मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ब्रह्म राक्षसबाट सचेत रहौं!

कस्ता कस्ता भ्रम छरिरहेका छन् हाम्रा आधा बुझेका गुरुहरू आज हाम्रो समाजमा त्यो बुझ्न यो लेख लाई एक पटक अध्ययन र मनन गर्नुहोस्।
ऋग्वेद ८/३३/१९ मा लेखिएको छ:

अ॒धः प॑श्यस्व॒ मोपरि॑ संत॒रां पा॑द॒कौ ह॑र ।
मा ते॑ कशप्ल॒कौ दृ॑श॒न्त्स्त्री हि ब्र॒ह्मा ब॒भूवि॑थ ॥
॥ ऋग्वेद ८/३३/१९ ॥

वेद आधा बुझेका भनिएका सोकल्ड गुरुहरूको यो ऋचाको बजारमा भेटिने व्याख्या यस्तो छ:

हे नारी तिमीले ठाडो शिर गरेर उँभोतिर हेर्ने होइन। शिर नुहाएर तल हेर। नारीले ठाडो शिर गरेर अभिमान गरेको सुहाउदैन। तिमीले तिम्रो अनुहार र साप्राहरु तिम्रा पति बाहेक अरुलाई देखाउनु उचित होइन | तिमी घरकी कोठीमा सिमित स्वामिनी हौँ। त्यसैले अभिमान नराखी तिमीलाई जस्तो गरि रखिएको छ त्यसरी नै चुपचाप जीवन यापन गर |

वेद आधा बुझेका भनिएका सोकल्ड गुरुहरूको व्यख्या हेर्नुस:

वैदिक ऋषिहरूले घरको कोठरीको स्वामीमा सिमित हुने कर्म लिएर आएको नारि शालीनता रहित तथा अभिमानी रहित जीवनमा रहनु पर्दछ भन्दै नारीहरू लाइ सरल र नोकर रहेर जीवन यापन गर्न सल्लाह दिएका छन् | नारी हरु खुसी मनाउंदै गर्दा वैदिक ऋचाहरुले हाम्रो धर्म, संस्कृति, परम्पराहरूको मर्यादा ननाघ्न आदेश गरेको छ | आनन्द प्राप्ति पुरुष मात्रको साझा लक्ष हो | घृणावादीका लागि भने यो ऋचाको कुराले निकै पोल्छ। तर धार्मिक गृहस्थी जीवनमा विश्वास गर्ने स्वास्नी मान्छेका लागि यो अत्यन्त महत्वपूर्ण संदेश हो|

त्यसो भए उल्लेखित वेदको ऋचाले यथार्थमा दिएको संदेश के हो त्यो वारे बुझौ।

जव तपाइँ वेदको ऋचाको अर्थ बुझ्न चाहनु हुन्छ तब त्यो ऋचा कुन सन्दर्भको कुरा बताउन लेखिएको हो भन्ने बुझ्न जरुरि हुन्छ। ऋग्वेद ८/३३/१९ को देवता इन्द्र हुन्। यो मन्त्रको ऋषि मेधातिथि काण्व हुन्। वैदिक ऋषि वा सन्तको नाम कण्वलाई वैदिक साहित्यमा चलायमान सुन्दर रथहरू गुड्ने प्रक्रियाको रूपमा प्रयोग गरिन्छ, जसले विभिन्न देवताहरूको कार्यलाई जनाउँछ।

यसमा मुख्यत: इन्द्र (आत्मबलका देवता), अग्नि (निर्माणका लागि आवश्यक शक्तिको स्रोत, जस्तै: पाचन क्रिया मार्फत शक्ति उत्पादन गर्नु, ठूलो अणुहरूलाई साना अणुहरूमा तोड्ने प्रक्रिया अर्थात् क्याटाबोलिजम, साना अणुहरूबाट ठूलो अणुहरू निर्माण गर्ने प्रक्रिया अर्थात् एनाबोलिजम, प्रतिरक्षा प्रणाली निर्माण आदि), र मरुतहरू (विनाशको शक्ति, जस्तै: म्याक्रोफेज र न्युट्रोफिल्स जस्ता प्रतिरक्षा कोषहरू मार्फत अवाञ्छित कणहरू, ब्याक्टेरिया, मरेका वा क्षतिग्रस्त कोषहरू, र अन्य बाहिरी अनावश्यक पदार्थहरूलाई घेरेर बाहिर फाल्ने फागोसाइटोसिस प्रक्रिया; आफ्नै क्षतिग्रस्त वा अनावश्यक घटकहरूलाई विघटन गरी पुन: उपयोग गर्ने ऑटोफ्याजी प्रक्रिया; क्यान्सर बन्न सक्ने क्षतिग्रस्त वा खतरनाक कोषहरूलाई हटाउन कोषहरूले आफैँलाई नष्ट गर्ने एक व्यवस्थित र नियन्त्रित एपोप्टोसिस प्रक्रिया; कोषहरूले अनावश्यक सामग्री वा फोहोर उत्पादनहरूलाई कोषको झिल्ली बाहिर निकाल्ने एक्सोसाइटोसिस प्रक्रिया आदि) को क्रमबद्ध सामूहिक कार्यलाई जनाउँछ।

यस ऋचाको छन्द अनुष्टुप हो। ऋचामा ३२ अक्षरको छन्द जसमा चार पद र प्रत्येक पदमा ८ अक्षर हुन्छ त्यसलाई अनुष्टुप् छन्द भनिन्छ। ऋचाको अर्थ बुझ्ने क्रममा अनुष्टुप छन्दले एक भन्दा धेरै शक्तिको संयुक्त सहकार्य वारे बोलिएको सन्देस तर्फ इंकित गर्दछ।

जप गर्दा यो मन्त्रको स्वर गान्धार हो। जप भनेको कुनै पनि सिदान्त कसरि व्यवहारमा लागु गर्ने भन्ने निर्देशिका हो।

व्यवहारमा गान्धार शब्द सात स्वर (सप्तक) संगीत स्केलको तेस्रो स्वरलाई जनाउँछ। मतलब सात स्वरहरू – सा, रे, गा, म, प, ध, नी मध्येमा गान्धार “गा” स्वर हो जसको आफ्नै विशेष ध्वनि, आवृत्ति र भावनात्मक अभिव्यक्ति हुन्छ। त्यसैले संगीत लाइ गाना भनिएको हो। यो संगीतको चुरो हो।
व्यवहारिकतामा गान्धार ऋचाको मूल सन्देशले व्यक्तिको व्यक्तित्वमा आफ्नो सांस्कृतिक, आध्यात्मिक परम्परागत सिप, कला र क्षमताको धरोहर अभिवृद्दी गर्ने आन्तरिक क्षमताको प्रस्फुटन हुने कार्य तर्फ संकेत गर्दछ।

ऋग्वेद ८/३३/१९ को शब्द शब्दको सामान्य अर्थ यस्तो हुन्छ:
अ॒धः (adho) – अन्तर्मुखी भएर तल आफु भित्र
प॑श्यस्व (pashyassva) – ध्यान पुर्वक हेर
मोपरि॑ (mopari) – माथिको बाहिरी संसार, शरीरको बाहिरी आवरणमा
संत॒रां (santarām) – तल, माथि, वोरी परि, अगाडी, पछाडी
पा॑द॒कौ (pādakau) – हिँड डुल गर्ने (मन चलाउने समेतको अर्थमा)
ह॑र (hara) – स्थिर राख (चञ्चल हुन् छोडेर ध्यान स्थिर राख भन्ने अर्थमा)
मा (mā) – त्यसो नगर (अनुशासित बन भन्ने अर्थमा)
ते॑ (te) – तिम्रो लागि
कशप्ल॒कौ (kashaplako) – तप अर्थात् तपस्या रुपी स्व-अनुशासनमा बाँध्ने दृढ सङ्कल्प रुपी वस्त्र
दृ॑श॒न्त्स्त्री (drishantsstrī) – प्रकृति वा नारी रुपी उत्पादकत्व युक्त क्षमताले परिपूर्ण शक्तिको रूपमा प्रकट हुने
हि (hi) – अवस्थाको को निस्सन्देह निश्चितता दिन्छ।
ब्र॒ह्मा (brahma) – ब्रह्माण्डको सृजनात्मक शक्तिको प्रदायक शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक ज्ञान तथा अनुभूति मार्फत मुक्ति प्राप्तिको अवसर
ब॒भूवि॑थ (babhuvitha) – तिमीलाई प्राप्ति हुन्छ।

ऋग्वेद ८/३३/१९ को भावार्थ: जब तिमी आफ्नो ध्यान पूर्ण रूपमा आफू भित्रको अन्तरआत्मामा केन्द्रित गरेर ध्यानको गहिराइमा पुग्न सक्छौ, तब तिम्रो बाहिरी संसार र आवरणले (इन्द्रियगत अनुभूति) तिमीलाई विचलित गर्न सक्दैन। अविचलित ध्यानले तिम्रो सोच र मनलाई स्व-नियन्त्रणमा राखेर तिमीले आफूलाई आफ्नो स्व-अनुशासनमा बाँध्न सक्छौ। यसो गर्न सक्दा तिम्रो आफ्नै आत्मबल, अग्निशक्ति र मरुतगण शक्तिको आपसी सहकार्यले तिमीलाई मुक्ति प्राप्तिको लागि अनिवार्य पूर्वाधारको रूपमा जरुरि हुने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक ज्ञानको प्राप्ति तथा त्यसको अनुभूति गर्न आवश्यक पर्ने सृजनात्मकताले (जसलाई प्रकृति शक्ति वा नारी रूपी उत्पादकत्व क्षमताको शक्ति भनिन्छ) तिमीलाई भरिपूर्ण बनाइदिनेछ। सो अवसरको क्रमिक, क्रमबद्ध, व्यवहारिक सदुपयोग मार्फत तिमी आफ्नो जीवनको उद्देश्य प्राप्तिको सत्मार्गमा सहज अघि बढ्न सक्नेछौ।

अव तपाइँ आफै भन्नु होस् –

पवित्र वेदको नाम लिएर त्यहि वेदको सन्देस भन्दै आफ्ना फतुरहरु समजमा बेचेर जीवन यापन गर्ने बजारमा वेदको ठेक्का आफैले लिएको जस्तो गर्दै हिड्ने सो कल्ड पण्डितहरुले पवित्र वेदको फरक सब्दर्भको वेदको ऋचाको शब्दको मनखुसी गलत रुपमा गलत व्यख्या गर्नु के समाजमा वेद प्रति घृणा फैलाएको छैन ? वेदले भन्दै नभनेको र वेदले वर्जित गरेका कुराहरू वेदको भनाइ भनेर फलाक्दै समाजमा वेद प्रति घृणा फैलाउनु सामाजिक अपराध होइन ? अनि उनीहरु वाट वैदिक सनातन धर्मको सुरक्षा हुने भनि तपाइँ हामीले मानिदिनु पर्ने।

यी ब्रह्म राक्षसहरुको जय होस्।

यिनलाई समय मै सत् बुद्धि आवोस भन्ने कामना गरौ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE