मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

माटोको भाँडोमा पकाएर नखाने हो भने स्वस्थ खाना खान सम्भव नहुने देखियो।

यो दुर्भाग्य बाट मुक्ति लिने हो भने तुरुन्तै परम्परागत माटोको भाँडोमा खाना पकाएर खान सुरु गरौँ। 

नारायण नारायण नारायण

परम्परागत वैदिक खाना प्रविधि बारे समाजमा जनचेतना जगाउने काममा माटोको भाँडोमा खाना पकाउने कार्य अत्यन्त महत्त्वपूर्ण हुने छ। किनकि यसका निकै गहन प्रमाणित वैज्ञानिक तथा आध्यात्मिक कारण हरू छन्। परम्परागत वैदिक खाना  हाम्रै  नेपाली माटोले बनेको कुकवेयर प्रयोग गर्दा तलका लाभहरू हुने गरेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ।

 

नेपाली माटोको भाडामा पकाएको खानामा खानको पोषण तत्त्व अन्य खाना पकाउने भाँडोमा पाकेको भन्दा धेरै संरक्षित हुने गरेको पुष्टि भएको छ। हामीले परम्परागत रूपमा बनाउने माटोको भाँडो झोल पानी नचुहिने, हानिकारक रोगाणु समेत नछिर्ने तर सुद्ध हावा वार पार हुने प्वाल युक्त हुने गर्दछन्। जसरी हाम्रो शरीरमा भएको छालाको प्वालले शरीरको रक्षा गर्छ त्यस्तै यो माटोको भाँडोको सूक्ष्म छिद्र अर्थात् पोरस संरचनाले पकाउने क्रममा तातो पन लाई सुस्त तर सबै तिर समान ताप वितरण गर्न अनुकूल वातावरण पैदा गर्छ। त्यसले गर्दा खाना पाक्ने क्रममा अन्य विधिमा भन्दा खानको पोषण कम नष्ट हुने गर्दछ।

 

हामीले श्वास वाट मात्र नभएर खानामा रहेको पानी र खाना आफै वाट समेत प्रशस्त सुद्ध अक्सिजन पाउने गर्दछौ। त्यो अक्सिजनले खान लाई हाम्रो शरीरको पाचन संरचना मैत्री राख्न ठुलो भूमिका खेल्ने गर्दछ। त्यस्तो प्रकारको पाचन मैत्री अक्सिजन र पानीको संरक्षण हाम्रो परम्परागत माटोको भाँडोमा पकाएको खानामा अधिक सञ्चय हुने र शरीरले प्राप्त गर्ने गरेको भेटिने गर्दछ।

 

हाम्रा माटाका हाँडी, कसौँडी, भड्डूहरूमा पकाएको खानाको स्वाद ट्वाक्क र पुष्ट वर्धक हुनुको कारण यही हो। खानको स्वाद त्यसको फ्लेभोनोईड र फाईटोकेमिकल आदिको समेत भूमिका हुन्छ। एन्टीअक्सिडेन्ट भूमिकामा समेत हुने त्यस्ता फ्लेभोनोईड र फाईटोकेमिकल आदि खानामा स्वाद दिने, ज्यानलाई हिलिङ्ग गर्ने र रगत लाई रिहाइड्रेसन गर्न क्षारीय बनाउन सहयोग गर्ने खानको पोषण बाहेकको जीवन्त मैत्री तत्त्व हुन्। हाम्रा परम्परागत माटोको भाँडोमा पकाउने प्रविधिले त्यस्ता फ्लेभोनोईड र फाईटोकेमिकल आदि सुरक्षा गर्ने गरेको मान्यता अब पुनः पुनः  प्रमाणित गरिरहन नपर्ने गरी वैज्ञानिक मान्यताको रूपमै स्थापित बनिदिएको छ।

 

हाम्रा घरेलु माटाको भाँडोहरू विषाक्त मेटल आदि  नरहेको र माटोमा भेटिने कतिपय विषाक्त पदार्थ समेत त्यसलाई रातो चिल्लो हुने गरी भट्टीमा पोली निकाल्दा विषाक्त रहित बन्ने गरेको परीक्षण वाट प्रमाणित भएको छ। हुन त हामीलाई शरीरको विभिन्न लवण र खनिज नियमित पूर्ति हुन जरुरत पर्दछ। तर तिनीहरूको अधिकता शरीर मैत्री छैन। जे सुकैको होस् मेटलमा बन्ने खानाले हाम्रो खानामा उक्त मेटलको मात्रा अधिक गर्छ।

 

तामाको भाँडोको रोगाणु मार्ने क्षमता हुन्छ, सुनको हुन्छ। फलामको अधिक मात्रा रगत लाई जरुरी हुन्छ किनकि त्यसै वाट रगत रातो हुने अक्सिजन समात्ने कार्य सहज बन्छ। तर पनि हाम्रो शरीर लाई चाहिने कुरा प्राय हाम्रो खानमा हुन्छ।

 

यो सन्दर्भमा माटोको भाँडामा खाना  पकाउने गर्दा प्राकृतिक माटोको कुकवेयर रसायनमा अन्यमा जस्तो विषाक्त द्रव्य र भारी धातुहरूले हाम्रो स्वस्थ बिगार्ने लगभग शून्य सम्भावना रहेको वैज्ञानिक खोजले पुष्टि गरेको छ।

 

धातु वा स्टिकि तथा गैर-स्टिक तथा  कुकवेयर भन्दा सुरक्षित विकल्पको रूपमा हाम्रो माटोको भाँडो उत्तम बन्नुमा हाम्रो माटोको भाँडो धातु जस्तो आगो सँगै जोडिएको भाग बिपत्ता तातेर खानको सूक्ष्म अंश डढेर क्यान्सर जस्ता विकृति ट्रिगर गर्ने कर्सिनोजिन पैदा गर्ने कम सम्भावना हुनु समेत हो। साथै माटोको  रङ्ग कोट नगरिएको कुकवेयर पर्यावरण अनुकूल र जैविक निर्मित हुनुले त्यसको शरीर मैत्री पाक पकाउन सहयोग गर्ने गुण समेत हो।

 

माथि नै भनियो माटोको बर्तनहरू बिस्तारै बिस्तारै तातो हुँदै जाने र लामो समयमा तन्दुर भट्टीको जस्तो नरम प्रकृतिको उच्च गरम ताप दिन सफल हुने गर्दछन्। यस्तो ढङ्गको पकाइमा भोजन मिहिन ढङ्गले पाक्दछ। खाना  मिहिन ढङ्गले पाक्नु भनेको खानको एमिनो एसिड भनिने प्रोटिन खानामा हुने सुगर संग मिलेर हुने मिलार्ड-रियाक्सन खाना स्वादिलो र पोसिलो हुने गरी सम्पन्न हुन्छ।

 

त्यो भनेको मसला हालेको तरकारी तिक्खर हुने अवस्था सिर्जना गर्न जरुरी हुने कुकिङ्गको आधार पक्ष वा बेस निर्माण गर्छ भनेको हो। नानीले पकाएको तरकारी पनि कस्तो मासु जस्तो जिब्रोमै झुन्डिने गरी ट्वाक्क मिठो भएको भन्नुको अर्थ उनको हातमा नियन्त्रित रूपमा पाक शास्त्र अनुरूप मिलार्ड-रियाक्सन वा ब्राउनिङ्गको सफल संयोजन गर्ने क्षमता छ भनेको हो। माटोको भाँडोले मानिस खाना बनाउने कुक लाई कम्तीमा नियन्त्रित ब्राउनिङ्गको अवसर दिन्छ।

 

धातुमा फरक फरक भागमा फरक फरक तापक्रम धेरै भिन्नतामा अनियन्त्रित घुम्ने हुँदा नियन्त्रित मिलार्ड-रियाक्सन कायम गर्न सकिँदैन। नियन्त्रित मिलार्ड-रियाक्सन  कायम गर्न नसकेको खाना अजिनामोटो जस्ता अप्राकृतिक मसला आदि हाली मिठो त बन्ला तर पोषण मैत्री हुँदैन। त्यसैलाई अधिक प्रशोधित स्वस्थ अमैत्री कर्सिनोजिन दिने पाकको परिकार भन्ने गरिन्छ।  माटोको भाँडोको बैगुन भनेको यो खस्यो भने फुट्दछ। गुण भनेको प्राकृतिक मिलार्ड-रियाक्सन गरी खाना स्वादिलो र पोसिलो र शरीरले सहज पचाउने बनाउने गर्दछ। धातु जस्तो फतल्ने वा चिप्लिने समस्या पनि यसको कम हुन्छ।

 

माटोको कुकवेयरमा रहेको भोजनमा नियमित हावाको सर्कुलर हुने हुँदा धातुको भन्दा लामो समय ओभानो र सुरक्षित हुन्छ। केही समयमै मूलतः चामलको फेदमा गिलो बन्ने कम समस्या हुन्छ। भोजन उपयुक्त मोईस्चर युक्त नरम राख्न सहयोग गर्दछ। यो विभिन्न कुराहरू पकाउन सजिलो समेत हुन्छ। साबुन र सामान्य डिटरजेन्टले माझ्न, धुन सहज नै हुन्छ। स्वस्थ नै हानि गर्ने कडा केमिकल आदि यसलाई साफ गर्न प्रयोग गर्न जरुरी हुन्न।  सस्तो त हुन्छ नै। तर छिटै फुट्ने हुँदा रक हात भएको मानिसको हातमा भने भाँडाको पकाउने मूल्य प्रति पकवान धरै हुन सक्दछ। यो खरानी र तातो पानीले पनि सहजै माझ्न सकिने भने हुन्छ।

 

परम्परागत रूपको स्वस्थ तरिका वाट खाना पकाउने तरिका अपनाएर नेपाली माटोको भाँडाहरू पकाइने गरेका परम्परागत नेपाली खाना शुद्ध र गैर-विषाक्त युक्त हुने कुरा त्यसको संरचनाको केमेस्ट्रीको पुनरावलोकन तथा वैज्ञानिक विधि वाट  हुने गरेको परीक्षण वाट समेत पुष्टि भएको छ। हामीले रेनडम स्यम्प्लिङ्ग गरी काठमाडौँ वाट लिएको सय जति नेपालमा नेपालको माटो निर्मित नेपाली माटोको भाँडा कुँडा अर्थात् प्राकृतिक माटो निर्मित कुकवेयरमा सिसा, क्याडमियम, आर्सेनिक, स्वस्थको लागि हानिकारक अन्य अवशेष, हेबी मेटल अर्थात् भारी धातु वा अन्य विषाक्त रसायनहरू मानव स्वस्थ लाई प्रतिकुल हुने गरी भएको भेटेनौ। सामान्य नेपाली पाराले बनेका यस्ता कुकवेयरमा निर्माण गर्दा त्यसमा हुनुपर्ने अनिवार्य मापदण्ड के के हो भन्ने निर्माण कर्ता समेत अनविज्ञ रहेको र कानुनी संरचनाले समेत त्यसको अनिवार्य मापदण्ड तोकेको अवस्था नरहँदा समेत हाम्रा परम्परागत तरिकाको निर्माण यो हदमा सुरक्षित देखिनु वास्तवमै हामी सबैको चासो र खुशीको विषय हो।

 

समाजमा रहेका विभिन्न दिग्भ्रमित तथ्यहरूलाई बिर्सेर यदि तपाईँ वैज्ञानिक तथ्यको आधारमा कुरा गर्नु हुन्छ भने तपाईँ टाइटेनियम जस्ता सबैभन्दा महँगो प्रकारका हुन् वा अन्य जतिसुकै महँगा धातुका भाँडाहरू कुकवेयर को रूपमा उपयोगमा ल्याउनु हुन्छ भने पनि किटको कराहीको सन्दर्भमा बाहेक अन्य सन्दर्भमा आगोले धातुका भाँडाहरू लाई तुरुन्तै तातो गर्ने र धातु तापक्रमको सहजै बिस्तार गराउने चिज रहेकाले त्यसले आफ्नो बाहिरी तहमा तुरुन्तै अत्यधिक तातो प्रवाह गराउने गर्दछ। तिनीहरुका अणुहरू तातोपनाको कारण जन्मजात गुनको रूपमै अति उच्च प्रतिक्रियाशील बन्दछ। तिनीहरूलाई छोटो समयमा छुँदा समेत त्यसले तपाइको हात पोल्ने र डाम्ने गर्दछ।

 

तपाइको शरीर तपाइले खाने खानाको प्राकृतिक रूपमा प्रशोधन भएर नै बनेको चिज हो। तपाइले खाने खाना अक्सिजन, हाइड्रोजन, हलोजेन, एसिड र क्षारहरूको मूल आधारमा निर्माण भएको जैविक रसायन भएकोले त्यसको प्रशोधन मार्फत तपाइको शरीरको निर्माण सम्भव भएको हो। तातो धातुका  कुकवेयरहरु जसरी तपाइको हातलाई डाम्ने र त्यसमा विकृत जन्माउने चरित्र ग्रहण गरेको हुन्छ त्यस्तै परीक्षण वाट त्यस्ता कुकवेयरको रूपमा प्रयोग भएका तातो धातुहरूको बाहिरी तहमा प्रत्यक्ष सम्पर्कमा आउने भागले खानामा रहेका पोषक तत्त्वहरू सँग प्रतिक्रिया गर्छन् त्यस्तै ती धातुले खानलाई समेत विभिन्न भागमा डाम्ने गर्दछ। मानव सव्यताले लामो समय खाना पकाउन प्रयोगमा ल्याएको माटोको भाँडो, ढुङ्गा, फलाम र किट बाहेकको अवस्थामा त्यसरी अन्य धातुले डामिएको खानाको मानव शरीरको पाचन दर कम रहने गरेको भेटिएको छ।  त्यस्तै त्यस्ता धातुका कुकवेयरहरुले तातो अवस्थामा आफ्ना आयनहरू खानासँग अत्यधिक मिलाउने गरेको समेत  भेटिएको छ।

फलतः लामो समय सम्म धातुका कुकवेयर प्रयोग गर्ने क्रममा त्यसले मानव शरीरका अङ्ग र तन्तुहरूमा सञ्चय गरिदिएको अधिक धातुको आयोनहरु आजको आधुनिक भनिएको समाजमा हामीले बुझ्न नसकिएको र पहिले नदेखिएको विभिन्न नयाँ प्रकृतिका स्वस्थ विकृत निम्त्याउन जिम्मेवार रहेको देखिन्छ।  यसले मानिसमा धेरै रोगहरूको लागि आधार तैयार पार्ने गरी मानव प्रतिरक्षा प्रणालीको कमजोर गर्ने जस्ता समस्या जन्माएको छ।

 

आज नेपाली बजारमा हाम्रा उपभोक्ताले प्रयोग गर्ने गुणस्तर हीन जे पायो त्यही धातु हाली बनेको भाँडोमा पकाएर खान खाने ट्रेन्ड अत्यधिक बनिदिँदा त्यसले हाम्रो समाजमा निम्त्याएको भारी धातुको विषाक्तता बारे हाम्रा आधिकारिक निकाय बेखबर छन्।  सरसरती हेर्दा शरीरको लागि धातुका यस्ता कुकवेयर र बेकवेयरको प्रत्यक्ष कुनै जैविक भूमिका रहे जस्तो नदेखिए पनि यसले हाम्रो समाजमा ठुलो स्वास्थ्य जोखिमहरू जन्माएको सङ्केत विषाक्त धातुहरूको कारण पैदा हुने मेटाबोलिक प्रक्रियाहरूमा हुने हस्तक्षेप नेपाली जनतामा प्रचुर रूपमा देखिनुले पुष्टि गर्दछ।

 

हेर्दा आहा लाग्ने हाम्रा बजारमा उपलब्ध कुकवेयर र बेकवेयरहरुको प्रयोग हुने गरेको सिरेमिक, ग्लेज र इनामेलहरू लामो समयमा हाम्रो शरीरमा दीर्घकालीन रोग जन्माउने हानिकारक प्रकृतिका रसायन, अक्साइड र मेटल अक्साइडहरू प्रयोग गरी बनेको समेत भेटिएको छ। राज्यले त्यस्ता कुकवेयर र बेकवेयरहरुमा कस्तो कस्तो केमिकल आदि हुन नहुने भन्ने नीति नहुँदा अन्यत्र नबिकेका  कुकवेयर र बेकवेयरहरु हाम्रो बजारको आकर्षक कुकवेयर र बेकवेयरहरु बन्ने र हाम्रो भान्साको सान हुने करेको छ।

 

शानदार भान्सामा, शानदार होटेल रेस्टुरेन्ट र भान्सा घरका परिकार पकाउने र पस्कने भाँडा कुँडाको रूपमा हामीले उपयोग गरेको सामग्री आफ्नै स्वस्थ अनुकूल भए नभएको न त आफू संग न त राज्य संग सूचना रहेको परिस्थितिमा आफूलाई स्वस्थ राख्न चाहने हरेक नागरिकले आज तिनलाई मिल्काएर कम्तीमा हाल सम्म सय प्रतिशत गैर-विषाक्त भेटिएको कुनै केमिकल आदि नहालिएको हाम्रै आफ्नै रैथाने प्राथमिक माटो निर्मित कुकवेयर र बेकवेयर प्रयोगको विकल्प लिनु अनिवार्य जस्तै बन्न गएको छ।

 

खाना पकाउँदा खानामा तातो पनले विभिन्न प्रकारका सूक्ष्म तत्त्वहरू जस्तै भिटामिन, खनिज आदि नष्ट हुने तथा पौष्टिक तत्त्वहरू जस्तै  प्रोटिन, कार्बोहाइड्रेट र फ्याटको संरचनामा अभूतपूर्व परिवर्तन गरिदिने गर्दछ। खानामा हुने पोषक तत्त्वहरू तातोमा तातेर काँचोबाट पाकेको खानामा परिणत हुने क्रममा त्यहाँ प्रयोग गरिने तातोपनको प्रकृति र परिणामहरू अनुसार त्यसका पोषण तत्त्वको संरचना  शरीरले सहजै प्राप्ति गर्ने वा नगर्ने कस्तो प्रकृतिको संरचनामा परिवर्तन हुन्छ त्यसले निर्धारण गर्दछ।

 

हामीले खान पकाउन प्रयोग गर्ने गरेको प्राय सम्पूर्ण धातु खाना पकाउन प्रयोग गर्दा त्यसको खाना संग सम्पर्कमा आउने भाग वाट शक्तिशाली छोटो-इन्फ्रारेड ताप निस्कने गर्दछ। त्यस्तो भाँडो लाई चिटिक्क पार्न त्यसको संरचनामा उपयोग गरिएका तथा लेपन गरिएका मानव निर्मित सामग्रीहरू जस्तै सिरेमिक, ईनामल्ड, ग्लेजड आदि वाट निस्कने इन्फ्रारेड किरण र  सिरेमिक, ईनामल्ड, ग्लेजड आदिले खानाको धेरै पोषक तत्त्वहरूलाई नष्ट गरिदिने गरेको भेटिएको छ। त्यस्तै सिरेमिक, ईनामल्ड, ग्लेजड र अन्य कोटीङ्ग आदि आफैको खानामा पुग्ने सूक्ष्म टुक्रा प्राय: दीर्घकालीन रूपमा शरीरलाई समस्या निम्त्याउने प्रकृतिको हुने भेटिएको छ।

 

१००%  नेपाली माटोबाट बनेको हाम्रो नेपाल खण्डको पृथ्वीको माटोबाट बनेको खाना पकाउने भाँडाहरूले परीक्षणको क्रममा कोमल लामो-इन्फ्रारेड तापको  विकिरण उत्पादन गर्ने गरेको भेटियो।  यस्तो प्रकारको तापको खानामा रहेको पोषण तत्त्व कम नष्ट गर्ने र खाद्यको कणहरूमा मिहिन रूपमा गहिरो गरी प्रवेश गर्ने हुँदा खानाको पोषक तत्त्वहरू जोगाउँदै कम तापक्रममा उस्तै हदमा खाना पाक्ने र त्यस्तो पाकको कर्सिनोजिन समेत नगण्य रहने गरेको परिणाम दिएको भेटियो

 

माटोको भाँडोमा पकाउने क्रममा यसमा हुने प्वालका कारण त्यहाँ अचम्मको बाफ निस्कने फेरी पानी बनेर खानामा फर्कने साइकल चलेको भेटिन्छ। खानामा उत्पन्न हुने अधिकांश पानीको बाफमा पानीमा घुलनशील पोषक तत्त्व घुलेको हुन्छ। वैज्ञानिक परीक्षण वाट बाफमा सहजै घुल्ने घुलनशील पोषक तत्त्वहरूमा मूलतः शरीरको लागि अति जरुरी हुने महत्त्वपूर्ण भिटामिन र खनिजहरू हुने गरेको भेटिएको छ।  यथार्थमा पानीमा घुलनशील हुने भिटामिन र खनिजहरू प्राय सबै नै शरीर लाई हरेक दिन पुनः पूर्ति गर्न आवश्यक रहने, शरीरमा निकै चाँडै अवशोषण हुने प्रकृतिको हुन्छ। कारण शरीरले तिनीहरू लाई फेरी फेरी आवश्यक पर्छ भनी भण्डार गर्ने गर्दैन।

 

विज्ञानले हाल सम्म पहिचान गरे मध्यको १३ वटा अत्यावश्यक भिटामिन र खनिजमध्ये नौ वटा पानीमा घुलनशील हुने प्रकृतिको छ। परीक्षणको क्रममा हाम्रा परम्परागत माटाका कुकवेयरहरु संग आउने बिर्कोले त्यसलाई छोपेर खाना पकाउने गर्दा भाँडोले बाफ कम छोड्ने र उक्त बाफमा अन्य प्रकृतिको भन्दा उल्लेखनीय रूपमा कम पानीमा घुलनशील पोषक तत्त्वहरू बाफ संग गुम्ने गरेको समेत भेटियो।

 

माटोको भाँडाको भित्ताहरूको बाहिरबाट हावामा तान्न सक्ने क्षमता हुन्छ। भाँडो भित्र तापक्रम बढ्दै जाँदा भित्रको उच्च दबाबले माटोको संरचनाको छिद्र यथार्थमा अर्ध-छिद्र रुपी पर्खालको रूपमा आफूलाई परिवर्तन गर्ने गर्दछ। त्यो क्रममा भित्रको हावा र अक्सिजन छिद्र हुँदै बाहिर जान वाट रोकिने हुन्छ। खाना पाकेर खानामै छोपेको अवस्थामा रहँदा खानको भित्री भागको सम्पर्कमा रहेका भाँडाको प्वालहरू मार्फत बाहिर वाट सुद्ध हावा मूलतः अक्सिजन आउने अनुमति दिने सुविधाले माटोको भाँडोको खानालाई ताजा, स्वादिष्ट र पौष्टिक रूपमा अलि लामो समय रहन  अनुमति दिने गरेको भेटियो।

 

कतिपय अवस्थामा धातुको भाँडोको खाना संग माटोको भाँडोमा रहेको खाना स्वादको हिसाबमा खासै फरक नदेखिँदा समेत माटोको कुकवेयरको सजीव वातावरणमा रहने हावा युक्त सजीव वातावरणको खाना हावा विहीन निर्जीव वातावरणमा पाकेको र राखेको खाना भन्दा उत्तम जीवन्त र आध्यात्मिक गुणको हुने गर्दछ।

 

समग्रमा भन्दा माटोको हाम्रो परम्परागत भाँडोमा हुने कुकिङ्ग स्वास्थ्यको दृष्टिको बाट अत्यधिक स्वस्थकर तथा पर्यावरको लागि फाइदा दिने प्रकृतिमैत्री रहेको वैज्ञानिक रुपमै प्रमाणित शुभ-वैदिक विकल्प हो। हाम्रा परम्परागत माटाका भाँडाहरू खानलाई अत्यन्त मिहिन रूपमा जतन गरी पकाउने एक अद्वितीय वैदिक प्राकृतिक बस्तुहरू भएको कुराको वैज्ञानिक पुष्टि गर्दछ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

251Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: