मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नारी माथि विभेद गर्ने कुरा वेदले कहाँ गरेको रहेछ?

सन्दर्भ नारी दिवस:

वैदिक अवधारणामा नारीत्व।

नारायण घिमिरे

परम्परागत वेदले नारीलाई महान् बुद्धि र सद्गुणको खानी मान्दछ। अथर्ववेदले विशेष गरी महिला सशक्तीकरणको वकालत गर्दै भन्दछ  नारीहरू समाजको अभिन्न पक्ष मात्र हैनन् नारीको योगदान बिना समाज समुन्नत र मानवीयता बोकेको समाज हुनै सक्दैन। नारीको प्रतिभा, क्षमता र योगदानको कदर नहुने समाज र घर मानव बस्ती हुनै सक्दैन। नारी माथि विभेद गरिने घरहरू रहेको समाज दानवहरूको बस्तीमा परिणत बनेको हुन्छ।

 

नारीको शिक्षा, बुद्धि र ज्ञानको सन्दर्भमा वेदका केहि भनाइहरु हेरौ:

 

ऋग्वेद ६.६१.२ लेख्दछ:

इयं शुष्मेभिर्बिसखाइवारुजत्सानु गिरीणां तविषेभिरूर्मिभिः ।

पारावतघ्नीमवसे सुवृक्तिभिः सरस्वतीमा विवासेम धीतिभिः॥

 

English: O Learned woman, as a river breaks away the mightiest of hills and rocks, so the wise, enlightened woman destroys ignorance and misperceptions through her intellect. May we honour our women through politeness and noble actions.

देवनागरी: जसरी पृथ्वीको धरातलमा बगिरहेको एक नदीले पृथ्वीको सबैभन्दा शक्तिशाली ठानिने पहाड र चट्टानहरू भत्काउँदै आफ्नो गन्तव्य  तर्फ आफै बढ्ने क्षमता राख्दछ त्यस्तै एक समझदार र ज्ञानी नारीले आफूलाई प्रकृति वाट प्राप्त बुद्धिमत्ताको सहयोग वाट आफूमा रहेको अज्ञानता र भ्रमलाई नियमित रूपमा चिर्दै नितान्त नम्रता र शिष्टता पूर्वक आफ्नो महान् गन्तव्य तर्फ नियमित अघि बढ्ने सामर्थ्य राख्दछिन्। समाजको उन्नति र हितको लागि हरेक नारीमा हुने उक्त गुण र क्षमताको समाजले अनिवार्य सम्मान गर्न जरुरी छ।

 

ऋग्वेद २.४१.१७ लेख्दछ:

त्वे विश्वा॑ सरस्वति श्रि॒तायूं॑षि दे॒व्याम् । शु॒नहो॑त्रेषु मत्स्व प्र॒जां दे॑वि दिदिड्ढि नः॥

त्वे विश्वा सरस्वति श्रितायूंषि देव्याम् । शुनहोत्रेषु मत्स्व प्रजां देवि दिदिड्ढि नः॥

 

English: A scholarly woman, the entire life of society depends upon you. You provide us the right knowledge. May you bring knowledge to all segments of society.

 

देवनागरी: समाजको अस्तित्वमा रहने हरेक जीवनको सुन्दर भविष्य एक सक्षम र ज्ञानी नारीको योगदानको नतिजा हुने गर्दछ। एक नारीले नै समाजको प्रत्येक सदस्यलाई सही ज्ञान दिने र उत्तम मार्ग दर्शन गर्ने भूमिका पुरा गरेकी हुन्छिन्। समाजका हरेक तप्का र वर्गमा मानवीयता र ज्ञान पुर्‍याउन नारीको सक्रियता बिना असम्भव प्राय: हुन्छ।

 

अथर्ववेद १४.१.६४ लेख्दछ:

ब्रह्मापरं युज्यतां ब्रह्म पूर्व ब्र्ह्मान्ततो मध्यतो ब्रह्म सर्वतः|

अनाव्याधां देवपुरां प्रपद्य शिवा स्योना पतिलोके वि राज ||

 

English: O woman! Utilize your Vedic intellect in all directions of our home (Let Veda mantras be chanted and resound in the front, at the back, at the end, in the middle, in fact all around the house. O bride, having reached the holy, auspicious divine home free from obstacles and inhibitions, beautiful and blissful, shine as a queen in the house of the husband).

 

देवनागरी: हे कन्या आफैले रोजेको पतिको सुन्दर र आनन्दित पवित्र गृहमा पुगेर , वेदका मन्त्रहरूले घरको सम्पूर्ण स्थानहरूमा (चारै तिर, अगाडि, पछाडि, अन्त्यमा, बिचमा) गुञ्जायमान पारिदिनु। उक्त घर लाई एक नारीको अभावमा पैदा भएको सम्पूर्ण बाधा र अड्चनहरूबाट मुक्त गरी उक्त घर लाई हाम्रो घरको रुपमा ग्रहण गरी प्रेरणाको स्रोतको (रानीको रूपमा चम्किएर) रुपमा घरजम गरिदिनुस्।

 

ऋग्वेद १०.८५.७ लेख्दछ:

चित्ति॑रा उप॒बर्ह॑णं॒ चक्षु॑रा अ॒भ्यञ्ज॑नम् । द्यौर्भूमि॒: कोश॑ आसी॒द्यदया॑त्सू॒र्या पति॑म्
चित्तिरा उपबर्हणं चक्षुरा अभ्यञ्जनम् । द्यौर्भूमिः कोश आसीद्यदयात्सूर्या पतिम्

 

English: Parents should gift their daughter intellectuality and power of knowledge when she leaves for the husband’s home. They should give her a dowry of knowledge.

 

देवनागरी: हरेक आमाबाबुले आफ्नो छोरीलाई उपहारको रूपमा शिक्षा र ज्ञानको शक्ति दिनु अनिवार्य छ। विवाहको अवसरमा पति संग आफ्नो घर जाँदा नारीलाई दाइजोको रूपमा ज्ञान र बौद्धिकता दिइनु पर्दछ।

 

 

वेदमा प्रस्ट सँग विवाह भनेको दुई बराबर हैसियतको पक्ष बिचको मिलन हो भनेर उल्लेख भएको छ। विवाह बन्धनमा बाँधिने कुनै पनि एक व्यक्ति अर्को भन्दा कुनै पनि आधारमा बढी वा कम महत्त्वको हुँदैन भनिएको छ। बराबर हैसियतको जोडीको प्रतीकको रूपमा शिव-पार्वती, राधा-कृष्ण, सीता-राम आदिको जोडी प्रस्तुत समेत गरिन्छ। वेदको चुरो मान्यताले के विश्वास गर्दछ भने पति र पत्नी दुवै बराबरीको हैसियतमा रहेर एक अर्काको परिपूरक बनी आजीवन जीवन व्यतीत गर्ने सङ्कल्पका साथ अघि  बढे पछि मात्र काठ, ढुङ्गा, बिस्तारा आदि युक्त मानिस बस्न लायक एउटा संरचना गृह वा घरमा परिवर्तन हुन्छ।

 

दुलहीको रूपमा रहेकी नारीवारे वेदका केहि भनाइहरु हेरौ:

 

अथर्ववेद १४.१.२० लेख्दछ:

भग॑स्त्वे॒तोन॑यतु हस्त॒गृह्या॒श्विना॑ त्वा॒ प्र व॑हतां॒ रथे॑न।

गृ॒हान्ग॑च्छ गृ॒हप॑त्नी॒यथासो॑ व॒शिनी॒ त्वं वि॒दथ॒मा व॑दासि ॥

 

English:  Every bride can please everyone at her husband’s home through her knowledge and noble qualities. Oh wife! Give us discourse of knowledge

देवनागरी: दुलहीको रूपकी हरेक नारिले आफ्नो विद्वत्ता र असल गुणले घरमा सबै प्रसन्न हुने वातावरण निर्माण गर्न सक्छिन्। प्रिय दुलही तिमिले सम्पूर्ण परिवार लाई आदर्श ज्ञानले शिक्षित गर।

 

 

अथर्ववेद  १४.१.६१ लेख्दछ:

सु॑किंशु॒कंव॑ह॒तुं वि॒श्वरू॑पं॒ हिर॑ण्यवर्णं सु॒वृतं॑ सुच॒क्रम्।

आ रो॑ह सूर्येअ॒मृत॑स्य लो॒कं स्यो॒नं पति॑भ्यो वह॒तुं कृ॑णु॒ त्वम् ॥

 

English: Hey bride! You shall bring bliss to all and direct our homes towards our purpose of living.

 

देवनागरी: हे हाम्री सम्पूर्ण प्रेरणाको श्रोत व्यक्ति रुपी दुलही तिमीमा अन्तर निहित धन्यता (ब्लिस) प्राप्ति मार्फत लिन सकिने आनन्दको कला हाम्रो आफ्नै परिवारको सम्पूर्ण सदस्यहरू लाई समेत सिकाएर हाम्रो जीवन लाई उद्देश्य प्राप्ति तर्फ डोर्‍याउ।

 

 

अथर्ववेद १४.२.७१ लेख्दछ:

अमो॒ऽहम॑स्मि॒सा त्वं॒ सामा॒हम॒स्म्यृक्त्वं द्यौर॒हं पृ॑थि॒वी त्व॑म्।

तावि॒ह सं भ॑वावप्र॒जामा ज॑नयावहै॥

 

English: O wife! I am knowledgeable and you are also knowledgeable. If I am Samved then you are Rigved.

 

देवनागरी: हे मेरी पत्नी, म जुन हदमा आफ्नो क्षेत्रको ज्ञानवान छु तिमि पनि बराबरी हदमा आफ्नो क्षेत्रको ज्ञानवती छौ। म सामवेद (जरुरतका पदार्थहरू प्राप्त गर्ने उपाय बारे सुझबुझ राख्ने व्यक्ति) हुँ भने तिमि ऋग्वेद (हरेक पदार्थको गुण पहिल्याएर त्यसलाई उपयोग गर्न सक्ने मूल्यवान् वैज्ञानिक ज्ञान कि खानि) हौ (त्यसैले हामी एक अर्काको परिपूरक छौ)।

 

 

अब अन्तमा ऋग्वेद १०.१९१.३ के भन्दछ हेरौँ:

 

स॒मा॒नो मन्त्र॒: समि॑तिः समा॒नी स॑मा॒नं मन॑: स॒ह चि॒त्तमे॑षाम् ।

स॒मा॒नं मन्त्र॑म॒भि म॑न्त्रये वः समा॒नेन॑ वो ह॒विषा॑ जुहोमि ॥
समानो मन्त्रः समितिः समानी समानं मनः सह चित्तमेषाम् ।

समानं मन्त्रमभि मन्त्रये वः समानेन वो हविषा जुहोमि ॥

 

 

English: O women! These mantras are given to you equally as to men. May your thoughts, too, be harmonious. May your assemblies be open to all without discrimination. Your mind and consciousness should be harmonious. I give you these mantras equally as to men and give you all and equal powers to absorb the full powers of these mantras (Common be the prayer of these (assembled worshippers), common be the acquisition, common the purpose, associated be the desire. I repeat for you a common prayer, I offer for you with a common oblation).

 

देवनागरी: हे देवी रुपी आदर्श नारीहरू! यी मन्त्रहरू तिमीहरू लाई पनि पुरुषहरू सरह समान रूपमा उपलब्ध गराइएको छ। पुरुष र नारी दुवै बिचारमा समेत एक अर्काको परिपूरक हुन्। पुरुष र नारी बिचको सम्बन्ध हरपल बिना भेदभाव सदैव पारदर्शी रूपमा संयोजित रहोस्। पुरुष र नारी दुवैको मन र चेतनाको स्तर समेत आपसी परिपूरकता निर्माण होस्। वेदका सबै मन्त्रहरू पुरुष र नारी दुवैको लागि समान रूपमा ग्रहण गर्ने र उपयोग गर्ने नियतले बनाइएको हो।

 

 

वेदको दृष्टिमा नारी र पुरुषलाई समान रूपमा हेरिएको तथ्य उल्लेखित वेदको समानतावादी मनोवृत्तिले प्रस्ट प्रतिबिम्बित गर्दछ। हाम्रो परम्पराले नारी र पुरुषलाई एक अर्काको परिपूरक रहेर मानवीयता युक्त समाज निर्माणमा जोड दिने गर्दछ। जसरी एक माता पिताले आफ्नो मुटुको टुक्रा रुपी छोरीको माथिको भेदभाव सहन सक्दैनन्  त्यसरी नै हाम्रो परम्परामा नारी र पुरुष दुवै माथिको  भेदभावको नीति थिएन। यथार्थमा त्यो प्रकारको भेदभाव लाई आपराधिक मानिन्थ्यो। त्यसो गर्नु दण्डनीय थियो। पुरुष र नारी बिच आपसी सहयोग र प्रशंसाको भावनाले सामाजिक प्रगतिको नेतृत्व गर्दछ भन्ने वेदको चुरो मान्यता र हाम्रो संस्कार थियो। तर आज अङ्ग्रेजी पढ्ने, वेदको सामान्य जनाकारी पनि नराख्ने अनि हाम्रो परम्परागत रीतिथिति विभेदकारी भएको भनेर सत्त्व सरापमा लाग्नेहरूले हाम्रो परम्परा अर्थात् वेदको मान्यतामा नारी माथि विभेद गर्ने कुरा गरेको कहाँ भेट्टाए त्यो उनीहरूलाई नै सोध्नु पर्ने विषय बनेको छ।

 

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन)।

33Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: