मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मन्त्रै मन्त्र भित्र जटकेको जिन्दगिको मर्म

मानिसको जिबनमा बिभिन्न मोडहरु आइपर्छन ! ति प्रतेक मोडहरुलाई सफलता वा सन्तुस्टका साथ निकास दिन कुनै निश्चित मन्त्रको अनुसरण गर्नसक्दा जिबन सजिलो हुन जान्छ ! ति मन्त्रहरु यो या एस्तो नै हुनुपर्छ भन्ने हुदैन ! तर कतिपय अबस्तामा मन्त्र के चै सहि होईन भन्न सकिने अवस्था रहन्छ ! जब मनिष आफ्नो मनको कुरा सुन्न छोडछ वा आफुलाई भन्दा अर्कालाई बडी बिस्वाश गरि अरुको निर्देशन मा आफ्नो निजि जिबनमा के गर्ने के नगर्ने भन्ने बाटो समात्दछ, तब मानिस मुलमन्त्रबाट बिचलन बन्छ र कम्तिमा आत्मा सन्तुस्टीको दिगो फल लिनबाट भने बन्चित हुन्छ !

मात्र सिधान्तबादी भएर नत बेबहार चल्छ न बिज्ञानमा आधारित कुनै यन्त्र वा मेसिन नै ! कुनैपनि परियोजना चल्न होस वा बेबसाय लाई सफलता पूर्ण टुंगोमा पुराउन होस, तेसको आधारभूत सैधान्तीक पछ जति जरुरि छ उत्तिकै महत्वो पूर्ण तेसका बेबाहरीक पछ हुन्छ ! त्यो मात्र बिज्ञान र दर्शनमा हैन, प्रेम, मनोबिज्ञान र आधात्ममा पनि उत्तिकै लागु हुन्छ ! जब कुनैपनि देशका जनताको  दैनीक जिबिका र उत्थानका लागि जरुरि हुने रैथाने सस्कृति र बेबाहरीक पछलाई पन्छाएर आयातित सस्कृति, रहन सहन र विचार धारा लाई समाजले अबलम्बन गर्छ समाज पिछडिन सुरु हुन्छ ! अथाह श्रोत र साधनको बीच मुलुक चरम गरिबी, निराशा र शक्ति असन्तुलनको चपेटामा पर्छ !

मनीसको मनोबैज्ञानीक मान्यता विकास हुन आफ्ना सम्पर्कका बाताबरणले गराउने अनुभूति र अधध्यानहरुबाट प्राप्त सामाजीक सम्ब्रिधिबारे अबधारणा, प्रेम सम्बन्ध बारे छाप र अद्यात्मिक चेतना बारेको अनुमान मुख्य पर्दछ!

 

सफल बेबशायको मन्त्र :

कुनै पनि बेबशाय आजका नामुद कमर्शका बिस्वोबिधालयहरुले सिकाउने गरे अनुरुपको बजारको शम्भाब्यता अध्यायन गर्ने, योजना तर्जुमा गर्ने, नाफाघाटाको एकिन गर्ने, साधन श्रोतको बेबस्थागर्ने अनि बेबशाय सुरुगर्ने अनि रातारात पैसा छाप्दै अमिर बन्ने मोडल ले चल्दैन ! यो बिषय एति सजिलै भएको भए सायद ति बिस्वो विधालयका प्राध्यापक हरुनै तेतै धेरै पहिले लागिसक्थे होला ! संसारको दुर्भाग्य आजसम्म यो नै बेबशायले मान्छेलाई निश्चित अमिर बनाउछ भन्न सक्ने एउटा मात्र पनि नत सिधान्त न त बिधि नै कोहि कसैले एकिन गरि भन्न सकेको छ !

आजको दिनसम्म आइपुग्दा सफल बेबसाय भनेको त्यो हो जसले तपाई लाई आनन्द दिन्छ ! र सफल बेबशाय को मन्त्रहो तपाईलाई जे मनपर्छ तै गर्नुस !जे गर्दा तपाइको अन्तरआत्मा खुसि हुदैन त्यो जतिसुकै प्रिय वा जरुरि देखियोस त्यो नगर्नुस ! जुन कुरा तपाई लाई मनपर्छ त्यो काम तपाइको सौख हुने छ ! जब तपाइको सौख नै तपाइको काम बन्ने छ तपाई सन्तुष्ट  हुनुहुनेछ ! जब तपाई सन्तुस्ट हुनुहुने छ तपाई सफल बेबशाही बन्नु हुनेछ !

यहानिर अलिकति सफलता भनेको के हो भन्ने जान्न र महसुश गर्न जरुरि छ ! सफलता भनेको अरुले बनाएको तपाई बारेको धारणा हैन ! वा तपाई बाट अरु मानिस कति असन्तुष्ट   वा सन्तुष्ट  छन् भन्ने हुदै होईन ! सफलता भनेको तपाई जहाँ हुनुहुन्छ र जे गरिरहनु भएको छ तेसमा के तपाई आफै सन्तुष्ट हुनुहुन्छ तेसले निर्धारण गर्ने छ !

 

सफल प्रेमीको  मन्त्र:

मानिसको जिबनमा यौन अर्को अति महत्वो पूर्ण पाटो हो ! भौतिक, मानसीक र मनोबैज्ञानिक रुपमा स्वस्थ रहन गास, बास र यौन सन्तुष्टि मानिसका  आधारभूत आबस्यकता हो ! तिन आधारभूत आबस्यकता पूर्ति भएपछि मात्र मानिसको मनोबैज्ञानीक र आध्यात्मीक सन्तुष्टीले दिने आत्मा स्वोभिमानको बृहत अर्थ रहन्छ ! आत्मा स्वोभिमान तपाई सम्मान योग्य हुनुहुन्छ हुनुहुन्छ भनि अर्काको दिमागमा परेको प्रभाब र अर्काले तपाईलाई गर्ने मान वा सम्मानले निर्धारण गर्दैन ! स्वोयम तपाइको नजरमा तपाई आफैलाई कति असल ठान्नु हुन्छ र हुनुहुन्छ हुन्छ तेसले  निर्धारण गर्ने छ ! तपाइलाई अर्काले गर्ने सम्मानमा न तपाइको कुनै नियन्त्रण रहन्छ न समयक्रमले यसलाई दिगो राख्ने कुनै ग्यारेन्टी हुन्छ !

तपाईसंग भएको कुनै बिषेस खुबी, छेमता, पद, पैसा, शक्ति, वा अन्य मानिसलाई तपाइले पारेको प्रभाबले तपाई असल मानिस बनाउने छैन! नत तपाइले कसैको लागि कुनै असल काम नै गरेको हुनु जरुरि छ ! मात्र खराब नियतले वा आफ्नो वा आफुले चाहेको बिसयको फाईदाका खातिर तपाइले अर्काको दुरुपयोग गर्नु भएको छैन, दुख दिनु भएको छैन र तेस्तो नियत वा चाहना तपाईमा छैन भने तपाई बास्तबमै असल मनिस मानिनु हुन्छ !

प्रेम आफै मानिसको यौनरुपी प्राथमिक आधारभूत आबस्यकता पूर्तिगर्ने माध्धेम हुनुपर्छ भन्ने माथि उल्लेख गरियो ! सफल प्रेमी हुन तपाई कसैसंग प्रेममा पर्न जरुरि छ !  सफल प्रेमी बन्नकालागि दुई आधारभूत आबस्यकता छन् ! एक तपाईको प्रेमीले समेत तपाईसंग स्वोइच्छाले प्रेम गरेको हुनु ! अर्को तपाई तपाइको प्रेमी प्रति असल रहनु !

तपाई कसै संग प्रेममा पर्नु भएको छ कि छैन त्यो तपाई आफैले अनुभूति गर्न सक्नु हुन्छ ! तपाइको प्रेमी तपाई संग के बास्तबमै प्रेममा छन् वा छीन भन्ने कुरा हलिवुड बलिउडका फिल्ममा देखाईने र बजारमा बिक्रीमा भेटिएका किताबहरुमा वा कथाहरुमा लेखिने जस्तो पहिलो नजर मै इलु इलु हुने, देख्दै मायामा पर्ने वा १-२ कुरा गरेपछि जालमा पर्ने भन्ने मात्र भन्ने वा भनिने कुराहरु हुन् ! धेरै बनावटी कथन ! अक्सरगरि प्रेम भन्दा आशक्तिका अनुभबलाई प्रेमनै हो भनि समाजमा भ्रम छर्न गरिने खेति !

प्रेमको मन्त्रले भन्छ; मैले उसलाई देखे! उसले मलाई देख्यो ! हामी एक अर्कालाईनै बनेको हुंम भन्ने भित्रि अन्तर आत्माको आवाज सुनियो! अनि प्रेम भयो ! भने जसरी प्रेम हुदैन ! नत सगै घुम्यो, मिठो-मिठो खाइयो, मनोरंजन गरियो भन्दैमा प्रेम बस्छ वा बसिसक्छ ! प्रेम एउटाले गरेको मिठो कुरा सुनेर अर्को दंग हुदा वा एउटाको जोकमा अर्कोलाई मुस्कान उठ्दा बसिसकेको नहुन सक्छ ! वास्तविक प्रेम त जब एउटाले पाधेको पाधमा अर्काले “छि त भन्छ” र पनि ग्वालल्ल हासी मनोरंजन लिन सक्ने अबस्तामा पुगिन्छ तब भने बसेको होकी भन्ने बिस्वाश गर्ने स्तरमा पुग्ने गर्छ !

 

प्रेम वा प्रेमी ठुलो र सानो बीचमा हुने कुरा हैन ! एक पति प्रमेश्वोर आर्को दासी वा सेबक रहदा सम्म प्रेम, प्रेम हैन फाइदाको लागि गरिएको सम्जौता हुन्छ ! त्यो सस्कार बोकेको बिबाह सामाजिक र स्वो-स्विकृतीमा चाहेको अबस्तामा गरिन सकिने बलात्कारका लागि दीइएको लाइसन्समा परिवर्तन हुन्छ ! एकले अर्काको सबै वा उचित भन्दा धेरै जिम्बेबारी बोकिनु पर्ने वा बोकिने सम्बन्धपनि प्रेम भन्दा फ़ाइदकै सौदा हुन पुग्छ ! प्रेममा एकको अर्का प्रति माया, जिम्बेबारी, मान, सम्मान, इज्यत सबै बराबरी हुन जरुरि छ ! वास्तविक प्रेममा दुइ प्रेमी बीच नत कोइ ठुलो कोइ सानो भन्ने भावना रहन्छ नत स्वार्थ ! स्वार्थ हुन्छ त दुबैको जिबन एकअर्कोको भरोसामा र जिम्बेबारिमा दुबैलाई समान फाइदा पुग्ने गरि स्वोईछाले सगै रहने र बाच्ने सम्झौता ! यस्तो सम्झौता जहाँ असमजदारीका बिषयमा आफु आफुले चाहे अनुसारगरि स्वोतन्त्र रुपमा अघि बढ्ने समजदारी !

मेडिटेसनको मन्त्र:

मेडिटेसन आफूलाई बा आफ्नो प्रभाबमा रहेका जो कोहिलाई दर्द वा सफरिङबाट छुटकारा दिलाऊने आध्यात्मिक र मनोबैज्ञानिक पद्दति हो। जसलाई आज सन्सारमा ऊपलब्ध बिकल्प मध्धे सबैभन्दा शक्तिशालि र प्रभाबकारि मानिएको छ।

अर्काले भनेको बा बताएको कुरा बिना प्रतिरोध पुर्ण करूणाका साथ मनन गरेर सुन्नुलाई अग्रेजीमा डीप वा कम्प्यासनेट लिष्सनिङ भन्ने गरिन्छ।जून, जेसूकै कारणले किन नहोस, मन असान्त हुनगई प्रतिकृयात्मक हुनपुगेको ब्यक्तिको सबैभन्दा ऊत्तम ‘प्रथम चरणको’ ऊपचार बा कम्प्यासनेट लिष्सनिङ थेरापि हो।

पोखिएको असन्तुष्टि जायज हो बा हैन त्यो पछि ऊचित समयमा सम्बोधन गरिनुपर्ने कुरा हो भन्ने ठानि यो चरणमा ब्यक्त कुराहरू पुर्ण करूणाका साथ गम्बिर भएर सुन्ने काम गरिन्छ।

कम्प्यासनेट लिष्सनिङले असन्तुष्टभई मनबाट रिसको आगो अोकलिरहेको मानब होस वा दर्दले छिया-छिया पारेको मनबाट निक्लेको बेदना पोखिरहेको पिडितको वा निर्धक्क बेलगाम आफूले भोगे अनुभब गरेका कुरा बताईरहेको बिन्दास मान्छेको, आफ्नाकुरा बताऊन पाऊदा मन हल्का हुनगई प्रथम अति प्रभाबकारि दिमागि ऊपचार सरिरलाई प्राप्त हुन्छ।

मात्र १ -२ घन्टा करूणाका साथ पिडितको कुरा सुनिदिदा ऊसलाई ऊसको मन हल्का भएको बोध भई पिडा कम भएको महसुस हुन्छ। जिबन सकारात्मक परिबर्तन तर्फ ऊन्मुख बन्छ।

डीप वा कम्प्यासनेट लिष्सनिङले लिष्सनिङमा सहभागि भएका भन्ने र सुन्ने बीच गहिरो सुजबुजको बिकास गराऊछ। एक आपसमा बिस्बासको बाताबरण अरूगाढा बनाई मेजिटेसन मार्फत पुर्ण ऊपचार गर्न चाहिने पुर्बाधारको तैयारि गरिदिन्छ।

मानिसको जिबनको प्रमुख ऊदेस्य मोक्ष प्राप्तिनै हो। मोक्षप्राप्ति का लागि मानिसलाई कन्सियसनेसको जरूरि पर्छ। मानिसमा कन्सियसनेस (सचेतना वा जागरण) जगाऊन मेडिटेसन (ध्यान वा साधना) ले निकै ठूलो सहयोग पुराऊदछ।

 

अन्य कुराको जस्तै मेडिटेसनको पनि आफ्नै मन्त्र हुन्छ। जून तल दिईएको छ।

First Mantra: Darling I am here for you. (When you love someone.It is the best you can offer). You look at his or her eye and say, “Darling, do you know something, I am here for you”.

Second Mantra: “Darling, you are there. I am happy you are truely there.” Recognizing present moment, even your beloved one is not infront of you, you can tell her or him through telephone or through the means you have.

Third Mantra: Darling I know you suffer. That is why I am here for you. (Third Mantra is needed if your loved one is suffer)

Fourth Mantra: Darling I am suffer. I am trying my best to practice. Please! help me. ( Then go to her or him and practice meditation. It is needed when you suffer. The meditation donot advise you to go into the room, close the door and you suffer alone. It rather tells you. you are actually punishing your beloved one later at the time when he or she know you were suffered but you didnot believe on her or him that she or he actually deserved to know what was going into you in real time)

मन्त्रहरू धेरैजसो तपाईले नबुजेको बा नजानेको भाषा वा कोडमा लेखिएका हुन सक्छन्। जसलाई तपाईले आफूले बुज्ने भाषामा ट्रान्सलेसन गरि पुरा बुजि मननगरि ब्यबाहारमा लागूगरेमात्र तेसले दिन सक्ने फल प्राप्ति हुन्छ। नवुजेको भाषाको मन्त्र नबुजि सुगाले जस्तो रटेर बा अर्काले लेखिदिएको पडेर फल पाईने हैन बरू “अर्थ न बर्थ गोबिन्द दाई, टाऊ दुखेको औषधि नाईटामा लाई” मात्र हुने हुन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: