मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो!

Ignoring the science of Vedic know-how is a scientific blunder!

वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो!

नारायण घिमिरे 

Atharva Veda chapter 4 Shaunak Samhita Branch 37 Krimanashanam Sukta Mantra 4.37.5, which has been in existence for about five thousand years before today, claims that trees like Arjuna, Dativan (apamarga), and Karkari (Kevara) prevent the spread of pathogenic germs in our locality and eradicate the root cause of water-borne diseases and infections. Therefore, we can develop our village home as a livable human settlement by planting and growing these plants in our locality.

 

आज भन्दा लगभग पाँच हजार वर्ष पहिले देखि अस्तित्वमा रहेको अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त मन्त्र ४.३७.५ अनुसार अर्जुन, दतिवन र  केवँरा जस्ता रुखहरूले हाम्रो स्थानीयतामा रोगजनक  रोगाणु हरूको फैलावट रोकिने, मृत्यु निम्त्याउने पानीजन्य रोगहरूको सङ्क्रमण र सङ्क्रमणको मूल कारक लाई निर्मूल गर्न सहयोग गर्दछ। तसर्थ यी बिरुवाहरू हाम्रो स्थानीयतामा रोपेर तथा हुर्कन दिएर हामीले हाम्रो गाऊ घर लाई  बस्न योग्य मानव बस्तीको रूपमा विकास गर्न सक्दछौ। 

मन्त्र ४.३७.५

यत्र॑ व: प्रे॒ङ्खा हरि॑ता॒ अर्जुना उ॒त यत्रा॑घा॒ता: क॑र्क॒र्य᳡: सं॒वद॑न्ति। तत्परे॑ताप्सरस॒: प्रति॑बुध्दा अभूतन॥५॥

 

Translation: The fallen dry leaves of Arjuna trees (Terminalia arjuna अर्जुन रूख), Aghata (Achyranthes aspera दतिवन, apamarga), and Karkari trees (Gloriosa superba L. केवारा, अग्निमुखी Glory Lily) in the soil and water inhibit the carrier of water-born pathogens (Apsara). It also sanitizes the area against waterborne pathogens. That prohibits the spreading of the pathogen and the pathogenicity eliminating the root cause of waterborne diseases and infections causing death.

 

नेपाली भावार्थ:  भुईँमा झरेर  झुरुम झुरुम हुने गरी सुकेको अर्जुन, दतिवन र  केवँरा जस्ता रुखका पातहरूले जमिन र पानीमा पुगेर निकाल्ने सारतत्वले पानी जन्य रोगाणुलाई जताततै फैलाउने सहयोग गर्ने अप्सरा नाम दिइएको रोगको संवाहक हुने सम्पूर्ण प्रकारका जीवहरू लाई नष्ट गर्दछ।यसले पानीजन्य रोगका रोगाणुहरू लाई समेत नष्ट गरी जमिन र जमेको पानीको क्षेत्रलाई  सेनीटाईज अर्थात् सफा गर्दछ। फलतः रोगजनकको रोगाणु हरूको फैलावट रोकिने, मृत्यु निम्त्याउने पानीजन्य रोगहरूको सङ्क्रमण र सङ्क्रमणको मूल कारक लाई निर्मूल गर्न सहयोग गर्दछ।

 

 

Scientific Explanation (विज्ञानमा आधारित व्याख्या):

It is noted that approximately 75% of children experience ear infections. That is primarily bacterial (Pseudomonas aeruginosa, Staphylococcus aureus, S. epidermidis, Streptococcus pneumoniae, Escherichia coli, Proteus mirabilis) and fungal (Aspergillus niger, A. fumigatus, A. flavus, Candida albicans) pathogenicity.  These pathogens are also the primary cause of most waterborne diseases.

 

सामान्य पानीजन्य रोगहरूमा टाइफाइड, हैजा, छेराउली, डिसेट्री, पेट काट्ने दुख्ने ग्यास्ट्रो- एन्टेराइटिस र हेपाटाइटिस आदि पर्दछन्। पिउने पानीमा हुने कोलिफर्म ब्याक्टेरिया, विशेष गरी ई. कोलाई मानिसमा पखाला, बान्ता, पेट काट्ने , वाकवाकी, टाउको दुख्ने, ज्वरो, थकान, डिसेट्री आदिको लागि जिम्मेवार हुन्छ। त्यस्तै पानीका कारण हुने छालाको सामान्य रोगहरूमा छाला नरम हुने, रौँको फेदमा हुने घाउ , छालामा पिडा दिने प्रकृतिको पिट्का, कत्ला, रातो धब्बा आदि विकास हुने आदि पर्दछ। स्ट्रेप्टोकोकास, स्टाफाइलोकोकास लगायतका विभिन्न व्यक्टेरियाहरु छाला सुन्निने, दुख्ने, धब्बा पिड्का उठ्ने, र अन्य सङ्क्रमणका लक्षण दिने रोगमा संलग्न देखिन्छन्।

 

The leaves and bark of T. arjuna have limitless ability to synthesize secondary metabolites such as tannins, terpenoids, alkaloids, flavonoids, glycosides, and phenols, which have been found to have antimicrobial properties. Leaf extract was found to be best against S. aureus. The leaf and bark extract of the arjuna tree shows inhibition to all those bacterias except P. aeruginosa.

 

एस. औरसको सङ्क्रमणमा छाला नरम हुने, दुख्ने, रातो हुने, पिट्का उठ्ने र पिप हुने आदि जस्ता समस्या आउने गर्दछ। स्यूडोमोनास एरुगिनोसाले भने मूलतः रगत र फोक्सोको सङ्क्रमण (निमोनिया) तथा शल्यक्रिया पछि शरीरको शल्यक्रिया गरिएको भागमा  सङ्क्रमण गर्ने गर्दछ। अर्जुन रुखको पात र बोक्रामा हुने ट्यानिन, टेरपेनोइड्स, एल्कालोइड्स, फ्लेभोनोइड्स, ग्लाइकोसाइड्स, र फिनोल जस्ता सारतत्वहरू जल जन्य रोगको कारक बन्ने  रोगाणुहरुलाई हुर्कन र बढ्न नदिने असीम क्षमताको एन्टिमाइक्रोबियल गुण बोकेको भेटिन्छ। पातको सारतत्व एस. औरस र रुखको पात र बोक्राको धुलोले पी. एरुजिनोसा बाहेक प्राय: सबै छालाको रोग निम्त्याउने रोगाणु ब्याक्टेरियाहरूलाई प्रभावकारी निषेध गर्न सफल हुने गरेको भेटिएको छ।

 

Terminalia arjuna extract demonstrated antifungal activity against the opportunistic yeasts, including Candida albicans, C. glabrata, C. krusei, and C. tropicalis. The leaf extract was found inhibitory against B. subtilis, S. aureus, E. coli, K. pneumoniae, P. aeruginosa, S. typhi. The phytoconstituents like phenolics and tannins, flavonoids, phytosterols, and saponin from arjuna leaf and barks particles effectively sanitize against the waterborne pathogenic bacterias, pathogenic fungi, and their vectors.

 

अर्जुन रुखको एक्स्ट्र्याक्ट क्यान्डीडा अल्बिकन, सी.  ग्लब्रता , सी. क्रुसी र सी. ट्रोपिकालिस लगायतका अवसरवादी ईष्ट विरुद्ध एन्टिफङ्गल गतिविधि देखाउने गर्दछ। पातको सारतत्व बि. सब्टिटिस, एस. औरस, ई. कोलि, के. निमोनिया, पी. एरुजिनोसा, एस. टाईफि जस्ता रोगाणु अवरोधक रहेको भेटियो। अर्जुनको पातको सारतत्व  र बोक्राको सुकेको जमिनमा खस्ने भागहरूमा पाइने फिनोलिक्स र ट्यानिन्स, फ्लेभोनोइड्स, फाइटोस्टेरोइड्स र सेपोनिन जस्ता फाइटोकन्स्टिट्युन्टहरू पानीमा हुने रोगजनक ब्याक्टेरिया, रोगजनक फङ्गस र तिनीहरू लाई आश्रय दिने जीवाणुहरूको सेनीटाईज अर्थात् सरसफाइ गर्न प्रभावकारी हुने भेटियो।

 

Achyranthes aspera leaves extract shows considerable antibacterial activity against Shigella flexneri and Escherichia coli and exhibits wound healing characteristics. The Achyranthes aspera leaves extract contains saponin, terpenoids, tannins, flavonoids, glycosides, sterol, and alkaloids. The tannins inhibit bacterial growth. The flavonoids, rutin, chlorogenic acid, and genistein found in the extract are antimicrobial and help with wound healing. The extract also shows very effective antifungal effects, especially against Aspergillus flavus and Microsporum canis.

 

दतिवनको पातको सारतत्व सिजेल्ला फ्लेक्सीनेरी  र एचेर्निया कोलि  जस्ता सङ्क्रमणकारी रोगाणु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दछ। दतिवनको पातको सारतत्वमा सपोनिन, टर्पोनोइडस, टेनिन, फ्लेभोनोईडस, ग्लुकोसाइड, स्टेरोल र अल्कालोइडस आदि पाइन्छ। टेनिनले रोगाणु ब्याक्टेरियाको वृद्धिलाई रोक्छ। यसका फ्लेभोनोइड्स, रुटिन, क्लोरोजेनिक एसिड र जेनिस्टेन एन्टिमाइक्रोबियल मात्र छैनन् तिनको कारण भएका घाउ आदि निको पार्न समेत मद्दत गर्दछ। दतिवनको पातको सारतत्वले विशेष गरी एस्परजिलस फ्ल्याबस र माइक्रोस्पोरम क्येनी विरुद्धका अत्यन्त प्रभावकारी एन्टिफङ्गल प्रभावहरू देखाउने गर्दछ।

 

Gloriosa superba केवारा leaves showed the presence of Carbohydrates, Alkaloids, Flavonoids, Steroids, and Terpenoids. The alkaloid Colchicine, extracted from the plant Gloriosa superba is helpful in the treatment of several AIDs. The leaves extract found bactericidal against E. coli, and B. subtilis. Gloriosa superba L. (leaves, stem, and flower) exhibited high antibacterial activity against pathogenic microorganisms Bacillus sps., Escherichia coli, and Pseudomonas aeruginosa. And when the result was compared with the standard antibiotic, streptomycin, a moderate antibacterial efficiency was observed.

 

केवाराको गानो अलि विषाक्त हुने र सानो मात्रामा परजीवी, जुका र कीटाणु नाशक हुन्छ। केवाराको पातमा कार्बोहाइड्रेट, अल्कालोइड्स, फ्लाभानोइड्स, स्टेरोइड्स र टेरपेनोइड्स आदि भेटिन्छ। केवाराको बिरुवाबाट निकालिएको अल्कालोइड कोलचिसिन एड्स लगायत अन्यको उपचारात्मक थेरापीमा उपयोग हुँदै आएको छ। केवाराको पातको सारतत्व बि. सब्टिटिस, ई. कोलि आदि नाशक हुने भेटिएको छ। केवाराको पात, डाँठ फूल ब्यासिलस स्पेसिस,  ई. कोलि, सिउडोमोनस एरुजिनोसा जस्ता रोगजनक सूक्ष्म जीवहरूको प्रभावकारी नियन्त्रण गरेको भेटिन्छ। केवाराको पातको सारतत्वको उक्त रोगाणु नाश गर्ने क्षमताको मानक गर्दा यो हाल प्रयोगमा रहेको  यान्टिबायोटिक स्ट्रेप्टोमाइसिन भन्दा थोरै मात्र कमसल रहेको देखिएको थियो।

 

In overall summary, these scientific facts witnessed that Atharva Veda Chapter 4, Shaunak Samhita Branch 37 Kriminashanam Sukta Mantra 4.37.5 claims that trees like Arjuna, Dativan (apamarga), and Karkari (Kevara) prevent the spread of pathogenic germs in our locality and eradicate the root cause of water-borne diseases and infections.

 

समग्रमा भन्नु पर्दा यी वैज्ञानिक तथ्य हरूले अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त मन्त्र ४.३७.५ ले बताएको अर्जुन, दतिवन र  केवँरा जस्ता रुखले हाम्रो स्थानीयतामा रोगजनक  रोगाणु हरूको फैलावट रोकिने, मृत्यु निम्त्याउने पानीजन्य रोगहरूको सङ्क्रमण र सङ्क्रमणको मूल कारक लाई निर्मूल गर्न सहयोग गर्दछ भन्ने दाबी लाई पुष्टि गर्दछ।

77Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: