मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद भन्दछ शक्तिशाली जडीबुटी अजशृङ्गी को औद्योगिकीकरण गर ।

वेदका अनुसार शक्तिशाली जडीबुटीहरू मध्ये एकहो अजशृङ्गी। (As per veda Ajasrngi is one of the most potent herbs)

नारायण घिमिरे।

Atharva Veda 4th Chapter Shaunak Samhita Branch 37 Kriminashanam Sukta (Mantra) 4.37.6 writes (अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त (मन्त्र) ४.३७.६ लेख्दछ) :

एयम॑ग॒न्नोष॑धीनां वी॒रुधां वी॒र्या᳡॒वती।
अ॒ज॒शृ॒ङ्गय᳡॒ राट॒की ती॑क्ष्णश्रृ॒ङ्गी व्यु᳡॒षतु ॥६॥

English Translation:
Among the most potent herbs, Ajasrngi [अजशृङ्गी] is very effective in destroying the subtle (a mixture of effects that is delicately complex to fully understated) causes of disease at the earliest. Its pungent smell is most effective in curing diseases, killing infections and germs, and driving away their vectors, causing the spread of deadly germs.

देवनागरीमा भावार्थ: सबैभन्दा शक्तिशाली जडीबुटीहरू मध्ये अजशृङ्गी एक मुख्य जडीबुटी हो जसले मिश्रित कारकहरूको समग्रता वाट पैदा हुने रोगको प्रस्ट कारण यकिनका साथ बताउन नसकिने मुस्किल र जटिल प्रकृतिका रोगको प्रारम्भिक कारकको रूपमा रहने सूक्ष्म रोगाणुहरु तथा तिनीहरूको भेक्टर वा सहयोगी समेत लाई नष्ट गर्न र रोगलाई निको गर्न धेरै प्रभावकारी भूमिका खेल्दछ। अजशृङ्गीको पन्जेन्ट, तिखो गन्धले सङ्क्रमणकारी रोगाणुहरूलाई मार्न, त्यस्ता घातक कीटाणुहरू फैलाउने भेक्टर वा एजेन्टको भूमिकामा रहने जीवाणुहरू भगाउन तथा रोगाणुहरुको कारणले विकास हुन पुगेको रोगहरू समेत निको पार्न अत्यन्त प्रभावकारी भूमिका खेल्दछ।

Scientific Explanation (वैज्ञानिक आधारमा व्याख्या) :
Ajasrngi [अजशृङ्गी] in the Sanskrit name of Helicteres isora L. It is also called विषाणी (viṣāṇī) and मेषशृङ्गी (meṣaśṛṅgī). A milky and thoray (popular & lovely) plant, with a fruit of a crooked figure, like a ram’s horn (भेडाको सिङ जस्तो घुँगुर्किएको) and used as a medicine for the eyes. The Nepali name is कपासे kapaase, मरोर्फली marorphali, मृगसिङ्गा mrigasingaa, and फार्सा phaarsaa.

संस्कृतमा अजशृङ्गी भनिने विषाणी वा मेषश्रृंगी भेडाको सिङ जस्तै घुँगुर्किएको बाङ्गो आकृतिको फल दिने दुधालु प्रकृतिको एक लोकप्रिय र मनमोहक जडीबुटीको बोट हो। जुन आँखाको औषधिमा समेत प्रयोग हुने गरेको छ। नेपालीमा यसलाई कपासे, मरोर्फली, मृग सिङ्गा र फार्सा जस्ता नाम समेत दिइएको भेटिन्छ।

The flavonoid glycosides (trifolin, hibifolin) from leaves, neoligans, helicterins A-F, Phenolic acids, rosmerinic acid and its derivatives from fruits, and steroids (cucurbitacin B and iso- cucurbitacin B) from roots are its chemical constituents of medicinal interest.

अजशृङ्गीको पातमा भेटिने फ्लाभोनोइड ग्लाइकोसाइड्स (ट्राइफोलिन, हिबिफोलिन), फलफूलबाट निस्कने निओलिगन्स, हेलिकटेरिन्स ए-एफ, फेनोलिक एसिड, रोजमेरिनिक एसिड र तिनीहरुका डेरिभेटिभहरू तथा जराबाट आउने स्टेरोइडहरू (कुकुरबिटासिन बी र आइसो-कुकुरबिटासिन बी) यसको औषधीय मूल्यको रासायनिक पदार्थ ठानिन्छ।
Its fruits are antibacterial (ब्याक्टेरिया नाशक), antispasmodic ((मांसपेशी काम्ने समस्या वाट मुक्त गर्ने), antioxidative (एन्टीअक्सिडेन्ट), and antidiabetics (मधुमेहको उपचार). Bark and roots extracts are hypoglycaemic (रगतमा चिनीको मात्रा घटाउने), and hypolipiademic (रगतको चिल्लो काट्ने). cucurbitacin B and iso- cucurbitacin B is cytotoxic (जीवित कोशिकाहरूको लागि विषाक्त). Roots extracts are antinociceptive (खुर्सानीको पिरो र फर्मालिन जस्ता हानिकारक रसायनहरूको पिडा, काट्ने र थिचिने जस्ता भौतिक चोट पटक तथा अति तातो वा चिसो प्रतिकूल तापक्रमहरू आदि विरुद्ध काम गर्ने).

अजशृङ्गीको फल वाट आउने सार तत्त्वहरूको हानिकारक ब्याक्टेरिया नाशक, मांसपेशी काम्ने समस्या वाट मुक्त गर्ने गुण हुनुका साथै एन्टी-अक्सिडेन्ट र मधुमेहको उपचार गर्ने क्षमताको हुन्छ। बोक्रा र जराको सारतत्व रगतमा चिनी मात्रा घटाउने, रगतको चिल्लो काट्ने र घटाउने गर्दछ। कुकुरबिटासिन बी र आइसो-कुकुरबिटासिन बी स्टेरोइडहरू जीवित कोशिकाका लागि विषाक्त (साइटोटोक्सिक) हुन्छ।

Traditionally the, fresh and dried fruits are used in the stomach (पेट दुख्ने समस्या) problem. Bark decoction treats diarrhea (पखाला). And diseases of the Stomach & Duodenum (पेटको रोगहरु), flatulence (पाद, ग्यास), and colic (दुखाइ, गानो).

अजशृङ्गीको ताजा र सुकेको फलफूल परम्परागत रूपमा पेट दुख्ने समस्यामा व्यापक प्रयोग भएको देखिन्छ। बोक्राको डिकोक्शन (खोटो पकाए जस्तो झोल) पखाला लगायतका पेटको रोगहरू, पाद, ग्यास र अधिक ग्यासले पैदा गर्ने दुखाइ, गानो आदिको उपचारमा प्रयोग भएको भेटिने गर्दछ।

The phytochemical analysis study reveals that Ajasrngi’s major chemical constituents are saponins, flavonoids, alkaloids, tannins, phlobatannins, glycosides, reducing sugars, and anthraquinones. Their aqueous extract was relatively safe from a toxicological perspective when administered orally. Folkloric medicine has a long-safe used experience as oral medicine.

फाइटोकेमिकलहरुको वैज्ञानिक विश्लेषण वाट अजशृङ्गीका मुख्य रासायनिक घटकहरू सपोनिन्स, फ़्लवोनोइडस, अल्कलोइड्स, टेनिन, फ्लोबटानिन, गलाईकोसाईड, रिडूसिङ्ग सुगर र एन्थ्राक्युनाईन आदि रहेको यकिन गर्दछ। अजशृङ्गीका पानीमा निकालिने सारतत्वहरू मौखिक रूपमा सेवन गर्दा हुने विषाक्तताको परीक्षणहरू अपेक्षाकृत रूपमा सुरक्षित पाइएको छ। यसको आयुर्वेदिक औषधिको रूपमा सुरक्षित मौखिक सेवनको समेत लामो सेवनको अनुभव र वैज्ञानिक परिरक्षणको आधारमा तोकेको मात्रामा यसको सेवन सुरक्षित ठानिएको छ।

A state of the body and mind that gives pain and discomfort is called disease. The cause of disturbance of the average balance between the mind and body can be external (agantuka) or internal (niji).
शरीर र मनको अवस्थालाई पीडा र असुविधा दिने अवस्थालाई रोग भनिन्छ। मानिसमा रोग पैदा गर्ने मूल कारक बन्ने दिमाग र शरीर बिचको औसत सन्तुलनमा आउने गडबडको कारण कि बाह्य (आगन्तुक) कि आन्तरिक (निजी) हुने गर्दछ।

The first chapter of Ashtanga Hrudayam Sutrasthana at 19 causes for health and disease states (अष्टाङ्ग हृदयम् सूत्रस्थानको पहिलो अध्यायको १९ स्वास्थ्य र रोगका कारणहरू अन्तर्गत भनिएको छ) :
कालार्थकर्मणां योगो हीनिमिथ्यातिमात्रक: ।
सम्यग्योगश्च विज्ञेयो रोगारोग्यैककारणम् ॥१९॥

Hina (less), Ati (more), or Mithya (wrong, Falsely, untruly), unison (coincidence or simultaneous performances) of Kaala (time), Artha (senses), and Karma (functions) is the reason for diseases. And the excellent unison (harmony) of these three factors is the reason for health.

जीवनमा भोगिएका चरम अभाव अर्थात् हीनता, चरम सुविधा अर्थात अति विलासिता वा अत्यन्त गलत वा झुटो मार्ग (मिथ्या) तथा तिनीहरूको संयोजनले पैदा गर्ने समयको (काल) इन्द्रियगत भावना (अर्थ) र निम्त्याउने कार्यहरूको (कर्म) प्रतिफल नै मानव जीवनको प्राय: रोगहरूको चुरो कारक बन्ने गर्दछ। अभाव, सुविधा र जरुरतको पूर्ति बिचको सन्तुलित संयोजन भने मानिसमा विकास हुने उत्कृष्ट सद्भाव र स्वास्थ्य जीवनको चुरो कारक बनिदिन्छ।

The external (agantuka) types of disease are a) infectious diseases, b) deficiency diseases, c) hereditary diseases, and d) physiological diseases. In most cases, immediate causes are microorganisms, for example, the infection of viruses, protozoa, bacteria, etc. The contributory causes are some vectors or microbial contamination sources that facilitate and lead to pathogenic infections.

बाह्य (आगन्तुक) प्रकृतिका रोगका प्रकारहरूमा (a) संक्रामक रोगहरू, b) अभावका कारण हुने रोगहरू, c) वंशाणुगत रोगहरू, र घ) शारीरिक रोगहरू पर्दछ। मानसिक रोग आन्तरिक रोग अन्तर्गत पर्न सक्दछ। धेरैजसो अवस्थामा, रोग लाग्ने तत्काल कारणहरूमा सूक्ष्म जीवी रोगाणुहरूको संक्रमण हुने गर्दछ। उदाहरणको लागि भाइरस, प्रोटोजोआ, ब्याक्टेरिया इत्यादिको संक्रमण लाइ लिन सकिन्छ। उक्त संक्रमणको सहायक कारणहरूमा रोगाणुहरूको भेक्टर अर्थात उक्त रोगाणुहरू वाट मानवलाई रोग जनक संक्रमण हुन सहज गरिने वातावरण वा एजेन्टको भूमिका हुने गर्दछ।

The ajasrngi [अजशृङ्गी] is one of the most potent herbs that is found to be very effective in destroying the subtle (of a mixture of effects that is delicately complex to fully understated) causes of disease at the earliest. The intense aromatics (smell) of the ajashrigi were an effective herbal weapon to destroy the spread of germs. And to inactivate most diseases causing pathogenic microorganisms and their vectors (agents or carriers).

उल्लेखित वैज्ञानिक आधारहरुले शक्तिशाली जडिबुटीहरू मध्ये अजशृङ्गी एक मुख्य जडीबुटी रहेको र यसले जटिल प्रकृतिका रोगको प्रारम्भिक कारकको रूपमा रहने सूक्ष्म रोगाणुहरु तथा तिनीहरूको भेक्टर वा सहयोगी समेत लाई नष्ट गर्न र रोगलाई निको गर्न धेरै प्रभावकारी भूमिका खेल्दछ भन्ने प्रष्ट गर्दछ। साथै अजशृङ्गी को गन्ध सङ्क्रमणकारी रोगाणुहरू, तिनको भेक्टर लाइ नष्ट गर्न रोगाणुहरुको कारणले विकास हुन पुगेको रोगहरू समेत निको पार्न अत्यन्त प्रभावकारी भूमिका खेल्ने कुराको वैज्ञानिक पुष्टि गर्दछ।

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन)।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: