Ayurved Innovation
दसै-तिहार कति बैज्ञानिक !
नारायण घिमिरे मध्य कार्तिक बाट मध्य पुसको महिना हेमन्त ऋतुको समय हो। यो समयमा चिसो हावा चल्ने हुँदा वातावरण स्वच्छ रहने, बिहानीमा कुइरो लाग्ने, शीत पर्ने, शरीरले बिस्तारै चिसो पनको महसुस गर्ने गर्दछ। चिसो हावाको प्रभाव महसुस गर्दै गर्दा शरीरले आउँदै गरेको चिसो मौसम सँग अभ्यस्त हुन बिस्तारै आफ्नो शारीरिक अनुकूलता विकास गर्न सुरु […]
वैदिक खानाको अलौकिक शक्ति !
नारायण घिमिरे भिटामिन बी -१२ ले एक व्यक्तिको स्वास्थ्यमा अत्यावश्यक भूमिका खेल्छ। कुनै व्यक्तिको आहारमा भिटामिन बी -१२ को अभावले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। कतिपय शाकाहारी मानिसहरूलाई डाक्टरहरू शाकाहारी खानाले पर्याप्त मात्रामा भिटामिन बी -१२ नदिने हुँदा माछा, मासु, अण्डा खान सल्लाह दिन्छन। भेगनको हकमा दुग्ध र दूधको उत्पादनहरू समेत […]
अध्यादेश ल्याएर गाँजा खेती तत्काल वैधानिक गर्न जरुरी देखियो।
यतिखेर नेपालमा गाँजालाई वैधानिक बनाउनुपर्ने चर्चा चलेको छ। सदनमा समेत कतिपय सांसदहरुले यसबारेमा माग उठाइसकेका छन् । यसैसन्दर्भमा मेरो क्यानडामा गाँजा कानुनी बन्नुको परिवेश र नेपालको सान्दर्भिकता बारेको विचार । ~ नारायण घिमिरे क्यानडामा गाँजा कानुनी बन्नुको परिवेश बारे यहाँको अनुभव बताउन मिल्छ? क्यानडामा खाद्य, हर्बल र हिलिङ्ग फुड सेक्टरको इनोभेसनमा लागेको क्यानडाकै सबै […]
मानवमा पाँच भन्दा धेरै इन्द्रिय रहने वेदको धारणाको पुष्टि।
नारायण घिमिरे जीवन भरमा मानव हृदय औसत तीन अरब भन्दा बढी पटक धड्कन्छ। मानिसको कुल तौलको आठ प्रतिशत वजन रगतको तौल हुने गर्दछ। एक वयस्क मानिसको रक्त नलीहरूको सम्पूर्ण लम्बाइले पृथ्वीलाई भूमध्य रेखीय भाग वाट चार पटक घेरा गर्न सकिन्छ। मानिसमा बायाँ फोक्सो दाहिने भन्दा करिब १० प्रतिशत सानो हुने गर्दछ। मानिसले हरेक वर्ष […]
आयुर्विज्ञान: कफ दोष
आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक कफ दोष नारायण घिमिरे अर्थ (पृथ्वी) तत्व र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट कफ दोष निर्माण हुने गर्छ। शरीरमा सन्तुलित रहदा राम्रो र प्रभावकारी नतिजा जस्तै वृद्धि, शक्ति, जटिलता व्यवस्थापन, खुसी आदि दिने कफ, पित्त र वात दोषले सन्तुलन गुमाउँदा भने हानिकारक अवस्थाहरू जस्तै रोग लगायतका विभिन्न […]
आयुर्विज्ञान: पित्त दोष
आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक पित्त दोष नारायण घिमिरे अग्नि र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट पित्त दोष निर्माण हुने गर्छ। जसरी ध्वनिले बाहिरी संसारको परिवर्तित शक्तिलाई प्रतिनिधित्व गर्छ। चन्द्र, सूर्य र हावाको नियमित कार्यबाट पृथ्वीको नियमित गतिबिधिहरु सञ्चालनमा आउँछन। त्यसरी नै कफ, पित्त र वातले (वायु) शरीरको सञ्चालनमा मुख्य भूमिका खेलेको […]
आयुर्विज्ञान: वात दोष
आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक वात दोष नारायण घिमिरे आकाश तत्त्व र बायु तत्त्वको सङ्कुचन भई निर्मित गुणको प्रभावका कारण उत्पन्न हुने कार्य पद्धतिले वात दोषको निर्माण गर्दछ। आकाश तत्त्वको चिसोपन/सर्दी, हल्कापन, सुख्खा पन, बायु तत्त्वको उतार चढाव पन, गतिशीलता, आकार विहीनता र पारदर्शीपन वात दोषका प्रकृति हुन। वात दोषको कुरा गर्दा वात दोषको कारण शरीरको […]
त्रिदोषका आधारमा रोगहरू कसरि पैदा हुन्छ ?
आयुर्विज्ञान: क्वान्टम आयुर्वेद नारायण घिमिरे आजको मिति सम्म आइपुग्दा वैज्ञानिकहरूले आफ्नो अवलोकन, प्रयोगशालामा गरिएको प्रयोग र गणितीय तर्कको माध्यमबाट पत्ता लगाएका कुराहरू वैदिक दार्शनिकहरूको आफ्नो अवलोकन, अनुभवात्मक प्रयोग र तार्किक निष्कर्ष बाट आएका श्रुतिका मान्यताहरू भन्दा फरक भेटिएको देखिँदैन। क्वान्टम मेकेनिक्सका आर्किटेक्ट हेसनबर्गले पत्ता लगाएका क्वान्टम फिजिक्सका अहम कडीहरू र त्यसको आधारमा प्रतिपादन भएका […]
आयुर्विज्ञान: क्वान्टम त्रिदोष
नारायण घिमिरे आयुर्वेदको मान्यतामा संसारका हरेक बस्तु सम्पूर्ण पन्च तत्त्व मतलब आकाश तत्त्व, बायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र पृथ्वी तत्त्व वाट निर्मित हुन्छ। पन्च तत्त्व निर्मित मानव शरीरको हकमा हरेक तत्त्वले मानव स्वस्थमा पार्ने असर तत्त्व पिच्छे फरक फरक प्रकृतिको हुने गरेको भेटिँदैन। पाँचवटै तत्त्वहरू आपसमा मिल्दा बन्ने मिश्रणको प्रकृतिको आधारमा पन्च तत्त्वले […]
क्वान्टम आयुर्वेद।
नारायण घिमिरे पदार्थको संरचनालाई वर्णन गर्न एक काल्पनिक संज्ञा फेमटोटेक्नोलोजीको विकास भएको छ। मापन गर्ने यन्त्र फेमिटोमिटरकोले १० को पावर माइनस १५ मिटर सम्मको पदार्थको संरचनाको आकारको नापलिने गर्छ। आजको १० को पावर माइनस ९ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको न्यानो-टेक्नोलोजी र १० को पावर माइनस १२ मिटर सम्मको संरचनाको मापन गर्न विकास […]