मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

यात्रा स्वर्ग द्वारिको (अठार प्लस उमेर समुहको लागि मात्र) !!

हरेक पुरुषको अण्डाशयमा रहेको शुक्राणु उत्पादन गर्ने कोशिकाहरूको सङ्ख्याको आधारमा उसको वीर्यमा हुने शुक्रकीटको सङ्ख्या र गुणस्तर व्यापक रूपमा फरक हुने गर्दछ। सामान्यतया पुरुषको वीर्य स्खलन हुने समयमा प्रत्येक पटक दुई मिलीलीटर (एमएल) देखि ५ एमएल  वीर्यको निस्कन्छ। प्रति  एमएल  वीर्यमा २० मिलियन देखि ३०० मिलियन शुक्रकीट हुने हुँदा हरेक चोटिको स्खलन कुल ४० मिलियन देखि १८०० मिलियन शुक्रकीट स्खलन हुने गर्दछ। सन्तान उत्पादन गर्ने क्षमता रहेको ठानिने स्वस्थ मानिसमा प्रति एमएल  वीर्यमा औसत ४० देखि ६० मिलियन शुक्रकीट हुने हुँदा सम्भोगमा संलग्न नारीलाई हरेक चोटिको स्खलनमा पुरुषले ८० देखि ३०० मिलियन शुक्रकीटको शुक्रदान गर्ने गर्दछन्।

 

हरेक जोडीको प्रजनन क्रियामा हरेक चोटि हुने स्खलनको क्रममा पुरुष वाट कति धेरै वा थोरै सङ्ख्याको शुक्रकीट दान हुन् सक्यो भन्ने गणनाले मात्र पुरुषको नारीलाई गर्भधारण गराउने क्षमताको निर्धारण गर्ने गर्दैन। सम्भोगको क्रममा गर्भधारण सफल बन्नु वा नबन्नु पछाडि अन्य धेरै जीव विज्ञानको प्रक्रियाहरु  जिम्मेवार रहन्छ। जस्तै: शुक्राणुहरु कसरी उत्पादन हुन्छ, शुक्रकीट कसरी अण्डकोष बाट योनि सम्म पुग्दछ, योनि वाट कसरि डिम्ब सम्म पुग्न शुक्रकीटको बाटो तय गरिन्छ, योनि भित्र अण्डकोष खोज्दै अघि बढ्ने क्रममा बाटोमा आउने विभिन्न सङ्घर्षको चरणहरूमा कसरि शुक्रकीट लड्दछ, सम्पूर्ण समस्या पार गरी अन्तिम गन्तव्यमा आफूलाई पर्खिरहेको सक्रिय अण्डकोष भित्र कसरि सफलता पूर्वक शुक्रकीट छिर्न सक्दछ आदि।

 

शुक्रकीटको पुच्छरले योनि रसमा वीर्य मिसाउँदा त्यहाँ पुग्ने शुक्रकीट लाई योनि रसमा पौडी खेल्दै अघि बढ्न सहयोग पुर्‍याउन भूमिका खेल्दछ। शुक्रकीटको टाउकोको गोलो भागमा सानो ऊर्जा कारखानाको रूपमा रहेको मिटोकोन्ड्रिया, तेइस वटा क्रोमोजोम रहेको सेलको डिएनए रहन्छ। शुक्रकीटको टाउकोको गोलो भागको टुप्पोमा इन्जाइमहरू समेत रहन्छ जसले जब शुक्रकीटले डिम्ब फेला पर्दछ तब त्यसको डिम्बको बाहिरी सुरक्षात्मक तह प्वाल पारि  डिम्ब भित्र छिर्न सहयोग गर्दछ। उक्त डिएनएले नै पुरुषको अनुवांशिक सूचना भ्रूणमा पुर्‍याउने हुँदा त्यसलाई मानिसको वीज वा बिउ भनिन्छ।

 

मानिसमा हुने शुक्रकीट सबै एकै प्रकारको रहने गर्दैन । कुनैको दुई ओटा टाउको भएको समेत हुन्छ भने कुनैको टाउको नै हुँदैन। सामान्यतः एउटा टाउको हुने शुक्रकीटमा कुनैको टाउको ठुलो हुने, कुनैको सानो हुने समेत हुन्छ। कुनैको पुच्छर सानो वा छोटो हुने, कुनैको पुच्छर नै नभएको समेत भेटिन्छ। कुनैको कोल्टो ठाममा पुच्छर आएको र कुनै भने घुमाउरो पुच्छर झुन्डिएको  पनि भेटिन्छ। धेरै सङ्ख्यामा शुक्रकीट सामान्य संरचनामा भेटिने गर्छ। असामान्य प्रकृतिमा देखिने शुक्रकीटको गर्व धारणको क्षमता कम हुने विश्वास गरिन्छ।

 

यहाँ एउटा चाखलाग्दो कुरा के छ भने जब महिलाहरू जन्मिन्छन् उनीहरूमा रहने सम्पूर्ण डिम्ब उनीहरू आफ्नो आमाको गर्वमा भ्रूणको अवस्थामा रहँदैमा राखिएको हुन्छ। महिलामा जस्तो पुरुषहरूमा भने तैयारी  शुक्रकीट उनीहरू सँगै जन्मेको नभएर उनीहरूको अण्डकोष भित्र हुने सेमिनीफेरस ट्युबमा निर्माण गर्न जरुरत हुन्छ। जब पुरुष वयस्क हुने समयमा पुग्दछ, तब अण्डकोष भित्रको अत्यन्त लामो कोइलको रूपमा घुम्रिकिएर रहेको सेमिनीफेरस ट्युबभित्र शुक्रकीट बनाइन्छ।

 

सेमिनीफेरस ट्युबभित्र उत्पादन भएका शुक्रकीट ईपीडिडिमिस र भास-डेफ़्रेन्स भनिने गुजुल्टो परेको नलीभित्र परिपक्व बन्छन। गुजुल्टो परेको उक्त नलीहरू अन्तमा मूत्र मार्गमा खुलेका हुन्छन्। सम्भोगको समयमा परिपक्व बनेर वीर्यमा रहेका शुक्रकीट वीर्य सँगै मूत्र मार्ग हुँदै युवतिको प्रजनन अङ्गमा कुशलता पूर्वक पुर्‍याइन्छ। पुरुषको  शरीर भित्र शुक्रकीट उत्पादन भएर परिपक्व हुन लगभग ७४ दिन सम्म लाग्ने गर्दछ। सामान्य औसतमा भने नौ हप्ताको आसपासमा उक्त प्रक्रिया पुरा हुने गर्दछ।

 

अर्को चाख लाग्दो कुरा के हुन्छ भने शुक्रकीट लाई अत्यन्त शान्त वातावरण मन पर्छ। जब मानिस यौवन अवस्थामा पुग्दछ तब उसको अण्डकोष शरीर बाट तल झरी दुई साँप्रोको बिच तुर्लुङ्ग झोलिने गर्दछ। यसले शुक्रकीट समेतको वीर्य बनाउने बायो-मेसिनरीको तापमान दुई डिग्री सेल्सियसले कम कायम गर्न मद्दत गर्दछ। जसले गर्दा वीर्यको उत्पादन, सङ्कलन, संरक्षण गर्न र सक्रिय राखन सम्भव बन्छ।

 

यौवन अवस्थामा पुग्दा पुरुषको अण्डकोष कुनै कारणले शरीर भित्रनै रहेर झुन्डिन सकेन भने ऊ जीवन भर बाँझो रहने डर हुन्छ। एउटा अण्डकोष झर्‍यो, अर्को झरेन भने उसले प्रजनन मार्फत युवतीलाई गर्भधारण गराउन सक्छ भन्ने निश्चितता कम हुन्छ। तातो पानी वा प्याडको प्रयोग गरी नियमित अण्डकोष तताउने गर्दा पुरुषको शुक्रकीट उत्पादनमा कमि आउने गर्दछ।

 

यद्यपि पुरुषको अण्डकोष भित्र शुक्रकीट नियमित रूपमा बनिरहने गर्दछ। यदि केही लामो समयको लागी पुरुषको वीर्य स्खलन भएन वा गरिएन भने पनि उसको अण्डकोष वीर्यले भरिएर विस्फोट हुने गर्दैन। कारण निश्चित समयमा स्खलन नभएको वीर्य तथा  शुक्रकीट शरीरले पुनः टुक्राएर आफैले अवशोषण गर्दछ। जसलाई यौन ऊर्जा लाई ओज अथवा औरा तथा अध्यात्मिक शक्तिमा परिवर्तन गर्ने भनिन्छ। शरीरको उक्त प्रक्रियाका कारण वैज्ञानिक प्रविधिको भ्यासेक्टोमी जस्ता परिवार नियोजनको उपाय सफल बनेको हो। किनकि भ्यासेक्टोमी हुँदै गर्दा पुरुषहरूको वीर्य आउने ट्युब काटिएको मात्र हुन्छ। शुक्रकीट मिसिएको वीर्यको उत्पादन प्रक्रिया रोकिएको हुँदैन। उनीहरूमा उत्पादन हुने अत्यधिक शुक्रकीट मिसिएको वीर्य शरीरले अव-शोषित नगर्ने भएको भए उक्त कार्यले उनीहरूको अण्डकोष वीर्यले भरिएर विस्फोट हुने गर्दथ्यो। त्यसो हुँदैन।

 

आज कतिपय विवाहित जोडीहरू गर्भधारणमा जिम्मेवार रहने जीव विज्ञानको आधारभूत प्रक्रियाहरू बारे नजर अन्दाज आफूले चाहेको बेला गर्भधारण नभएर दिक्क बनिरहेको भेटिन्छन। उनीहरूले ख्याल गर्नु पर्ने कुरा के छ भने सम्भोगको बेला जति सुरक्षित वीर्य लाई योनि भित्र उच्च गतिले हुत्त्याइदिन सकिन्छ त्यति धेरै गर्भाधानको सम्भावना रहन्छ। यसको लागि सम्भोगको समयमा लिङ्ग कडा र उत्तेजित रहन जरुरी हुन्छ। हर्नि भनिने उत्तेजित तथा दरिलो लिङ्ग निर्माणको लागि लिङ्गको संरचनामा रहेको सिरा तथा धमनीहरूमा एक जटिल प्रक्रियाको रक्तचाप वृद्धिको जरुरत पर्दछ। जुन परिवर्तित रक्त प्रवाह मार्फत उत्पन्न हुने गर्दछ। यसमा शारीरिक र भावनात्मक कारकहरूको विशेष भूमिका हुने गर्दछ।

 

एक अर्को बिच सम्मानको अवस्था, यौन चाहना, यौन आशक्ति, एउटाले अर्को लाई चरम सुखको अनुभव दिन आफूलाई सहज पारिदिने व्यवहार, पुरा समय दुवैको सकारात्मक सहभागिता, अर्को लाई सम्भोगमा सक्रिय हुन उत्प्रेरित गर्ने संस्कारको विकास आदि अनिवार्य हुन्छ। त्यसमा मानिसको जीवनशैली र यौन कार्यको समयमा प्राप्त स्वतन्त्र वातावरणको समेत अत्यधिक भूमिका रहन्छ। धेरै थकित वा निराश रहेको, धेरै रक्सी पिएको वा डिप्रेस रहेको अवस्थामा हर्नि अवस्था प्राप्ति सम्भव रहन्न।

 

सम्भोगको समयमा पुरुष साथीलाई चरम सुख प्राप्ति तर्फ उत्प्रेरणा दिन होइन त्यसको विपरीत नचाहिने खुद्रा मसिना नकारात्मक कुरा निकाली बखेडा गर्ने, नकारात्मक शारीरिक हाउभाउ प्रदर्शन गर्ने, गर्भधारण हुन नसक्नुमा पुरुष निकम्मा रहेको जस्ता बचन लगाउने आनी बानीले पुरुषमा मनोबैज्ञानिक हैरानी विकास हुन गई लिङ्ग हर्नि नहुने समस्या जन्माएको  घटना अधिक देखिएको छ। उक्त अवस्था लामो रहदा पुरुष लिङ्ग कडा नहुने रोगले लामो समय ग्रसित भएको समेत भेटिएको छ।

 

आपसी सहमतिमा सम्भोगमा सहभागी हुने युवा-युवती दुवै सम्भोगले दिन सक्ने चरम आनन्द उठाउन सक्रिय सहभागिता मार्फत दुबैको सम्पूर्ण प्रयास ब्राभो-डेल्टा भनिने चरम सुखको अवस्थामा दुबैलाई पुर्‍याउनु उनीहरुको आफ्नो स्वस्थ, मनोबैज्ञानिक सबलता र सम्भोगरत पक्ष बिचको तत्कालीन समयको अनिवार्य धर्म-कर्म मानिन्छ। प्रकृतिले मानिस लाई आफ्नो सन्तान उत्पादन गरी पृथ्वीमा आफ्नो बंसको बिउको नियमितता कायम राख्न दिएको जिम्मेवारी पुरा गर्न जरुरी हुने गर्भधारण सफल बनाउन उक्त धर्मको पालन अनिवार्य हुने गर्दछ।

 

योनि भित्र वीर्यको स्खलन सम्भव हुँदै गर्दा वीर्यमा रहेको  शुक्रकीट लाई आफूले गर्भाधान गराउनु पर्ने डिम्ब काहा छ भन्ने कुनै पत्तो हुँदैन। महिलाको योनिमा निर्मित विशिष्ट नलीको निकास गर्भाशय सम्म हुने गर्दछ। उक्त नलीहरू पूर्ण रूपमा र्‍याल युक्त योनि रसहरूले भरिएका हुन्छन्। उक्त नली हुँदै पाठेघरको आसन भित्र छिर्ने बिन्दुमा पाठेघरको द्वार अथवा भनिने स्वर्गद्वारीको मूल आगमन गेट रहने गर्दछ। चिसो लागेर रुवा लाग्दा नाक वाट बग्ने पानी जस्तो पातलो सिँगान जस्तो देखिने उक्त योनि रस अत्यन्त जटिल संरचना युक्त हुने गर्दछ।

 

कसैको वीर्य अत्यन्त बाक्लो छ भन्दैमा यो जरुरी छैन कि उनीहरूको शुक्रकीट मोटो वा तागतिलो र गतिलो हुन्छ। सामान्यतया त्यसको मतलब त्यहाँ अनियमित आकारको शुक्रकीट उच्च सङ्ख्यामा रहेको भन्ने बुझिन्छ। शुक्रकीट योनीमा प्रवेश गर्न साथ तिनीहरू गर्भाशयको योनि रसको सम्पर्कमा आउँछन्। पाठेघरको द्वारमा रहेको गेटले योनि रससँग आएको शुक्रकीट लाई परिस्थिति अनुरूप कि योनीको अम्लता बाट बचाउँदै भित्र लगी डिम्ब सम्म पुग्न अनुमति दिन्छ । अन्यथा भित्र छिर्न रोकी योनि रसको अम्लता वाट शुक्रकीट नष्ट गरी बाहिर फ्यालिदिने गर्दछ।

 

युवतीको योनिको पुरुषको लिङ्गको जस्तो बाहिरी दुनियाँ र गर्भाशय बिच दुरी कायम गर्ने शरीर बाहिर सम्म झुन्डिएको संरचना हुँदैन। खोचमा अवस्थित रहेको योनि द्वार शरीरले नियमित मल त्याग गर्ने गुदद्वारको नजिकै मूत्र त्याग नली सँगै जोडिएको हुन्छ। आफ्नै फोहर विसर्जन गर्ने स्थानमा रहेका रोगका जीवाणुको सङ्क्रमण वाट बच्नु पर्ने, बाहिरी वातावरण वाट समेत योनि द्वार हुँदै सङ्क्रमण हुने सम्भावना न्यून गर्नु पर्ने अवस्था बिच गर्भ र बाहिरी दुनियाँको रक्षा कवचको अन्तिम लाइन रूपमा योनि द्वार र स्वर्गद्वारीको मूल आगमन गेट बिचको नली रहेको हुन्छ। उक्त कार्य सम्पन्न गर्न प्रकृतिले बाहिरी हानिकारक जीवाणुहरू विरुद्ध सुरक्षा प्रदान गर्न जीवाणु प्रतिरोधी गुणले योनि रसलाई पूर्ण गराउँदछ।

 

गर्भाशयमा गर्भाधान हुने क्षमता गुमिसकेको डिम्ब रहदा वा डिम्ब नै नरहँदाको अवस्थामा उक्त   स्वर्गद्वारीको मूल आगमन गेट शुक्रकीटको लागि खुल्दैन। केही समयमा योनि रसको बिखालु गुणले नर्कको अनुभूति गर्दै शुक्रकीट निष्क्रिय बन्छ। वीर्य सँगै योनि रसमा मिलेको मृत शुक्रकीट मिति सकिएको योनि रस नियमित योनि बाहिर विसर्जन हुने क्रममै फोहरको रूपमा बाहिर फालिन्छ।

 

योनि रसको सम्पर्कमा आउँदा शुक्रकीटले योनि रसको बिखालु जीवाणु प्रतिरोधी गुण विरुद्ध नियमित लडाई कायम गरी आफूलाई सक्रिय र जीवित राख्दै अघि बढ्न जरुरी पर्दछ। यथार्थमा र्‍यालको रूपमा रहेका योनि रसहरू अत्यन्त मसिना फाइबरको नेट जस्तो जेलिएको हजारौँ हजार जटिल संरचना निर्मित पातलो टनेल रुपी बाटोको रूपमा रहन्छन। निर्मित अनगिन्ती टनेलहरूले संरचनागत रूपमा शुक्रकीट लाई योनि रस सहित डिम्ब सम्म पुग्ने नियन्त्रित बाटोको निर्माण गर्दछन। योनिको भित्री भागमा रहेका चुम् चुम गरी चम्कने गर्भाशयका भित्री तहका मांसपेशीहरूले पैदा गर्ने गतिले योनि रसमा तैरिएका शुक्रकीटहरू लाई स्वर्गद्वारीको मूल आगमन गेट सम्म पुर्‍याउन मुख्य भूमिका खेल्दछ।

 

पुच्छर रहेका कारण योनि रसमा तैरिएर आफ्नै गतिशीलता देखाउने सक्षम शुक्रकीटहरू मसिना फाइबरको नेट निर्मित टनेलहरूको संरचना वाट छिर्न सक्ने हुन्छ। आफ्नै गतिशीलता कम भएका ब्याक्टेरिया र आफ्नो कुनै पनि गतिशीलता नहुने भाइरसहरू भने जेलिएको फाइबरको नेट निर्मित टनेलहरू वाट भित्र जान असम्भव बन्छ। कोरली युवतिको मसिना वारिको चक्र सँगै भिन्न रासायनिक संरचनामा हुने योनि रसको गुनको कारण उत्पादनशील समयमा शुक्रकीटहरू सजिलै स्वर्गद्वारीको मूल आगमन गेट सम्म पुग्ने प्रबन्ध हुन्छ। गर्भाशयमा गर्भाधान हुने क्षमता युक्त सक्रिय डिम्ब रहेको अवस्थामा त्यहाँ पुगेका शुक्रकीट लाई  स्वागत गर्दै स्वर्गद्वारीको मूल आगमन गेट खुल्दछ।

योनिमा अवतरित शुक्रकीट कति समयमा डिम्ब भित्र छिरी नारीलाई गर्भवती गराउन सफल बन्छ भन्ने कुरा विभिन्न कारकहरूमा निर्भर हुने गर्दछ। योनि तथा गर्भाशयको वातावरणमा आफू सक्रिय हुन् सक्ने गरी आफूलाई परिवर्तन र सक्रिय राख्न सक्ने शुक्रकीट मात्र उक्त वातावरणमा लगभग पाँच दिन आफ्नो जीवित अस्तित्व कायम गर्न सक्दछ। योनिभित्र सुरक्षित अवतरण गरेको शुक्रकीट योनि रसको सञ्जाल भित्र पाँच दिन सम्म जीवित रहन सक्ने हुँदा गर्भमा अण्डा नरहेको अवस्था सम्भोग गरिएको रहेछ भने पनि त्यसको पाँच दिन भित्र अण्डा पारेर एक नारी गर्भवती हुन सक्ने सम्भावना रहन्छ।

 

डिम्ब भने पैदा भएको १२ देखि २४ घण्टाको बिचमा मात्र गर्भधारण हुन सक्ने अवस्थामा रहन्छ। त्यस पछि उक्त डिम्ब त्यसमा रहेको हर्मोनमा आउने हर्मोन सिफ्ट भनिने प्रक्रिया मार्फत बिग्रन सुरु गर्ने र अन्ततः पुरै बिखन्डन भएर रजस्वला मार्फत बाहिर फालिने र नयाँ रजस्वलाको चक्र सुरु हुन्छ।

 

चक्रीय पद्धतिको नियमित रजस्वला आफैमा हर्मोनको नियन्त्रणमा रहेर सञ्चालित हुने गर्दछ। तिनै हर्मोनको निर्देशनका कारण योनि रसमा पैदा गरिने केमिकलहरूका कारण कुनै समयमा शुक्रकीट नष्ट नगरी स्वीकार हुने अनुकूल वातावरण पैदा हुन्छ। कुनै समय भने नितान्त प्रतिकुल। योनि रसमा शुक्रकीट लाई स्वीकार गर्ने वातावरण रहेको वेला शुक्रकीटले आफूमा रूपान्तरण गरी डिम्ब सम्म पुगी त्यसको झिल्ली तोडी प्रवेश गर्न आफूलाई सक्रिय तुल्याउन सक्छ।

 

योनिले आफ्नो भित्री तहमा रहेको नरम तन्तुहरूको कोशिकाहरूमा अधिक ग्लाइकोजिन भण्डार गरी राखेको हुन्छ। योनीमा हुने मानिसलाई फाइदा गर्ने भजेनल माइक्रोवायोमको रूपमा अक्सिजनको अनुपस्थितिमा सक्रिय हुने र बढ्ने ल्याक्टिक ब्याक्टेरियाहरूले उक्त ग्लाइकोजिन खाएर ल्याक्टिक एसिड उत्पादन गर्दछ। जसको कारण योनि रस पाँच पिएच भन्दा कम हुने गरी अम्लीय बन्न सम्भव हुन्छ।

 

योनि रसको कम पिएच नारीको यौन अङ्गमा जोखिम पूर्ण हानिकारक जीवाणुहरूको सङ्क्रमण वाट बचाउन तथा यौन रोगजनक रोग ग्रस्त हुन वाट बचाउने महत्त्व पूर्ण सुरक्षा कवच बन्ने गर्दछ।

 

तरेलीकृत वीर्य ७.२ देखि ८.० पिएच युक्त क्षारीय पदार्थ हो। योनि रसको पाँच भन्दा कम पिएच समागमको समयमा योनिमा  थुपारिने वीर्यमा रहने शुक्रकीटको लागि भने प्रतिकुल हुने गर्दछ। तसर्थ सम्भोगको वेला हुने चरम सुख र उत्तेजनामा हुने पिचकारी स्खलनले वीर्य गर्भाशयको सान्निध्य पुगोस भनि योनिको माथिल्लो भागमा पुर्‍याउन भूमिका खेल्दछ।

 

प्रत्यक्ष मापनले देखाए अनुसार वीर्य यौन रसमा मिसिन पुगेको मात्र आठ सेकेन्डमा योनी रसको पिएच ४.३ बाट ७.२ पिएचमा पुग्दछ। बढेको पिएचले योनि भित्र वीर्यको लागि असहजता हद निकै कम गरेता पनि विकसित पिएच समेत पूर्ण रूपमा वीर्यको सुविधाको स्तरको नरहेकोले योनि रसमा वीर्य मिसिएको एक मिनेट भित्रनै वीर्यले शुक्रकीट लाई घेरेर योनि रस वाट सुरक्षित गर्ने कार्य सुरु गर्दछ।

 

जसमा टिनिक्क तन्किएको उत्तेजित लिङ्गले योनि भित्र हुत्त्याएर पुर्‍याइने शुक्रकीट तैरिएको झोलिलो च्यापच्याप लाग्ने प्रकृतिको वीर्यको थोपाहरूको मुख्य भूमिका रहन्छ।  त्यसको लागि योनि भित्र आधा घण्टा देखि एक घण्टा सम्मको समय वीर्यले शुक्रकीट लाई सबैतिर वाट घेरेर भौतिक अवरोध सृजना गरी योनी रसलाई शुक्रकीटको सम्पर्कमा आउनवाट रोकी सुरक्षित राख्दछ।

 

यथार्थमा योनि भित्र सुरक्षित स्खलन सम्भव बने पछि डिम्बलाई गर्भधारण गराउन सफल हुन वीर्यले निकै लामो यात्रा तय गर्नु पर्ने हुन्छ। योनि रसको अत्यन्त अनुकूल वातावरण भेटमा सबैभन्दा छिटो एक घण्टा पछि नत्र धेरै घण्टाहरू पश्चात् मात्र डिम्बको गर्भधारण हुन सम्भव बन्छ।

 

शुक्रकीट लाई घेरेर योनि रस वाट सुरक्षित गर्ने कार्यले शुक्रकीट लाई गलत दिशा तर्फ अनियन्त्रित रूपमा भटकन बाट समेत रोक्दछ। लगभग आधा घण्टाको समय पछि प्रोस्टेट एन्टीजिन र प्रोटियोलाइटिक इन्जाइमले वीर्य लाई बिस्तारै पातलो पार्दै तरल गरि शुक्रकीटको वरिपरिको सुरक्षा कवच हटाउँछ। फलतः त्यहाँ वीर्य स्वतन्त्र रूपमा तैरिन सक्ने वातावरण पैदा हुन्छ।

 

वीर्यको विभिन्न संरचनाहरू निर्माण गर्न प्रमुख भूमिकामा रहने सेमिनल ग्रन्थिले कुलको लगभग ७०% वीर्यको भाग निर्मित गरेको हुन्छ। वीर्यको निर्माणको क्रममा वीर्यको गतिशीलताको लागि चाहिने शक्तिको लागि इन्धनको रूपमा फ्रुक्टोज व्यवस्था गरेको हुन्छ। उक्त फ्रुक्टोज वाट प्राप्त शक्तिको खर्च गरी शुक्रकीट आफै तरल पदार्थमा स्वतन्त्र पौडन सक्छ।

 

वीर्य वाट स्वतन्त्र बनेको र योनि रसको बिखालु पन छल्न र सामना गर्न शुक्रकीट सक्रिय रहेर आफ्नो सम्पूर्ण तागत लगाएर हर सम्भव पौडने शक्ति र अघि बढ्ने गर्दछ। यौन क्रियाकलापमा मस्तिष्कले पैदा गर्ने ओक्सीटोसिन हर्मोनका कारण एकातर्फ नारीले स्वर्गीय आनन्दको महसुस गर्छिन भने त्यही  ओक्सीटोसिन हर्मोनले दिने आनन्द योनिको भित्री तहलाई सङ्कुचित गराउने र फुलाउने गरिदिँदा योनिभित्र आत्मा बिभोरी धुन र कम्पन पैदा हुन जाँदा योनि चुम-चुम चम्किन थाल्दछ।

 

आफ्नो सम्पूर्ण तागत लगाएर पुच्छरको सहायतामा पौडेको शुक्रकीट  चुम-चुम चुम्किएको योनिको भित्ता खुम्चने र फुक्ने क्रममा अगाडी धकेलिन थाल्दछ। फलतः शुक्रकीट गर्भाशयको द्वार अर्थात् स्वर्गद्वारी सम्म पुग्न सफल बन्छ। स्वर्गद्वारी पुगेको शुक्रकीटको स्वर्गद्वारी छिचोल्ने यात्रा जीवन मरणको यात्रा बनी दिन्छ। भर्खरै रजस्वला भएको वेला रहेछ भने त्यहाँ पौडन चाहिने मात्रामा  योनि रसनै रहँदैन। रजस्वला भएको देखि डिम्ब बन्ने समय नभइसकेको वेला रहेछ भने योनि रसमा एस्ट्रोजनको मात्रा अधिक रहेकाले त्यो धमिलो, लयालो तर बाक्लो हुने हुँदा शुक्रकीटले त्यसलाई छेड्न सक्दैन। छेड्न कोसिस गर्दा पासोमा पर्छ। डिम्ब बन्ने समयमा भने पाठेघरको सर्किभल म्युकस भनिने यो र्‍याल अक्सर अण्डा जस्तो पातलो, चिप्लो, तनक्क तनक्क तन्कने सेतो शुक्रकीट लाई पौडन सहज हुने प्रकृतिको हुन्छ।

 

स्वर्गद्वारीको प्रवेशद्वार अत्यन्त सागुरो रहने मात्र हैन अत्यधिक दुष्ट आत्माहरू लाई भित्र छिर्न अवरोध गर्ने स्वर्गद्वारीको पारदर्शी पासो ठानिने लयालो र्‍यालको अवरोध युक्त हुने गर्दछ। यात्राको क्रममा जुन जुन शुक्रकीट स्वर्गद्वारी सम्म पुग्न सक्दैन त्यसलाई अम्लीय प्रकृतिको कठोर योनि रसले नष्ट गरी दिन्छ। अथवा उनीहरूको यात्रा नारकीय बन्दछ।

 

शुक्रकीटहरू स्वर्गद्वारीको मूल गेट भित्र छिर्न सफल हुनासाथ गर्भाशयमा (हस्तिनापुर)  शुक्रकीटहरूका उपस्थितिका कारण प्रतिरक्षा प्रणाली (सकुनी) सक्रिय बनेर प्रतिरक्षाको प्रक्रिया (महाभारत युद्ध) ट्रिगर हुन पुग्दछ। हरेक शुक्रकीट (पाण्डव सेनाहरू) विरुद्ध सय भन्दा बढी सेतो रक्त कोशिकाहरू (कौरव सेनाहरू) प्रतिरक्षाको लागि लड्न आइ-पुग्दछ। कमसल र युद्धमा सक्षम नदेखिएका शुक्रकीटहरू प्रतिरक्षा प्रणालीको आक्रमण वाट  मर्न थाल्छन। यद्यपि स्वस्थ शुक्रकीटहरू समेत आक्रमणमा परि मर्ने गर्दछन्। तर सफल लडाइमा सफल बनेकाहरू स्वर्ग वा डिम्बको खोजीमा फ़िलोपियन ट्युब तर्फ अघि बढ्दछ।

 

स्वर्गद्वारीको मूल आगमन गेट पार गरी हस्तिनापुरको महाभारतको युद्धमा बचेका स्वस्थ र सबल शुक्रकीटहरूले स्वर्गको सुन्दरीको रूपमा रहेकी डिम्ब कुन चाहिँ  फ़िलोपियन ट्युबमा राज गरी बसेकी छिन भनी कुनै सुइँको पाउने गर्दैन। गर्भाशय भित्र डिम्बको खोजीमा पुण्य कमाउन नसकेका अत्याधिक अभागी शुक्रकीटहरु गलत फिलोपियन ट्युब र स्थानहरुमा पुग्दछन। पुण्य कमाएका निकै दुर्लभ भाग्यमानी शुक्रकीटहरू मात्र सही मार्ग हुँदै लक्षित डिम्बाशय सम्म पुग्दछन। डिम्बाशय भेटाएको मद्धे एउटा मात्र सर्वाधिक पुण्य कमाएको शुक्रकीटले टाउकोको गोलो भागको टुप्पोमा रहेको इन्जाइमको सहयोगमा डिम्बको बाहिरी सुरक्षात्मक तह प्वाल पारि डिम्ब भित्र छिर्ने अनुमति पाउँछ।

 

तिन तहको बाहिरी आवरणमा घेरिएको डिम्बाशयको झिल्ली लाई छेडेर भित्र छिर्न अत्यन्त धर्मात्मा युक्त शुक्रकीटले आफ्नो टाउकोमा रहेको रसायन, आफ्नो पुच्छरको तागत र आफ्नो टाउकोको टुलुक्क परेको भागको सहयोग लिन्छ। गर्भधारण सम्भव बन्छ। गर्भधारण भएको डिम्ब स्वर्गको मूल आसन वा गर्भमा रहेर लगभग दस महिना पालित पोषित हुँदै नयाँ सन्तानको जन्म दिन्छ।

 

तिनै तह प्वाल पारि भित्र छिरेको शुक्रकीट लाई डिम्बले भित्र तानेर आफ्नो शार तत्त्व सँगै मिसाउँदछ र गर्भधारण सम्पन्न हुन्छ। तिनै सुरक्षा तह पार गरी शुक्रकीटले डिम्ब लाई गर्भधारण गर्ने बित्तिकै डिम्बले आफ्नो झिल्लीहरुमा रासायनिक सन्देश सम्प्रेषण गर्दछ। जसका कारण वाट डिम्बको झिल्ली सँगै सम्पर्क बनाउँदै झिल्ली तोडेर भित्र छिर्ने कोसिसमा रहेका शुक्रकीट हरुलाई निषेध गरिन्छ।

 

लिङ्गले योनिमा शुक्र दान गरेको ४० देखि ३०० मिलियन मिलियन शुक्रकीट मद्धे एउटा शुक्रदेवलाई मात्र दस महिनाको लागि स्वर्ग-आसन प्राप्ति हुन्छ। स्वर्ग आसन प्राप्ति गरेको भ्रूणले पूर्ण मानवको रूपमा धर्ती वा मृत्यु लोकमा जन्म लिई आफ्नो सत्कर्म मार्फत आफूलाई मुक्त पार्ने अवसर प्राप्त गर्दछ। गर्भाशयको फ़िलोपियन टियूवमा गर्भिणी नि बनेको डिम्बलाई यूटेरस (जुन १५ देखि २० सेन्टिमिटरको हुन्छ) हुँदै गर्भाशय पुगी प्रत्यारोपण हुन् (आफ्नो स्वर्गको आसनमा स्थिर रहेर स्थापित हुन) अर्को लगभग ६ देखि १२ दिनको समय लाग्दछ।

 

गर्भधारण सम्पन्न बने पछि उचित मात्राको पुण्य कमाउन नसकेका शुक्रकीटहरू डिम्बाशयको चारैतिरको गुफामा केही समय वा दिन सम्म स्वतन्त्र तैरन पाउँछन्। पाठेघर भित्रको योनि रस र पाठेघरको र्‍यालले निर्माण गर्ने नेट वाट निर्मित टनेलहरूको संरचनाले दिने सुरक्षाको कारण  वीर्य स्खलन पछि पाठेघर भित्र पुग्न भ्याएको  शुक्रकीट पाँच दिन सम्म बाँच्न सक्दछ।

 

सम्भोगको बेला योनिको संसर्गमा आउने विर्यको सामान्य पीएच ७.१ बाट ८.० हुने गर्छ। स्वस्थ योनिले आफैले पैदा गर्ने ३.८ देखि ४.५ पिएचको अम्लीय हल्का बाक्लो झोलिलो पदार्थ सम्भोगको बेला लुब्रीकेन्टको काम गर्ने, त्यसको अलावा विर्य, रगत आदिका कारण यौनांगमा बढ्न जाने पीएच नियन्त्रण गरी संसर्गमा आएका बेक्टेरीयाहरु बाट योनिलाई सङ्क्रमण हुनबाट बचाउँदछ।

 

समयको गति सँगै योनि रसमा रहेको कम पिएच र शुक्रकीट लाई बिखालु हुने  रोग प्रतिरोधी क्षमताको सङ्क्रमण वाट शुक्रकीटहरू बिस्तारै नष्ट हुन्छन्। जुन नियमित रूपमा पटक पटक योनिले बाहिर फाल्ने योनि रस मार्फत फोहरको रूपमा बाहिर फ्याँकिने गर्दछन। योनि रसको जन्मजात प्रतिरक्षा प्रतिक्रियाको रूपमा रहेको अम्लीय पन, योनिका माइक्रोवायोम, म्युकसमा रहने प्रतिरक्षा हर्मोनका कारण मरेका शुक्रकीटहरू मूलतः गुरुत्वाकर्षणका कारण योनि स्राव सँगै योनि बाहिर चुहिन्छन्।

 

वीर्य कोलेस्ट्रोल द्वारा निर्मित प्रोटिन, सोडियम, भिटामिन सी जस्ता पौष्टिक सामाग्रीहरू बाट बनेको हुन्छ।  तर पनि यो पोषण तत्त्व नभई जीवन्त शक्तिको श्रोत रहेकोले यसले खाद्य वा पेयको रूपमा ग्रहण गर्दा नगण्य मात्र पोषण तत्त्व उपलब्ध गराउने गर्दछ। कतिपय मानिसलाई वीर्यको एलर्जी समेत हुने गर्दछ।

 

नैतिक चेतना युक्त यौन अनुभवले तपाईँलाई दिने  चरम सुखको अनुभूतिको समय लाई समेत लाई तपाईँ ईश्वरमा लिन हुनु भएको समयको रूपमा लिने गरिन्छ। यौनिक प्रक्रिया वाट प्राप्त हुने आनन्द र चरम सुख, बलिदानको अनुभूतिको अनुभव आदि को लागि तपाईँ लाई तपाईँको यौन शक्तिको परिपूर्ति गर्नु जरुरी हुन्छ। सम्भोगको समयमा पैदा हुने तथा उपयोग गरिने नारी तथा पुरुषको प्रजनन रसहरू खनिज, भिटामिन, तागत र सुरक्षा कवचका तत्त्वहरू हुने गर्दछन् जुन मस्तिष्कको सन्तुलन र कार्य सम्पादनको लागी महत्त्वपूर्ण हुन्छ।

 

शरीरले निर्माण गर्ने यौनको तरल पदार्थ लाई निश्चित समय सम्म परिपक्व हुन दिँदा शरीरले यसलाई पुनः सोसी आफ्नै प्रयोजनको लागि उपयोगमा ल्याउने गर्दछ। यसको सार शक्ति अथवा ओज (औरा तथा जीवन्त शक्ति) मेरुदण्ड भित्र रहने स्पाइनल फ्लुड भनिने तरल पदार्थमा आपूर्ति हुने गर्दछ। उक्त जीवन्त शक्ति बिना तपाईँले आफ्नो मस्तिष्क सञ्चालन गर्नु भनेको बिना इन्धन गाडी चलाउनु भने जस्तै हुन्छ। तपाईँ छिट्टै शिथिल बन्नु हुन्छ। तपाईँले खर्च नगर्नु भएको तपाइको यौन ऊर्जाको झन्डै ९०% शरीरको अङ्गहरूको मर्मत संहार र पुनर्ताजकीकरण कार्यमा प्रयोग हुने गर्दछ। उक्त क्रिया द्वारा तपाइको यौन ऊर्जालाई तपाइको जीवन्त ऊर्जा र शरीर ले आफूले आफैलाई उपचार गर्ने हिलिङ्ग शक्तिमा परिवर्तन गर्न सकिन्छ।

 

आयुर्वेदको अनुसार खानाको पाचन प्रक्रियाले खाना वाट रगत बन्दछ। रगत बाट मासु, मासु बाट बोसो, बोसो बाट हड्डीको मासी बन्दछ। हड्डीको मासीले वीर्य निर्माण गर्दछ। वीर्यले भौतिक शरीर, मुटु र बुद्धिको पोषण गर्दछ। आफ्नो भौतिक शरीर मात्र उपयोग गर्ने मानिसको बुद्धि र हृदय अविकसित रहन्छ। उसमा मन र हृदयको शुद्धता सम्भव हुँदैन। उसको वीर्यको शक्ति जुन मुटु र दिमाग सँग सम्बन्धित रहन्छ त्यो बाहिर प्रवाह हुन जरुरी हुन्छ। उसको लागि यौन अनिबार्य विषय रहन्छ।

 

एक साधक जो नियमित प्रार्थना, जप र ध्यान मात्र गर्दछ तर यदि उसले हृदयको विकास गर्दैन, शारीरिक योग वा व्यायामको अभ्यास समेत गर्दैन भने ऊ मात्र दिमागी रूपमा ज्ञानी रहन्छ। वीर्यको त्यो पक्ष जुन मुटुको पोषण र शरीरको पोषण गर्दछ त्यो खेर जाने गर्दछ। शारीरिक तन्दुरुस्तीको लागि उसलाई समेत सम्भोग उपयुक्त र अनिवार्य कार्य हो।

 

एक योगी जो उच्च चेतनाको तहको गहिरो ध्यान गर्दछ र उसको ध्यान मानसिक विकास, हृदयको विकास, र शारीरिक नियन्त्रणमा पूर्ण लागेको हुन्छ उसको वीर्य मार्फत भौतिक शरीर, मुटु र बुद्धिको पोषण सम्भव हुन्छ। उसको लागि यौन ऊर्जालाई जीवन्त ऊर्जा र हिलिङ्ग शक्तिमा परिवर्तन गर्नु उपयुक्त विकल्प हो। उसले जीवनमा सम्भोग खासै गरिरहनु पर्ने भन्ने हुँदैन।

 

सर्ब साधारण मानिस जीवनको उत्तरार्धमा  प्राय: आफ्नो संस्कार र कर्मको नियन्त्रणमा रहन्छ। समयको क्रम सँगै बिस्तारै आफ्नो वास्तविकता, जीवन र शरीरको आवश्यकता, जीवनको प्रकृति आदि बुझेर ऊ बिस्तारै अध्यात्म तिर आकर्षण हुन्छ। केही आध्यात्मिक साधना मार्फत आफ्ना गलत कर्महरू, इच्छाहरू र अहङ्कारहरू हटाएर शान्ति पूर्ण जीवन जिउने शक्ति प्राप्त गर्दछ। उसको लागि आफ्नो पारिवारिक सुख र सन्तुष्टिको लागि समेत सम्भोग अनिवार्य पक्ष रहेको मान्नु पर्दछ।

 

मानवको रूपमा जन्मिएको भएता पनि मानवको रूपमा आफूलाई विकसित गर्न नसकेको मानिसको हकमा भने यो संसारमा सेक्स र अहङ्कार बाहेक अरू केही कुराको महत्त्व र अस्तित्व रहँदैन। उसको दिमागमा उसको लागि सबैभन्दा मुख्य र महत्त्व पूर्ण विषय अहङ्कार हुने गर्दछ। अहङ्कार लाई मुख्य आधार मानेर सेक्स अहङ्कार माथि जकडिएर बसेको हुन्छ। उसको लागि भने सम्भोग र मोजमस्ती नै सम्पूर्ण जीवनको सार, आधार र गन्तव्य हो। उक्त व्यक्तिको लागि यौन ऊर्जालाई जीवन्त ऊर्जा र हिलिङ्ग शक्तिमा हैन कि जीवन्त ऊर्जा र हिलिङ्ग शक्ति लाई यौन ऊर्जामा परिवर्तन गर्ने विकल्प उपयुक्त हुने गर्दछ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: