणाली लाई चुस्त र सक्रिय गर्न प्रत्यक्ष रूपमै केन्द्रीय भूमिका खेल्ने गर्दछ। सूर्यको किरणमा हुने मन्द नीलो प्रकाशको किरणको शक्तिको उपयोग गरी टी-कोशिकाहरू छिटो गतिमा चलमल गर्न सक्ने बन्दछन्।

 

As T cells speed, they quickly reach the infection site and orchestrate (arranging natural elements and the situation to produce the desired impacts) to kill or inactivate the foreign invaders. It is evident that morning sunlight directly activates the critical immune cells by increasing their movement.

 

ऊर्जाशील बनेका टी-कोशिकाहरू निकै छिटो सङ्क्रमण भएका स्थानहरूमा पुग्न र सङ्क्रमण गर्ने तत्त्व तथा रोगाणुलाई निष्क्रिय पार्न वा मार्न अर्केस्ट्रेट अर्थात् (उक्त क्षेत्रमा रहेका प्राकृतिक तत्त्वहरू र परिस्थितिको समय अनुकूल तालमेल मिलाई प्रभावकारी रोग प्रतिरोधात्मक कार्यहरूको तजबिज मिलाएर) भूमिका खेल्न प्रभावकारी बन्दछन्। बिहान-बेलुकीको मन्द सूर्यको प्रकाशमा हुने निलो किरण प्रत्यक्ष रूपमा प्रतिरक्षा कोशिकाहरूलाई सक्रिय पारेर मानव स्वस्थ सबल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्।

 

One group of photosynthetic bacteria uses sunlight to generate oxygen and sugar. Another group of non-photosynthetic bacteria eats and degrades toxic waste. Scientists have learned that a particular type of ultraviolet light emitted by the Sun can be very effective at killing germs, even up to 99%. Thus nowadays, manufacturers have built unique ultraviolet lamps for use in certain types of industries where it’s essential to be able to kill nearly all germs. Such sectors include sewage treatment plants and hospitals.

 

वातावरणमा रहेका एक थरी फोटोसिन्थेटिक ब्याक्टेरियाको एक समूहले अक्सिजन र चिनी उत्पादन गर्न सूर्यको किरणको प्रयोग गर्दछन्। अर्को थरी  गैर-फोटोसिंथेटिक ब्याक्टेरियाको समूहले विषाक्त फोहोर खान्छ र त्यसको निर्मलीकरण गरी प्रदूषण घटाउँदछ। यसै वाट सिकेर वैज्ञानिकहरूले सूर्यबाट उत्सर्जित हुने विशेष प्रकारको पराबैंगनी किरण वाट ९९% सम्म हानिकारक कीटाणुहरूलाई मार्न प्रभावकारी हुने पराबैंगनी बत्तीहरू बनाउन सफल भएका छन्। आजकल त विशेष प्रकारका उद्योगहरूमा प्रयोग गर्ने प्रयोजनको लागि अद्वितीय पराबैंगनी बत्तीहरू निर्माण भइसकेको छ। जसले लगभग सबै रोगका कीटाणुहरूलाई मार्न सक्षम हुन्छ।  ढल प्रशोधन केन्द्र र अस्पतालहरूमा तिनीहरूको व्यापक प्रयोग भइरहेको छ।

 

Commercial UV germicidal light effectively eliminates many types of bacteria and viruses. Simple to complex drug-resistant bacteria and superbugs. The viruses are of many types of flu strains, beta coronaviruses including MERS, SARS, and the SARS-CoV-2 virus that causes COVID-19. Thus, sunlight can destroy the pathogen of dirt and plays a vital role in environmental sanitization.

 

व्यावसायिक कीटाणुनाशक यूभीका प्रकाश निकाल्ने उपकरणहरूको प्रयोग मार्फत हाल धेरै प्रकारका ब्याक्टेरिया र भाइरसहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सम्भव बनाएको छ। सामान्य देखि जटिल प्रकृतिका औषधि प्रतिरोधी ब्याक्टेरिया र सुपरबगहरू नियन्त्रण गर्न प्रयोगमा आएका छन्। भाइरसहरूमा समेत धेरै प्रकारका फ्लु स्ट्रेनहरू, बिटा कोरोनाभाइरसहरू मर्स (MERS), सार्स (SARS), र सार्स-कोभ-टु (SARS-CoV-2) जस्ता भाइरसहरू जसले कोभिड-१९  COVID-19 निम्त्याए तिनीहरूको समेत नियन्त्रण सफल बनेको छ।

 

यसरी समग्रमा हेर्दा सूर्यको किरणले फोहोरको रोगजनक रोगाणुहरूलाई नियन्त्रण तथा नष्ट गर्ने र वातावरणीय सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने यो सूक्तले दिएको सिद्धान्तको वैज्ञानिक पुष्टि भएको छ।

57Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: