मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

स्टिभ जब्सका अन्तिम शब्दहरू …………..

स्टीव जब्सले दिएका अन्तिम शब्दहरू र पाँच निर्विवाद सन्देशहरू ………….

 

५६ वर्षको उमेरमा पेङ्गक्रियाज क्यान्सरबाट निधन भएको ७ अर्ब डलर लगभग सम्पत्ति आर्जन गरेका अर्ब पतिको स्टिभ जब्सले भनेको अन्तिम शब्दहरू तपाईँ हामीलाई अत्यन्त महत्त्वपूर्ण हुनेछ।

 

यस क्षणमा, म ओछ्यानमा बिरामी परेर, सुतेर मेरो विगतको जीवनको पुनरावलोकन गर्दा मलाई के महसुस भई रहेको छ कि मैले मेरो जीवनभर आर्जन गरेको मान्यता र सम्पत्ति आसन्न मृत्युको अगाडि अर्थहीन छ। म आफ्नो निजी कार चलाउन कसैलाई जागिरमा राख्न सक्दछु, कर्मचारी आदिको व्यवस्था मार्फत मेरो लागि थप धन सम्पत्ति आर्जन गर्न सक्दछु,  तर मैले बोकिरहेको यो क्यान्सरको रोग मैले जे सुकै गरे पनि बोकिदिनको लागि अन्य: कसैलाई नियुक्ति गर्न सम्भव छैन।

 

हामी जति पाको हुँदै जान्छौँ, त्यति समझदार बन्दछौ। हामी बिस्तारै महसुस गर्दै जान्छौ कि घडी $३० पर्ने होस् वा $ ३०० पर्ने दुवैले देखाउने समय एउटै हो। चाहे  $१५०,००० पर्ने कार चलाऊ वा $२००० को कार, सडक र यात्राको दूरी एकै हुन्छ। हामी एउटै गन्तव्यमा पुग्दछौ । मदिरा बोतलको $ ३०० मूल्य पर्ने होस वा मात्र $१० को दुवै नसाको लागि पिउँने हो।

 

जीवनका पाँच निर्विवाद तथ्यहरू भन्दै स्टीव जब्सले दिएका सन्देशहरू यस प्रकारको छ:

 

  • आफ्ना छोराछोरीहरू लाई धनी बन्न होइन खुसी हुन प्रेरित गर्नुहोस्। त्यसो गर्न सक्नु भयो भने जब उनीहरू पाको बन्दछन् तब तिनीहरूले वस्तुको बजार मूल्य (कीमत) होइन वास्तविक मूल्य (उपयोगिता) बुझ्ने छन्।
  • खाना नै औषधि हुने गरी खानुहोस्, अन्यथा तपाईँले औषधिलाई खानाको रूपमा खानुपर्ने हुनेछ।
  • जसले तपाईँलाई माया गर्छ, उसले तपाईँलाई कहिल्यै छोड्ने गर्दैन। तपाईँलाई त्याग गर्ने १०० कारणहरू किन नहोस्, उसले तपाइमा तपाईँ सँगै रहने कुनै एक कारण सधैँ पाइरहने गर्दछ।
  • मानिस हुनु (human being) र मानवता युक्त (being human) मान्छे हुनुमा ठुलो अन्तर छ।
  • कतै छिटो पुग्न चाहनुहुन्छ भने तपाईँ एक्लै जानुहोस्। तर तपाईँलाई टाढा पुग्नु छ भने अरूसँगै जानुहोस्।

 

एप्पल कम्प्युटर कम्पनी मार्फत कम्प्युटर तथा इलेकट्रोनिक्स सञ्चारको दुनियाँमा क्रान्ति ल्याउन सफल स्टीव जब्स ती हस्ती हुन् जो कुनै जमानामा आफूसँग  स्वस्थ र मिठो खाना खाने पैसा नहुँदा हप्तामा एक छाक राम्रो खाना खाने धोको पुरागर्न हरेक आइतबार राती सहरको बाटो ७ माइल हिँडेर कृष्ण मन्दिर पुग्ने गर्दथे स्टीव जब्स।

 

ऋषि केशका धेरै आश्रमहरू पटक पुगेका स्टीव जब्सको अत्यन्त प्यारो स्थान भने  नैनी ताल उत्तराखण्डका हनुमानका भक्त नीम करोली बाबा आश्रम थियो। स्टीव जब्स कै कारण फेसबुकका मालिक मार्क जुकरबर्ग, हलिउड अभिनेत्री जुलिया रोबर्ट्स जस्ता हस्तीहरू आध्यात्मिक कारण वाट नीम करोली बाबाको आश्रम पुगेका थिए।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँगको भेटमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको सुरुवाती दिनहरूमा स्टीव जब्सको सल्लाहमा उनी नीम करोली बाबा आश्रम पुगेको मोदीलाई बताएका थिए।

 

भनिन्छ कि हिमालयको एक स्वामीजीको आश्रममा एक पटक स्वामीजीले उनलाई प्रसादको रूपमा सिङ्गो हरियो स्याउ खान दिए। त्यसलाई टोकेर खान सल्लाह दिए। उनले त्यसै गरे। त्यो बेला आफूले एक पटक टोकिखाएको स्याउको आकृतिले उनको ध्यान खिचेको थियो। त्यही  एउटा टुक्रा टोकिएको स्याउको आकृति नै एप्पल कम्प्युटरको प्रतीक छान्ने बेला उनको छनौटमा पर्‍यो।

 

पहिलो पटक ऋषि केशको भ्रमण गरेपछि स्टीव जब्स कपाल खौरिएर परम्परागत वैदिक पहिरन लगाएर अमेरिका फर्केका थिए। आफ्नो कम्पनीमा सन्न्यासी जस्तै उनी खाली खुट्टा हिँड्ने गर्दथे।

 

दैनिक योग गर्ने र जीवनको अन्तिम सास रहे सम्म उनी पूर्ण शाकाहारी रहे।

 

स्टिभ जब्स सन्तान वा परिवारको सम्बन्धमा रहँदैमा कोही पनि कसैको मृत्यु पछि त्यसको अथाह सम्पत्तिको  उत्तराधिकारी हुने कुरा जायज मान्दैनथे। स्टिभले दृढतापूर्वक सोचेका र एक पटक कुराकुरैमा काशीमा भनेका पनि थिए कि समाजको हरेक व्यक्तिले आफ्नो जीविका पूर्ति गर्ने पैसा अनिवार्य रूपमा काम गरेर कमाउन पर्दछ। उनी मेरा आफ्नै छोराछोरीहरूले समेत जीवन धान्ने र सहज गर्ने जरुरत पूर्ति गर्ने पैसा कमाउनको लागि अनिवार्य रूपमा काम गर्न आवश्यक छ भनी सन्न्यासी लाई भनेका थिए।

 

उनको अर्को मान्यतामा राम्रा तथा हाम्रा तर राम्रा मात्र लाई सक्नेले उनीहरूको गरिखाने उद्देश्यले अँगाल्न लागेको जीविकाको वाटो सहज गरिदिन जीविका सहज गर्ने  मूल्यको उपहार र आर्थिक सहयोग गर्नु जरुरी हुन्छ। त्यसको कारण उनीहरूलाई आफूले गर्ने मायाको खातिर नभएर समाजमा  मानवताको प्रवर्धनको लागि जरुरी रहेर भन्ने लाग्दथ्यो। यस्तो कार्यले पारिवारिक र सामाजिक मूल्य स्थापना गर्न ठुलो भूमिका खेल्ने गर्दछ। समाजलाई सामाजिक सेवा तर्फ उत्प्रेरणा गर्ने जग निर्माण गरिदिन्छ भन्ने उनी मान्दथे।

 

सायद त्यसैले हुनुपर्छ उनले आफ्नो सन्तानको नाममा केही मिलियन डलर बाहेक अन्य सम्पत्ति दिने निश्चय गरेनन्। उनका भाइबहिनीहरूले पनि केही उपहार प्राप्त गरे । तर  स्टिभ जब्सको सम्पत्ति वाट उनका आफ्नै  सन्तान र भाइबहिनीहरूले कुनै त्यस्तो उल्लेखनीय सम्पत्तिमा उत्तराधिकार प्राप्त गरेनन्।

 

आफ्नो मृत्यु हुनु अघि जब्सले आफ्नो सम्पूर्ण सम्पत्ति निजी ट्रस्टमा राखे। जसको सर्वाधिकार उनकी श्रीमती लौरेनमा थियो। यसरि उनको करिब १०.५ बिलियन डलरको सम्पत्ति उनले आफ्नो श्रीमती लौरेन पावेल-जब्सको संरक्षणमा छोडे। भनिन्छ लौरेनले स्टिभ जब्सको मान्यता लाई बुझे अनुरूपको सामाजिक कार्य सञ्चालन गर्ने छिन भन्ने विश्वासमा स्टिभ जब्सले आफ्नो सम्पत्तिको एकाधिकार लौरेन पावेलको नियन्त्रणमा  छाडेका हुन्। हुन त हाल स्टिभ जब्सको छोराछोरीहरू स्टिभ जब्सको सम्पत्तिमा उत्तराधिकारी नरहे पनि आमा सँगै रहेका उनका तिन छोराछोरीले आमा सँगै महँगो जीवन शैलीको आनन्द प्राप्त गरिरहेकै छन्। पछि आफ्नी आमा वाट उनीहरूले त्यो सम्पत्ति प्राप्त गर्ने अवसर प्राप्त नगर्लान् भन्न सकिन्न। त्यसमा कसैलाई आपत्तिको कुरो समेत रहेन र देखिँदैन।

 

लौरेनले स्टिभ जब्सवाट प्राप्त सम्पत्ति वाट सामाजिक पहलहरूमा हुने परोपकारी कामको लागि आवश्यक परेका समुदायमा पैसा वितरण गर्ने गर्दिछिन। उनी अध्यागमन नीतिहरूमा सकारात्मक परिवर्तन गर्न, बन्दुकको प्रयोगले हुने गरेको हिंसा अन्त्य गर्न तथा उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउने कार्यको लागि सहयोगहरू उपलब्ध गराउन अधिक महत्त्व दिने गर्दिछिन।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE