मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक इञ्जिनियरिङ्ग।

वैदिक कालिन इञ्जिनियरिङ्ग अविद्याको जीवन्त प्रमाण हो !!

राम सेतु दिव्य संरचना।

अथर्ववेदाचार्य नारायण घिमिरे।

 

राम-सेतु ३० किलोमिटर लामो र ३ किलोमिटर चौडाइको देखिन्छ। रामेश्वरम मन्दिरको रेकर्ड अनुसार रामेश्वरममा भगवान् रामले  शिव भगवानको प्रार्थना गरेर पुलको निर्माण कार्य सुरु गरेका थिए। राम सेतुमा भगवान् रामको समयमा ४८ किलोमिटर लामो पुल बनाइएको थियो। एडमको पुल भनी चिनिने उक्त पुल १४८० को तीव्र साइक्लोन अर्थात् भुमरीले नबिगार्दा सम्म समुद्र सतह माथि तैरिएको थियो। मूल तत्त्व चुनढुङ्गाको शृङ्खला रहेर निर्मित उक्त पुलले भारतको तमिलनाडुको दक्षिण-पूर्वी तटमा रहेको पम्बन (Pamban Island) टापु (रामेश्वरम) र श्रीलङ्काको मन्नार (Mannar Island) द्विपलाई जोड्दथ्यो।

 

मममातुर्वरोदत्तोमन्दरेविश्वकर्मणा ।

औरसस्तस्यपुत्रोऽहंसदृशोविश्वकर्मणा।। वाल्मिकी रामायण ६.२२.४९।।

नचाप्यहमनुक्तोवःप्रब्रूयामात्मनोगुणान् ।

समर्थश्चाप्यहंसेतुंकर्तुंवैवरुणालये।। वाल्मिकी रामायण ६.२२.५०।।

स्मारितोऽस्म्यहमेतेनतत्त्वमहामहोदधिः ।

काममद्वैवबध्नन्तुसेतुंवानरपुङ्गवाः।। वाल्मिकी रामायण ६.२२.५१।।

 

नल भन्दछन्: मन्दार पर्वतमा विश्वकर्माले मेरी आमालाई वरदान दिनु भएको थियो कि म विश्वकर्माको छोराको रूपमा उहाँ संग भएको निर्माण क्षमता र कौशलता सहित जन्मने छु। म तिनै विश्वकर्माको छोरा हुँ। मैले सागरको बारेको सबै यथार्थहरू मेरो स्मरणमा सुरक्षित राखेको छु। म समुन्द्रको सत्यता अर्थात् गुण, दोष बारेमा पूर्ण रूपमा सचेत छु। तत्कालीन अवस्थाको जरुरत बारे ज्ञान नहुँदा सम्म मैले त्यस कार्यलाई कसरी सिद्ध गर्ने भनी बताउन व्यवहारिक थिएन। मलाई हाम्रो जरुरतको बारे अवगत भयो। म वरुण गुणको (हल्का हावाको तैरने गुण) संयोजन मार्फत चट्टान निर्मित पुल बनाउन सक्दछु। मलाइ वानर सेनाका नेताहरूले पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू जुटाउन र मैले बताए अनुरूप जोडनको लागि सहयोग गरिदिनुहोस्।

ततोविसृष्टारामेणसर्वतोहरियूथपाः ।

अभिपेतुर्महारण्यंहृष्टाश्शतसहस्रशः।। वाल्मिकी रामायण ६.२२.५२।।

 

त्यसपछि रामको द्वारा निर्देशित वानर सेनाका नेताहरू आफ्ना सयौँ र हजारौँको विशाल सङ्ख्यामा वनमा खुसीसाथ आवश्यक पर्ने सामग्रीहरू जुटाउन फैलिए।

तेनगान्नगसङ्काशाश्शाखामृगगणर्षभाः ।

बभञ्जुःवानरास्तत्रप्रचकर्षुश्चसागरम् ।। वाल्मिकी रामायण ६.२२.५३।।

बलिष्ठ र ठुला वानरहरूले पहाडको उत्खनन गर्दै रुखको जराहरू निकालेर जम्मा गरी त्यसलाई समुन्द्र तट सम्म ल्याउने कार्य गरियो।

तेसालैश्चाश्वकर्णैश्चधवैशैश्चवानराः ।

कुटजैरर्जुनैस्तालैस्तिलकैस्न्तिशैरपि ।। वाल्मिकी रामायण ६.२२.५४।।

बिल्वकैस्सप्तपर्णैश्चकर्णिकारैश्चसुपुष्पितैः ।

चूतैश्चाशोकवृक्षैश्चसागरंसमपूरयन् ।। वाल्मिकी रामायण ६.२२.५५।।

वानरहरूले जम्मा गरेको साल, अश्व कर्ण, धव, बाँस, कुटज, अर्जुन, पाल मिरा, तिलक, त्रिशिरा, वेल्व, सप्तपर्णीका रूख, कर्णिका फूल, आँप र अशोकका रूख आदिको संयोजन निर्मित संरचना समुन्द्रमा स्थापित गरियो।

 

समूलांश्चविमूलांश्चपादपान् हरिसत्तमाः ।

इन्द्रकेतूनिवोद्यम्यप्रजह्रूर्वानरास्तरून् ।। वाल्मिकी रामायण ६.२२.५६।।

 

वानरहरूले कुनै जरा सहितका र केही जराविहीन रुखहरू मिलाएर इन्द्रको त्रिकोण आकारको इन्द्र ध्वज झन्डा जस्तै आकार बनाएर लाठीको सहायताले तिनीहरूबिच सन्तुलन कायम राखी ठुलो फराकिलो डुगाको रूपमा बुनेर समुद्रमा मिलाएर राखे।

 

ताळानदाडिमगुल्मांश्चनारिकेळन्विभीतकान् ।

वकुलान्कदिरान्निम्बान्समाजह्रुस्समन्ततः ।। वाल्मिकी रामायण ६.२२.५७।।

 

पाल्मिरा, दाडिम, नरिवल, करिरा, बकुला र निम्बका रुखहरू बुनेर उनीहरूले समुन्द्रमा फराकिलो डुगा माथिको तह निर्माण गरे।

 

हस्तिमतान्महाकायाःपाषाणांश्चमहाबलाः ।

पर्वतांश्चसमुत्पाट्ययन्स्सरैःपरिवहन्तिच ।। वाल्मिकी रामायण ६.२२.५८।।

 

त्यसमाथि हात्ती जस्तै बलिया शरीर भएका वानरहरूले वरुण गुणका ढुङ्गाहरू पहाड र समुन्द्र वाट जम्मा गरेर निर्माण स्थलमा पुर्‍याए।

 

प्रक्षिप्यमाणैरचलैस्सहसाजलमुद्दृतम् ।

समुत्ससर्पआकाशमवासर्पत्ततस्ततः ।।  वाल्मिकी रामायण ६.२२.५९।।

 

जब वरुण गुणका चट्टान लाई तलको दुई तहमा निर्मित संरचना संग जोडियो तब सम्पूर्ण संरचना एकै चोटि पानी माथि तैरिएर उठ्यो र पानीको माथिल्लो तहमा फैलियो।

 

समुद्रंक्षोभयामासुर्वानराश्चस्समन्ततः ।
सूत्राण्यन्येप्रगृह्णान्तिव्यायतंशतयोजनम् ।। वाल्मिकी रामायण ६.२२.६०।।

 

समुन्द्रमा यसरी तैरिएर जताततै फैलिएको संरचनाहरूलाई सबै मिलेर सय योजना चौडाइको हुने गरी डोरीले मिहिन रूपमा बुनेर कसिलो पारि छोटो समतल तैरिने संरचना निर्माण सम्भव बन्यो।

 

नलश्चक्रेमहासेतुंमध्येनदनदीपतेः।

सतदाक्रियतेसेतुर्वानरैर्घोरकर्मभिः।। वाल्मिकी रामायण ६.२२.६१।।

 

यसरी इञ्जिनियरिङ्ग भएर ढुङ्गाको पुल बनाउने प्रविधिले सफलता पाए पश्चात् यही क्रमलाई पहिले बनेको संरचनामा त्यस्तै त्यसरी नै नयाँ छोटो छोटो भाग जोड्दै नियमित निर्माण कार्य अघि बढाउन नलले वानरहरू सँग मिलेर महासागरको बिचमा विशाल पुल निर्माण गर्ने कार्य सुरु गरे।

 

दण्डानन्येप्रगृह्णन्तिविचिन्वन्तितथापरे।। वाल्मिकी रामायण ६.२२.६२।।

वानरैश्शतशस्तत्ररामस्याज्ञापुरस्सराः ।

मेघाभैःपर्वताग्रैश्चतृणैःकाष्ठैर्बबन्धिरे ।। वाल्मिकी रामायण ६.२२.६३।।

 

प्रतिपादित मन्त्र अनुरूप कसैले लाठी, कोहीले काठ, कोहीले मूल संरचना आदि समातेर रामको आज्ञा अनुरूप कार्यमा (आफूलाई मानसिक र शारीरिक रूपमा तैयार गरी – तन्त्र) लामबद्ध सयौँ वानरहरूको रात दिनको सक्रिय सहभागीताकले पुल निर्माण (समुन्द्र पार गर्ने यन्त्र) कार्य सम्पन्न गरे।

 

यो कुरा जाग जाएरै हो कि पानीको भन्दा कम घनत्व भएको कुनै पनि ठोस पदार्थ  पानीमा तैरनेछ। आर्किमिडीज सिद्धान्तमा व्याख्या गरिए अनुसार हेर्दा डुङ्गाको आकारको भारी देखिने निश्चित तौल भएको भारी सामग्री समेत यदि त्यसको  घनत्व  पानीको घनत्व भन्दा कम रहेछ भने  बोयन्सी (पानीले त्यसलाई माथि धकेल्ने चाप त्यसको तौल भन्दा कम भएमा) को कारणले तैरने गर्दछ। ज्वालामुखी विस्फोट हुने क्रममा  पृथ्वीको १६०० डिग्री सेल्सियसको तातो गर्भ वाट पृथ्वीको सतहको २५  डिग्री सेल्सियस  पग्लिएको तातो म्याग्मा  ग्यासहरू सँगै  उच्च प्रेसरमा आइपुग्दा पनि संग सम्पर्कमा आएर चिसो बनी लावा बन्ने क्रममा लावा हावाको थैलीले भरिन्छ र चिसो हुन्छ।

अत्यन्त तीव्र गतिमा उच्च प्रेसर वाट न्यून प्रेसरमा पुगी चिम्सिने क्रममा आफ्नो सम्पूर्ण भोल्युमको (आयतनको) ६४ देखि ८५% सम्म प्वाल युक्त कडा चट्टान बनेको यो लावाको प्युमिस (Pumice) यति हल्का हुन्छ कि यो अत्यन्त कडा तर हल्का ढुङ्गा बन्दछ। जुन अक्सर गरेर पानीमा तैरिन्छ। ठुला ठुला हल्का प्युमिसको टुक्राहरूलाई एक आपसमा जोडेर फराकिलो बनाउने हो भने पानीमा तिरेको काठको डुङ्गामा हिँडेर पानीको सतह पार गरे जस्तै यसलाई अस्थायी पुलको रूपमा उपयोग गर्न सकिन्छ। लावाको प्युमिस यति कडा हुन्छ कि यो वर्षौँ वर्ष सम्म पानीमा तैरन्छ।

 

निकै लामो समयमा यसलाई पानीले भिजाए पछि जलमग्न बने पछि मात्र यो पानीमा डुब्दछ। यो सम्पूर्ण रूपमा खण्डित भएर पानीमा घुलिन हजारौँ हजार वर्ष लाग्न सक्छ। लावाको प्युमिस जुन जुन स्थानमा ज्वालामुखी गयो त्यहाँ पाइन्छ।  पानीमा तैरने भएकोले यो खोला  नाला आदि मार्फत नदी हुँदै समुन्द्रमा पुग्दछ। समुन्द्रमा तैरिएर रहने यो ढुङ्गा समुन्द्र तट तथा ज्वालामुखी गएको स्थानमा भेटिन्छ।

 

हाम्रो प्रकृतिमा जता ततै भेटिने प्युमिसको Pumice नाममा प्रख्यात प्राकृतिक रूपको “चट्टान”  बालुवा बन्ने सिलिका निर्मित ठोस बस्तु हो जुन ज्वालामुखी फुट्ने समय ठुलो धक्काका साथ पृथ्वीको सतहमा पृथ्वीको तातो गर्भ वाट आउँछ र त्यहाँको चिसो पनले हतार हतार सेलाउने क्रममा परम्परागत रूपमा पानीमा तैरने ढुङ्गाको रूपमा परिवर्तन हुन्छ।

 

प्युमिस (Pumice)  मुख्यतया सिलिकन डाइअक्साइड, केही एल्युमिनियम अक्साइड र ट्रेस मात्रामा अन्य अक्साइड हरू मिलेर बनेको ढुङ्गा हो। राम सेतु बनाउने क्रममा सिमेन्ट विकसित भएको थिएन र त्यसको पानीमा तैरिने गुण पनि हुन्थेन। त्यसैले तत्कालीन समयमा निर्माणको कम्पोजिट सामग्रीको संरचना बनाउने चलन थियो।

जसमा जडानको लागि धुलो पारिएको पोलिएको चुनढुङ्गा, चाकु, गाँजाको बोट, पराल, बाँस, ऊन, घाँस लगायत विभिन्न जडीबुटी, तेल, गेडागुडी आदिको प्रयोग हुने गर्दथ्यो। राम सेतुको निर्माणमा त्यस्ता वातावरण मैत्री वैदिक उपायहरू समेत प्रयोग भएको देखिन्छ। तत्कालीन समयमा घर आदि निर्माण हुने वैदिक प्लास्टरको निर्माणमा लगभग ३० % गाईको गोबर, कागतीको रस, गौर गम, जिप्सम बालुवा, सिलिकन दाइ अक्साइड र अन्य हर्बल प्राकृतिक चोप, दुध, धुलो, रसायन सामग्रीहरू समावेश हुने गर्दथ्यो।

तत्कालीन समयमा पुल समुन्द्रमा हालिएकोले समुन्द्रको छालले तल, माथि, दायाँ, बायाँ सबै दिशामा लगातार पुललाई हाललाई दिने हुनाले पुल नबिग्रियोस् भनी निर्मित संरचना आफैमा सन्तुलित हुने गरी अङ्ग्रेजीको जेड अक्षरको आकारमा राम सेतुको पुल निर्माण भएको देखिन्छ। जुन वैदिक कालिन ब्रिज इञ्जिनियरिङ्ग हो। यसरी तत्कालीन समयमा लामो पुल हाल्न सम्भव बनेको यथार्थ लाई हामीले नजर अन्दाज गर्नु हुँदैन।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: