मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयातित ज्ञान र परम्परागत रैथाने बिधिको सदगद !!

नेपालमा रैथाने बनस्पतिहरुलाई हाम्रा उत्पादित कृषि उपज भण्डारणमा सूरछाका लागि परम्परागत रुपमा प्रयोग गरिथ्यो! उदारणका लागि फुलेको पातीबाट बनेको पाउडरलाई पोकामा बेरी धान गेडागुडी अन्नमा राखेर वा घरेलु डिस्टिलेसनगरि प्राप्त एसेंसियल ओएल भण्डारण बाहिर छर्केर अन्न र गेडागुडीमा किराहरुको रिपेलेंटको रुपमा उपयोग गरिन्थ्यो ! खपटे, घुन र पुत्लाका विरुद्ध बोजोको धुलो प्रयोग हुन्थ्यो !

 

मकैमा लाग्ने घुन र पिठो मसला अधि मा आउने रातो बिटल नियन्त्रणका लागि लसुनको तेल, रायोको तेल, तोरीको तेल आदी उपयोग गरिन्थे ! आनिश, जिरा, यूकालिपटस, तुलसी र बाबरी जस्ता एसेनसियाल तेल र तिनीहरु मिसिएका मिक्सचर हाम्रा खाद्यांडका दिगो सूरछा दिने जटिबुटी जन्य विकल्प थिए ! १ देखि २ % नीमको तेल वा गेडाको पाउडर हाम्रो घरेलु अन्न र गेडागुडी गोदामलाई किरा लाग्नबाट बचाउने उपाय मानिन्थ्यो !

 

धुर्सेलीको पात, निमका पात सुकाएर अन्न र गेडागुडी संगै गोदाममा हलिदिदा किराहरु कम लाग्थे ! नारिबेल तेल, मिन्थोल हरियो चना, केराउम़ा लाग्ने किराको नियन्त्रणमा प्रयोग हुन्थे !

 

ईनिहरु खाध्य सूरछाका कवच मात्र थिएनन,प्रयोग पछि आयुर्वेदिक औसधिको समेत गुणदिने आयुर्वेदिक महत्वोको मानब स्वस्थ सुदारने खाध्यानण्ड थिए ! जसलेगर्दा नेपालले स्वच्छ खानपानको श्रोतकेन्द्र को रुपमा बिस्वोमा चर्चा पाएको थियो !

 

ई र यस्ता हजारौ प्राकृतिक नियन्त्रणको हाम्रो रैथाने बिधि जसले मात्र खाध्ध सूरछा हैन खाध को गुण समेत ब्रिधि गर्न सहयोगी हुन्थे ती विदेशमा धेरै पढेलेखेका कारण पोलिसी लेबलमा नियूक्ति पाएकाहरुबाट मशान घाटमा पुराईयो !

 

विदेशमा धेरै पढेलेखेका हुदा हाम्रा तत्कालिन राजा माहाराजाहरुले “यतिका पढेलेखेकाले देश-विदेश बुजेका हुने हुदा मुलुकको द्रुत विकास गर्ने आशमा” नियुक्ति दिई काम सुम्पेको प्रस्ट बुझिन्छ!

 

अपसोच नेपाल पढेलेखेका बाठा टाठा आयातित शिछा प्राप्त स्वार्थी जमातले बिगारेको मुलुकमा दर्जहुन पुग्यो !!

 

नेपाल आफ्नो रैथाने बिरुवा र किराबाट शम्ब्रिध कसरि बन्न सक्छ भन्ने अर्कोपाटो हाम्रा रैथाने बनस्पतिले हाम्रा कृषि उपजलाई भण्डारणमा परम्परागत रुपमा कसरि सम्रछेंन गरेको थियो भन्ने बुज्नु पर्ला !

 

हाम्रा कस्ता-कस्ता रैथाने बिरुवाहरु छन् जसले हाम्रो खाध भण्डारणमा सहयोग गर्छन र बिगतमा गरेका थिए जान्न जरुरि छ ! पछि कसरि बिभिन्न बेपारिक मुनाफालिने नियतका कारण नेपालमा मानबको स्वस्थनै बिगार्ने आयातित सेन्थेटिक केमिकलहरु हाम्रा ड्राई फुड चेन स्टोर र खाद्यस्टोरहरुमा हाल्ने प्रबिधि भित्रियो ? हामीले हाम्रा सताप्दीयौ पुराना प्रयोगात्मक प्रबिधि बाट प्रमाणित स्वर्ण बिकल्पहरु आजकिन प्रयोगमा छैनन् ? हाम्रा कृषिका बिज्ञ भनिनेहरु यो किन सुन्न पनि तयार छैनन् ?

 

विदेश बस्ने, नेपालको बिकाशका नाममा तिनकै बिशाधिको बजार सुनिस्चित हुनेगरि २-४ हजार डलर ति बिज्ञहरुलाई पकेट मनिको रुपमा बर्सौदेखि जोहो गरिदीई रहेका, हाम्रा स्थानिय कृषि र पशु बिज्ञका ज्ञानका श्रोत भण्डार गनिने स्वोघोसित बिदेशी एक्सपर्टहरु == हाम्रा प्रमाणित स्वर्ण बिकल्पहरुलाई === हाम्रै बिज्ञ प्रयोगगरि कुनैपनि मूल्यमा किन धोस्तपार्न न्वारन देखिको बललगाई रहेका होलान ?? अलि गहिरिएर बुज्न जरुरि हो कि !

 

नेपाल सरकारकै बिज्ञहरुको प्रतछे सक्रियतामा, खाध्य सम्रछेनका नाममा प्रोजेक्ट संचालनगरि हाम्रो स्वस्थ मानै खेलवाड गर्ने आयातित सेन्थेटिक केमिकल बिषाधिहरु हाम्रा आफैले दैनिक खाने खाधान्यको उत्पादन, इस्टोरेज, प्रसोधन, र ढुवानीका अभिन्य अंग किन बने??

 

किन हाम्रा खाना जोगाईदिने बिसधिका नाममा बिदेशी कम्पनि हरुले अकुत धनरासी विदेश लैजान सफल बने ?

 

एस बापत तीनलाई शहयोग गर्ने हाम्रा सरकारी, स्वोदेशी नियोग र बिदेशी सस्थामा कामगरेका बिभिन्न बिस्वो-बिद्यालयहरुबाट उच्चशिछामा लिएका बुद्धिजिबी महाशयहरुले त जुठोपुरो चाट्ने अवसर पाए ! तर हाम्रो देशलाईभने यसले पैदागरेको स्वस्थको बिकराल भयवोह अबस्ता चिर्न कतिदसक लाग्नेहो टुंगो छैन !

 

ताजुब चै के लाग्छ भने, हाम्रा तिनै हिजोको नेपालमा आयातित सेन्थेटिक केमिकल बिषाधि भित्राऊ अभियानका बुद्धिजिबीहरु अजैपनि आफ्नो जुठोपुरो चाट्ने अवसरको सुचारुका खातिर बिभिन्न बहानामा सक्रिय छन् !

 

हामी मात्र मुकदर्सक बनेका छौ ! के ठिक के बेठिक न जान्दछौ ! न जान्न नै जरुरि ठाँनदछौ !

 

भानिथ्यो भतुवा लाई भैसीले पाडो पवोस वा पाडी, उसको मतलब फोकटमा बिगौती खाने अवसर मा न हो !

 

हाम्रो मुलुक स्वोदेशमा त तेस्तै भो यदा-कदा विदेशबाट पनि गिद्धे दृस्टीको सिकार बनिरहेको अबस्ता देखियॊ!

 

हुनपनि किन र कुन नियतले हामीले हाम्रो ऋषि भुमि, बुध्द भुमि नेपालमा मानबको स्वस्थनै बिगार्ने सेन्थेटिक आयातित बिषाधि हामी आफैले दैनिक खाने खाधान्यको उत्पादन, इस्टोरेज, प्रसोधन, र ढुवानीमा हाल्न हौसियेउ ? एसको जरोकिलो बूजे पछि यसको समाधान तर्फ नेपालका कृषि उधमी हरुलाई प्रेरित गर्न सकिने छ !

 

यो काम के सरकारले अब सुरु गर्ला त ? पशुपतिनाथ भरोसा त होला !!

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: