मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रेडियो क्यालगरीका कुसुम ज्ञवालीको वैज्ञानिक नारायण घिमिरेसँगको रेडियो वार्ता।

छोटो समयमा प्रवासी नेपालीहरूको भरोसाको केन्द्र बनेको एक वेवाशाहिक रेडियो हो क्यानडाको नेपाली रेडियो क्यालगरी। मिठो भाषा, सकारात्मत सोच र सृजनशील बिचारहरू र नेपाल प्रति न्यानो माया बोक्दै एफएम १०६.७ मेगा हर्जमा प्रत्येक मङ्गलवार क्यालगरी समय रात को १० बजे बाट १२ बजे सम्म क्यानडा र नेपालको आकाशमा गुञ्जने गर्छ नेपाली रेडियो क्यालगरी। नेपाली रेडियो क्यालगरीको ४५ औ श्रृङ्खलामा कार्यक्रम सञ्चालक कुसुम ज्ञवालीले नेपाली मूलका वरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरेसँग कुराकानी गरेका छन्।

एक दशकयता फुड इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई कर्मथलो बनाइरहेका वरिष्ठ खाद्य वैज्ञानिक घिमिरे बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा हाल सम्म संसारमा उपलब्ध मध्धे सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन ‘ लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ बाट विभूषित छन्। खाद्य, कृषि, हर्बल र जडीबुटी उद्यमशीलतामाको क्यानडामा रहेर उन्नत अनुसन्धानमा संलग्न घिमिरे कृषि, हर्बल र जडीबुटी उद्यमशीलताको विकासको लागि जरुरी हुने सिप र प्रविधिको संसारभर हस्तान्तरणको नेतृत्व गर्दै आएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका याम्पाफाँटमा ४९ वर्ष पहिले जन्मेका घिमिरे क्यानडाको सबैभन्दा ठुलो फ्लेवर हाउस फ्लेवरक्यान इन्टरनेसनल इन्कका टेक्निकल म्यानेजर हुन।

रेडियो क्यालगरीका कार्यक्रम सञ्चालक कुसुम ज्ञवालीले वरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरेसँग गरेको नेपालको सन्दर्भको अत्यन्त उत्प्रेरक विचारले भरिपूर्ण अन्तरवार्ता बाट हाम्रा पाठकहरू पनि लाभबन्धित हुने ठानी यहाँ प्रस्तुत गरेका हौ। यसमा:

१) नेपालमा २ वर्षमा एक लाख रोजगारी श्रृजना भयो हर्बल र आयुर्वेदिक प्रोडक्टको क्षेत्रमा।
२) हामी असीमित विशाल बजारको बिचमा छौ। व्यापार गर्न चाहे ठुलो सम्भावना छ।
३) यसै हिसाबले जाँदा पनि यही दशकमा कामका लागि विदेश जान नपर्ने अवस्था आउने दिन टाढा छैन।

https://www.facebook.com/nepaliradiocalgary/videos/2470238309706128/?t=1578

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: