मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गठन भयो तनहुँ समाज आइसिसी !!

अन्तर्राष्ट्रिय तनहुँ समाज

गठन गठन गरिएको बारे।

सेप्टेम्बर २९,  २०२३ । मूल जन्म थलो तनहुँ जिल्ला रहेर संसार भर छरिएर रहनु भएका सम्पूर्ण तनहुँ निवासी प्रवासी नेपालीहरू बिच आज भएको बृहत जुम भेला बाट राजन त्रिपाठीको नेत्रुत्वमा सभापतित्वमा आठ महादेश वाट आठ उपाध्यक्ष, तिन सचिब, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्ष सहित संसारको विभिन्न मुलुक वाट तिस सदस्य तथा चौध सल्लाहकार समितिको गठन गरेको छ।

 

सुरुवातमा  तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिTanahun Samaj ICCTanahun  Samaj  International Coordination Council ” को औपचारिक गठन गर्ने निर्णय गर्दै हालको तदर्थ समितिलाई सभापति राजन त्रिपाठी, वरिष्ठ उप-सभापति लेख गुरुङ तथा संस्थाका महासचिव रवि चन्द्र भट्टराई लाई कार्यसमितिको परामर्शमा छ महिना भित्र पूर्णता दिन जिम्मेवारी दिँदै सम्पन्न भयो।

 

सभापति राजन त्रिपाठी

 

घोषणामा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिक मान्यता दिएका सम्पूर्ण देशमा कार्यरत तनहुँ समाजका सम्बन्धित मुलुकका सभापतिहरू तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पदेन सदस्य रहने समेत उल्लेख छ।

संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी यसलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने र सोही बमोजिम अघि बढ्ने सामूहिक अवधारणा अनुरूप तनहुँ समाज आइसिसीको औपचारिक घोषणा सम्पन्न भएको थियो।

 

वरिष्ठ उप-सभापति लेख गुरुङ

 

कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर एलिनी पोखरेल सुबेदी, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङ आदिको सम्बोधन  भएको उक्त भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथि रहेका थिए। तनहुँ समाज अमेरिकाका सभापति  किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले निकै लामो समय देखि तनहुँ संग जन्म वा कर्मले जोडिएका प्रवासी नेपाली हरूबिच हुनुपर्ने भनिएको अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिकता प्राप्त गरेको छ।

बृहत् जुम भेलाले घोषणा गरेअनुरूप तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको हालको प्रारम्भिक पदाधिकारीहरू यस प्रकार छन्।

 

President: Rajan Tripathi

Senior VP: Lekh Gurung

General Secretary: Rabi Chandra Bhattarai

VP: Deepak Khadka

VP: Rajan Adhikari

VP: Dinesh Joshi

VP: Parashuram Adhikari

VP: Rajan Jung Shahi

VP: Surendra Pradhan

VP: Ananta Raj Subedi

 

Secretary: Ramesh Pokhrel

Secretary: Surendra Laudari

Secretary: Padam Giri

Treasure: Kapil Wagle

Joint Treasure: Mira Poudel

 

Members:

Binu Basnet

Shiva Gautam

Deepak Mahat

Gobina Adhikari

Uddhab GC

Raj Gurung

Tel Gurung

Suman Raj Naharki

Deepak Rana Magar

Krish Sunar

Resham Shrestha

Nabraj BK

Minraj Wagle

Santosh Regmi

Nita Adhikari

Lila Bhattarai

Narayan Shrestha

Ramesh Kafle

Ram Sapkota

Kul Prasad Regmi

Bishnu Prasad Giri

Sarita Baniya Basnet

Durga Adhikari

Praveen KC

Prakash Rana

Buddhi Kunwar

Ramjibi Panta

Santosh Kaji Thapa

Gobina Subedi

Anil Godar

 

Advisors:

Alini Pokharel Subedi

Ambir Joshi

Bachhu Kailash Kaini

Dilli Poudel

Kareem Bakhsh Miya

Keshab Poudel

Krishna Jibi Pantha

Mohan Gurung

Narayan Ghimire

Nem Thapa Magar

Premraja Mahat

Ranjan Malla

Rohit Gurung

Sukra Shrestha

Surendra Khadka

Tank Poudel

तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सम्पूर्ण पदाधिकारी हरूलाई हाम्रो बधाई तथा शुभकामना छ।

10Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: